Tuesday, April 09, 2013

कविता



आउछ याद मधुधाराको

दिन धकेलिदै जादा
छायाँ आउछ रातको,
आउछ गन्ध मधुशालाको
रित्तो पालामाथि
सुगन्ध मधुधाराको ।

दिन धकेलिदै जादा
आउदो छ सम्झना
बितेको मध्य दिनको,
जोगिनी भई हिडेकी
आफ्नै प्रिय प्रेयसीको
र आफ्नै विवशताको ।

दिन धकेलिदै जादा
आउदो रहेछ याद
मुख खोल्न नसकी
मौका आफै छुटेको,
कसैको पर्खाइमा
आधा जीवन बितेको ।

दिन धकेलिदै जादा
बढेको छ प्यास
बढ्दो छ आश
एउटी 'शाकी' को
भरी बोतलजस्तो
एउटी साथीको ।

दिन धकेलिदै जादा
छायाँ आउछ रातको
आउछ गन्ध मधुशालाको
रित्तो पालामाथि
सुगन्ध मधुधाराको ।

राम दाहाल
२०६९ चैत्र २७

No comments: