Thursday, March 20, 2014

विद्युत लगानी

विद्युत लगानी

विद्युतविज्ञको भनाइ अनुसार ४०० मेगावाट जलविद्युत केन्द्र स्थापना गर्न प्रति किलोवाट $२००० का दरले $२०००×१०००×४००=$८००,०००,००० चाहिन्छ । सामान्य त केन्द्रका यन्त्रको आयो २५ वर्ष र सिभिल निर्माणको आयु ५० वर्ष लिइन्छ । त्यसैले २५ वर्षको आयुमा केन्द्रले लगानी $३ करोड २० लाख र त्यसको ब्याज १०%ले सरदरमा $४ करोड प्रती वर्ष तिर्नु पर्छ । यस हिसाबले प्रति वर्ष जम्मा $७ करोड २० लाख जिम्मेवारी आउछ ।अर्कोतिर ४०० मेगावाट केन्द्रले ८०% efficiency मा ३०० दिन काम गर्दा २ अर्ब ३० करोड ४० लाख युनिट उत्पादन गर्ने हुदा प्रति युनिट $०.०३१२५ पर्छ जो प्रति डलर रू१०० को दरमा प्रति युनिट उत्पादन लागत रू ३.१२५ पर्न आउँछ।अझ सहुलियत दरको ५% ब्याजको ऋणमा त प्रति युनिट लगानी रू २.२६ पर्न आउछ ।


Sunday, March 16, 2014

रूपान्तरमा समाज

रूपान्तरमा समाज

उहिले मेरो बाजेका पालामा ५० जनाको जहान थियो । मेरा बाबुका पालामा त्यो १५/२० जनामा झर्यो । मेरो त ८/१० सम्मको परिवार भयो । मेरा छोराहरू३/४ को सीमित परिवारमा गए । परिवारको रूप बदलिदै गयो र त्यही अनुरूप बदलिदै छ समाज पनि । अर्थात् हाम्रो संविधान जस्तै हाम्रो समाज पनि परिवर्तनको अन्तरिम कालमा छ । एकातिर युवाहरूमा त्यो संयुक्त परिवारको छाया मेटिएको छैन त अर्कोतिर परिवर्तनको लहरसँगै दौडनु पर्ने अवस्था पनि विद्यमान छ । बुढा आमाबाबु गाउँको दैलो समाएर बसेका छन् त छोराछोरी सहरमा हातमुख जोड्ने, थातथलो बसाउने मुसेदौडमा कुदी रहेका छन् । न छोराछोरीलाई आमाबाबु हेर्न आउने फुर्सद छ न आमाबाबु परदेश जाने संभावना हुन्छ । सहरमा बस्ने आमाबाबुको हालत पनि कुन गतिलो पो छ र ? तिनका छोराछोरी पनि विदेशमा उहीँ मुसेदौडमा छन् ।नानी स्याहार्नु परे झिकाउछन् ामा र बाबू पछि लाग्छन् केही समयको निम्ति । अन्यथा बुढाबुढी विरामी पर्दा पनि भेट्न आउने फुर्सद हुन्न ुउनीहरूलाई उनीहरूको हेरचाह गर्ने कुरा त परैको । तैपनिपुरानो संझनाले देशमा बस्नेले म फलानो ठाउँको पो गाउँको र विदेशमा बसाइँ सरेकाले म त नेपाली पो त भन्दै गाउँ र देशको मसयामाया देखाुउछन् । गाउँ र देशबाट राम्रो ठाउँमा पुगेपछि केको माया भन्न सक्दैनन् र घरबाट माइत आएकी चेलीलेझैँ पुरानो थलोमा कोशेली बोकेर आउछन् ।
शायद यसको अन्त्य नहुने देखेर होला देशभरि वृद्धाश्रमहरू बनिरहेका छन् ।

Saturday, March 08, 2014

छोरीको बिलौना

छोरीको बिलौना २

चाँदीको कचौरा भात् खाँदा खिएको
अलिक् त बाबाले नहेरी दिएको ।
देउ्रा जेठानी भात् पकाउ्ने पालो
केटो हेर्‍यौ बाबा सबैभन्दा कालो ।
हाम्रा बाबा जैसी मुलुकै जमानी
छोरी दियौ बाबा खातिरै नमानी ।
बतास लाग्यो बाबा रुखै हल्लाइ्  हल्लाइ्
पाल्यौ ताल्यौ बाबा दियौ कल्लाइ् कल्लाइ्।
मकै भुटी भुटी थालै भरी ठेट्ना
जेठानीहरू छन् खुकुरीले रेट्ना ।
भातै पकाइ्पकाइ निगुरीको तिहुन्
मेरा माइती कंगाल् केको दाइजो दिउन् ।
मकै पिँध्ने जाँतो छुत्ती खेल्ने मानी
मेरा कुरा लाउने यिनै कान्छीनानी ।
गिलीगिली जाउली खुलीखुली खाउली
मेरा कुरा गर्छ्यौ कस्का माइत आउली ।
सम्पत्तीको नाउँमा जन्तरैको टाटो
मर्न जान्छु बाबा देखाइ देउन बाटो ।
निधार् लाउनु टिकी गाजल् लाउनु कोस
आफ्नै कर्म उस्तो कल्लाई लाउनु दोष ।
कोरी देउ् बाटी देउ् छाप्टिकी लगाइ् देउ्
अर्कालाई् दिदा चै खोलामा बगाइ् देउ् ।

१०० वर्ष अगाडिको छोरीको बिलौनाको दोश्रो कथनलाई मैले मैले यहाँ राखी दिएको छु ।








Thursday, March 06, 2014

गुजरातको सोलर पार्क

ट्विटर छलफलमा एक विज्ञ भाइले नेपालमा जल्विद्युतको विकल्पमा सौर्यवद्युत हुन्छ भन्ने भन्ने प्रमाणको निम्ती भारतको गुजरात प्रान्तमा भएको solar park को उदाहरण दिए र मैले गुजरातको विद्युत बारे केही जान्न कर लाग्यो ।त्यसैले यहाँ मैले पाएका तथ्याङ्क प्रस्तुत गरिदिएको छु ।

१. कुल विद्युत उत्पादन : १८,००० मेगावाट
२. surplus भएको :१,५०० मेवा
३. जलविद्युत उत्पादन संभावना छैन।
४.२ तापविद्युतकेन्द्र सस्तो gas नपाएर बन्द छ्न् ।
५. २०,००० हेक्टर जमिनमा फैलिएको solar park मा १ देखी ४० मेगावाटसम्मका
 ८४ कम्पनीले ६५० मेगावाट उत्पादन गर्छन् ।
६. गुजरातमा नहरको कुल लम्बाई १९,००० कि.मि. छ र नहर माथी solar panel राख्ने योजना छ तर हाल १,९०० कि.मि. मा मात्र panel राखेर नहर छोपी २,२०० उत्पादन गर्ने योजन्स छ ।
७. सौर्यौत्पादित बिजुली सरकारले प्रती युनिट १२ वर्षसम्म भारू १५ र त्यसपछिको १३ वर्ष भारू ५ मा किन्नु पर्ने छ ।

Wednesday, March 05, 2014

पुरानो गीत

सय वर्ष पुरानो गीत

ठ्याक्कै ६० वर्ष अगाडी मेरी आमाले भनेका गीतहरू सारेको हुँ मैले । निरक्षर मेरी आमाले उनकी निरक्षर आमाबाट सुनेकी हुन् यी गीत । त्यसैले यी गीत शताब्दीअअघिको मान्छु म । सय वर्ष अघि पूर्वी नेपालको ताप्लेजुङमा बस्ने मेरी बजै र सोही कालमा जन्मेकी आमाको भाषामा त्यती फरक पाइनँ र मैले शब्दहरूलाई यथावत राखेको छु ।

छोरीका बिलौना

घडेरी फेरे नि मुल्खाँबो फेरेनौ
अलिक् त बाबाले घर् केटो हेरेनौ ।
ओरालीउकाली पन्छिन्दर परेको
कंगाली कुटुम्ब कति मन् परेको ।
नेपाल् जाने बाटो कोदालीले खन्छन्
अर्काको घरैमा दाइजो ल्याइनस् भन्छन् ।
जुठेल्नाको रायो मालीगाईले खायो
माइत जाउँला भन्थेँ भाइले वचन् लायो
उकालीओराली हिडेन गाजुगाई
कहिले भेट्न आउँथे निठुरी दाजुभाइ ।
पातै टिपीटिपी आधा डोको मात्रै
सौता कुट्न आउँछे चुलादेखी नाच्दै ।
धुरी लाग्यो धुवाँ मजेरी लाग्यो लेउ
जेठानी त भन्छे लाइदिउला पल्लो छेउ ।
बारीको छेवैमा बसे कर्‍याङ्कुरुङ्
सासू भतै दिन्छिन् भाँडो खर्‍याङ्खुरुङ् ।
ऐया ऐया आमै म मरेँ बहैले
आइज आइज भन्छ हरिया दहैले ।
झुर्केमुर्के फलाम् चुलैँसी कमाउने
को छ मेरो बाबा टेक्ने र समाउने ।
बाबाले भात् खाने मृदुपुरे थाल
म एउटी छोरीलाई माइती राजै पाल ।