Thursday, December 13, 2012

राम दाहालको लेखनी

राम दाहालका उपन्यास, काव्य, कथासंग्रहरूको संकलन 

(Click to go to books)

Excerpts

दस्तावेज (उपन्यास)

("मेरो छोरो निन्द्रामा मात्र होइन, नशाको बेहोसीमा पनि थियो। मैले उसको मुटुको स्पन्दनलाई आफ्नै हातले छोएर हेरें। तप्त र जीवित थियो ऊ। मैले त्यो हतियारको टुप्पोलाई मुटुकोमाथि राखें र आफ्नो भए भरको बलले त्यसलाई रोपें। ऊ थोरै मात्र चलमलायो र एकै छिनमा शान्त भयो।
हेर्नोस् ! आमाको निम्ति छोरो मर्नु कष्टकर कुरा हो तर छोरो मार्नु कष्टभन्दा पनि अति कष्ट रहेछ। त्यो किरिच उसकोमा होइन मेरै छातीमा पसेको अनुभव भएथ्यो मलाई। आमा देवी भएर प्रशव वेदना त सधैं सहन्छे तर मानवजाती कलङ्कित हुनबाट रोक्न राक्षसी भएर सन्तानहत्याको अपराध बेहोर्न आफ्नै सन्तान मार्न पनि सक्दिरहिछ।")

किन नारी आफ्नै पुत्रहत्या गर्छे ? कहाँ छ उसको वाध्यता ? 'के उसले छोरो मारेकै हो त ?' प्रहरी प्रतिवेदन 'हो' भन्छ । अझ नारी स्वयम् 'हो' भन्छे । १२५ पृष्ठ लामो यो उपन्यास एउटी नारीले पार गरेका विभिन्न स्थितिहरीको दस्तावेज हो ।


सौदामिनी (खण्डकाव्य)

आकाशको छाती चिरेर झर्ने
सौदामिनीको चमकै ठूलो छ
स्वर्गिय शौन्दर्य सबै समेटी
बाटो ऊ झर्ने त हिलो गिलो छ ।

झलक्क देखें एक दिन मैले
सौदामिनीको झरिलो छटामा
कहीँ पनि देख्न नपाइएको
दैविय शौन्दर्य छिँडी कुनामा ।

सौदामिनी त्यो सखी भेट्न आई
आकाशदेखि तल धर्ती सम्म
छुट्याउनै पो अब पर्छ गार्‍हो
कुन चाहिं सौदामिनी हो, अचम्म !

आकाशकी त्यो सौदामिनीले
धर्तीकी सौदामिनीलाई छुन्छे
चमक, दमक, रुप र चञ्चलेपन
आफू मिटाइ उसलाई दिन्छे ।

५० पृष्ठको यो सानो पस्तिकामा बिजुली(सौदामिनी) जस्तै सुन्दर, चपल, अनिश्चित र वाचाल सानी केटी सौमीको कथा सरल कवितामा वर्णन गरिएको छ । भाषाको सरलता र काव्यात्मक वर्णन नै यसको विशेषता हो ।



सहयात्री (लामोकथा‌)

(ज्ञानीले फेरि मेरो अनुहारमा आँखा गाडेर सोधी — "तपाईका घर जहान कहाँ छन् नि?"
मैले प्रसङ्गलाई अलि रसमय बनाउन जवाफ दिएँ — "बास त जता बसे पनि भएकै छ। त्यसैले कहिले सीमानाको छेउमा बस्छु, कहिले राजधानीमा। दाजुभाइ, इष्टमित्र, बाबुआमा सबैले पुगेको बेला खान र बस्न दिइहाल्छन्। खास घरजहान जोडने सौभाग्य भने अझ पाएको छैन।"
मेरो जवाफले प्रसन्न भएर उसले भनी — "नजोडनोस् अब अहिलेसम्म नजोडेपछि। यो घर परिवारमा सुख र दुःखको हिसाब लगाउने हो भने दुःखको मात्रा अत्याधिक हुन्छ। लोग्ने, स्वास्नी, विवाह, छोराछोरी भन्ने जन्जाल नै दुःखको महाजालो हो। यो मेरो अनुभव हो र अब मेरो अभिव्यक्ति पनि ठान्नोस्।")

मेरी सहयात्री अलिकति असामान्य थिइन् तैपनि एक रातको त्यो बसको सहयात्रामा पत्यारलाग्दा, पत्यारनलाग्दा थुप्रै कुराहरू पोखिन् । अझ भन्नु पर्दा आफ्नो पुरै जीवनी नै सुनाइन् । ६४ पृष्ठको यो लामो कथा सहयात्री एउटी युवा नारीले पार गरेको वाध्यताको कथा हो ।

उपपति (उपन्यास)

पूर्णिमा भन्दै गई — "तिमी आवेशमा निर्णय गर्न सक्छौं र परिणाम के हुन्छ ? सोच्न सक्दैनौ। जो मानिसले सजिलैसँग स्वास्नीमानिसलाई धोका दिन र फाल्न सक्दैन त्यसले स्वास्नीमानिसलाई आँफूतिर तान्न खोज्नु हुँदैन। यदि म तिम्रो घाँटिमा झुण्डेकी भए तिमी के गर्थ्यौ? भन त। त्यो त तिमीले विचारै गरेका थिएनौं। दुईवटा छोराछोरीकी आमा झुण्डिन पनि सक्छे र झुण्डिएपछि छोड्दिन पनि। अनि तिमी उसलाई पाएर सुखी हुन्थ्यौं कि दुःखी? "
"तिमी झुण्डिने छौं भन्नेे आशा नै थिएन मलाई?"
"तिम्रो निष्कपटतामा विश्वास गरेर मैंले यो सम्बन्धलाई मित्रतासम्म नै कायम राखें। यदि मेरो चाहना त्योभन्दा पर भएको भए तिमीलाई त्यो पनि बाध्य गराउन सक्ने थिएँ। तिमीजस्तो आर्ईमाईको हात नपरेको लोग्नेमानिसलाई बाध्य गराउन कुनै गाहारो थिएन।"

के हो उपपति ? को हो उपपति ? के नारी आफैँ उपपति रोज्छे त ? के यो उपन्यासकी नायिका पूर्णिमा उपपति खोज्नेमध्येकी हो त ? तैपनि किन पाई त उपपति उसले ? र अन्त्य के हो यसको ? उपन्यास पढेपछि मात्रै सबै थाहा हुन्छ । रमाइलो छ यो २३६ पृष्ठको उपन्यास ।


कालचक्र (उपन्यास)

("ल है, सानोकाका। निदाउनु हुँदैन नि बेहुली हात पार्ने बेलामा।"
झण्डै भण्डै पूरै भार बोकेर सानोकाकालाई मैले अड्याएको थिएँ। ११ बज्न लागेको थियो होला। सानोकाका भने आधा जस्तो निंदाएको थियो।
पुरेतबाजे कन्यादानको संकल्प पढी रहेका थिए। सानोकाकाको हात थामेर बसेको मेरो निम्ति कन्यादानको महासंकल्प कहिले पनि नसिद्धिने कष्टमय पाठ भइरहेको थियो तर पनि आफ्नो जिम्मेवारीबाट पन्सन नमिल्ने भएकोले म थामिएर नै बसेको थिएँ। समय बित्दै गए पछि त झन् सानोकाकाको सानो हातबाट झरेर आएको पानी मेरो हत्केला भरी भएर खडकौलोमा झरी रहेको थियो। त्यसमा थप सानोकाकाको हातभन्दा माथि भएको बेहुलीको हात सानोकाकाको हातमा नअटाएर मेरो हातको भर लिइरहेको थियो। त्यसरी अर्काको कन्यादानमा त्यो अप्ठयारो जिम्मेवारी मेरो निम्ति कष्टकर नहुने कुरै थिएन। म त्यो स्थितिबाट जति सक्दो चाँडो उम्कन चाहन्थें तर पुरेतबाजेको महासंकल्प भने झन् झन् ढिलो चलिरहेको थियो। त्यसैले आफूलाई जति सक्दो हँसिलो बनाउन खोज्दै पुरेतलार्ई भनें — "ल, है, पण्डितजी ! संकल्प चाँडो पढ्नोस् है। बेहुला बेहुली थाक्छन् नि।"
संकल्प पढिरहेका पूरोहितले बोल्ने कुरा थिएन तर पछाडिबाट कुनै नारी स्वरले व्यङ्ग्य कस्न चुकेन — " बेहुलाको लोकन्ते जति त कोही पनि थाक्दैन होला।"
अनुहार देख्न नपाए पनि नारीस्वर कुनै तरूनीको नै हुनु पर्छ भन्ने लख काटे पछि लोकन्तेको वाकपटुता मैले देखाउनै पर्‍यो — " लोकन्ते थाक्ने बेला एउटा उहिले नै गई सक्यो। अर्को ल्याई दिन खोज्नेको अनुहार देख्न पाएको छैन।"
" ल है कान्छी ! लोकन्ते त खरिलो पो रहेछ त, अनुहार हेर्न खोज्ने।" — अर्को नारी स्वर आयो। त्यो पनि तरूनी स्वर नै थियो।)

कालचक्रले घटनावस भेटिन पुगेका युवा जोडीले एक अर्कालाई प्रेम गर्न त पुगे तर दुर्भाग्यले एउटै आँगनको सेरोफेरोमा बाँच्नु परे पनि एक अर्कासँग अनजान झैँ बाच्नु पर्ने वाध्यताबाट जोगिन सकेनन् । जब त्यो वाध्यता तोड्ने प्रयास गरियो, एउटा परिवारको दुखान्त अन्त्य भयो । १८४ पृष्ठको यो उपन्यास त्यो कालका विभिन्न पात्रहरूको आत्मवर्णन हो ।

 

Monday, November 05, 2012

डाटा


लिम्बुवान डाटा


ताप्लेजुङ
संखुवा सभा
पाँचथर
इलाम
धनकुटा
तेरथुम
जम्मा पहाड
झापा
मोरङ
सुनसरी
जम्मा मधेस
जम्मा
छेत्री
१५९८२
३०९३१
२१५२०
३८३२०
३३९२१
२१५०६
१६२१८०
९४६४०
९४६३८
५२४५६
२४१७३४
४०३९१४
बाहुन
१३९७४
१०४७६
२५३०४
४२८०५
१०६४७
१७७७१
१२०९७७
१५८६९९
१०९९८२
४९६५०
३१८३३१
४३९३०८
मगर
११५१
५०१७
६३८९
१४४९६
१६१६५
२४४१
४५६५९
१३५५७
२२२७०
१००५४
४५८८१
९१५४०
थारु
११७
१४४
१८५
२९१
२४०
३५
१०१२
९५८८
६३६७३
८७५२३
१६०७८४
१६१७९०
तामाङ
५५३०
१५०४८
१३७८८
१९३०२
९९३९
६५४८
७०१५५
१६३३८
१८९५३
१३४५२
४८७९३
११८९४८
नेवार
२२४२
८०५५
३११३
१०८५०
७७४०
३१२७
३५१२७
२१२०५
३४०१३
२७६८६
८२९०४
११८०३१
कामी
५९५८
७००३
६५३७
९५००
५४७७
४७८८
३९२६३
१६७२६
१५७०६
११६४०
४४०७२
८३३३५
यादव
६९
५२
१२५
१८१
१३०
५४
६०१
४३२९
१७७०९
२७२४९
४९२८७
४९८८८
राई
६७७९
३५७२५
२८१५७
६८९०१
३८२५७
२२२५
१७९९४४
३०२४२
४४२६९
४३१५४
११७६६५
२९७६०९
गुरुङ
६०७७
९२०६
३१३३
८९६२
२००३
३१९२
३२५७३
६१८३
७२००
६१३४
१९५१७
५२०९०
दमाई
२११५
३३४९
३६४७
४१३०
३४७१
३१६३
१९८७५
११३४२
१०१८९
५६६५
२७१९६
४७०७१
लिम्बु
५६२३४
७५८४
८१४८८
४०५४२
२२८४९
४००२०
२४८७१३
३७६४६
३६९७३
१८०५२
९२६७१
३४१३८४
ठकुरी
१८
१३
७५
२९९
६४७
२७८
१३२७
७०३
१५५३
२००४
४३५०
५६७७
सार्की
११३४
१७६३
९०४
१०९६
१९६८
१५७५
८४४०
३७३१
३६५१
२७४७
१०१६९
१८६०९
सन्यासी
१०५६
१२३०
९१३
२१५८
१५६१
१२०५
८१२३
८६७९
६४३४
३०२३
१८१३६
२६२५९
शेर्पा
१२५५८
८२६८
७४५
४३८९
६२८
११९९
२७७८७
१०१४
९४०
९८९
२९४३
३०७३०
भुजेल
५३८
८७०
३३३
१८२०
१६७८
१२२०
६४५९
५८५६
११६४३
५४१३
२२९१२
२९३७१
भोटे
६३५
४५६५
५०
२७०
६८
१०३
५६९१
१५६
१२१
८३
३६०
६०५१
गाइने
१२
२४
१७९
२६
२११
२३५













कुल जनसंख्या
१३४६९८
१५९२०३
२०२०५६
२८२८०६
१६६४७९
११३१११
१०५८३५३
६३३०४२
८४३२२०
६२५६३३
२१०१८९५
३१६०३४८