Saturday, June 29, 2013

खसबारे २

को को हुन् नि खस ?
नृवंशशास्त्रीहरूको परिभाषामा खस को हुन् त्यो मलाई थाहा छैन र झन नेपाली पहाडी छेत्री बाहुनहरू पुरै खस हुन् कि होइनन् भन्ने तर्क गर्न म सक्दिनँ । कुनै पनि बाहुन वंशावलीले आफ्ना पुर्खा भारतबाट आएका होइनन् भनेर भनेको मैले पाएको छैन । त्यसैले नृवंशशास्त्रीहरूले खोज्ने गरेको वंशियअणु आधारमा वहुजातिय नेपालमा जातिय सुद्धता खोज्नु अब यसै पनि त्यति सजिलो छैन, बरु जातियभन्दा भाषिक आधारमा भने यसलाई व्याख्या गर्न सकिन्छ । जस्तै, नेवार कुनै जाती होइन, केवल भाषाभाषी मात्र हुन् किनकी पुरातनमा चाहे दक्षिण कर्नाटकबाट नायरहरू पसून् या उत्तर तिब्बतबाट भोटे या अझ परबाट हानहरू, पूर्वबाट नागाहरू पसून् या पश्चिमबाट खसहरू नेवारी राजभाषा भएकाले सबैले त्यो नसिकी त्यहाँ बस्न संभव थिएन । त्यो समयमा त्यहाँ हुने चार जात र छत्तिस वर्ण सबै नै कालान्तरमा त्यो भाषाभाषीभित्र परेर नेवार कहलाइए र तागाधारीदेखि अछुत र मंगोली नेप्टोदेखि आर्येली चुच्चोसम्म नाक हुनेसम्म त्यहाँ पाइए ।

आजको नेपालको सन्दर्भमा पनि खसको परिभाषा नृवंशशास्त्रीहरूको परिभाषाको आधारमा होइन भाषिक आधारमा खोजिनु पर्छ । आजको नेपालीभाषा खसभाषा भनेर मानिएको छ र अर्को मातृभाषा नहुने सबैलाई खसभाषीभित्र हालिएकाले छेत्रीबाहुनहरू खसमा दरिएका हुन् । पुस्तौं अगाडि भारत छिरेका नेपालीहरू अहिले गोर्खाली भएर हामीले बोलिने नेपाली खसभाषालाई त्यहाँको गोर्खाभाषा बनाएका छन् । त्यतिले मात्र पुग्दैन । पृर्खौदेखि बसेका र पुरानो मातृभाषा उहिले नै छोडिसकेका इलामको गुरुङ या दोलखाको मैथिली बाहुन या दार्चुलाको नेवार आफ्नो जातिय राज्य माग्ने समाजको सदस्य हो कि खससमाजको ? उनीहरू पनि खसमाषी भएकाले खसको परिभाषा भित्र पर्छन् भने छेत्रीबाहुनलाईझैँ उनीहरूलाई पनि खस भनिदा आपत्ती हुने कुरै हुदैन । थात र थलो छोडिसकेपछि मानिसको धर्म र जात पुरानै रहिरहँदैन । केवल यतिमात्रै हो कि खसभाषी नेपाली सबै नै खस हुन् अन्यथा सबैको जरो खोज्दै जाने हो भने त प्रथम मानवको उद्भवस्थल अफ्रिकातिर पुग्नु पर्ने हुन्छ ।

Thursday, June 27, 2013

खसबाहुनबारे

को हुन् खस-बाहुन ?
चाणक्यले व्राह्मणलाई चार भागमा विभाजित गरेका छन् । जो व्राह्मण बनमा बसेर फलफूल, कन्दमूल खान्छ र नित्य श्राद्ध र तर्पण गर्छ त्यो ऋषि हो । जो व्राह्मण एक छाक खान्छ, ६ कर्म(पढ्नु, पढाउनु, यज्ञादिकर्म गर्नु र गराउनु, दान दिनु । लिनु) गर्न तयार हुन्छ र पत्नीसँग ऋतुकालमा मात्रै सहवास गर्छ त्यो द्विज हो । जो व्राह्मण सांसारिक दुनियादारी काम गर्छ, गाईवस्तु पाल्छ, खेतीपाती गर्छ त्यो वैश्य व्राह्मण हो र जो खोटो, लाहा, तील, तेल, नीर कुंकुम, मह, घ्यु मदिरा, मासु आदिको काम गर्छ त्यो शुद्र व्राह्मण हो । साथै उनी यो पनि भन्छन् कि अर्काको काम बिगार्ने, घमण्डी स्वभाव भएको, आफ्नो स्वार्थ मात्र हेर्ने, अर्काको डाहा गर्ने, झुट र छलकपटको सहारा लिने, पेटमा कपट राखेर अगाडि मीठो बोल्ने त्यस्ता व्राह्मणलाई मार्जार या बिरालो भनिन्छ । ईनार, कुवा, तलाउ, बगैँचा, देवालय भत्काउने म्लेच्छ व्राह्मण हुन् र देवगुठी खाने, गुरुको धन हडप्ने, परपत्नीलाई संभोग गर्ने र सर्वभक्षीलाई चाण्डाल व्राह्मण भनिन्छ ।

ऋषि व्राह्मणहरू अब भेटिदैनन् । द्विज व्राह्मण २।४ वटा पाइएलान् । अब त हामीले बाहुन भएसकेका वैश्य र शुद्र व्राह्मण मात्र पाउछौँ । मार्जार, म्लेच्छ र चाण्डाल व्राह्मणको त बिगबिगी नै छ हामीकहाँ ।

खसआर्य समाज पितृसत्तात्मक समाज हो । छोरो बाबुको हो र उसले बाबुको गोत्र, थर, पुर्ख्यौली समात्नु पर्छ । यो परम्परा पुस्तापुस्तादेखि चली आएको हो । त्यो हिसाबले बाहुनहरू चार थरी गन्न सकिन्छ अथवा एकै पुर्खाका उपाध्याय, जैसी, खत्रीछेत्री र दलित हाँगाहरू छन् । त्यसैले उनीहरूलाई उपाध्याय, जैसी, खत्री र दलित बाहुन भनिन्छ । चारवटै हाँगाका गोत्र, थर मिल्छन् र खत्रीमा आमापक्षका रगतबाट बनोटमा केही फरक देखिए पनि बाँकी तीन वटामा शुद्ध आर्य बनोट छर्लङ्ग देखिन्छ । यसै मेसोमा झापामा केही समय अघि गरिएको दलित बटुकहरूको व्रतबन्ध सही देखिन आउछ तर ती तागाधारी बटुकहरूले डोरी मात्रै बाँध्ने हुन् कि मनुस्मृतिले भने झैँ पञ्च महायज्ञ या चाणक्यले सुझाए झैँ ६ कर्म गर्ने हुन् या उनीहरू द्विज वा शुद्र के बन्ने हुन्, सो थाहा छैन । उनीहरूको व्रतबन्धले खसदलित पनि बाहुन हुन् भन्ने कुरा भने मान्नु पर्छ किनकि जातच्यूत हुन सक्ने खसबाहुन मात्रै थिए र अरू जातमा सो चलन थिएन । त्यसैले अब बाहुनका यी चार हाँगालाई एकै मूल बाहुनमा स्वीकार गरौँ ।

जातिय राज्य(लेख)

जातिय राज्यः विश्लेषण

अफ्रिकी जंगलमा हात्ती, सिंह, बनघोडा, हरिण नघटाउन पश्चिमाहरू अनुरोध गर्छन् । अझ तिनका संरक्षणका लागि पैसा पनि खर्च गर्छन् र ती जानवरहरू हेर्न या शिकार गर्न सक्ने अफ्रिका धाउछन्, नसक्ने आफ्नै सहरमा लगेर राखिएको चिडियाखानामा हेर्छन् । मानवभन्दा धेरै विकसित जीवले मानिसलाई पनि चिडियाखानामा राखेर रमिता हेर्न सक्छ भन्ने एउटा कल्पना व्रह्माण्ड भ्रमण सम्बन्धि एउटा अमेरिकी टेलिशृङ्खलामा देखाइएको पनि थियो । आफूभन्दा कम मस्तिष्क विकसित प्राणीको रमिता हेर्न बढी विकसित जीवले सधैँ चाहन्छ भन्ने चित्रण थियो त्यो ।

आफूलाई विकसित भन्ने पश्चिमाहरू हामीलाई अविकसित ठान्छन् भौतिक रूपमा पनि र मानसिक रूपमा पनि । उत्तर भारतियहरूले प्रत्येक नेपालीलाई बुडवक, भुच्चड गोर्खे देखे झैँ पश्चिमाहरू हामी पूर्वियाहरूलाई त्योभन्दा गतिलो ठान्दैनन् । उनीहरू भक्तपुरको भित्रीगल्लीको काँचोमाटोले बनेको घर नभत्काई आधुनिक सुविधासम्पन्न घर बनाउन सकिन्छ भन्ने सपना देखाउछन् हामीलाई र हामी पत्याउछौँ । उनीहरू भने नया नया सिर्जना गरिरहेका हुन्छन् र हामीलाई पुरानैमा बस्नु पर्छ भनेर सिकाउछन् । हामीमा परिवर्तन नभए उनीहरूले हामीलाई चिडियाखानामा जस्तै हेरेर हामीलाई २।४ पैसा दिदै मनोरञ्जन गर्न पाउछन् । नेपाली नेवारहरूका जात्राका फिल्म, लिम्बुको जातिय बहादुरीका कथा, गुरुङको गाउँबस्तीका घाटुको बयान या शेर्पाको तोङ्बा या चौँरीको दुधको छुर्पीको महत्व आदि बेचेर हामी प्रगति गर्छौँ भनेर फुरुङ्ग पार्छन् हामीलाई र उनीहरू भने मंगल ग्रहको यात्राको निम्ति सामान उत्पादन गर्न थाल्छन् । यो विडम्बना पनि पत्याउछौँ हामीहरू । 

हामी त्यसरी नै सोच्छौँ कि राज्य पुनर्संरचनामा विदेशीको सल्लाह हाम्रो भलोको निम्ति हो भनेर तर त्यसमा हाम्रोभन्दा उनीहरूको स्वार्थ बढी हुन्छ । जसरी एक मधेस भारतले नेपाललाई कँज्याई राख्नको निम्ति बलियो हतियार ठान्छ त्यसरी नै टुक्रे आदिवासी राज्यहरूमा युरोपेलीहरूले आफ्नो प्रभाव जमाउन सके बाँकी हुन आउने खस राज्यहरू अमेरिकी प्रभावमा स्वत आउछ र चीनलाई घेरी राख सजिलो ठाउँ ठान्छन् उनीहरू । शेर्पा, जडान या भोटे राज्य बने नै पनि दलाई लामाका अनुयायीहरूका प्रभावले ती राज्य आफ्नो प्रभावमा आउने सम्भावना कमै देखेको चीनले 'जातिय राज्य ठिक होइन' भनेर जनाउ दिनु आफ्नो स्वार्थको निम्ति स्वभाविक हो । चीनको भनाइ पनि हाम्रो हितलाई हेरेर आएको होइन ।
यो देशको पहाडी भागका ६ जातिका केही नेताहरू आफ्ना जातिका नाममा राज्य चाहन्छन् । कस्तो राज्य ? पहिचान जनाउने स्वायत्तता सहितको राज्य । कसको लागि ? नेपालमा नेपालीको भनिए झैँ मगरातमा मगरको लागि, तमुआनमा गुरुङको लागि, नेवा राज्यमा नेवारको लागि, ताम्सालिङमा तामाङको लागि, किरात राज्य राईको लागि र लिम्बुआन लिम्बुको लागि । जसले जे भने पनि त्यसमा त कुनै शंका नै छैन ।
कतिपयले भन्छन् - नाममा के छ ? नाम जेराखे पनी के फरक पर्छ ? नामले धेरै कुरा देखाउछ । राज्य पहिले एकल नाम पाउने जातिको अग्राधिकारमा जान्छ । यो स्वाभाविक पनि हो किनकि 'जसको बिहे उसलाई हेर्न न दे' त कसैले पनि गर्न सक्दैन । त्यपछि मात्र अरू जातिको नाम आउछ, भाग आउछ । नेपाल भन्नाले नेपालीहरूको देश भन्ने जनाउछ । यो देशको नाम गोर्खाराज्य रहुन्जेल हामी सबै गोरखाली थियौँ । जसरी हाम्रै पूर्वी सीमानापारीका हाम्रा नेपालीभाषी दाजुभाईले आफूलाई गोर्खाली भन्न रुचाउछन् र गोर्खाराज्य माग गर्छन् त्यसरी नै त्यसैको छेउको लिम्बुआनमा बस्ने एक चौथाइको लिम्बुले 'म लिम्बु हुँ' भन्छ भने बाँकी तीन चौथाइ आदिवासी, खसआर्य, आदिआर्य सबै नै 'म लिम्बुआनवासी हुँ' भन्नु पर्ने हुन्छ । यस्तै कुरा अरू जातिय राज्यमा पनि देखा पर्छ । यसको साटो सबैले साझा रूपमा ' म अरुण या सुनकोशी या हलेसी निवासी हुँ, 'म तमोर निवासी हुँ' या म्याङ्लुङ निवासी हुँ' आदि यस्ता साझा नाम भन्न पाउदा धेरै सामन्जस्यता पाइन्छ । 

जाति र धर्मका नाममा मानिसलाई उचाल्न सार्‍है सजिलो छ र माओवादीले आफ्ना स्वार्थका निम्ति यही हतियार प्रयोग गरे तर जातिकै आधारमा राज्य विभाजन भइरहेमा देश सिंगै रहिरहने कुरामा शंका नै छ । टुक्रिएपछि त आफूले जति ओगट्न सक्छ त्यतिमा आफ्नो नाम लेखाउने हो ।

Friday, June 21, 2013

nari lekh



w'Gw'nL / cfhsf] gf/L ;d:of

ha ha dlxnf / k'?if larsf] c;dfgtfsf s'/f p75g dlxnfsf kIfdf cfjfh p7fpg]x¿ y'k|} b]Vbf nfUb5 – dlxnfx¿sf c;dfgtfsf lbgx¿ ca kSs} hfg nfUb}5g t/ ha dlxnfx¿ lhpb} 89fOPsf / 9'Ëfn] xfg]/ dfl/Psf ;dfrf/ cvaf/df b]vfk5{g clg nfU5 dfgj ;Eotf cflbd 9'Ë]o'uaf6 w]/} k/ uO;s]sf] 5}g . @.$k|ltzt cfOdfO{sf s'/f gug]{ xf] eg] cfOdfO{ h'g;'s} ;dfhdf eP klg, rfx] Tof] ;dfh hlt;'s} ljslzt 7flgPsf] lsg g xf];, nf]Ug] of nf]Ug]dflg; Þåf/f lkl8t, zf]lift of s]xL g s]xL ¿kdf ckdflgt t ePs} x'G5g . Tof] zf]if0f, lk8g / ckdfgsf] dfqf dfq w]/yf]/ x'g] ub{5 . t]>f] ljZjsf] t s'/} 5f]l8lbpmF, cfkm"nfO{ ljslzt, ;Eo / cu|ufdL 7fGg] o'/f]lko / cd]l/sL /fHox¿df klg /fHosf] lgltlgdf{0fdf gf/Lsf] :yfg ;w} g} cToGt Go'g /xG5 / gf/Lsf] xsdf k'?ifÞåf/f ul/g] lg0f{o gf/LnfO{ k'?if ;/x g7flgP/ sdhf]/, c;Ifd / ;+/lIft hLj ;/x dfg]/ ul/G5 . To]f eGbf klg k/ t gf/L :jod cfkm"nfO{ klg To:t} 7fGg] ub{5g / Tof] c;dfgtfnfO{ 6fpsf] lgx'/fP/ l:jsf/ ub{5g . cfˆgf] clwsf/sf] lglDt gf/Lsf], obfsbf JolQmut lj/f]w eP klg, ;+ul7t ¿kdf ljb|f]x Oltxf;df slxn] klg ePsf] 5}g . gf/L clwsf/sf] cfGbf]ngsf] ;a eGbf 7"nf] gsf/fTds kIf g} gf/L c;xeflutf xf] eGg] s'/f To;}n] k'li6 x'G5 .

lsg x'b}gg t gf/L ljb|f]x < s] gf/Lx¿nfO{ cfkm"dfly ePsf] cGofosf] 1fg 5}g < s] gf/L k'?ifn] ;f]r] h:t} ;fRrL g} czs x'g t <

oL k|Zgsf hjfkm t'?Gt} lbg ;lsG5 . czssf] kl/efiff g} 5}g . zfl/l/s b[li6n] t lkUdLn] klg df];fO hftL dfly ljho kfpg ;S5 . cfhsf] o'4 xltof/sf] o'4 xf] . km]l/ gf/L / k'?ifdf xltof/sf] o'4sf] h?/t 5}g klg . dfglzs ¿kn] klg gf/L k'?ifeGbf sxL+ klg sd ePsf] k|dfl0ft ub}{g . ;xgsf] Ifdtfn] klg gf/L k'?if eGbf a9L ;Ifd dflgcfPs} s'/f xf] . k'?ifdf Ifl0fs ln8] an dfq}  x'g] / gf/L nfdf] ;do;Dd ;+3if{ ug{;Sg] s'/f t k|dfl0ft g} eO;s]sf] 5 . To;}n] gf/LnfO{ c;s eGg t sbflk ldNb}g .

gf/LnfO{ cfkm"dfly ePsf] cGofosf] 1fg klg 5 . k9]n]v]sf lzlIft dlxnfsf t o;} ;r]t 5b}5g, ufpF3/ s'gfsfKrfsf cfOdfO{ ;d]t cfkm" k'?if åf/f lkl8t ePsf] l:jsf/ u5{g t/ pgLx¿ cfkm";Fu ljsNk gePsf] u'gf;f] kf]V5g . x'g klg pgLx¿ ;Fu ;+;f/sf ;a} gf/Lx¿ ;Fu em}+ ljsNk 5}g . klxn]f t pgLx¿sf ;fd' k|Zg pl7g}xfN5 — oL nfnfafnf s;nfO{ 5f]8]/ hfpmF < k]6df /x]sf] b]lv dfuLvfg] gx'Gh]n;Ddsf] afns cfdfdf cfl>t eP/ afFr]sf] x'G5 / pm ;Fu cfdfsf] cflTdo zfl/l/s ;DaGw klg afa'sf eGbf a9L x'G5 . o:tf] ;DaGw x'g'sf] d"n sf/0f cfdfsf] uef{wf/0f / p;n] kfng kf]if0f ug]{ jfWotf xf] cGoyf cfdf klg afa'n] h:t} 5f]/f5f]/Lk|lt t6:y x'g;Sg] lyO{ . k'?if lj/f]wdf cfOdfO{n] ljb|f]x ug{ g;Sg'sf] d"n sf/0f xf] klg oxL g} .

JolQmut ¿kdf t dlxnfåf/f nuftf/ ljb|f]xx¿ ePsf5g . sf]xL 5f]/f5f]/L 5f]8]/ kf]On uPsf5g, sf]xL nf]Ug] 5f]8]/ cfkm" :jtGq eP/ hLljsf rnfP/ a;]sf 5g, s;}n] nf]Ugs} ;fd' g} csf]{ nf]Ug] lnPsf klg 5g . kf}/fl0fs sfns} s'/f ubf{ klg j[x:klt kTgL tf/fn] rGb|nfO{ klt dfg]s} x'g . hlt;'s} 3'dfO lkm/fO s'/f a6f/] klg clxNofn] uf}td eGbf ;an / /fd|f OGb|nfO{ /f]h]s} x'g . of}g b'a{n kf08'n] :jf:gL 5f8f 5f]8g' k/]s} xf] . slt 5g o:tf 36gfx¿ t/ o;n] gf/LnfO{ kf}/fl0fs sfndf clwsf/ eg] lbPg . pgLx¿nfO{ k~rsGof agfO{ pkNnf] :yfg lbP/ c? dflysf] cfˆgf] clwsf/ oyfjt /flvof] . kf}/fl0fs sfnsf] ljb|f]xdf t >Ldb\ efujtsL Pp6L kfq w'Gw'nLsf] ljb|f]x dfq gf/L ljb|f]xdf dgg of]Uo ljb|f]x xf]] . p;s]f ljb|f]x nf]Ug] of Pp6f k'?ifsf] lj/f]wdf dfq ;Lldt geP/ l;Ë} k'?if hftLsf] cfr/0f, Jojxf/ / clwsf/ dfly ePsf]n] ;f/f kf}/fl0fs k'?if w'Gw'nLsf] lj/f]wdf plePsf] kfOG5 . w'Gw'nLn] gf/Ln] dfq ef]Ug' kg]{ uef{wfg cl:jsf/ u/L . of}g l:jsf/ u/]/ klg uef{wfg cl:jsf/ ug]{ Pp6L ljb|f]xL cfOdfO{ pm dfq ePsLn] k'?if kfl08To k'/f0fdf pm sn+ssL pkdf eO{ . ;'v kfpFnf eg]/ uef{wfg l:jsf/ u/]/ 5f]/f] hGdfpg] cfdfnfO{ cfˆgf] :jfYo{sf] lglDt s'6]/ 3/af6 lgsfNg] 5f]/fx¿ k'/f0f / Oltxf;df s/f]8f}+ s/f]8 eP / clxn] jt{dfgd} klg xhf/f}+ e]l6g ;S5g t/ w'Gw'sf/L gfd w'Gw'nLsf] 5f]/f]n] dfq} kfof] . k~r dsf/ 7"nfa8fsf] ;w}| l:js[t j:t' eof] t/ ck/fwL w'Gw'sf/L dfq 7xl/of] . oL ;a} k|ofzx¿ w'Gw'nLsf] lj/f]wnfO{ cdfGo agfpg] rfnsf cË dfq x'g eGg] b]lvG5.

w'Gw'nLn] Pp6f gof cfofdsf] l;h{gf ul/lbPsL 5 — gf/L Tof] a]nf dfq k'?if ;dfg x'g ;S5] ha p;n] k'?ifn] h:t} uef{wf/0f  ug'{ kb}{g, aRrfnfO{ v'jfpg' , lkofpg' kb}{g / p;sf] ;+/If0fsf] lhDdf lng' kb}{g . h'g ;d:of w'Gw'nLsf] ;fd' lyof] cfh klg cfOdfO{sf] ;fd' ToxL ;d:of 5 / h'g ;dfwfg w'Gw'nLn] /f]hL cfhsL gf/Ln] ;fFr} k'?if ;dfg g} clwsf/ lng] xf] eg] Tof] eGbf csf]{ af6f] /f]Hg klg ;lSbg . s[lqd uef{wfg of 6]i6 6Ø'j a]aL;Dd t nf]Ug]sf] l:js[lt lyof] t/ w'Gw'nL t uef{wf/0f g}  ug{ rfxGgyL . To;}n] p;n] 6]i6 6Ø'a a]aL wf/0fsf] lhDdf cfˆg} 3/sL uf}dftfnfO{ ;'lDklbO{ . uf]s0f{sf] hGd cdfgj dftf af6 ePsf] s'/f k'/f0f :jodn] l:jsf/ u/]sf]5 / of] hGdsf] sf/0fdf w'Gw'nLnfO{ /fv]sf] 5 .

s[lqd uef{wfg h:t} s[lqd cfdf klg cfhsf] o'usf] Pp6f ;DefJo ;dfwfg xf] . uef{wfgsf] lglDt efn] kfqsf] cfjZostf t 8nL e]8fsf] hGdn] plxn] g} P]lIfs agfOlbPsf] 5 . Snf]lgªn] lao{ / l8Dasf] cfjZostf klg d]6fOlbPsf] 5 . /Xof] s'/f s]jn Pp6f ue{wf/0f ul/lbg] dfWodsf] dfq . Tof] dfWod dfgj, cdfgj s'g} klg x'g;S5 , hLj lghL{j b'j} x'g;S5 . uf]s0f{sf] em}+ uf}dftf x'g;S5, b|f]0ffrfo{sf] em}+ b|f]0fkfq x'g;S5 . ;dosf] dfq} s'/f xf] Tof] lbg w]/} k/ 5}g .

ha cfdfx¿ aRrf hGdfpg 5f85g /fHo ;r]t x'g cfjZos x'G5 . s[lqd cfdfx¿n] hGdfPsf afnaflnsfsf] lhDdf s;}gs;}n] lng} k5{ / of] lhDd]jf/ /fHoeGbf c? x'g klg ;Sb}g . gful/s aRrfx¿sf] /]vb]v / kfngkf]if0f /fHosf] lhDdfdf k'Ub5 / /fHon] kl/jf/sf] ¿k lnG5 . ;'?;'?df ;DkGgx¿n] cfˆgf] lghL ;DkQL eg] em}+ lghL ;Gtfg klg hGdfpnfg t/ ;dofGt/ ;Fu} Tof] emd]nfaf6 ;a} cfOdfO{ d'Qm x'g vf]Hg]5g / x'g]5g .

5f]/f5f]/Lsf] emd]nf kl5 gf/Lsf] sdhf]/L xf] cgfjZos ue{wf/0fsf] ;Defjgf . OlR5t clgR5t b'j} of}gaf6 of] ;Defjgf /xG5 / aGWofs/0fn] of] ;d:of ;w}|sf] lglDt ;dfwfg ul/lbG5 . Snf]lgª / s[lqd cfdfn] gf/L / k'?if larsf] lje]b cGTo u/]/ pgLx¿sf lardf k|]dsf] ;DaGw dfq sfod ul/lbg]5 .

k]6df aRrf of aRrf x'g] ;+efjg af]s]/ of sfFvLdf af]s]/ of xftn] l3Rofpb} aRrf 8f]xf]¥ofP/ s'g} klg cfOdfO{ k'?ifsf] ;dfg clwsf/ k|fKt ug{ ;lSbg . lk7Ø" , uw{g / xftdf ef/L af]s]/ lx8g] JolQmn] hlt;'s} lrRofP/ clwsf/ lnP klg hLjgsf] bf}8df pm To;sf] pkef]u ug{ ;Sb}g / pkef]u lagfsf] clwsf/ afFb/sf] k'R5/ dfq} xf] . To;}n] clwsf/sf] pkef]usf] yfngL cfhaf6 g} ;'? x'g' k5{ . ;d'b|L cfFwLn] 8'afp5 eg]/ dfemLx¿ ;d'b|df hfg 5f]8b}gg . af3n] vfG5 eg]/ dflg;x¿ h+undf 3fF; bfp/f  ug{ klg 5f]8b}gg . anTs[t x'g] 8/n] 3/ aflx/ glg:sg] xf] eg] cfOdfO{ anTs[t eOg}/xG5g . anTsf/ /f]Sg] pkfo , klxnf] t , anTsf/sf] cfkm"n] lj/f]wug{' xf] . sbflrt eOxfn] cgfjZos ue{wf/0fug]{ ;+efjgfnfO{ klxn] g} /f]Sg' xf] / anTsf/LnfO{ sfg'gL k|Tofqmd0f u/]/ b08lbg] k|ofzug{' cfˆgf] clwsf/sf] ;+/If0f xf] .

cfhsL gf/L Pp6L w'Gw'nL xf] / clwsf/sf] pkef]usf] lglDt p;n] w'Gw'nLsf] af6f] ;dfpg' eGbf csf]{ af6f] klg 5}g . k'/} k'?if k'/f0f p;sf] lj/f]wdf pleg]5 , of] Pp6f ;fZjt ;To xf] t/ pm b[9 eP/ pleg ;sL eg] p;sf] lglDt Pp6f gof cfofd v'Ng;S5 . lj1fg / k|ljlwn] gof gof ;Defjgfx¿ vf]lnlbPsf 5g . Pp6f uf]s0f{sf] ;Defjgf cfPsf] 5 / To;sf] ;fy}df Pp6f w'Gw'nLsf] ljhosf] klg .

/fdk|;fb bfxfn
hf]/kf6L – !, sf7df8f}F
kmf]gM )!–$(!)))!

Monday, June 17, 2013

मेरो जीवनयात्रा -७



७. प्रवेश आङ्ल भाषाको

बाहुनले गाईखाने म्लेच्छ भाषा पढ्न हुन्न भन्ने मान्यता त्यो समयमा हाम्रा गाउँमा थियो। म्लेच्छभाषा या गाईखाने भाषा पढ्नेलाई जातबाट र अझ पानीबाट नै पनि काढन सकिन्थ्यो। जुल्फी पाल्नु (पछाडि कपाल बढाउनु), छरी काट्नु(पछाडिको कपाल काट्नु) भातमा नचल्ने अझ जातै जान सक्ने कुकर्म मानिन्थे। नियमले त बाहुनले बिहानै दिसा, सुची गई ३६ पल्ट हात माटोले सफा गरी लगौंटी लाएर नुहाउनु पर्थ्यो। सफा धोती फेरेर पानीको मूलमा बसी एक सय आठ पल्ट गायत्रीमंत्र जप पनि गर्नु पर्थ्यो। सुद्ध धोती लगाएर अल्गो चुलोचौकोमा बसेर कसैले नछोई खाना खानु पर्थ्यो र एउटा फरिया मात्र लाएकी बिहे भएकी बाहुनी मात्र त्यो चुलोमा पुग्न पाउथे। व्रतबन्ध नभएका छोरा र बिहे नभएका छोरी समेत चुलोमा चल्दैनथे। यी मर्यादाहरूलाई मादीबिर्ताका बाहुनहरूले सकी नसकी धेरथोर पालन गर्थे। लुकीछिपीका कुरा गर्ने हो भने त लसुन, प्याज, छ्यापी, गोलभेडा खाँदा जातै जाने भए पनि मेरी बजैले सबै जना सुतिसकेपछि लसुन खाएको कुरा त मैले अगाडि नै भनिसकें र यस्ता लुकीछिपी काम अरूले पनि गर्थे।   

बाहुनले वेदविद्याजस्तो देवभाषा मात्र पढनु पर्ने मान्यता बोकेको समाजमा म्लेच्छभाषा पढ्ने हावा एकाएक आयो। मेरी बजै मरेको एक डेढा महिना नबित्दै चैनपुर बजारबाट २०।२२ वर्षको नौजवान प्रकाशराज जोशीलाई(जसलाई हामी सर भन्ने गर्थ्यौ र अब पछाडि प्रकाश सर भनिने छ) वार्षिक एक निश्चित न्नपात र रकम दिने शर्तमा हामीलाई पढाउन ल्याइयो। कसले के र कति दियो त्यो त मलाई थाहा भएन तर प्रकाशसरको प्रवेशले मेरो मात्र होइन सारा गाउँको जीवनढाँचामा प्रभाव पार्न सुरु गर्‍यो।  

कुनै पाठशाला खुल्नु, कुनै शिक्षक आउनु ठुलो कुरा थिएन। ठुलो कुरा त पाठशाला चाहिन्छ, शिक्षक चाहिन्छ भन्ने मानसिकता विकास हुनु हो। हिजो अपवित्र, अछुत र अमान्य भएको भाषा, कोही कसैले पनि किन नहोस्, त्यसलाई स्वीकार गर्ने विद्रोह देखाउनु पनि तत्कालिन समाजमा ठूलो थियो र दर्‍है आँटको आवश्यकता पर्थ्यो। हुनत शिक्षाप्रेमी महानन्द सापकोटाले मादीबिर्ताबाट एक डेढ घण्टाको बाटो परको सदरमुकाममा ५।७ वर्ष अगाडिनै अंग्रेजी भाषापठनको विद्यालय खोलेका थिए तर त्यसलाई सम्पन्न बिर्तावालहरूको गाउँले आत्मसात गर्न सकेको थिएन। पहिलो कुरा, चैनपुर बजार थियो र बजारको मानसिकता गाउँको भन्दा धेरै उदार हुन्छ। दोश्रो, चैनपुर बजार नेवार वहुसंख्यक बस्ती हो र उनीहरूको आवतजावत, नातागोता धनकुटा, धरान, धुलिखेल र काठमाडौं उपत्यकासँग पनि भएकाले त्यसले केही प्रभाव त पारनै हाल्थ्यो। बजार समूहमा तागाधारी थोरै र वहुसंख्यक मतवाली भएकाल तागाधारीमाजस्तो कट्टरता उनीहरूमा थिएन। मेरो गाउँ त कट्टर बाहुनहरूको थलो थियो, आफ्नो ठिंग्रोमुंग्रो कायम राख्न सत्ताधारीको समर्थन गर्नुपर्नेहरूको बिर्ता थियो। त्यस्ता गाउँमा पनि आधुनिक शिक्षाको चासो बढ्नुको अर्थ भारत स्वतन्त्रताको प्रभाव र नेपालमा सत्ताविरोधको विस्तारै विस्तारै चल्दै थियो भन्ने लाग्थ्यो। विद्यालय मादीबिर्ताको रामालयशिवालयको नारद गुरुको पाठशाला भएको पाटीमा स्थापना हुने भयो। यो विक्रम संवत् २००६ सालको कुरा हो।
हुन त मोरङमा केही जग्गा हुनाले बिराटनगरतिर आवतजावत गर्ने मेरा जेठा बाजेका छोरा रुद्रप्रसाद दाहालले प्रकाशसरभन्दा एक वर्ष अगाडि नै एक जना शिक्षका बिराटनगरबाट ल्याएर आफ्नै घरमा राखी अंग्रेजीभाषा पढाउन थालेका थिए तर म सानो भएको र उनको घर टाढा भएकोले मलाई त्यहाँ पढाउन ठाएनन्। फेरि उनको त्यो प्रयास सामुहिक नभएर व्यक्तिगत भएकाले त्यो टिकाउ हुन सकेन जस्तो लाग्छ मलाई।  

अंग्रेजी विद्यालय सुरु गर्न शिक्षक आउने बित्तिकै गाउँका परिवार दुई भागमा विभाजित भयो। एक थरी आङ्ल भाषाका कट्टर विरोधी भए। विरोध गर्नेहरूमध्ये एक थरी नयाँ विद्यालयमा लाग्ने खर्च सुनेर नै आत्तिएका थिए भने अर्का थरीले पूर्वमान्यतालाई त्याग्नु सत्ताको विरोध गर्नु हो भनेर नयाँ विद्यालयको विरोध गरे तर समय यति चाँडो बदलिरहेको थियो कि उनीहरूको विरोध त्यही समयमा पनि फितलो देखिन्थ्यो र पछि त्यो विरोधले कुनै आधार पनि पाएन। 

प्रकाशसरको प्रवेशपछि हामी विद्यार्थी पनि दुई भागमा बाँढियौं। अंग्रेजी पढनेहरू प्रकाशसरको पाटामा गए र सँस्कृत पढनेहरू नारदगुरुतर्फ रहे। नारदगुरुकहाँ पढ्न सस्तो थियो। बाबुबाजेका पालादेखिका दुर्गाकवच, चण्डी, रुद्री, वेद, अमरकोष, लघुकौमुदीका पुस्तकहरूले नै काम चल्थ्यो र नारदगुरुलाई गुरुदक्षिणा पनि थोरै थिए पुग्थ्यो। मेरो पनि तात्कालिन पुस्तक त अमरकोष मात्रै थियो। प्रकाशसरकातिर भने सुरुमा नै सिंगै पाँच रूपयाँको किताब किन्नु पर्ने। एक सुकामा एउटा खेताला पाइने जमानाको त्यो दुर्गमा ठाउँमा पाँच रूपया निकाल्न जोसुकैले सक्ने कुरा पनि थिएन। त्यसैले पनि हाम्रो विद्यालयलाई असकहरूले ठुलाठालुको विद्यालय भन्ने गर्थे। 

मेरो घरबाट २।४ मिनट परको रामालयशिवालयको पाटीमा नारदगुरुले पढाइ सुरु गरेका हुन्। नारदगुरुले पढाउदा हामी पराले सुकुलको चकटीमा बसेर पढ्थ्यौ र घाम ताप्न मन लागे त्यही चकटी ओछ्याएर मन्दिरका वरिपरिका ढुंगामा बसेर पढ्थ्यौं। युगौंदेखि चलिआएको शिक्षापद्धतिमा न विशेष आसनको जरुरत थियो न विशेष पाठ्यपुस्तक नै चाहिन्थे। श्रुति र स्मृतिका आधारमा चलेको शिक्षापद्धतिमा आधुनिकता आएपछि केही पुस्तकहरू प्रयोग हुन थालेका थिए,  नत्र त उही गुरुशिष्य परंपरा, उही डिकोधुलौटो र बाँसका खबटा र उही श्रुति, स्मृति नै कायम थियो तर प्रकाशसर आएपछि हाम्रो परंपरा तोडियो। हाम्रा हातमा सुरुका दिनमा नै नयाँ पुस्तक र कापीहरू परे, डिकाको सट्ट कलम र पेन्सिल पायौं। तितेपाती र गाजलका दिन गएर नया मसीका चक्कीहरू आए। धोती लगाउने भारतिय उपमहाद्वीपको शिक्षा सुकुलमा पलेँटी मारेर आर्जन गर्न सकिए पनि प्यान्ट लगाउने आङ्लहरूको शिक्षा लिन  दिन कुर्सी, डेस्क, बेन्च आवश्यक ठानिए। त्यसैले पाटीको पश्चिमपट्टि नारदगुरुको भाग लाग्यो र पूर्वपट्टि प्रकाशसरले डेस्क बेन्च लगाउन थाले।  

हाम्रा डेस्क, बेन्च सार्‍है भद्दा थिए। जमिनमा चार वटा वाँसका किला गाडेर त्यसमा चुकुल हाली चुकुलमाथि फल्याक तेर्स्याइएको फलैंचालाई हामी बेन्च भन्थ्यौं र त्यसको ठिक अघिल्तिर बेन्चभन्दा एक फुट अल्गो अर्को बेन्च हाम्रो डेस्क बनेको थियो। हाम्रा डेस्क र बेन्चमा उचाइमा बाहेक अरू अन्तर थिएन। प्रकाशसरका निम्ति भने कहीं कतैबाट कसैले काठको कुर्सी उब्जाइ दियो।  

हामी अल्गो बेन्चमा बस्नेहरू हामीबाहेक  अरू कसैले पनि नबुझ्ने भाषा पढिरहेका थियौं र त्यो उचाइबाट सुकुलमा बस्ने हाम्रा अघिल्ला दिनका सहपाठीहरूलाई तल देखिरहेका थियौं। 

हाम्रो शिक्षा सम्पन्न र असम्पन्नका बीचमा विभाजित थियो। अघिल्ला दिन नारदगुरु सबैका गुरु थिए तर भोलिपल्ट नै उनी असम्पन्नहरूको मात्र प्रतिनिधित्व गर्न थाले। त्यो दुर्गम ठाउँको त्यो बेलाको शिक्षा विभाजन यो देशका आजका उच्चस्तरिय आवासिय विद्यालय र सरकारी या सामुहिक विद्यालयहरूका शिक्षाजस्तै विभाजित देखिन्थे। 

म्लेच्छ शिक्षाका अध्ययनका दिनहरू हाम्रा निम्ति आनन्दका दिनहरू हुनथाले। हामीलाई पलेटी मारेर बस्नु पर्ने वाध्यता थिएन। सरलाई गुरुलाई जस्तो खुट्टामा ढोग्नु पर्दैनथ्यो। नमस्ते गरि दिए पुग्थ्यो। हामी केटाकेटी थियौं र प्रकाशसर पनि कुनै पाका थिएनन् र यस्तै केटाकेटीपनको शिकार हुन पुगेथें म। प्रकाशसरले हामी प्रत्येकलाई पाँच रुपयाका पुस्तक र कापी दिदा १५ दिन भित्र पैसा बुझाउनु पर्ने जानकारी दिएका थिए। मैले मेरी आमालाई सो कुरा सुनाएँ तर मेरी आमाले भनिन् – “पर्‍या छैन पाँच पाँच रुपया हालेर किताब किन्नु। सात वर्षका मान्छेलाई पाँच पाँच रुपयाको किताब ! केटाकटीलाई पाएर ठग्न खोज्छन् ठग मोराहरू ।
पैसा नदिए किताब फिर्ता लान्छन् रे।” – मैले रुन्चे स्वरमा भने।  
लगे लान्छन्।” – मेरी आमा आफ्नो भनाइमा अडिग रहिन्। 

मैले दिनदिनै जस्तो आमालाई मनाउन खोजें। आमा आफ्नो अडानबाट डेग चलिनन्। आखिर त्यो दुर्दिन आइहाल्यो जो आउने कुरामा शंका थिएन। म्याद नाघेको २।४ दिन पछि पनि मैले पैसा नल्याएकोले प्रकाशसरले भने – “तैले किन पैसा नल्याएको?“
आमाले दिइनन्।  मैले डराएर जवाफ दिएँ। 
प्रकाशसरले सबै किताब र कापी खोसेर लिए र भने – “भोलि पैसा लिएर आउनु अनि किताब कापी लानु।
साथीसँगातीहरूको बिचमा म अपमानित भएर घर आएँ र आमासँग रोइकराइ गर्न लागें तर मेरी आमाले आफ्नो अडान छोडिनन्। अन्ततः मैले रुदै भनेँ – “सबैका किताब छन्, मेरा छैनन्। मैले के पढने त?”
मैले सोचेको थिएँ मैले व्रह्मास्त्र छोडेँ र आमासँग त्यसको काट छैन तर आमाले तुरुन्तै जवाफ दिइन् – “अमरकोषको किताब लिएर जा र गुरुसँग पढ्। पर्दैन अंग्रेजी पढनु।” 

त्यो उमेरमा मेरोनिम्ति ती अंग्रेजी पुस्तक र अमरकोष पढनुमा कुनै अन्तर नभए पनि मेरा सहपाठीह रू बेन्च र डेस्कमा पढिरहेका र म भने केही दिन अघि मात्र छोडेको अमरकोषको किताब समाएर त्यही सुकलमा बस्नु परेको पीडा र अपमानवोधले आहत भएँ र मेरा आँखाबाट आँशु र घाटीबाट हिक्का आइ नै रह्यो। नारदगुरुले मलाई धेरै सम्झाए तर म सम्झन सक्ने स्थितिमा नै थिइनँ। म त कसैले नदेख्ने ठाउँमा लुक्न चाहन्थे। त्यसैले मैले मृत्युको आह्वान पनि गरें किनकि कसैले नदेख्ने ठाउँमा लुक्नु नै मृत्यु ठानेको थिएँ मैले। तर मृत्यु मैले बोलाउदैमा आउन सक्ने कुरा भएन र त्यो आँशु, त्यो हिक्काको बीचमा मैले मेरी बजैको अभावको तिखो पिडा अनुभव गरें।
मेरी आमा भन्थिन् – ‘यो सार्‍है रुन्चे छ। बिहान रुन थाल्यो भने रातिसम्म रुन्छ। अझ निन्द्रामा नै पनि रोइरहन्छ ।

हुन पनि हो। चाहे आफ्नो होस् या अर्काको दुख देख्यो कि मेरो आँखामा आँशु आइहाल्छ। त्यो दिन त न रोक्न सक्ने कुरै भएन। किताब अगाडि खुला भए पनि मैले एक अक्षर पनि पढ्न सकिनँ। 
नयाँ आङ्ल विद्या भर्खर भर्खर खुलेको र शिक्षक र विद्यार्थी दुवै पनि नया भएकाले हाम्रा अभिभावकहरू सबै नै दिनहुँ विद्यालयमा आउथे। उनीहरूले पारम्परिक शिक्षाको विधि त जानेका थिए, नौलो आङ्ल शिक्षा बारे भने पुरै अनभिज्ञ भएकाले त्यो शिक्षाका बारेका केही जान्न खोज्ने उत्कण्ठा पनि थियो उनीहरूमा। सधै झैं त्यो दिन पनि उनीहरू एकल या हुल भएर आए र सबैले निरिक्षणको सिलसिलामा म सुकुलमा बसेर रोइरहेको पनि देखे। सबैजसोले नै म रुनुको कारण जान्न खोज्दा नारदगुरु जवाफ दिन्थे – “आमाले किताब कापीको पैसा दिइनन् रे। सरले फिर्ता लगे भनेर रोएको।

कुरा सामान्य थियो र जटिल पनि। मेरी आमाले नदिएपछि सि्ङ्गो पाँच रुपया मलाई कसैले पनि दिने र दिलाउने आँट गर्न सक्दैनथ्यो। सानो भए पनि म त्यति बुझ्थे र मैले कसैतिर पनि अनुरोध गरेर हेरिनँ। मेरो मनस्थिति पराजित थियो र मैले आँशु पनि रोक्न सकिनँ। मेरी आमाको त्यो अडान मेरो जीवनको नकारात्मक पक्ष हुने थियो कि सकारात्मक?  त्यो छुट्याउन गाहारो छ तर त्यो अडान कायम नै रहेको भए आज जस्तो असीमित ज्ञान खोज्दै भौंतारि रहने भने थिइनँ। मेरा नैतिकताअनैतिकता, पापधर्म, न्यायअन्यायका परिभाषा पनि आज जस्ता हुने थिएनन्। म एउटा साधारण गाउँको एउटा सामान्य मानिस रहने थिएँ र त्यही अज्ञानले मलाई स्थिर बनाउने थियो। 

औशीको रात नै भए पनि कहीँबाट जुनकुरी छिरेर प्रकाश जन्माइ दिन्छ। सुनसान ठाने पनि कुनै प्वालबाट छिरेको हावाले सुसेली हालिदिन्छ र मेरो जीवनमा पनि त्यस्तै भयो। निराशाको मेरो त्यो अनन्त सागरमा एउटा दरिलो स्वर सुनियो – “ पण्डित, किन रुन्छ यो?”
आमाले किताब कापीको पैसा दिइनन् रे। सरले फिर्ता लगे भनेर रोएको।” – नारदगुरुले उही रटिरटाउ जवाफ दिए।
ती अभिभावकले मलाई उठाएर बेन्चमा बसालेर प्रकाशसर तिर हेरेर भने – “ए प्रकाश ! यसका किताब फिर्ता दे। यसले पैसा ल्याएन भने म तिरिदिउँला।

सबै आश मरिसकेको स्थितिमा ती किताब फिर्ता पाएको क्षणको जति आनन्द मैले कहिले पनि पाइनँ र त्यो क्षण मेरो निम्ति सधैं स्मरणिय भयो। उनले मेरी आमालाई के भने?  त्यो मैले थाहा पाइनँ र पाउने कोशिश पनि गरिनँ तर मेरी आमाले त्यो पैसा भोलिपल्ट नै तिरिदिइन् र जीवनमा आफूले जतिसुकै कष्ट सहनु परे पनि मेरी आमाले आफ्ना छोराहरूको पढाइमा पैसाको लोभ त्यसपछि कहिले पनि गरिनन्। त्यसै गरी मेरोनिम्ति आफूलाई धरौटी राखिदिने ती अभिभावक मेरो जीवन भर श्रद्धेय भए र सधैं मलाई मार्गदर्शन गरिरहे। मेरा गाउँका कैयौं बाजेमध्येका ती मेरा बाजेका काकाका छोरा लीलानाथ बा (२०१५ को निर्वाचनमा प्रतिनिधि सभाको सदस्य भएपछि हामी एम् पी बा भन्थ्यौ) ले मेरो जीवनमा एउटा ढुंगा गाडेर मेरा बाटो तय गरिदिए। 

मेरी आमालाई लीलानाथ बाले के भने त्यो बेला मैले चासो राखिनँ। पछि म उमेरदार भएर सोध्दा आमाले भने अनुसार बाले भनेका थिए रे सँगैमा तेरा जेठाजुहरूका छोरा भने पढेर ठुलो हुने तँ भने छोरालाई हलो नै जोताउँछेस् त, बुहारी?"
शायद त्योभन्दा ठुलो व्रह्मास्त्र पनि थिएन होला उनीसँग त्यो बेला। लीलानाथ बाले यिनै शब्द भने वा भनेनन् त्यो त्यति जरुरी थिएन तर उनले भनेका शब्द मेरी आमाका मनमा यसरी गाडियो कि उनले हामी दाजुभाइको पढाइलाई सधैं प्राथमिकता दिइन् र आज हामी जो र जस्ता छौं यो उनकै अथक प्रयासको परिणाम हो। 

कुलेश्वर, काठमाडौं
२०५२।११।२५
(रामप्रसाद दाहालको अप्रकाशित 'मेरो जीवनयात्रा' को एक अंश)