Monday, January 08, 2007

कविता — मेरो पुरानो कविता संग्रह बाट

जीवन र मृत्यु

-- राम दाहाल

मृत्यु त जीवन आसन्न लक्ष हो
बाँच्नेले यसलाई कुर्नै पर्छ
जीवन निर्धारित कोशेढुंगा हो र्
मर्न चाहे पनि यसलाई तुर्नै पर्छ ।

हामी आफैले आफैलाई ढाँटेर बाँच्न चाहन्छौं,
या आफैलाई ढाँटेर मर्न चाह्रन्छौं ,
कोही वटवृक्ष झैं शताव्दि नाघ्दै रमाउछौं,
कोही पानी झार झैं कलकलाउदैमा बिलाउछौं ।
हामी बाँचुन्जेल बाँचेर बस्छौं
र शताव्दि या सोर्‍ह दिन पछि
ढल्छौ् र मर्र्छौ् ।

'बाँचेकैछ ?‘ भनी चौरासी हेर्न आउने निम्तालु भन्दा त
वैंसमा मलामी हुन आउने चोखा हुन्छन,
सुखले मोटाएका भन्दा त
दुखले खँगारिएका बढी भोका हुन्छन ।
त्यसैले आफ्नो निम्ति बाँच्न सजिलो छैन भने
अर्कोको निम्ति बाँच्न झन गाहारो हुन्छ ,
वर्त र पूजा त कष्टसाध्य शोख हो
श्राद्ध र तर्पणको लागि पो अभागी वाध्य हुन्छ ।

'बाँचेकैछु' भनि जनाउन पनि केही त भन्नै पर्दोरहेछ,
भएको दिन्छु भन्न पनि उठेर तम्सनु पर्दो रहेछ
र पानीझार होस या वटवृक्ष दुवैले
केही त दिएर नै जानुपर्दो रहेछ ।

दिल्ली
१९ जुन १९९२

Thursday, January 04, 2007

साम्यवादी व्यवस्था किन पछाडि फर्कियो ?

(सम्पन्नताका सिद्धान्तका व्याख्याका सम्वन्धमा) goto: http://www.dahals.com/prosperity/principle.htm
मार्क्सवादको मुख्य विशेषता समानतामा विश्वास गर्नु हो र लेनिनवाद र माओवादको विशेषता त्यो समानता प्राप्तीको लागि रक्तरञ्जित संघर्षको माध्यम अपनाउनु हो । सर्वहाराको मात्र निजी आर्थिक स्वार्थ्य नहुने हुदा उसको अधिनायकत्वमा मात्र समानतावादी साम्यवादी राज्य खडा गर्न सकिन्छ' भन्ने मार्क्सको दर्शन चिन्तन भएकोले हातमा सत्ता आउना साथ साम्यवादी शाशकहरूले, विशेष गरेर सोभियत संघ र चिनमा, आम नागरिकलाई सर्वहारा बनाउन सबैको व्यक्तिगत सम्पत्ती राज्यको नाममा जफत गरे र निजी सम्पत्ती आर्जन गर्न निषेध गरे । त्यसैले १९१७ को क्रान्ति पछिको तेश्रो पुस्ताले त सोभियत संघमा निजी सम्पत्तीको अर्थ र महत्व पनि बुझन छोडेको थियो र त्यस प्रतिमोह पनि थिएन । तैपनि किन मार्क्सको साम्यवाद तिर नगएर पछाडि फर्कियो एउटा व्यवस्था ?

रुस र चिनका सभ्यता र विकाश आदिम नभए पनि लेनिन र माओको धारणा आदिम समानताका धारणाहरू थिए । उनीहरूले राज्यलाई सम्पत्ती र पूजीको एकाधिकारी मालिक बनाएर नागरिक सबैलाई र्सवहारा बनाए । काम गरे पछि मिठो पिठो जे होस पेट भरि खान दिने जिम्मेवारी राज्यले लिएर एउटा समानता स्थापित गरेको दुई दशक नबित्दै सोभियत संघमा 'त्यो भन्दा पर के त ?' भन्ने अर्को प्रश्न जन्मियो । द्वितिय विश्वयुध्दको विभिषिकाले सोभियत समाजलाई फेरि आदिम समानता तिर पुर्‍याइदिएकोले चौथाइ शताव्दि त्यो प्रश्न सेलाएर बस्यो ।

मार्क्सले सबै युद्ध र संघर्षको कारण उनीले परिभाषा दिएका वर्गहरू बिचको अर्न्तर्द्वन्दलाई ठाने र वर्ग निषेध पछि संघर्ष अन्त्य हुने दावी गरे तर सोभियत संघमा पूँजिपति राज्य र र्सवहारा नागरिक बिच त्यो अर्न्तर्द्वन्द यथावत कायम रहिरहृयो । राज्यको सत्तामा पहुँच भएकाहरूको आचरण राज्यको प्रतिनिधि संचालक भएको नाताले सुविधाभोगी र जिम्मेवार विहिन हुन पुग्यो भने र्सवहारा हुन पुगेका नागरिकहरूमा कामचोर, ठग र चाकडिवाजहरूको नेतृत्व हुन थाल्यो र पूजिपति राज्य र र्सवहारा नागरिक बिच मालिक र नोकर बिच हुने अर्न्तर्द्वन्दका दुष्परिणाम बाहिरिन थाले । सोभियत संघको समस्यालाई देखेर उद्योगमा कम विकशित चिनका माओले कहिले यो क्रान्ति त कहिले ऊ क्रान्तिका नाममा आदिम समानता कायम राख्न खोजे तर माओ बितेको केही वर्ष पनि नवित्दै पूजिवादी अर्थवादी व्यवस्था समाएर पनि साम्यवादमा पुग्न सकिने धारणा बनाएर चिन पूजिवाद तिर लाग्यो । सोभियत संघमा त साम्यवादी शाशनको अन्त्य नै भयो ।

सपना देख्नु अपराध होइन । सपना सबैले देख्छन र ती सपना पुरा गर्ने प्रयाश पनि गर्छन । कसैका सपना काल र परिस्थितिमा आधारित भएर सफल हुन्छन भने कसैका कल्पनामा मात्र आधारित भएकाले असम्भव युटोपिया बन्छन । मार्क्सवादीका विरोधिहरूले साम्यवादलाई काल्पनिक युटोपिया माने पनि मार्क्सको दर्शन र चिन्तनका आफ्नै आर्थिक र राजनैतिक धारणा छन । हेगलको द्वन्दवाद समाएर मार्क्सले अविकशित आदिम साम्यवाद देखि पूँजिवाद सम्मको बाटो तय गरेर साम्यवाद तिर औंल्याए पछि 'बाटो काटयो लौरो विर्स्यो' भने झै आफ्नो अडानको आधार द्वन्दवादको अस्तित्व नै मेटिदिए साम्यवादमा पुगे पछि। उत्पादन र उत्पादक दुवै अगाडि झैं नै यथावत रहने भए पछि उत्पादक या उपभोक्ताको शोषण बिना अग्रविकाशको लागि पूजि कहाँ बाट आउछ ? भन्ने प्रश्नको जवाफ आउन सकेन र हेगलको द्वन्दवाद समाएर तय गरिएको बाटोमा द्वन्दवादको इन्कारीले त्यो गन्तव्यको वौद्धिक आधार नै हरायो र बिचैमा हरायो साम्यवाद तिरको बाटो । अस्तु ।

पशुजन्य मौलिक आवश्यकता पूर्ति भए पछि पनि मानिस किन गर्छ त अरु प्राप्ति गर्ने प्रयाश ? केले वाध्य पार्छ उसलाई त्यो सबै गर्न ?

पहिलो त, आफ्नो उपलव्धिमा सन्तोष गरेर बस्ने मानिस बिरलै पाइन्छ । दोश्रो, उसको उपलव्धि अरुको भन्दा विशिष्ठ होस भन्ने चाहना पनि हुन्छ उसमा । यी दुईको समष्ठिगत चाहना नै सम्पन्नताको चाहना हो र त्यो चाहनापूर्तिको प्रयाश पछिको. उपलव्धि नै सम्पन्नता हो । त्यो सम्पन्नतावृद्धिको निम्ति विभिन्न वर्ग बिच मात्र होइन एउटै वर्गका व्यक्तिव्यक्ति बिच पनि संघर्षा चल्दछ । यो संघर्ष खुला आकाश या ओडारमा बस्दाको आदिम साम्यवाद देखि नै चलिआएको हो । आफ्नो सामुहिक स्वार्थको लागि एउटा वर्गका मानिस केही समय एउटै संघरर्षको बाटोमा लागे पनि सम्पन्नताको संघर्ष व्यक्तिको जीवनवृत्तिको अनवरत संघर्ष भएकोले त्यसमा उनीहरूका बाटा सधै अलग हुन्छन । सम्पन्नता वृद्धिको यो संघर्षमा एउटै आर्थिक र सामाजिक संरचना भित्र बस्नेहरू बिच आफूले कम खर्चिनु परोस या आफ्नो उपलव्धि बढी होस भन्ने चाहनाले नै दाश र दाशमालिक, रैती र भूमिपति, मजदुर र पूजिपति बिच विपरित स्वार्थहरू जन्मिएका हुन । यस्तै चाहना त पसले र ग्राहक, बदमास र प्रहरी आदि जस्ता दैनिक प्रयोजनका व्यवहारमा पनि पाइन्छ र यस्तै कारोवारी सम्वन्ध पनि रहिरह्नछ उनीहरू बिच । त्यसैले व्यक्तिगत रूपमा होस या सामुहिक रूपमा सम्पन्नतावृद्धिको संघर्ष मानिस मात्रको विशेषता हो र ऊ आफूले आर्जेको मध्ये केही मात्र अर्कोको आवश्यकतापूर्तिको निम्ति दिन सक्छ र सबै नै माग्न थालियो भने उसले त्यो संघर्ष गर्ने आवश्यकता देख्दैन र विकाशको गति नै अवरुद्ध हुन्छ । सामुहिक भलाइको निम्ति व्यक्तिगत बलिदान छोटो समयको निम्ति ग्राहृय हुन सक्छ र सधै यस्तो बलिदानको माग गरियो भने त्यो प्रयाश आफैमा असफल हुन्छ । 'वहु जनः हिताय' को दैवी भावनाले सम्पन्नताको चाहना जस्तो मानविय विकाशको उत्प्रेरकलाई सामुहिक भलाइको नाममा सधै नकार्ने मार्क्सवादी दर्शनमा पूजिपति राज्य र र्सवहारा नागरिक भन्दा पर के ? भन्ने निकास नपाएर बाटो पूजिवाद तिर नै फर्कियो र साम्यवादीहरू मध्ये जो जसले र जे जसरी व्याख्या गर्न गर्न खोजे पनि त्यो निकाश अझै फेला परेको छैन र साम्यवादी दर्शन अलमलिएर बसेकोछ ।