Sunday, February 24, 2013

जाति तथ्याङ्क



जाति तथ्याङ्क
जातिय तथ्याङ्कले धेरै कुरा प्रस्ट्याई दिन्छ । प्रथमत यसले जातिहरुको बसोबासलाई औँल्याई दिन्छ, त्यो समाजमा उसको उपस्थिति देखाई दिन्छ । त्यो बाहक कुनै जाति किन त्यो ठाउँमा पुग्यो र किन त्यहाँ बस्यो त्यो पनि जानकारी दिन्छ जाति तथ्याङ्कले । नेपालका जातिहरूका सम्बन्धमा पनि यही कुरा लागु हुन्छ ।
जनसंख्या बारे सर्वसाधारणलाई विस्तृत जानकारी दिने पछिल्लो स्रोत वि.सं. २०५८ को जनगणना नै हो । देशको हिमाली भागमा बस्ने तामाङको संख्या १८४१४१ रहेछ जसमध्ये १६.७% पूर्वान्चलमा र ८१.९% मध्यमान्चलमा बस्छ । त्यस्तै मध्यपश्चिमान्चलमा १% छ र अरू बाँकी २ क्षेत्रमा त शुन्यसम छ । त्यसरी नै पहाडमा पनि १२% भन्दा बढीले पूर्वको बाटो समायो तर मध्यपश्चिम र सुदूरपशचिमतिर पानि लागेन तामाङको समूह । बरु दार्जिलिङ पनि छिचोलेर सिक्किम, आसामतिर लाग्यो । ८४% मध्यमान्चलमा बस्ने तामाङ समूह किन लागेन पश्विमतिर ? गुरुङको निम्ति पनि मध्य र पूर्वी हिमाल तमुक्षेत्रको पश्चिमी हिमाल भन्दा फापिलो देखिन्छ । हिमाल क्षेत्रमा बस्ने गुरुङ मध्ये ३६% पूर्वी हिमालमा र २०% मध्य हिमालमा बस्छन् जब कि पश्चिम हिमालमा ३१% र मध्यपश्चिम हिमालमा ११% मात्रै बस्छन् । पहाडमा बस्ने गुरुङहरूमध्ये २५% गुरुङ मध्य र पूर्वी पहाडमा बस्दो रहेछ । मध्यपश्चिम र सुदूरपशचिमको पहाडमा त जम्मा जम्मी ३.५% मात्र बस्दो रहेछ । पहाडमा गुरुङकोभन्दा ३ गुणा बढी जनसंख्या भएको मगरको पनि २५% मध्य र पूर्वी पहाडमा बस्दो रहेछ । यी दुई क्षेत्रका हिमाली भागमा त हिमाली मगरको ७०% बस्दो रहेछ ।
देशको मध्यक्षेत्रमा राज्य चाहने नेवारको स्थिति पनि कुनै गतिलो छैन । कुल नेवारी जनसंख्याको ७५% मध्यमान्चल क्षेत्रमा बसे पनि संभावित नेवा राज्य हुने काठमडौ उपत्यकाका तीन जिल्लामा कुल नेवार जनसंख्याको ४७% मात्रै छ अर्थात नेवार समुदायको कुल जनसंख्या मध्ये ५३% सो राज्यभन्दा बाहिर हुनेछ ।
वि.सं. २०५८ जनगणना अनुसार यो देशमा भएका ५४३५७१ गुरुङमध्ये गत संविधानसभाको राज्य पुनर्संरचना समितिले गुरुङका लागि प्रस्ताव गरेको तमुवान राज्य पर्ने पश्चिमाञ्चल क्षेत्रमा २८८४४० अर्थात् ५३.२५% बस्दा रहेछन् बाँकी २५४१३१ अर्थात् ४६.७५% पश्चिमाञ्चल क्षेत्रभन्दा बाहिर बस्छन् । प्रस्तावित तमुआन भित्र त ५०%को हाराहारी बस्दा रहेछन् । त्यही जनगणना अनुसार यो देशमा तामाङको संख्या १२८२३०४ रहेछ जसमध्ये ५६.३% प्रस्तावित तामसालिङ राज्यमा बस्दो रहेछ, बाँकी ४३.७% त्यो राज्य बाहिर । यसै गरी ६३५१५१ जना राईमध्ये प्रस्तावित किरात राज्य भित्र त ४२.१% मात्रै बस्दा रहेछन र बाँकी ५७.९% त्यो राज्य बाहिर र ३५९३७९ लिम्बु मध्ये ६९.२% प्रस्तावित लिम्बुआनमा बस्छन् तर त्यो जनसंख्या त्यो क्षेत्रको जनसंख्याको २३.६% मात्रै हो । राज्य विभाजनमा नेवारहरूको स्थिति टिठलाग्दो छ । सो गणनामा नेपालमा १२४५२३२ नेवारको संख्या देखाउछ जसमध्ये ३४% मात्रै नेवा राज्यभित्र बस्छन् । बाँकी ६६% पश्चिम, मध्यपशचिम र सुदुरपशचिमका हिमाली जिल्लाबाहेक पहाड, तराइका सबै जिल्लामा उल्लेखनिय रूपमा छरिएर बसेका छन् । १६२२४२१ मगरमध्ये मगरातको मगर केन्द्रित मगरातमा ५३.८% बस्छन भने सो बाहिर ४६.२% । यसरी  ६ पहाडी आदिवासी र जनजातिको जनसंख्या ५६८८०५८ मध्ये २७८८८११ अर्थात् ४९% आफ्नो जातिय राज्यमा र बाँकी २८९९२४७ जना अर्थात् ५१% अर्काको राज्यमा बस्ने रहेछन् ।
आफ्नो नाममा राज्य चाहने मगर, गुरुङ, नेवार तामाङ, राई र लिम्बु पहाडे ६ जातिको आधाभन्दा बढी जनसंख्या ती माग या प्रस्तावित गरिएका राज्यभन्दा बाहिर बस्दा रहेछन् । ती राज्यका माग केका निम्ति गरिएका हुन् ? जातिका निम्ति गरिएका हुन् भने जातिका आधा सदस्य एउटा भूभागको रैथाने नागरिक हुने र बाँकी आधा अर्को जातिको राज्यमा भतुवा नागरिक हुने विभाजन कसरी न्यायसंगत हुन सक्ला ? हिजोसम्म लिम्बुआनमा बसोबास गर्ने गैर्‍हलिम्बु आदिवासी लिम्बु सरह या तमुआनमा बसेको गैर्‍हतमु आदिवासी तमु सरह आफू बसेको भूमिको अधिकारी थिए भने सो क्षेत्रका रैथाने आदिवासीका नाममा ती क्षेत्र हस्तान्तरण गरेपछि बाँकी गैरक्षेत्रिय आदिवfसी सहित अरू सबै नै भतुवा नागरिकभन्दा बढी के हुन सक्छन् ? त्यसैले तथाकथित आफ्नो क्षेत्रभन्दा बाहिर बसेका आदिवासीको हितको निम्ति पनि जातिय राज्यको कुनै तुक देखिदैन । ती क्षेत्रमा गैर्‍हक्षेत्रिय आदिवासीको स्थिति त्यहाँ बस्ने गैर्‍हआदिवासीकोभन्दा दयनिय हुन सक्छ । राज्यका सबै प्राकृतिक स्रोतमाथि राज्य प्राप्त गर्ने रैथानेको अधिकार हुनु पर्छ भन्ने माग अहिले नै उठी सकेको हुदा राज्य प्राप्तिपछि त त्यो राज्यमा बस्ने गैर्‍हरैथाने नागरिकहरू किपट, बिर्तामा बस्ने रैतीभन्दा के फरक हुन्छन् ? राज्यका ४०% नागरिक थिचोमिचोमा परे, उनीहरूलाई न्याय दिलाउछु भन्दै हिड्ने माओवादी, तथाकथित थिचोमिचो गर्ने भनिएका ६०% को त कुरै छोडी दिऊँ, थिचोमोचोमा परेका भनिएका ४०% को आधा हिस्सालाई पनि भतुवा नागरिक बनाउन तयार देखिन्छन् । प्राकृतिक स्रोतमाथि स्थानियवासीको अधिकार न्यायसंगत मानिन सक्थ्यो तर कुनै एक जाति विशेषको मात्र अधिकार हुने गरी बिर्ता, गुठी, किपट बाँडे झैँ राज्य बाँड्नु सही कसरी ठहर्छ ? माओवादी कार्यकर्तासामु पनि यो प्रश्न तेर्सिएको छ र सोच्नु पर्ने बेला आएको छ उनीहरूले पनि ।
जनसंख्या बारे सर्वसाधारणलाई विस्तृत जानकारी दिने पछिल्लो स्रोत वि.सं. २०५८ को जनगणना हो । देशको हिमाली भागमा बस्ने तामाङको संख्या १८४१४१ रहेछ जसमध्ये १६.७% पूर्वान्चलमा र ८१.९% मध्यमान्चलमा बस्छ । त्यस्तै मध्यपश्चिमान्चलमा १% छ र अरू बाँकी २ क्षेत्रमा त शुन्यसम छ । त्यसरी नै पहाडमा पनि १२% भन्दा बढीले पूर्वको बाटो समायो तर मध्यपश्चिम र सुदूरपशचिमतिर पनि लागेन तामाङको समूह । बरु दार्जिलिङ पनि छिचोलेर सिक्किम, आसामतिर लाग्यो । ८४% मध्यमान्चलमा बस्ने तामाङ समूह किन लागेन पश्विमतिर ? गुरुङको निम्ति पनि मध्य र पूर्वी हिमाल तमुक्षेत्रको पश्चिमी हिमाल भन्दा फापिलो देखिन्छ । हिमाल क्षेत्रमा बस्ने गुरुङ मध्ये ३६% पूर्वी हिमालमा र २०% मध्य हिमालमा बस्छन् जब कि पश्चिम हिमालमा ३१% र मध्यपश्चिम हिमालमा ११% मात्रै बस्छन् । पहाडमा बस्ने गुरुङहरूमध्ये २५% गुरुङ मध्य र पूर्वी पहाडमा बस्दो रहेछ । मध्यपश्चिम र सुदूरपशचिमको पहाडमा त जम्मा जम्मी ३.५% मात्र बस्दो रहेछ । पहाडमा गुरुङकोभन्दा ३ गुणा बढी जनसंख्या भएको मगरको पनि २५% मध्य र पूर्वी पहाडमा बस्दो रहेछ । यी दुई क्षेत्रका हिमाली भागमा त हिमाली मगरको ७०% बस्दो रहेछ ।
देशको मध्यक्षेत्रमा राज्य चाहने नेवारको स्थिति पनि कुनै गतिलो छैन । कुल नेवारी जनसंख्याको ७५% मध्यमान्चल क्षेत्रमा बसे पनि संभावित नेवा राज्य हुने काठमडौ उपत्यकाका तीन जिल्लामा कुल नेवार जनसंख्याको ४७% मात्रै छ अर्थात नेवार समुदायको कुल जनसंख्या मध्ये ५३% सो राज्यभन्दा बाहिर हुनेछ ।
नेपाली समाज पूर्वगामी समाज हो । खसआर्य मात्र होइन, यो देशका मगर, गुरुङ, तामाङ, नेवार, थारु सबै जाति पश्चिमबाट पूर्वतिर बसाइँ सर्दै गएको देखिन्छ । दाङका थारु पुर्विदै झापा या मोरङ पुग्नु, त्यसरी नै आफ्ना क्षेत्रका मगर, गुरुङ, नेवार या तामाङ नजिकैको पश्चिम छोडेर पूर्वतिर हानिदै ताप्लेजुङ, पाँचथर या इलामसम्म पुग्नु नयाँ र सुगम भूमिको खोजीको परिणाम हो । पहिले भुरेटाकुरे राज्य भएकाले एउटा राज्यबाट अर्को राज्यमा जान त्यति सजिलो थिएन तर नेपाल एकिकरण भएपछि त्यो बसाइँसराइको चाल तिब्र भयो । त्यति मात्रै होइन नेपालीहरूको सराइ इलाममा टुंगिएन, अझ पर सिक्किम(लिम्बुभाषामा सु खिम अर्थात् नयाँ भूमि), दार्जिलिङ हुदै भुटान, आसाम र बर्मासम्म पनि पुग्यो । यो बसाइँसराइमा लिम्बुजाति पनि अरू जाति जस्तै पूर्वतिर नै हानियो र अरुण नदीको छेउको संखुवासभा जिल्लामा अहिले पनि लिम्बुको संख्या कुल आवादिको ४.७% मात्रै छ र मैले थाहा पाउदाको ६० वर्ष अगाडि चैनपुर इलाकाका मानिसले त्यो इलाकालाई लिम्बुआन नभनेर डाँडापारी अर्थात् अहिलेको ताप्लेजुङ, तेरथुम, पाँचथर र इलामलाई लिम्बुआन भन्ने चलन थियो । अरूणनदीभन्दा पश्चिममा त लिम्बुहरू छदै छैनन् ।
लिम्बुहरू तिब्बतको ल्हासा र चिनको युनान प्रान्तको नाममा आएका ल्हासा र युनान दुई गोत्रका गरी १३ थरका लिम्बु छन् जसमध्ये ५ थरी चीनको युनानप्रान्तबाट र ८ थरी तिब्बतको ल्हासाबाट आएका हुन् लोककथन छ । सिक्किमका चोङ लिम्बुहरू तिब्बतको यु चाङ प्रान्तबाट आएको मानिन्छ भने नेपालका याकथुम्बा लिम्बुहरू ताप्लेजुङको ओलाङचुङ गोलाको बाटो गरी नेपालभित्र छिरेको मानिन्छ । जसरी खसआर्यहरू उत्तर-पश्चिम भारत हुदै नेपाल छिरेका हुन् भनिन्छ त्यसरी नै लिम्बुहरू तिब्बतबाट दक्षिण ओर्लिएका हुन भनेर स्वीकार गरिन्छ ।
नेपालको २२७३६९३४ को जनसंख्यामा लिम्बुको जनसंख्या १.५८% छ र लिम्बुआन माग गरिएको अरुणपूर्वका ९ जिल्लाको जनसंख्याको अनुपातमा १०.८% र सो क्षेत्रको पहाडी भागको जनसंख्याको तुलनामा २३.५% छ । लिम्बुआन भनिने पहाडी क्षेत्रका ६ जिल्लामा बस्ने गैर्‍हलिम्बु आदिवासीको संख्या ३६३५५८ छ जो त्यो क्षेत्रको जनसंख्याको ३४.५% हो । एउटै क्षेत्रका एक चौथाइभन्दा कम आदिवासीले आफ्नो नाममा राज्य पाउने, एक तिहाइभन्दा बढी आदिवासी र बाँकी गैर्‍हआदिवासी गरी ७६% नागरिकहरू राज्यविहीन हुने राज्य संरचना कति न्यायसंगत होला र त्यो राज्य कति बलियो होला ? माओवादी नेताको महत्वकांक्षी उर्लाइमा थारु, मगर, गुरुङ, तामाङ, नेवार, राई र लिम्बु ६ जातिका केही नेताहरू जातिको आधारमा असन्तुलित राज्य विभाजनमा सही थाप्न लागेकोले पनि विश्लेषण प्रस्तुत गर्न आवश्यक भएको हो । आदिवासी, गैर्‍हआदिवासी सबैलाई मनन गर्न अनुरोध गर्छु ।
अगाडि नै भनियो कि नेपाली समाज पूर्वगामी समाज हो र पूर्वबाट पश्चिमतिर कमै मात्र जान्छन् । राई जाति पनि यसको एउटा उदाहरण हो । ६३५१५१ जनसंख्या हुने राई जाति सुदुरपश्चिमान्चल, मध्यपश्चिमान्चल र पश्चिमान्चलमा जम्माजम्मी १०२१८ मात्र छन् अर्थात् पश्चिमतिर राईहरू जाँदै गएनछन् भन्दा हुन्छ । मध्यमान्चलका ६५१२३ मध्ये ४३.५% काठमाडौ उपत्यकाभित्र  र १४% मध्यतराइमा बस्छन् । मध्य पहाडी भागमा त ४३.५% अर्थात् २७६७७ जना बस्छन् । त्यसैले राईहरूको आवादि थलो पुर्वान्चल क्षेत्र नै हो । लिम्बुआन भनिएको अरुणपूर्वमा राईको संख्या २९७३६९ अर्थात् देशव्यापी कुल जनसंख्याको ४६.८ छ र किरातक्षेत्र भनिने अरुणपश्चिममा २६२४५१ अर्थात् ४१.३% छ । सोही क्षेत्रका सोलुखुम्बु, भोजपुर, ओखलढुंगा, खोटाङ र उदयपुर जिल्लाको कुल जनसंख्या ९८६४८० छ जसमध्ये राईको संख्या २६.६% छ । यसैमा गैर्‍हराई आदिवासीको जनसंख्या २५.९% छ र गैर्‍हआदिवासी ४७.५% छन् । यसैले यी क्षेत्रमा किरात राज्य बनेमा एक चौथाइ आदिवासी बासिन्दाले आफ्नो नाममा राज्य र अधिकार पाउने छन्, एकचौथाइ आदिवासी बासिन्दा आधा जस्तो गैर्‍हआदिवासी जस्तै राज्यमा नाम र अधिकार विहीन नागरिक हुनेछन् ।

Wednesday, February 20, 2013

तीन कविता




 मकै र म


जँघार तर्न लाठी समाएकी थिएँ मैले
मकैको ढोड भएर निस्कियो ऊ
न बल भयो काठको लौरो झैँ उसमा
न ऊखु लाक्रोमा झैँ रस नै भयो
केवल बोक्न गाहारो, छोड्न गाहारो
एउटा लेठो मात्रै भयो ।
पल्टाउदै गएँ पत्रैपत्र अतितका खोसेल्टा
जति पल्टाएँ पनि सुन्दर आशा पाएँ
घटनाका दानाहरू छोड्याउदै गएँ म
एक पछि अर्को,
चिल्ला आशाका दाना भेटेँ त्यहाँ
पिडाका घुनले खाएका दाना पनि देखेँ
झर्दै गए परपर दानाहरू
सर्दै गए परपर आशाहरू
र निराशाको खोयो मात्र मेरो हातमा ।
एकातिरको दानाको थुप्रो गयो कसैले बोकेर
अर्कोतिर खोसेल्टाको रास सोहोर्‍यो कसैले;
मसँग त खालि मकैको ढोड
हुत्याउन गाहारो मकैको ढोड
र केवल त्यही मकैको खोयो
मेरो भविष्य तताउने आशाको खोयो ।


सूर्योदय बेलामा

थिए बादल शुन्यका नभ, धरा आकाश खाली थियो
धर्ती शितल शितले द्रवित भई सार्‍है भिजेको थियो ।
पूर्वी धर्ती सीमा गुलाफी रङले लाली चढे झैँ थियो
आकाशैभरि छ्याल्लब्याल्ल रूपमा ज्योति फुटेको थियो ।।

टुप्पो लाल हिमालको दहकिदो आग्नेयको कोइलो
जस्तै तप्त थियो तथापि तलको माटो भिजेको थियो ।
झर्ने चल्छल छल्कदै हिमसुता पवित्र स्वच्छन्द भई
थियो खाली किनार निर्जीव सबै प्रभाति संध्या सँगै ।।

आई रूपवती सँभाली कटीमा घैला धरा निर्मिता
संध्याश्नान निमित्त राखी तटमा आफ्ना लुगा साथका ।
पानीभित्र पसेर चुर्लुम डुबी ऊ एकवस्त्रा सुता
अँगालो जलवेगले लिई दियो मानौँ ऊ उसकै प्रिया ।।

आत्तिदै जलचाप व्याप्त युवती आकाश फर्की उठी
पन्साई जलवेग हात दुईले आफै किनारा पुगी ।
निस्के घाम झुलुक्क शैलशिरमा नारी गुलाफी भई
जोडी हात दुवै रवितिर भई ऊ प्रार्थनामा गई ।।
 



x'sL{ 5g\ pgL

x'sL{ 5g\ pgL t ;do;Fu}Ù
lxhf] sfFvLdlg l5ly{g\
cfh k/k/ x'lG5g\,
lxhf] nfh} gdfgL 6fFl;g k'lUyg\
cfh nfhn] cg'xf/ 5f]lK5g\,
sfofkn6] eof] s;/L
lxhf]sf] cfh} <

x'sL{ 5g\ pgL t ;do;Fu}Ù
l5d]ssf] Tof] km'Rr]l;t
lxhf] le8\g hfg] uly{g\,
/ftf] d'v kfb}{ cfh
k/} a;L s'/f ul5{g\,
d]nldnfk eof] s;/L
lxhf]sf] cfh} <

x'sL{ 5g\ pgL t ;do;Fu}
lxhf] gfgL agL sfFvdf al:yGg\
cfh gfgL af]s]/ cfO5g\,
lxhf] ld7fO{ r';]/ al:yg\
cfh gfgL r';fpg EofO5g\,
kl/jt{g of] eof] s;/L
lxhf]sf] cfh} <