Friday, November 19, 2010

माओवादीको अर्थहीन किचलो बारे



fuरिक दैनिकमा शुक्रवार एकै दिन स्तम्भकार खगेन्द्र संग्रौला, पत्रप्रेषक डिल्लीराम पौडेल र मोफसलका पत्रकार सन्तोष न्यौपानेका लेखहरू एकैसाथ छापिएकाछन् र विषयवस्तु छ नेकपा(माओवादी भित्रको नेतृत्व संघर्ष। आफूलाई वाम भन्न रुचाउने सबैको पिरलो नै त्यही संघर्ष भएकोछ। बन्दुक बोकेर आजै लडन हिडने कि बन्दुक साथमा राखेर कुराकानी गर्ने कि कुराकानी गरौं न बन्दुक त पछि पनि बोके हुन्छ भन्ने यो एउटै कुरा तीन भाषामा भनिएको संघर्ष हो यो लफडा र यिनै विचार समाएर नेतृत्वमा पुग्ने या त्यसमा अडने प्रतिद्वन्दिता हो यो। त्यसैले माओवादी समर्थक विद्वानहरूले यसमा चित्त दुखाउनु पर्ने आवश्यकता नै देख्दिन म किनकि प्रतिद्वन्दिता प्राणीजन्य स्वभाव हो र मानिस माओवादी नै भए पनि आखिर प्राणी नै हो। कार्ल माकर्स जस्ता विद्वानहरू सम्पन्नता सम्पत्तीमा नै देख्दछन् तर संवृद्धिशास्त्र सत्ता र शक्तिलाई पनि सम्पन्नताको कारक मान्दछ। जसरी शान्तिको समयमा पैसा हुनेले कसैको पनि अगाडि हात फैलाउनु पर्दैन त्यसरी नै हातमा बन्दुक हुने मानिस अनिकालमा पनि भोकै मर्दैन र त्यसरी नै शाशन गर्नेले सामान्य मानिसले झैं बाँच्नृ पर्ने वाध्यता हुदैन। त्यसैले माओवादी नेताहरूको शिर्षस्थानमा पुग्ने प्रयाश सम्पन्नतावृद्धिका लागि प्राकृतिक प्रतिद्वन्दिता या संघर्ष मात्र हो। दोश्रो, माओवादीमा विकृति आयो भन्ने गुनासो पनि त्यति जायज छैन। विद्वानहरूलाई थाहा नै होला ग्रिसका स्पार्टाकहरूको सशस्त्र आचरण युद्धको निम्ति मात्र प्रयोग हो, शान्तिमा त सबैले एथेन्सवासीको जीवन बाँच्नुपर्छ जहाँ सम्पन्नताको निम्ति प्रतिद्वन्दिता हुन्छ र हार्नेले सम्पन्नता गुमाउछ र जित्नेले त्यो बढाउछ। आचरणको विषयमा विद्वानहरूले भारतिय कम्युनिष्ट लेखक यसपाल द्वारा इस्वी सम्वत्को पहिलो दशकको शुरुतिर लेखिएको 'दादा कमरेड' पढे कम्युनिष्ट नेताहरूको जीवन पद्धति छर्लङ्ग हुन्छ।

एकै छप्कोमा सबैलाई सर्वहारा बनाएर 'सामथ्य अनुरूप काम र आवश्यकता अनरूप दाम र माम' दिने वाचामा स्थापित सोभियत संघका जनता ढिँडोले पेट भरिने बित्तिकै एकदलिय तानाशाही दाम्लो छिनालेर वहुलवादी लोकतन्त्र खोज्न निस्कदा संघ नै विखण्डित भयो र इतिहासमा सधैं रुसको अभिन्न अंग भएर रहेका युक्राइना र श्वेतरुस समेत समेत छुटि्टएर गए भने माओवादी द्वारा जातिय आधारमा स्थापित गर्न खोजेको गणराज्यको टिकाउपन नै कति दिनको हुनसक्ला? त्यतातिर चिन्तनगर्नु उपयुक्त होइन र विद्वानहरूले?

वाम अथवा कम्युनिष्ट एकदलिय तानाशाहीलाई अग्रगामी मानेर आँखा चिम्लदै समर्थनगर्नु र वहुलवादी वहुदलिय लोकतन्त्रलाई मानेर हिडने नेपाली कांग्रेसलाई प्रतिगामी ठान्दै गालीगर्नु प्रगतिशिलताको नमुना भएको आजका स्थापित स्तम्भकारहरूमा। चाहे ती खगेन्द्र संग्रौला हुन् या राजेन्द्र महर्जन हुन् या सि.के. लाल या अरु नै किन नहुन्। मुमाराम खनाल या हरि रोकाजस्ताबाट त आशा पनि गर्नुहुन्न यी कुराको। उनीहरू विश्व सर्वहारावादका पक्षपाती नै हुन्। देश टुटे पनि त्यो वाद नटुटे पुग्छ उनीहरूलाई। तब किन गुनासो माओबादी आचरणका बारेमा? आफ्नो संवृद्धिको निम्ति माओवादी नेताले प्रतिद्वन्दीसँग शान्त संघर्षगर्नु प्राकृतिक नियम हो किनकि प्रतिद्वन्दिको सम्पन्नता नघटी आफ्नो सम्पन्नता नबढ्ने कुरा त संवृद्धिशास्त्रले भनेकैछ। प्रचण्डलाई तल नझारी वैद्य या भटराईले ठाउँ पाउदैनन् र यी दुईलाई नरोके प्रचण्ड आफ्नो स्थानमा बसिरहन सक्दैनन् भने एउटाले अर्कोका गल्ती र कमजोरी खोजीखोजी प्रस्तुत गर्नै पर्‍यो। विद्वानहरूलाई लाग्दो हो माओवादीको उछित्तो माओवादीले नै काढेपछि जनताले त्यसलाई पछ्याउने छैनन् र नेपाली कांग्रेस अघि आउने सम्भावना बढनेछ। त्यो त पक्कै हो किनकि नेपालको आजको सन्दर्भमा वहुलवादी लोकतन्त्रको पक्षमा रहेको नेपाली कांग्रेसलाई विस्थापित गर्ने अर्को लोकतान्त्रिक दल उदाएकै छैन र आजको संघर्ष जनतन्त्र, गणतन्त्र जेसुकै नाम दिए पनि एकदलिय तानाशाही र वहुलवादी लोकतन्त्रका बीचको हो। अब विद्वानहरूले रोज्ने बेला आएको छ कता उभिने आफू? एकदलिय तानाशाही शाशनको पक्षमा कि वहुलवादी वहुदलिय लोकतन्त्रको पक्षमा?

रामप्रसाद दाहाल
E-mail: dahalram@gmail.com



Thursday, November 18, 2010

विमल निभाको लेख 'अफिमची' बारे

२४ असोजको कान्तिपुर दैनिकमा छापिएको छ यस दैनिकका स्थायी स्तम्भकार विमल निभाको लेख 'अफिमची' । लेखको शुरुले नै यो लेख व्यक्ति विशेषको बौलठ्ठी देखाउन खोजीएको छ बढो अपमानित तरिकाले । अवश्य नै यो लेख चिनिया सीमानामा एउटा सोझो किरातीलाई पटका पडकाउन लगाउदै भारतलाई तर्साउन खोज्ने बौलठ्ठी बारे भनिएको होइन किनकि हातमा बन्दुक बोक्नेको विरोधमा पनि लेख्न सक्ने वीराङ्गना उमा सि‌हको जत्रो आँट र मुटु लिएर 'हे परचन्दर' भन्ने शव्दले थालेका उनका लेख मैले पढे सम्म भेटेको छैन । फेरि विपक्षीले आफ्नै प्रधानम‌त्रीको घाँटी चेप्दा गर्धन बाँध्ने डोरी विपक्षीलाई दिने र वामजमात खन्याउने र आफ्नै घरमा भाँडभैलो मच्चाएर आफै नाङ्गिने र 'हराएको गाई ग्रहणमा दान' भने झै‌ कहिले र कतै पनि नपाएको ३९१ मत 'सहमतिको निम्ति दान गरिदिएँ' भन्ने दानवीर सन्तको निम्ति पनि अवश्यै होइन । त्यसो हुदो हो त शुरु नै 'हे झलिन्दर' बाट हुने थियो । अब बाँकी रहे का‌ग्रेसी रामचन्द्र मात्रै । बाराखरी छिचोलेका सबैले सजिलै बुझ्न सक्छन् कि 'हे रामचन्दर' भनेर उनैंलाई भनिएको हो किनकि उनी विमल निभाको आँगनमा वाइसिएल खटाउदैनन् र युथफोर्स पनि पठाउदैनन् । हो, रामचन्द्र एक्लै लडदैछन् विमल निभाको मठ पछाडिको बाँसझ्याँङमा होइन गणतन्त्र नेपालको स‌विधानसभा भवन भित्रको स‌‌‌सदमा । लेखकलाई मन नपर्नु अर्कै कुरा हो तर उनी एउटा सिद्धान्तको निम्ति लडदैछन् र उनले त्यो कुरा लेखेर नै दिएका छन् । त्यसमा चित्त नबुझे लेखकले त्यो बारे विरोध गर्न सक्छन् चाहिदैन हामीलाई ती उनका लोकतान्त्रिक मान्यता भन विपक्षीले भने झै‌ तर हातमा कलम छ र पत्रिकाले छाप्छन् भन्दैमा राष्ट्रिय नेतृत्वहरूलाई बौलाहासँग दाजेर अपमान गर्न कहाँ मिल्छ ? र कान्तिपुरले पनि व्यक्तिको अपमान गरिएको लेख पर्चा छापे झै‌ छाप्नु हुन्छ ? क्षमायाचना गर्नु पर्छ लेखक र प्रकाशक दुवैले ।

रामप्रसाद दाहाल

Friday, September 24, 2010

कान्तिपुर दैनिकको स्तर

कान्तिपुर दैनिकले नछापेकोले यहाँ पोस्ट गरिएको हो ।
कान्तिपुर दैनिकले आफू माथिको आलोचना छापेको युग पाठकको रुन्चे बिन्तीपत्र बाहेक अरु मैले भेटेको छैन। शायद त्यो पनि उनीसँग स्तम्भ लेख्ने संझौता भइसकेपछि छापिएको हुनसक्छ। त्यसैले यो मेरो भनाइ छापिन्छ नै भन्नेमा म धेरै विस्वस्त छैन तैपनि नियमित पाठक भएकोले आफ्नो राय सम्पादकलाई नै दिनु पनि म आफ्नो कर्तव्य ठान्छु र त्यसैले नै पठाएको हुँ।

मैले स्थापनाकालदेखि नै पढ्दै आएको का्िन्तपुर दैनिकमा एउटा विचलन आएको देखिन लागेको छ। विकाश थापा नामका व्यक्तिका लेखहरू कान्तिपुर दैनिकका मध्यपृष्ठमा देखिने गर्थे। हठात् भदौ १७ को कान्तिपुरमा उनीलाई सो दैनिकले चरित्रहिन प्रमाणित गरेर जागीर खोसेको समाचार कान्तिपुर दैनिकले दियो। कान्तिपुर दैनिकमा कर्मचारी सम्वाददाता आदि सयौं मानिस काम गर्छन् र पदस्थापन निष्काशन सामान्य प्रकृया हो। त्यो कुनै समाचार बन्दैन। हो, निष्काशनको जानकारी दिन सूचना छाप्न सक्छ तर आफैं निकाल्ने र आफैले त्यसलाई समाचार बनाएर व्यक्तिको हुर्मत लिनु आफैं बोक्सी आफैं धामी बन्ने काम कि त सम्पादक मण्डलको विकाश थापा प्रति ठूलै पूर्वाग्रह हुनुपर्छ, कि त व्यवस्थापनपक्षले विकाश थापालाई वदनाम गराउनकै लागि कान्तिपुर दैनिक स्वयं वादी भएर यसलाई प्रकाशित गर्न लगाएको हुनुपर्छ , नत्र दोष निर्दोष छुट्याउने प्रहरी अदालत छदाछदै कान्तिपुर वादी बन्नु पर्ने आवश्यकता थिएन। दोश्रो प्रकरण डाबर नेपालको जुस काण्डसँगको कुरा हो। डाबर नेपालको उत्पादन रियल जुसमा कालो पदार्थ भेटिएको एक व्यक्तिको दावी थियो। ती दिने व्यक्ति कति भरपर्दा हुन् संचार माध्यमले त्यो खोजी गर्‍यो कि गरेन? त्यो के थियो त त्यो चिज कसैले छानविन गर्‍यो कि गरेन? लाखौं रियल प्याकेट उत्पादन गरिएकोमा अरु ठाउँमा त्यस्तो चिज भेटियो कि भेटिएन? पत्रकारितामा लाखौं खर्चिन सक्ने संचारमाध्यमले नै पनि २।४ हजार खर्चेर २।४ सय प्याकेट रियल फोरेर त्यो कालो चिजको खोजी गर्‍यो कि गरेन? कि बात लाइदिऊँ न, होइन भन्ने प्रमाण त उसैले जुटाओस् न भनियो? यदि एउटा घटना डाबर नेपालको हुर्मत लिइन्छ भने उसको पक्षकाले त डाबर नेपाल प्रति पूर्वाग्रह राखेर समाचार सम्प्रेषण गरियो त भन्छ नै। भोलि विकाश थापाले यही पूर्वाग्रहको आरोप लगाउन
पनि त सक्छन्। यही बीचमा छिरे राजदूत सुद। डाबर नेपालले लगाउनु पर्ने आरोप उनले लगाए नेपालको पत्रकारितामाथि। कुटनैतिक निकायका यी प्रमूखबाट यस्ता अमर्यादित काम पटकपटक निकै भएकाछन्। संचारमाध्यमले भने यो पटक उनको वक्तव्यको विभिन्न माध्यमद्वारा घोर विरोध गरेे जो स्वाभाविक पनि हो। कुटनैतिक विषयमा यो भन्दा
बढी गर्न सकिदैन। गर्न खोज्यो भने माओवादीको हालैको आन्दोलनजस्तो प्रत्युत्पादक हुनथाल्छ। तर आफैले पाठक खन्याएर निकालिएका खगेन्द्र संग्रौलालाई राजदूत सुदको हुर्मत लिनकै लागि भदौ १९ को अंकमा भित्य्राएको देखेर कान्तिपुर न्ध्याकालिन टेबोलोयडको स्तर तिर ओर्लन लागेजस्तो लाग्यो किनकि पत्रकार रविन्द्र मिश्रले जतिसुकै वरिष्ठ भने पनि पत्रकारितामा उनको वरिष्ठता गालीगलौजमा नै सीमित हुन्छ। एमालेको ९ महिने सरकारको पालादेखि नेता माधवकुमार नेपाललाई वापबैरीलाई झैं गाली गरेको गर्‍यै छन् माकुने जस्तो अभद्र शव्दको प्रयोग गरेर। अब आयो राजदूत सुदको पालो। एउटा स्तरिय पत्रिकाले भन्न सक्नुपर्‍यो के पाउँछ यो पत्रिकाले र यो देशले एउटा अभद्र शव्द प्रयोगकर्तालाई एउटा दूतावास विरुद्ध लेख लेख्न लगाएर? अभद्र व्यक्तिको प्रयोगले प्रयोगकर्तालाई अभद्र बनाउँछ र परिणाम पनि अनिष्टकर नै ल्याउछ। अभद्र पत्रकारिता कही. पनि मान्य हुदैन। सोच्नु पर्ने होइन र कान्तिपुर दैनिकले।

रामप्रसाद दाहाल
जोरपाटी – १ नारानटार
काठमाडौं
फोन : ४९१०००१
dahalram@gmail.com

Sunday, June 27, 2010

Till now I was using word 'prosperitism' for my theory of prosperity but as it is not appropriate a thought to be a ism, I decided to use prosperology in place of prosperitism. Though both the terms do not fall within the sphere of classical English dictionary, but I hope they will bear the my theory both in sense and explanation.

Wednesday, March 17, 2010

पत्रिका माथि टीप्पणी


लोकतन्त्रको किन हँस्यौली

१५ फागुनका कान्तिपुर दैनिकका विमल निभा र शारदा शर्मामा लेख पढ्ने सौभाग्य मिल्यो। विषय छन् कमल थापाको जुलुस र वीर नेम्वाङ र विरेन्द्र भक्तका नरम बोली। दुवैको बोली राज्यको स्थिति बारे चिन्ता हो भन्ने मलाई लाग्छ। यही विषयमा बोल्दा म पहिले संभावित राज्य संरचनाका बारेमा टिप्पणी गर्न चाहन्छु। २०५८ सालको जनगणनानुसार २ करोड २८ लाख जनसंख्या भएको नेपालमा संम्विधानसभामा प्रस्तावित राज्य संरचनामा १ करोड ८० लाख जनसंख्या भएका ९ वटा जातिय अग्राधिकार सहितका राज्यहरू छन् र ४८ लाख जनसंख्या भएका ५ वटा समानाधिकार भएका राज्यहरू छन्। अग्राधिकार प्राप्त गर्ने जातीको जनसंख्या १ करोड ५ लाख भए पनि ती राज्य भित्र उनीहरूको उपस्थिति ५७ लाख अर्थात् ५४ प्रतिशत मात्रै छ। बाँकी ४८ लाख अरुका राज्यमा अग्राधिकार नपाई बस्नेछन्। यस अर्थमा जातिय आधारमा राज्य संरचना हुने नै हो भने यो देश भित्र जातिय राज्यमा बस्ने अग्राधिकारी मालिक नागरिकहरू ५७ लाख, गैर्‍हजातिय राज्यमा
बस्ने समानधिकारी नागरिकहरू ४८ लाख र अर्काको राज्यमा अग्राधिकारीले खटाएर दिएको अधिकार उपभोग गर्ने भतुवा नागरिकहरू १ करोड २३ लाख हुनेछन्। विमल निभाजी Û ;मानाधिकारको कुरा लोकतन्त्रमा सर्वमान्य भएकाले सबैलाई समान अधिकार दिनु खोज्नु जायज हो तर एक अर्को सँग घरदैलो गासेर बसेका नागरिकमध्ये वहुसंख्यकलाई अनागरिक बनाएर पाखा लगाए पछि दुलो भित्र लुकेर बसेका कमल थापाले ती अनागरिकको नाम भजाएर सिंहदरबार घेर्न जानु चम्मको कुरा हो्इन। त्यो जुलुसलाई नियालेर हेर्नु भएको भए ठूलो संख्या त्यस्तै अनागरिकहरूको थियो। भोलि तपाई जत्तिकै बुद्धिमान मानिस कमल थापाको झण्डा मनि आइपुगे पनि अचम्म नमान्नोस् किनकि राजतन्त्र फालेको वहुसंख्यकलाई अनागरिक बनाउन होइन, समान अधिकार प्राप्तिको निम्ति हो। लोकतन्त्र त व्यवहारको प्रयोग हो, लेख र भाषणको कथा होइन।
शारदा शर्मा जी Û ढाँटको निम्ता खाई पत्याऊँ भन्ने उखान तपाईले जानेकै कुरा हो। दोश्रो दर्जाको म बासिन्दा भए पछि हामी तपाईलाई दिइहाल्छौ नि भन्दैमा नपत्याउनोस्। जहाँ इतिहासमा किर्तिपुरेको नाक काटियो भनेको भरमा आज नाकको माग गरिन्छ, अथवा जहाँ शाह राजाले हाम्रो किपट खाए भनेर बस्ती उठाउन खोजिन्छ त्यहाँ बीर नेम्बाङ र विरेन्द्रभक्तले दिएर केही दिइदैन। अधिकारको कुरा त तपाई आफै बुझ्नु हुन्छ। समान अधिकार बिनाको लोकतन्त्र नामको लोकतन्त्र मात्रै हो र त्यो अधिकनायकवाद भन्दा पनि डर लाग्दो हुन्छ। हामी त्यतै जादैछौं।

रामप्रसाद दाहाल
काठमाडौ
जोरपाटी १ नारानटार
फोनः ४९१०००१

Monday, January 18, 2010

सुझाव माओवादीलाई पनि


हामी वाल्यकालमा सोच्थ्यौं जात फालेपछि मात्रै प्रगतिशिल होइन्छ र त्यसैल हाम्रा अभिभावक भन्दा पर गएर धोती नफेरी जनै निकालेर भात खान्थ्यौं। स्तालिनको जुँगा, लेनिनको बोके दार्‍ही र मार्क्सको लामो कपाल र दार्‍ही नचिन्ने मानिसमा प्रगतिशिल धारणा हुनै सक्दैन भन्ने मान्यतामा कम्युनिष्ट बाहेकालाई हामी देशघाती नै देख्थ्यौं। माओ त आलाकाँचै थिए त्यो बेला त्यसैले उनको कुरै रहेन। नपत्याए विक्रम सम्वत्को पहिलो या दोश्रो पुस्तामा केटाकेटी हुने राजनितिज्ञहरूलाई सोधनी गरे हुन्छ। जवाहरलाल नेहरु र विश्वेशर कोइराला समेत मार्क्सको दार्‍ही हेरेर नै समाजवादी बनेका हुन् कम्युनिष्ट बन्न नसके पनि। आज सोभियत संघ छैन र माओ सुट मात्रै लगाउन पाइने लाल चिनमा देङ ज्याओ पिङको अमेरिकी पूजिवादको प्रभावले सप्तरंगी लुगा आइसके र मार्क्सको साम्यवादका लक्षण मध्ये चिनमा अब अधिनायकवादी कम्युनिष्ट शाशन मात्रै छ तर चिनमा मार्क्सका परिभाषामा पर्ने धनी छन् र गरिब पनि छन्, पूँजि र शोषण छ र असमानता पनि छ। आजको चिनमा साम्यवादतिर जाने सानो सिन्को जत्रो लक्षणसम्म पनि देखिदैन तैपनि नेपालका माओवादी सोच्दछन् कि माओवाद मात्रै अकिञ्चन सत्य हो र समाजका हाम्रा केटाकटीमा फेरि उही पुरानो मान्यता र डर कायम छ – माओवादीको विरोध गर्नु भनेको अप्रगतिशिल हुनु हो, प्रतिगामी हुनु हो। अर्ध माओवादी वामदेव देखि प्रचण्ड माओवादी प्रचण्ड समेत सोच्छन् कि कम्युनिष्ट अधिनायकबाद मार्क्ससको देववाणी हो र भष्माशुर झैं जे मिल्यो त्यो ध्वंश गर्दै जानु कम्यनिष्ट साश्वत अधिकार हो किनकि वर्तमानको खरानी मात्रै साम्यवादको जग उठाउन सकिन्छ र यो सोच आजको कम्युनिष्टको होइन, मार्क्ससको परिभाषा नै हो। माओको महान साँस्कृतिक क्रान्ति शान्तिको समयमा सत्ताधारी द्वारा भएको कहिले पनि बिर्सन नसकिने ध्वंसकारी भष्माशुरी उदाहरण हो। एक चौथाइ जनता बाँकी रहे पनि साम्यवाद ल्याएर नै छाड्ने माओको अठोट त तुही नै सक्यो तैपनि चिन दक्षिणका माओवादी दश लाख नै भए पनि मानिस मराएर साम्यवाद ल्याउने सपना पालेर बसेका छन्। मलाई लाग्छ यो उनीहरूको विश्वास भन्दा पनि आफ्नै कार्यकर्ता र नाबालक सर्वसाधारणहरूलाई झुक्याई राख्ने एउटा चाल मात्रै हो। एउटा भएको घर भत्काएर त्यसको खरानीमा तितेपातीको भित्तोको घर बनाउनु माओवादी प्रगतिशिल उद्देश्य ठान्दछन् जब कि प्रगति त त्यो घर नभत्काइ अर्को घर बनाउनुमा हो। आजसम्म नेपालका माओवादीले भत्काउने बाहेक बनाउने काम नै गरेका छैनन् भने भोलि बनाउछन् भनेर पत्याउने आधार पनि केमा छ र? भत्काउने, टुक्य्राउने, मार्ने, मराउनेमा सीमित माओवादी काम अझै पनि माओवादी छोड्दैनन् र हामी नागरिकका अगुवा हौं भन्ने देवेन्द्रराज पा48डे या डा.सुन्दरमणी दिक्षित जस्ता कहीं माओवादीले आफूलाई सामन्ती भनिदिन्छन् कि भन्ने डरले माओवादीका खराब कामलाई खराब भन्न हिचकिचाउछन् भने छोरो अमेरिका पुगेको बखान्ने नव संभ्रान्त माकुने विरोधी खगेन्द्र संग्रौला जस्तालाई त एमाले र नेपाली कांग्रेसले गरेका नराम्रा कामलाई मात्र अगाडि ल्याएर गाली गलौज गर्नमा नै फुर्सद हुदैन। दश लाखको चिहानमा गुलाफ फुल्दैन, तितेपाती मात्रै उम्रन्छ र त्यो तितेपातीको जंगललाई बगैंचा ठान्नु बालुवामा बस्नेको भ्रम हो। यो सत्यलाई पहिले तातो रगतका किशोरलाई बुझाउनु आवश्यक छ र त्यसरी नै बुझ्न आवश्यक छ क्याम्पमा रहेका माआवादी सेनाले पनि। रह्यो परिवर्तनको कुरा । त्यो त समाजको क्रमशः रूपान्तरणको शान्तिपूर्ण प्रकृया हो। सामन्तहरूका महासामन्त भनिने राजासत्ता नरहेपछि सामन्तवादलाई पूजिवादले स्वतः विस्थापित गर्दै जाने प्रकृया हो। चिनमा नै पनि कम्युनिष्ट सामन्तवादलाई विस्थापित गर्न देङले पूँजिवादलाई भित्य्राउनै परेको थियो। एक रातमा नै एउटा युगको अन्त्य त समाजका सबैलाई शत प्रति शत नष्ट गरेपछि मात्रै हुन्छ। त्यसैले घर भत्काएर, जग्गा कब्जा गरेर , देश बन्द गरेर, अशान्त भिड खडा गरेर जनता माथि जाइलाग्नुको साटो वहुशंख्यक दलहरूलाई साथमा लिई शान्तिपूर्ण प्रयासमा लागेर परिवर्तनलाई प्रोत्शाहित गर्दै जानु श्रेयकर हुन्छ देशको निम्ति पनि र माओवादीको निम्ति।

राम प्रसाद दाहाल
जोरपाटी – १
काठमाडौं
dahalram@gmail.com