This blog is bitter pill but not harmful. Taste or not taste is up to you. Comments are accepted if you have.
Sunday, February 19, 2012
संचार
कान्तिपुरको वीसौं वर्ष
भर्खर निस्किएका नया पत्रिकाहरूले ग्राहक बनेमा अनेक उपहार र सुविधा दिनेयोजनाहरू ल्याउछन् जो पत्रिकाका प्रवर्धनका निम्ति स्वभाविक पनि हो तरस्थापित भएँ भनेर दावी गर्ने कान्तिपुर दैनिकले वीस वर्ष पुगेको उपलक्षमापत्रिका बराबरको सुन दिने योजना ल्याउनु विज्ञापनको नयाँ तरिका मान्नु पर्छ। आफ्नो जीवनकालको समयमा योगदान दिने व्यक्तित्वहरूलाई सन्मान गर्नु, पत्रिकालाई जीवित र जीवन्त राखिदिने पाठकहरूलाई धन्यवाद दिनु जस्तामर्यादाजनक विधिलाई छोडेर पाठक पैसाको लोभी छ भनि ठानेर सुन देखाउनु पत्रिकाको पाठकप्रति हेय धारणा रहेको पाइन्छ किनकि आफ्नो भँडारमा वीस वर्ष पुरानो पत्रिका नभएर ती पत्रिका खोजेका अवश्य नै पनि होइनन् ।पाठकको अपहेलना गर्दै कार्टेलिश्ङका आधारमा एकै पटकमा शत प्रति शत मोल बढाउने पत्रिकाहरूलाई धेरै पाठकहरूले छोडेको कुरा पत्रिकाको विक्री थान गिन्तीले घटेको कुरा पत्रिका स्टलमा हेरे थाहा हुने हो । आलोचनात्मक सुझाव दिनेहरूलाई कान्तिपुरले नरुचाउन थालेपछि कान्तिपुरको स्तर खच्कदै गयो र स्तरिय पाठकहरू स्वत अर्कोतिर ढल्कदै गए र मुल्य दोब्बर भएपछि त नविकरण गर्ने ग्राहकको संख्या पनि घट्न थालेको देखिएको छ । त्यसैले मैले लगातार वीस वर्षदेखि किनेर पढिरहेको पत्रिकाले गरेको व्यवहारले मलाई दुख लागेको छ । कही ‘कान्तिपुर दैनिक’ थियो भन्नेमा नपुगोस् यही मेरो कामना छ ।
अहिले हाम्रो देशका राजनेता भन्नेहरूले के के कुकर्म गरेका छन् त?
— डोरमणी पोखरेल
सिन्धुली
संविधानसभाको निर्वाचन पुरानो निरंकुश शाशनव्यवस्था हटाएर लोकतान्त्रिक गणतन्त्रको नया संविधान बनाएर निर्वाचन गराउनको लागि मात्र हो। नया संविधानमा धेरै सभासदको सुझाव र राय लिए राम्रो होला भनेर जनताले ६०१ जना सभासद निर्वाचित गरेर हामीले राज्य संचालनका लागि पठाएका हौं तर दुई वर्षका लागि पठाएका सभासदले चार वर्ष सकिन लाग्दा पनि संविधान बनाउने छाँटकाँट नदेखिएपछि ती सभासदहरूले सत्तामा बसेर जनताका लागि कति सुकर्म र कति कुकर्म गरे?
आदरणिय दाजुभाइ दिदीबहिनीहरू !
यसको हामी जनता सचेत भएर छिटो अवलोकन र अनुसन्धान गर्नु पर्ने भइसकेको छ। अहिले हामी पार्टी–पार्टीले आ–आफ्नै घमण्डी अडान लिएर गरेका कुकर्महरू हेरौं र बुझौं।
कुकर्म नं १
संविधान बनाउने र जनताको पसिनाले जम्मा गरेको राज्यको ढुकुटीबाट भत्ता खाइरहने।
कुकर्म नं २
नेताहरूको शिखर बैठक भन्दै तारे होटल र रिसोर्टहरूमा हातमात्र मिलाएर करोडौंको जाँड खाने। राज्यको ढुकुटीबाट यस्ता फजुल खर्च कति पटक गरिसकेका छन्।
कुकर्म नं ३
काम नगरी फजुल खर्च गर्नु भ्रष्टाचार हो।
कुकर्म नं ४
संविधान बनाएर निर्वाचन गराउन गएका सभासदहरू बिना काम भत्ता खाएर बस्नु।
कुकर्म नं ५
काम गर्न नसके पछि भत्ता खाएर बस्नु हुदैन भन्ने ज्ञान नहुनु।
कुकर्म नं ६
५।७ जना नेताले म्याद थपौं भन्दा ६०१ जना सदस्यले भत्ता खाइरहन हत्तपत्त सही गर्नु, सही निर्णय गर्न नसक्नु।
कुकर्म नं ७
नेपाल हाम्रो देश हो। हामी नेपाली सबै एक परिवार हौं। त्यस उसले हामी नेपालीको हक, अधिकार अगाडि पछाडि हुदैन, बराबर हुन्छ। यिनीहरू भने जातिय अग्राधिकार भन्छन्।
कुकर्म नं ८
हरुवालाई राज्य गर्न दिएर संविधानसभाको निर्वाचनमा जनताले दिएको मतको खिल्ली उडाउछन्।
आदरणिय दाजुभाइ, दिदीबहिनीहरू !
चाहे जुनसुकै राज्य होस् त्यो जनताको राज्य हुन्छ। राज्यमा सरकार पनि चाहिन्छ। अनैतिक सभासद र सरकारलाई अवकाश दिएर नैतिक सरकार गठन गरी राज्यसंचालन गराउने अधिकार हामी जनतासँग पनि छ। त्यसैले राज्यका ७५रै जिल्लाबाट घरको एक एक जनाका दरले केन्द्रमा जम्मा भइ टु्डिखेलमा बसेर अहिले भएका सभासदलाई विदा दिएर त्यही दिन सभासदको निर्वाचन गरी सरकार बनाएर तुरुन्त संविधान बनाइ निर्वाचन गराउने अधिकार दिउँ्क। हामी नेपाली जनता चुप लागेर बस्यौं भने अहिले भएका सभासद र सरकारले कैयौं वर्ष मनपरी भत्ता खाएर बसिरहने छन्। हामीलाई जनताले ठूला बनाएका हुन् भन्ने ज्ञान यिनीहरूलाई छैन। त्यो ज्ञान यिनीहरूमा भएकोभए नया संविधान बनाएर निर्वाचन गराइसक्ने थिए। यिनीहरूलाई हामी आफै ठूला मानिस भएका हौं भन्ने घम48ड चढिसकेको छ र त्यसैले नै जनतालाई पेल्न खोजेका हुन्। यिनले जनतालाई पेल्नु भनेको कुहिनोले पहाडलाई ठेल्न सकिन्छ भने जस्तै हो।
हालको सन्दर्भमा सरकारले संसदमा ल्याउन लागेको समावेशी विधेयकमा ‘अन्य’ जातीमा राखिएका समूहहरू को हुन् तिनको पहिचान खोज्नु पर्ने आवश्यकता देखिएको छ ।
नृवंशशास्त्री अथवा मानव उत्थानका ज्ञाताहरूले मानिसको उत्पत्तीको थलो अफ्रिकी महाद्वीपलाई मानेका छन् र त्यहीबाट नै मानिस भनिने त्यो प्राणी अन्य महाद्वीप छरिदै गएको कुरा शाश्वत सत्य मानिएको छ । अफृकालाई मानव उत्पत्तिको कोक्रो भनिन्छ त्यसैले नै । ११०००० वर्ष पहिले निग्रोइड र ककसियन जाती एक अर्काबाट छुट्टिए र ४०००० वर्ष पहिले ककेसियन र मंगोलाइडहरूमा शारीरिक भेद देखिन थाल्यो । ककेसियनहरूको मूल थलो मध्यएसिया र क्यास्पियन सागरको वरपरको क्षेत्र रह्यो र यहींबाट नै उनीहरू संसारको अरुभागमा फैलिए । मंगोल भनिने जातीका फैलावटबारे भने विज्ञहरूका दुई मत छन् । एक थरीको मान्यतामा मध्यएसिया मैदानबाट दक्षिण साइबेरियाबाट पूर्व लागेको मानिन्छ भने अर्का थरीले उनीहरू दक्षिणपूर्व एसियाको बाटो हुदै उत्तर लागेका हुन् भन्ने मान्यता राख्छन् । त्यसैले जे जसो भए पनि नेपालको सन्दर्भमा यहाँ बस्ने मानिसहरूका पूर्वज पनि समय र परिस्थिति अनुरुप मध्यएसिया या दक्षिणी साइबेरिया या दक्षिणपूर्वी एसियाबाट बसाइँ सर्दै यहाँ आइ पुगेकोमा दुई मत नहुन सक्छ, केवल को अगाडि र को पछाडि भन्ने कुरा मात्रै फरक हो । अझ कतिपय विद्वानहरू मंगोलियन मूलका जातीहरू उत्तर र दक्षिण दुवैतिरबाटा पसेका हुन् भनेर किटान गर्छन् । त्यसैले नेपालमा त्यो समूह पनि उत्तर र पूर्वबाट पसेको कुरा सही ठहर्छ ।
समयका वहावसँगै नेपाल एउटा राज्यमा परिणत भयो । यो भूमिमा पृथ्वीनारायण शाह भन्दा अगाडी पनि राज्य नभएका होइनन् तर ती भुरे टाकुरे राज्यहरू थिए । शाहहरूको आफ्नो राज्यविस्तार पछि त्यसमा शाह र तिनीहरूसँग सम्वन्धित परिवारको राज्यमा हालीमुहाली हुनु त्यो समयको मान्यता अनुसार स्वाभाविक थियो जुन मान्यतालाई अस्विकार गरेर अहिले त्यो हटाइयो पनि । राज्यमा कुनै एक व्यक्ति या समूहको हालीमुहाली या विशेष अधिकार हुनुहुन्न भन्ने लोकतान्त्रिक सिद्धान्त अनुसार नै नेपालमा आज नयाँ शाशन व्यवस्था स्थापित गर्न लागिएको हो तर यो देशका नेपाली मातृभाषी समूहमा पर्ने क्षेत्री, बाहुन, ठकुरी, दलितबाहुन(दमाई, कामी, सार्की), गाइने, दशनामी सन्यासी, बादी आदि मध्ये क्षेत्री, बाहुन, ठकुरीलाई नेपाल सरकारले समावेशी विधेयकमा नेपालीभाषी जनजातीलाई जाती नठहरिने ‘अन्य’ को नाममा प्रस्तुत गरेको छ जो त्यो समूहलाई दोश्रो दर्जाका नागरिकमा राखेर अरुलाई राजनैतिक अग्राधिकार दिने एनेकपा(माओवादी)को स्थापित अलोकतान्त्रिक निति अनुरुप नै शुरु गरिएकोले त्यो अन्य समूहको पहिचान खुलाउनु आवश्यक भएको छ ।
मध्यएसियाबाट झरेको आर्यहरूको हाँगा विभिन्न समयमा भरतखण्डमा झरेको हो । वैदिक आर्यहरू शुरुमा आए र शक या खस आर्यहरू त्योभन्दा पछाडि । इरानी र भारतियहरूले शक भनका र युरोपेलीहरूले सिथियन भन्ने गरेको आर्यहरूको खस समूह वैदिक आर्यहरूभन्दा धेरै पछि हिन्दकुशको बाटो गरेर कास्मिर हुदै तल झरेका हुन् । त्यो आर्य समूहको एउटा हाँगो राजस्थान हुदै सिन्ध र गुजरात पुग्यो भने अर्को हाँगो पंजाव, हिमांचल, उत्तरांचल हुदै नेपाल पस्यो । त्यसैले नजिकै भएको मैथिली, भोजपुरी भाषासँग नजिक हुनुको साटो नेपालीभाषाको व्याकरण सिन्धि या गुजरातीको नजिक हुनुले पनि यी दुई समूहको मूल एउटै भएको प्रमाणित गर्छ । खसहरूमा वैदिक आर्यहरूमा जस्तो कुनै धार्मिक कट्टरता थिएन र उनीहरूले सो समयका मूल दुई धर्म मध्ये हिन्दुधर्मलाई कतिपयले समाए र कतिले वौद्धधर्म रुचाए । वैदिक आर्यमा जस्तो कट्टरता नहुने हुनाले आज पनि नेपालका ‘अन्य’ मा राखिएका खसनेपालीहरूमा धार्मिक कट्टरता दक्षिणी वैदिक आर्यहरूको तुलनामा धेरै कम पाइन्छ ।
नेपालमा भएका खस–आर्यहरू अहिले मातृभाषा नेपालीभाषा भएका रूपमा चिनिन्छन् र यो भाषा पृथ्वीनारायण शाहको समयभन्दा पहिले नै पूर्वको चौदण्डी, माझकिरात हुदै विजयपुरसम्म पुगिसकेको थियो । शाहहरूले त त्यो समयको चल्तीको बोलीलाई समाएकासम्म हुन् कामकाजको सजिलोकानिम्ति । जसरि कुनै समयमा नेपाल खाल्डोमा नेवारीभाषा राजभाषा हुदा केरलायी नैयर देखि तिब्बती भोटेसम्मले त्यो भाषालाई समाएर विभिन्न जातजाती हुदाहुदै पनि नेवारमा गनिए त्यसरी नै कहींबाट जुनसुकै समयमा छिरे पनि नेपालीभाषा समाएर त्यसलाई आफ्नो मातृभाषा बनाउनेहरू खसआर्य भनिनु स्वभाविक हो । त्यसैले नेपालको खसआर्य जनजातीलाई ‘अन्य’ मा राखेर उनीहरूको पहिचान मेटाउन खोज्नु ‘म’ मात्र ठीक ठान्ने अधिनायकवादी सोच हो ।
सबै चिज शुन्यबाट शुरु हुन्छ तर शुन्यबाट केही पनि प्राप्त हुदैन । शुन्य यस्तो एउटा विन्दु हो जसको कुनै अस्तित्व छैन तर अर्कोसँग गाँसिएर अर्कोको आकार वृद्धि गरिदिन्छ । गणितमा शुन्यको यो स्थिति छ । वास्तविकतामा मानव जीवनमा हाम्रा इन्द्रियले अनुभव गर्न नसक्ने स्थितिकोनाम शुन्य हो । जहाँ पदार्थको उपस्थिति छैन त्यो त्यसको शुन्यता हो । चलनचल्तीका भाषामा कुनै स्थानमा कुनै चिज या पदार्थको अनुपस्थितिले त्यो स्थानमा त्यो चिज या पदार्थको शुन्यता जनाउछ । वस्तु, पदार्थ या सुविधाका उपभोग्यता अनुरूप उनीहरूको मुल्य हुन्छ र तिनीहरू अनुपभोग्य छन् भने तिनको मुल्य शुन्य हुन्छ । मानिसका समय मुल्य पनि सोही अनुरूप कम, बढी र शुन्य हुन सक्छ तर समयमुल्य शुन्यताको स्थितिबारे थालनी गर्नु भन्दा पहिले समयमुल्यबारे नै विचार गरौ ।
के हो त मानिसको समयमुल्य ?
समयमुल्यलाई हामी समय र मुल्य दुई शव्दलाई विच्छेद गरेर थालनी गरौं । यहाँ समय भन्नाले अनवरत समयको कुनै एक विन्दुलाई मानिन्छ अथवा मुल्य कुन समयमा किटान गरिने हो ? त्यो समयलाई जनाउछ । मुल्य शव्दले आवश्यकतापूर्तिको गहनतालाई बुझाउछ । यसरी दुई शव्दले समयमुल्यले मानिसको कुनै एक समयको आवश्यकतापूर्तिको क्षमतालाई बुझाउछ । मानिसको आवश्यतापूर्तिको क्षमता भन्नाले आवश्यकताको समयमा आवश्यक उपभोग्यतामाथि उसको पहुँच जनाउँछ । अनावश्यकतामाथिको पहुँचले उसको समयमुल्य बढ्दैन । उदाहरणकोनिम्ति, पाँच किलोग्राम सुन बोक्ने मानिस र पाँच लिटर पानी बोक्ने मानिस मरुभूमिबिच परे भने पाँच लिटर पानी बोक्नेको तत्कालिन समयमुल्य सुन बोक्नेको भन्दा बढी हुन आउँछ । त्यसैले पात्र, काल र स्थान अनुरूप समयमुल्य परिवर्तन भइरहन्छ ।
उपभोग्यता वस्तु र सुविधा दुई भागमा विभाजित हुन्छन् । वस्तु सुविधाको प्रत्यक्ष रूप हो भने सुविधा अप्रत्यक्ष । कोठा तताउन प्रयोग गरिने हिटर वस्तु हो तर त्यो तताउन चाहिने बिजुली सुविधा हो । वस्तुले आवश्यकता पूर्ति मात्र गर्छ, सुविधाले त्यसको प्रयोग सरल र आरामदायी बनाउछ ।
सामान्यत मानिस सोच्छन् कि उपभोग्यता सम्पत्तीबाट मात्र प्राप्त हुन्छ तर उपभोग्यता सम्पत्तीबाट माब पाइन्छ भन्ने सत्य होइन । देश, काल र पात्र अनुरूप उपभोग्यता सत्ता, शक्तिबाट पनि प्राप्त हुन्छ । अनिकालमा पनि राजा प्रजा झैं भोकै बस्दैन । उसको सत्ताले उसलाई खुवाउँछ । बीच मरुभूमीमा परेको राजाको र पाँच किलोग्राम सुनको धनीकोभन्दा पाँच लिटर पानीको धनीको समयमुल्य यसै बढी त हुन्छ नै तर तिनको भन्दा पनि बढी समयमुल्य बन्दुक हुनेको हुन्छ किनकि ऊ सबैबाट खोसेर उपभोग गर्न सक्छ । त्यसैले शक्ति पनि मुल्यवृद्धिको एउटा स्रोत हो ।
मानिसलाई कुनै पनि प्राणीलाई झैं भौतिक उपभोग्यताहरू चाहिन्छन् र मानिसलाई झैं वौद्धिक उपभोग्यताहरू पनि ऊ खोज्छ । अनिकाल र असुविधाका समयमा उपभोग्यतामाथिको उसको पहुँच घट्दै जान्छ र एक्लै रित्तोहात मरुभूमिबिच पुग्दा त उसको उपभोग्यता उसको सास फेर्ने हावा मात्र बाँकी हुन्छ । त्यो जहींतहीं र सित्तैं पाइने हावा उसको अन्तिम पहुँच हो उपभोग्यतमाथिको । त्यसैले पृथ्वीमा मृत मानिसको मात्र समयमुल्य शुन्य हुनसक्छ ।
सम्पन्नता र समयमुल्य
संवृद्धिशास्त्रमा सम्पन्नताका सिद्धान्तको पहिलो सिद्धान्तले भन्छ – ‘व्यक्तिको सम्पन्नता उसको समयमुल्यको प्रत्यक्ष अनुपातमा हुन्छ ।तर यतिले मात्र सम्पन्नताको व्याख्या गर्न सकिन्न किनकि आनुपातिक संवन्धले जहिले पनि अर्को तुलनात्मक मात्रा खोज्दछ । त्यसैले वनमा बसे पनि स्वर्गमा बसे पनि तुलना गर्न अर्को व्यक्ति नहुदा एकल व्यक्तिको सम्पन्नता किटान गर्न सकिदैन । समूहमा कुनै एक व्यक्तिको समयमुल्यलाई इकाइ मानेर अरुको समयमुल्यसँग दाँज्दा बढी सम्पन्न र कम सम्पन्न छुट्याउन सकिन्छ । असम्पन्न या शुन्य समयमुल्य भएको मानि; भने कहिले पनि हुदैन । अर्कोतिर, मानव समाजमा जहिले पनि समानताका कुराहरू उठ्ने गर्दछन् तर के एउटा आर्थिक या राजनैतिक ढाँचाभित्र सबैलाई समान सम्पन्नता दिन सकिन्छ त ?
वस्तु या सेवाका मुल्य सेयर बजारका सेयर जस्तै समयसमयमा घटबढ भइरहन्छन् र त्यसरी नै फरकफरक हुन्छन् स्थानान्तरमा तिनका मुल्य पनि । पुष महिनाको आँपको मुल्य असार साउनकोसँग दाँजिन सम्भव छैन । जसरी बेजिङमा पाइने उपभोग्यता भित्री मंगोलिया या तिब्बतमा पाउन सकिन्न त्यसरी नै वासिंगटनको उपभोग्यता अलास्कावासीले पाउन सम्भव छैन । समयान्तरले झैं स्थानान्तरले पनि स्वत यी असमानता जन्माइ दिन्छन् र पात्रको महत्ता या प्रभूता पनि त्यहाँ पसि नै हाल्छ । सरकार या राष्ट्रप्रमुखले पाउन सक्ने पहुँच सर्वसाधारणको हुन सक्दैन । शक्ति, सत्ता र सम्पत्तीले दिने सम्पन्नता पनि स्थान, काल या पात्रका कारणले असमान बन्छन् ।
एकछिनको निम्ति एउटा संसारको कल्पना गरौं जहाँ समाजका सबै सदस्यले समान उपभोग्यता पाउछन् सबै मानिसको उपभोग सामर्थ्य एकै नहुनाले पाएको भाग नपुग हुनेले त्यो समानतामा समानता देख्दैन र विकल्प खोज्छ । त्यो भाग भोग गर्न नसक्नेले उब्रिएको अंश संचिति गर्नु या त्यो भोग नगरन्जेल काम नगरी बस्ने विकल्प रोज्छ । संचितिले जहिले पनि त्यसको प्रयोगको बाटो खोज्छ जुन उत्पादनवादको बाटो हो । मार्क्सले यसलाई सच्याएर आवश्यकता अनुसारको उपभोगको ढाँचा प्रस्तुत गरे – सबैलाई आवश्यकतानुसार र सबैबाट सामर्थ्यानुसार । यदि मानिस जानवर जस्तै प्राणी मात्र भएको भए मार्क्सको यो ढाँचा अत्युत्तम थियो तर आजको मानिस प्राणी कम र मानिस धेरै हुनपुग्यो । उसलाई कुनै एउटा सीमाभित्र राखेर उसको भौतिक क्षमतानुसार ऊबाट भौतिक काम गराइन त सजिलो थियो तर उसलाई मानसिका र वौद्धिक खुराक ऊ बाहेक अरु कसैले पनि आँकलन गर्न सक्दैनथ्यो र त्यसरी नै उसको मानसिक र वौद्धिक उत्पादन पनि जोख्न सकिन्न थियो । आफ्नो उत्पादनको मतलव नराख्ने जानवर पनि त होइन ऊ । आफ्नो उत्पादनको प्रतिफल भोग्न नपाएपछि नकारात्मक सम्पन्नतावृद्धिको बाटोमा लाग्नु या कामचोर हुनु स्वभाविक पनि थियो किनकि सम्पन्नतावृद्धिको चाहना मानिसको जन्मजात स्वभाव हो । ७५ वर्षको सोभियत शाशन व्यवस्थाले यही कुरा प्रमाणित गरिदियो ।
मानिसका आवश्यकता – प्राणीजन्य र मानवजन्य
मानिसका आवश्यकता भौतिक र वौद्धिक दुई भागमा विभाजित छन् । भौतिक आवश्कता पनि प्राणीजन्य र मानवजन्य दुई भागमा विभाजित हुन्छ । सासफेर्नु, खानु, पिउनु, सन्तावृद्धिमा सहभागीहुनु यी प्राणीजन्य उपभोग्यताहरू हुन् । यी उपभोग्यताहरूलाई आवश्यकतानुसार पूर्ति गर्न सकिन्छ । मानिसका आवश्यकता विश्लेषण गर्दा मार्क्सको भनाइ यतिसम्ममा सत्य देखिन्छ । शिक्षा, स्वास्थ्य जस्ता मानव सिर्जित उपभोग्यताहरू पनि केही हदसम्म निर्क्योल गर्न सकिएला । मानविय कृयाकलापका यो भन्दा अरु वौद्धिक क्षमता र त्यसका उपज मापन गर्न नसकिएपछि मार्क्सको सिद्धान्त प्राणीजन्य आवश्यकतामा मात्र सीमित हुन्छ । राज्यको नियम र कानुनको दायराभित्र बसेको नागरिकको त्यो आवश्कताको पूर्ति गर्नु राज्यको जिम्मेवारी हो । पेट भर्न पाउनु नागरिकको मौलिक हक हो । कसरी? त्यो राज्यले व्ववस्था गर्ने काम हो । अरु भौतिक सुविधाहरू राज्यको जीवनस्तर सँगै उसले बढाउदै लैजाने प्रकृया हो ।
मानिसका वौद्धिक र मानसिक आवश्यकतारू उसको चाहनाका उपजहरू हुन् । आजभन्दा र अर्कोभन्दा धेरै र विकसित हुने चाहना नै मानिसको विकासको मूल स्रोत हो र यसले नै मानिसलाई अरु प्राणी भन्दा फरक बनाइदिन्छ ।