Monday, January 28, 2013

आउन सक्छ त्यो दिन (कविता)


आउन सक्छ त्यो दिन

आउन सक्छ त्यो दिन जब
हामी थुनिएको गोठभित्र
आफूखुशी उफ्रने छौँ,
हाम्रा सिङ र खुरले
भित्तो र जमिन फोर्ने छौँ,
आफूआफू बीच पनि
कुस्ती खेल्न पाउने छौँ
र बाहिर गोठालाले भन्ने छन् -
"स्वतन्त्र छन् यिनीहरू
जे गर्न पनि स्वतन्त्र छन् ।"

आउन सक्छ त्यो दिन जब
सुकेको खर होस् या हरियो दुबोले
भरिने छ हाम्रो पेट,
नलको होस् या नालीको पानीले
मेटिने छ हाम्रो तिर्खा,
अनभिज्ञ बाहिरी संसारसँग
उग्राएर बस्ने छौँ हामी
र हाम्रा गोठाला भन्ने छन् -
"सुखी छन् यिनीहरू
खुशी छन् यिनीहरू ।"

आउन सक्छ त्यो दिन जब
कलिला हाम्रा पाठालाई
सिद्धान्तमन्त्र पढाइने छ,
'सबैका मुक्तिका लागि' भन्दै
बलीवेदीमा चढाइने छ,
तिनका नाममा शालिक पनि ठड्याइने छ
र खुशियालीमा हाँस्न र नाच्न
हामीले सकेसम्म पाइने छ
केवल अभागीनी आमालाई
रुन बन्देज लगाइने छ
र बाहिर गोठालाले भन्ने छन् -
"देख्यौ कत्रो त्याग छ यो गोठप्रति ?
महान छन् माउ आमाहरू !"

जोरपाटी - १ काठमाडौ
२०६९ माघ १५

Thursday, January 24, 2013

कविता (निर्दोष मृत्यु)


निर्दोष मृत्यु
(डेकेन्द्र थापाजस्तैहरूको सम्झनामा)

जुनकिरी छरिए झैँ छरिएका आँखाहरू
नानी मरेकी एक्ली आमा रोए झै 'हुक्कहुक्क' आवाज
हुँडार हुल घेर्दैछन् शिकारलाई ।
प्रत्येक हुँक्कहुँक्कमा आक्रमणको दुन्दुभी छ,
प्रत्येक आँखाको झिम्कोमा मृत्युको निम्तो छ
र त्यो निरिह पाठो
न सामर्थ्य छ लड्न सक्ने
न बाटो छ भाग्न सक्ने
केवल आमा सम्झेर म्याँ गर्छ,
च्याँ गर्छ ।
थाहा छ उसलाई -
निचोरिने छ घाँटी, चिथोरिने छ छाती
टुक्राटुक्रा लुछिने छ मासु
तैपनि आशामा छ ऊ -
कोही न कोही त अघि सर्ला
कसै न कसैले त रक्षा गर्ला ।
आयो सिंह तर धेरै ढिलो आयो
सिङ र भुत्ला साक्षी पायो;
गर्जदै सोध्यो उसले ‍- "किन मार्‍यौ यसलाई ?
निर्धो पाठोले के पेट भरियो त सबैको ?"
हुक्कहुक्क गर्दै नाइके आयो
छाती फुलाई जवाफ लायो -
"पाठो भयो त के भयो र ?
मासो त मासु हो ।
सबैले बाँडीचुँडी खायौँ
यही नै हाम्रो समानता हो ।"
हुँडार, सिंह लेनदेन भयो
सिंहले पनि माफी दियो
बिर्से दिए फेरि सबैले -
त्यहाँ कुनै पाठो थियो ।

रामप्रसाद दाहाल
जोरपाटी - १
काठमाडौ
२०६९ माघ ६

Wednesday, January 16, 2013

My Books

Dear Friends,
     I published my seven new books in Nepali at my website http://booksupply.awardspace.info/ and also one book in English. All these books can be downloaded free. Go to website to download books. http://booksupply.awardspace.info

In Nepali
1.Dastavej (novel)
2.Kalchakra (novel)
3.Sahayatri (long story)
4.Upapati (long story
5.Katha ki Kunti (short stories)
6.Saudamini (poetical story)
7.Samvriddhi Shastra (Economical Doctrine)

In English
1.Prosperology (Economical Doctrine)

Ram Prasad Dahal