Friday, September 24, 2010

कान्तिपुर दैनिकको स्तर

कान्तिपुर दैनिकले नछापेकोले यहाँ पोस्ट गरिएको हो ।
कान्तिपुर दैनिकले आफू माथिको आलोचना छापेको युग पाठकको रुन्चे बिन्तीपत्र बाहेक अरु मैले भेटेको छैन। शायद त्यो पनि उनीसँग स्तम्भ लेख्ने संझौता भइसकेपछि छापिएको हुनसक्छ। त्यसैले यो मेरो भनाइ छापिन्छ नै भन्नेमा म धेरै विस्वस्त छैन तैपनि नियमित पाठक भएकोले आफ्नो राय सम्पादकलाई नै दिनु पनि म आफ्नो कर्तव्य ठान्छु र त्यसैले नै पठाएको हुँ।

मैले स्थापनाकालदेखि नै पढ्दै आएको का्िन्तपुर दैनिकमा एउटा विचलन आएको देखिन लागेको छ। विकाश थापा नामका व्यक्तिका लेखहरू कान्तिपुर दैनिकका मध्यपृष्ठमा देखिने गर्थे। हठात् भदौ १७ को कान्तिपुरमा उनीलाई सो दैनिकले चरित्रहिन प्रमाणित गरेर जागीर खोसेको समाचार कान्तिपुर दैनिकले दियो। कान्तिपुर दैनिकमा कर्मचारी सम्वाददाता आदि सयौं मानिस काम गर्छन् र पदस्थापन निष्काशन सामान्य प्रकृया हो। त्यो कुनै समाचार बन्दैन। हो, निष्काशनको जानकारी दिन सूचना छाप्न सक्छ तर आफैं निकाल्ने र आफैले त्यसलाई समाचार बनाएर व्यक्तिको हुर्मत लिनु आफैं बोक्सी आफैं धामी बन्ने काम कि त सम्पादक मण्डलको विकाश थापा प्रति ठूलै पूर्वाग्रह हुनुपर्छ, कि त व्यवस्थापनपक्षले विकाश थापालाई वदनाम गराउनकै लागि कान्तिपुर दैनिक स्वयं वादी भएर यसलाई प्रकाशित गर्न लगाएको हुनुपर्छ , नत्र दोष निर्दोष छुट्याउने प्रहरी अदालत छदाछदै कान्तिपुर वादी बन्नु पर्ने आवश्यकता थिएन। दोश्रो प्रकरण डाबर नेपालको जुस काण्डसँगको कुरा हो। डाबर नेपालको उत्पादन रियल जुसमा कालो पदार्थ भेटिएको एक व्यक्तिको दावी थियो। ती दिने व्यक्ति कति भरपर्दा हुन् संचार माध्यमले त्यो खोजी गर्‍यो कि गरेन? त्यो के थियो त त्यो चिज कसैले छानविन गर्‍यो कि गरेन? लाखौं रियल प्याकेट उत्पादन गरिएकोमा अरु ठाउँमा त्यस्तो चिज भेटियो कि भेटिएन? पत्रकारितामा लाखौं खर्चिन सक्ने संचारमाध्यमले नै पनि २।४ हजार खर्चेर २।४ सय प्याकेट रियल फोरेर त्यो कालो चिजको खोजी गर्‍यो कि गरेन? कि बात लाइदिऊँ न, होइन भन्ने प्रमाण त उसैले जुटाओस् न भनियो? यदि एउटा घटना डाबर नेपालको हुर्मत लिइन्छ भने उसको पक्षकाले त डाबर नेपाल प्रति पूर्वाग्रह राखेर समाचार सम्प्रेषण गरियो त भन्छ नै। भोलि विकाश थापाले यही पूर्वाग्रहको आरोप लगाउन
पनि त सक्छन्। यही बीचमा छिरे राजदूत सुद। डाबर नेपालले लगाउनु पर्ने आरोप उनले लगाए नेपालको पत्रकारितामाथि। कुटनैतिक निकायका यी प्रमूखबाट यस्ता अमर्यादित काम पटकपटक निकै भएकाछन्। संचारमाध्यमले भने यो पटक उनको वक्तव्यको विभिन्न माध्यमद्वारा घोर विरोध गरेे जो स्वाभाविक पनि हो। कुटनैतिक विषयमा यो भन्दा
बढी गर्न सकिदैन। गर्न खोज्यो भने माओवादीको हालैको आन्दोलनजस्तो प्रत्युत्पादक हुनथाल्छ। तर आफैले पाठक खन्याएर निकालिएका खगेन्द्र संग्रौलालाई राजदूत सुदको हुर्मत लिनकै लागि भदौ १९ को अंकमा भित्य्राएको देखेर कान्तिपुर न्ध्याकालिन टेबोलोयडको स्तर तिर ओर्लन लागेजस्तो लाग्यो किनकि पत्रकार रविन्द्र मिश्रले जतिसुकै वरिष्ठ भने पनि पत्रकारितामा उनको वरिष्ठता गालीगलौजमा नै सीमित हुन्छ। एमालेको ९ महिने सरकारको पालादेखि नेता माधवकुमार नेपाललाई वापबैरीलाई झैं गाली गरेको गर्‍यै छन् माकुने जस्तो अभद्र शव्दको प्रयोग गरेर। अब आयो राजदूत सुदको पालो। एउटा स्तरिय पत्रिकाले भन्न सक्नुपर्‍यो के पाउँछ यो पत्रिकाले र यो देशले एउटा अभद्र शव्द प्रयोगकर्तालाई एउटा दूतावास विरुद्ध लेख लेख्न लगाएर? अभद्र व्यक्तिको प्रयोगले प्रयोगकर्तालाई अभद्र बनाउँछ र परिणाम पनि अनिष्टकर नै ल्याउछ। अभद्र पत्रकारिता कही. पनि मान्य हुदैन। सोच्नु पर्ने होइन र कान्तिपुर दैनिकले।

रामप्रसाद दाहाल
जोरपाटी – १ नारानटार
काठमाडौं
फोन : ४९१०००१
dahalram@gmail.com