Sunday, April 17, 2005

छलफलका प्रश्न



मैले उठाएका प्रश्न यी हुन ।

  • नेपाल भनिने यो राष्ट्रको सम्प्रभुता कसमा निहित छ ?
    जनतामाथि शाशनगर्ने अधिकार कसको हो ?
    शाशनाधिकारिले गलत काम गर्‍यो भने त्यसको समाधान के हो ?

राष्ट्र भनिदा जनता, भूमी, सरकार र संप्रभुता चारलाई गनिए पनि बाँकी तीन जनताको सुख, शान्ति र स्वतन्त्रताका निम्ति चाहिने विषय हुदा जनता मूल र अरु सहायक हुन । त्यसैले राष्ट्रको सम्प्रभु जनता हो र त्यसको सम्प्रभुता जनतामा निहित हुन्छ । त्यो व्यवस्थित बनाउन संविधान बनाउने अधिकार जनताको हो ।

जनतामाथि शाशनगर्ने अधिकार सम्प्रभु जनताको मात्रै हो तर शाशनमा सबै व्यक्ति सहभागी हुन सम्भव नहुनाले जनताले आफ्नो तर्फबाट शाशन चलाउन निर्वाचित प्रतिनिधि पठाउछन र तिनै निर्वाचित प‍तिनिधिहरूले जनताको नाममा शाशन चलाउछन ।

प्रतिनिधि सज्जन भनेर छानिएका हुन्छन तर कतिपयलाई सत्ता र लोभले दुर्जन बनाउछ । दुर्जनलाई विधिसम्मत् सजायदिने काम संविधानप्रदत्त अधिकार प्राप्त निकायको हो र निर्वाचनमा गलहत्याउने काम जनताको हो ।

Tuesday, April 12, 2005

हाम्रा मंत्रीज्यूहरू

२०६१ चैत २० गते

चार मंत्रीका भाषण

विषय दलहरूलाई गाली


  • किर्ति निधि विष्ट
  • राधाकृष्ण मैनाली
  • बुद्धिराज वज्राचार्य
  • राम नारायण सिंह

Monday, April 11, 2005

न्यायिक निश्पक्षता र स्वतन्त्रता


प्रधान न्यायाधिश हरि प्रसाद शर्माको अष्ट्रेलियामा दिइएको अभिव्यक्ति बारे थुप्रै आलोचना भए तर वहाँ भने काग कराउदै छ पिना सुक्दैछ को भाकामा बिना प्रतिक्रिया बसिरहनु भएको छ । वहाँको त्यो अभिव्यक्ति पदिय मर्यादा विपरित भएको कुरा वहुसंख्यकलाई लागे पनि उनको भनाइको समर्थनगर्ने पनि छैनन भन्न सकिदैन । त्यसैले त्यो विवादमा जानु भन्दा त्यस्तो प्रवृत्तिको उन्मुलन पट्टि सोच्नु बढी फलदायी हुन्छ ।

यो देशमा एउटा सोच छ जसलाई वृध्दगृध्दपथ भनिनु उपयुक्त हुन्छ । यो रायमाझीपथ भन्दा पनि तल्लो तहको अवसरवाद र गिरीपथ भन्दा माथिल्लो तहको हठवाद हो । रायमाझीपथले एउटा खास्टो ओडेर अर्को खास्टो मनिको सेवा गर्दै दहीचिउरा खान्छ र गिरीपथ खुलेर एउटा वादको समर्थन गर्दै त्यसको विरोधिवाद बलियो पार्ने जिम्मा लिन्छ । वृध्दगृध्दपथ त ती दुवैलाई एउटै ठाउँमा मुछेर काम्लोको सातु बनाउछ र लाज नमानी भकाभक बिच बजारमा बुक्याउछ । प्रधानन्यायाधिशको खास्टो ओडेर कानुनमन्त्रीको भूमिका पूरागर्नु र स्वतन्त्र न्यायपालिकाको रट लगाएर शाही भ्रष्टाचार आयोगको हस्तक्षेपलाई जायज ठहर्‍याउनु आजको पद छोडे पछि बुढेसकालको भोलिमा पाउनसकिने त्यो दूरको सिनो देख्नसक्ने वृध्दगृध्द दृष्टिको अपूर्व नमुना हो । यो पथ समाउने र यो पथमा रमाउने पदाधिकारीहरू थुप्रै छन यो देशमा ।

न्यायिक क्षेत्रमा यस्तो अवसरवादिता देखापर्नुले कसैको पनि भलो गर्दैन । आज न्यायाधिशले राजनैतिक भाषण गरेर एउटालाई फाइदा हुदा यस्तोको निम्ति छुट दिने हो भने भोलि ठीक विपरित भाषण दिदा छुटदिने प्रवृत्तिले पोषण पाउछ । आज एउटा बाहिरी हस्तक्षेपलाई प्रधान न्यायाधिशले सही मानिदिदा भोलि थुप्रै हस्तक्षेप आईपुग्नेछन अदालतभित्र । हरि प्रसाद शर्माको आम नागरिकको जस्तै माओवादी सम्बन्धमा आफ्नै धारणा होला तर अष्ट्रेलियामा भएको अभिव्यक्ति हरि प्रसाद शर्माको नभएर सन्माननिय प्रधान न्यायाधिश हरि प्रसाद शर्माको हो र त्यो अभिव्यक्ति निश्पक्ष र तटस्थ हुनुपर्थ्यो तर वहाँले न्यायालयको प्रतिनिधित्वगर्नुपर्नेमा सरकारको प्रतिनिधित्वगर्ने र अदालत भित्र सरकारको हस्तक्षेप स्विकारगर्ने तथा अदालतमा मुद्दा पर्नु अगाडि नै फैसला सुनाउने विधि समाएर अदालतको मानहानी र पदको दुरुपयोगहुने गरी हरि प्रसाद प्रवृत्तिको शुरुवातगर्नु भएको छ । त्यो प्रवृत्तिको विरोध सन्माननिय सर्वोच्च अदालत या सन्माननिय प्रधान न्यायाधिश हरि प्रसाद शर्माद्वार प्रतिपादित न्यायिक निर्णयको विरोध नभएर प्रवृत्तिको विरोध हो । यस्तो प्रवृत्तिको विरोध गरिनु पर्छ र यस्तो विरोध गरिदा अदालत या न्यायाधिशको विरोध हुदैन र सो मानिनु पनि हुन्न ।

Saturday, April 09, 2005

राज्य र शाशन व्यवस्था

आधुनिक विश्वमा शाशन व्यवस्थाको आफ्नै परिभाषा र मान्यता छ ।लुइ १४धौंले म नै राज्य हुँ भनेर गर्व गरेका थिए तर उनको त्यो गर्व लुइ १६ह्रौ भन्दा पर पुगेन । रुसो भोल्टेयर आदिका मान्यता अगाडि उनका मान्यताको कुनै अर्थ रहेन । त्यसपछिका दिनमा देश राज्य राष्ट्र प्रजा जनताका परिभाषा नै बदलिएर जान थाले र वीसौं शताब्दीको मध्यतिर आइपुग्दा नेपाललाई पनि त्यसको हावाले छोयो ।
विक्रम सम्वत् २००७ सम्म नेपाली जनतालाई रैती भनिने गरिन्थ्यो र आफूलाई रैतानबाट मुक्ति दिलाउन प्रजा शब्दको प्रयोग भयो र त्यो समयमा प्रजातन्त्रको लडाइँ शुरु भएको थियो र जनताको शाशनलाई प्रजातन्त्र भन्न रुचाइयो । एक्काइसौं शताब्दिमा आइपुग्दा फेरि मान्यताको प्रश्न खडा भएकोछ कि हामी के हौं । हामी रैतीको परिभाषाभन्दा बाहिर त निस्कियौं तर हामी कहाँ पुग्यौं त । हाम्रो व्यवस्था कुन व्यवस्था हो । प्रजातन्त्र कि जनतन्त्र कि लोकतन्त्र कि गणतन्त्र । यो माटो के हो । देश कि राज्य कि अधिराज्य कि राष्ट्र । हाम्रो राजनैतिक हैशियत या हाम्रो माटोको परिभाषामा पुग्नु भन्दा पहिले हामी उपरोक्त शब्दावलीलाई शब्कोषमा कसरी व्याख्या गरिएको छ त्यो हेरौं ।
नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानको वृहत् शब्दकोषमा यी शब्द व्याख्या यसरी गरिएकाछन । ‌
जन ः मानवजाति । मान्छे । दुनिया । जनता ‌
जनता ः कुनै देशमा बस्ने मानवको समष्टि समूह । लोक । मान्छेको रूपमा रहेको समष्टिगत शक्ति
प्रजा ः राजाद्वारा शाशित देशका जनता । कुनै राज्य वा राष्ट्रमा रहेको जन समूह ।
रैती ःदेशको कुनै भूभागमा घरजमगरी बस्ने मानिस । प्रजा । दुनिया । अरुको जग्गा कमाउने । मोही ।
लोक ः संसार । जगत । दुनिया ।
नागरिक ः नगरसम्बन्धि । नगरको । नगर ।कुनै देश या राष्ट्रको विधानअनुसार सामाजिक राजनैतिक आदि अधिकार पाएको र तदनुसार निश्चित कर्तव्यमा रहनुपर्ने व्यक्ति ।
लोकतन्त्र ः वहुसंख्यक जनताद्वारा छानिएका जनप्रतिनिधिहरूको सम्मती अनुसार कुनै देशको शाशन व्यवस्था चल्ने र निति निर्धारण आदि हुने शाशन प्रणाली । प्रजातन्त्र ।
प्रजातन्त्र ः प्रजा वा जनताद्वारा निर्वाचित जनप्रतिनिधिद्वारा चलाइने शाशन व्यवस्था । जनप्रतिनिधिका हातमा शाशन सत्ता भएको राज्यव्यवस्था । जनताद्वारा जनताका लागि जनताकै राय सल्लाहबाट चलाइने शाशन ।
जनतन्त्र ः जनताले आफ्नै हितका लागि आफ्नै प्रयाश र चाहना अनुरूप स्थापना गरेको शाशनतन्त्र । प्रजातन्त्र । लोकतन्त्र ।
गणतन्त्र ः देशको शाशन प्रणाली स्थानियतहदेखि केन्द्रिय तहसम्म नै जनताद्वारा निर्वाचित प्रतिनिधिहरूबाट सञ्चालित हुने राजनितिक व्यवस्था । जनतन्त्र ।
देश ः चारै तिर फैलिई अनेकौं गाउँ सहर जिल्ला अञ्चल वा प्रान्त मिलेर बनेको एक विशिष्ट भूभाग । मुलुक । एकै प्रणालीका शाशन अन्तर्गतको निश्चित भूभाग । राष्ट्र ।
राज्य ःकुनै राजा वा शाशन सत्ताका अधिनमा रहेको देश । मुलुक । राष्ट्र । कुनै ठूलो राष्ट्र अन्तर्गत स्वायत्त शाशनको अधिकार पाएको भाग वा प्रदेश । राजाको काम । रजाइँ र शाशन ।
अधिराज्य ः महाराजाधिरा वा अधिराजद्वारा शाशित सार्वभौमसत्तासम्पन्न राज्य । अनेकौं उपराज या महाराज उपर एक अधिराज या महाराजाधिराजको प्रभुत्व भएको राज्य । साम्राज्य ।
राष्ट्र ः जनता सरकार तथा सार्वभौमसत्तासम्पन्न भएको कुनै देश । मुलुक । एकै देशका एउटै सँस्क्रृति तथा अर्थव्यवस्थामा आवद्ध समस्त नागरिक । जनता ।
यिनै शब्दावलीलाई OXFORD DICTIONARY यसरी व्याख्या गर्छ ।
people: persons belonging to a place or forming a social class; all the persons foming a State ·
subject: any members of the State except the supreme ruler .
citizen: person who has full right in a State, either by birth or by gaining such rights; person living in a city not in village
kingdom: country ruled by a king or queen ·
country:land occupied by a nation
nation: large community of people associated with a particular territory usually speaking a single language and usually having a political character or poilitical aspiration
State: organized political community with its apparatus of government , territory in which it exists; such a community forming part of federal republic ·
republic: system of government in which elected representative of the people are supreme with a non-heriditary head and non-heriditary previlage class or classes
उपरोक्त सबै नेपाली शब्दहरूको उत्पत्ति सँस्करृत बाट भएको हो । तिनका उत्पत्तिका बारेमा भन्नु मेरो उद्देश्य होइन । तिनका प्रयोग बारे मात्र भन्न चाहन्छु । विक्रम संवत् २००७ साल सम्म यो देशका वासिन्दालाई शाह राजा या राणा शाशकले आर्जेको भूमिमा बसेबसाइएका जनसमूह ठानेर रैती भनिने गरिन्थ्यो । प्रजा पनि कुनै स्वतन्त्र जनसमूह जनाउने शब्द नभएर राजाद्वारा शाशित देशका मानिस भन्ने परिभाषाले नै जनाउछ । यो स्वाभाविक पनि हो किनकि प्राचिन भारतिय सँस्कृतिमा यदाकदा वैदिक गण र गणपतिका कुरा गरिए पनि राजा र राजाद्वारा शाशित प्रजाको मात्र अस्तित्व देखाइएको छ । शाक्य लिच्छवि आदि गणराज्यहरूको परिभाषा पनि नगरराज्य भएकाले नागरिकमा सीमित भएको छ । त्यसैले प्रजा शब्द राजाद्वारा शाशित देशका जनतामा सीमित हुनजान्छ ।
प्रश्न उठ्छ हामी राजाद्वारा शाशित जनता हौं कि जनप्रतिनिधिद्वार शाशित । संवत् २०४७ सालको संविधानले हामीलाई जनप्रतिनिधिद्वारा शाशितहुनु पर्ने भनेर व्याख्या गरेको छ भने हामी प्रजा हुनु पर्ने कारण त छैन । तब हामी जनताको दोश्रो परिभाषा मान्छेको रूपमा रहेको समष्टिगत शक्ति भित्र पर्दछौं । अर्को उपयुक्त स्थान त कही पनि देखिदैन ।
दोश्रो प्रश्न तुरुन्तै देखापर्छ । हाम्रो शाशनव्यवस्था के हो । प्रजा शब्दलाई अस्विकार गरिएपछि प्रजातन्त्र शब्द उपयुक्त हुने कुरा तर्क भित्र पर्दैन । जनतन्त्र या लोकतन्त्रको परिभाषा हेर्ने बित्तिकै हाम्रो शाशन व्यवस्था जनतन्त्र या लोकतन्त्र हुनु पर्ने भन्दा अर्को लिन मिल्दैन । राजा हुनु वा नहुनुले देशको शाशन व्यवस्थाको नाम फरकपर्ने होइन । व्यवस्थाको स्वरूपले त्यसको नाम निर्धारणगर्ने हो ।
तेश्रो प्रश्न पनि हेरिहालौं । आजको व्याख्यामा एकै प्रणालीका शाशन अन्तर्गतको निश्चित भूभागलाई देश मान्नुपर्छ ।देशको स्वरूपको व्याख्या पनि त्यसको शाशनव्यवस्थाले नै निर्धारणगर्ने हो ।राज्य या अधिराज्यको मूललाई हेर्ने हो भने राजाका अधिनमा रहेको राजाद्वारा शाशित देश भन्ने जनाउछ । शाशक शब्दले अधिकार विहिन राष्ट्राप्रमुख भन्ने त कहीं पनि बुझिन्न । जब राजा या रानी शाशक होइनन राष्ट्रप्रमुख मात्र हुन भनिन्छ तब देशलाई राज्य या अधिराज्य भनिरहनु उपयुक्त हुदैहोइन ।देश राष्ट्रको परिभाषा भित्र स्वत पर्नआउछ । त्यसैले हाम्रो यो देशलाई नेपाल अधिराज्य भन्नुको साटो नेपाल राष्ट्र र प्रजातन्त्रको साटो जनतन्त्र भनिदा बढी समसामयिक हुन्छ ।