Saturday, August 13, 2011

हिरा फोर्नु पर्छ

देश बनाउने संकल्प गजबको छ हाम्रो । हामी सोच्छौ‌ मिश्रबासीले पिरामिड बनाए भने हामी किन देश बनाउन सक्दैनौ ? हामी सोच्छौं चिनियाहरूले त्यति लामो ग्रेटवाल बनाए भने हामीले नसक्ने के छ ? हामी सोच्छौं सानो ग्रिकराज्यका राजा अलेक्जान्डर महान ग्रिसदेखि भारतसम्म जित्न सफल भएभने हामीले नजितिने के छ ? तर यो सबै गर्न हामीसँग पाखुरी मात्रै छन् भन्ने कुरा हामी भुसुक्कै बिर्सिदिन्छौं । हामीलाई थाहा छ बिना सहरीकरण औद्योगिक विकास अध्यक्ष माओको महान अग्रगामी छलाङ जस्तै दुर्दन्या उत्साह मात्रै  हो तैपनि हामी तथाकथित वुद्धिजीवी जनतालाई सहरिकरण गर्ने प्रयाश गर्दैनौं । साना जलविद्युत आयोजनामा आफ्ना स्वार्थ राखेर १०, २०, ५०, १०० किलोवाटका बिजुलीका सपनामा जनतालाई गाउँमा सीमित गर्न चाहन्छौ हामी । यस्ता आयोजना अँगालेर विद्युत विकासको सपना दख्नेलाई धन्य भन्नु पर्दैन ?

देशका प्रधानमन्त्रीको बोली

गजव छ यो देशका राजनितिज्ञहरूको नैतिकता पनि । श्रावण २८ सम्ममा कुनै ठोस प्रस्ताव मा‌ओवादीले नल्याए राजिनामा दिन्छु भनेर संचारकर्मी र संचारमाध्यममा कुर्लने प्रधानमंत्री झलनाथ खनालको बोलीलाई एनेकपा माओवादीले धोती लगाइदिएर उनीलाई झल‍्लुनाथ बनाइदिए पछि अब फलाक्न थालेकाछन् — मैले त सबैको सहमति भएपछि राजिनामा दिन्छु भनेको पो त । शरम, शरम, शरम ।