Saturday, May 26, 2012

घरबाहिर ८

 
काठमाडौँ बसाइको शुरूआत


अधिराज्यको एउटै मात्र विज्ञान कलेज त्रिचन्द्र कलेजमा प्रवेश पाउन मैले सकेसम्म प्रयास गरेँ तर त्यो प्रयासका थुप्रै वाधाहरु थिए। प्रथमत विज्ञान विषयमा प्रवेसको निम्ति चाहिने गणित नै थिएन मेरो। मैलेत नागरिक शास्त्र विषय लिएर एस.एल.सी उत्तिर्ण को थिएँ। दोश्रो, सो समयको राम्रै परिक्षा परिणाम भए पनि मभन्दा अझ राम्रा विद्यार्थी भएकाले मैले कलेजमा स्थान नपाएको हुन सक्थ्यो तर मभन्दा कम योग्यता भएका कोही कसैले पाएकाले त्यहाँ सबै कुरा न्यायसंगत थियो भन्ने कुरामा भने मलाई विश्वास छैन किनकि त्यसरी पाउनेहरु शक्तिशाली व्यक्तिका सन्तानहरु थिए । लीलानाथबाले मलाई यहाँ पनि सहयोग गर्ने प्रयास गरे।

Thursday, May 24, 2012

घरबाहिर ७


काठमाडौँ बसाइको शुरूआत


२००१४ सालमा नेपाली कांग्रेसको तर्फबाट भद्र अवज्ञा आन्दोलन शुरू भयो। स्वतन्त्र अभिव्यक्तिको पक्षधर म फुच्चे केटो त्यो आन्दोलनको पछि लागेँ। राजनैतिक होस् या अरू कुनै, अवज्ञा स्वाभाविक हो भनि ठान्थे म। त्यसैले सो समयको नेपाली कांग्रेसको भद्र अवज्ञा आन्दोलनमा पुषका दिनमा पानीका फोहोरा खान दौडनु पनि मलाई अस्वाभाविक लागेन। काठमाडौँको जाडो पुषको दिन। आन्दोलनकारीमाथि पानीका फोहोरा र अश्रुग्यास हानिन्थ्यो। अश्रुग्यासले पोलेको आँखा प्याज लगाउदा पोल्ने कम हुन्छ भनेर छिमेकी घरहरूबाट आमैहरूले काटेको प्याज ल्याएर दिन्थे हामीहरूलाई।

घरबाहिर – ६


काठमाडौँ बसाइको शुरूआत


म स्थिर प्रवित्तीको त कहिले पनि भइनँ र त्यसमा पनि १६।१७ वर्षको उमेरमा त स्थिरताको प्रश्न पनि उठेन। भोलादाइ त समय तालिका अगाडि राखेर दिनचर्या बिताउथे। उनको प्रत्येक कार्यका निम्ति पूर्वनिर्धारित समय हुन्थ्यो र उनी त्यो कार्य त्यही समयमा मात्र गर्थे। पढन्तेमा गनिन्थे उनी र अहोरात्रको दुई तिहाइ भाग उनको अध्ययनमा बित्थ्यो। त्यही परिश्रमले नै उनी त्यो सालको एस.एल.सी.बोर्डको परिक्षामा छैठौँ स्थान पाए। 

Saturday, May 19, 2012

घरबाहिर — ५


काठमाडौँ बसाइको शुरूआत


वीस फुट लम्बाइ र आठ फुट चौडाइको कोठामा ६।७ जना गुजारा गर्थ्यौ हामीहरू र यही कोठा नै मेरो काठमाडौं बसाइको थालनी हो। आधा शताब्दि पछि त्यो बसाइको घर भत्कियो, नत्र त त्यो घरले मेरो काठमाडौं बसाइको प्रतिनिधित्व गरी नै रहेको थियो र मेरो त्यो अतितलाई जीवन्त राखेको थियो। हाम्रो त्यो डेरामा नाताका बाजे, बाबु, दाजुहरूको समूहमा म फेरि पनि उमेरले पनि र नाताले पनि कान्छो थिएँ। दिउँसो त हाम्रो डेरामा भिनाजुहरू आउँथे, मामाहरू आउँथे, जेठानहरू आउँथे र अझ ससुरा पनि आई पुग्थे। मुूद्दामामिला, पढाइलेखाइ आदिका निम्ति जम्मा भएका थिए ती सबै। दिउसो टुँडिखेलको उत्तर र रानीपोखरीको दक्षिणमा रहेको प्रधान न्यायालयका अगाडि चौरमा बदाम छोडयाएर घाम ताप्दै गफ गर्ने मेरा स्वजनहरूको जमात देख्दा मलाई लागेथ्यो — ‘हाम्रो जमात ठुलै छ। तर पछि थाहा पाएँ त्यो जमातको सहयोग गर्ने सामर्थ्य उनीहरूको त्यो सुदूर गाउँमा सीमित रहेछ। काठमाडौंमा त उनीहरू आफै नै हामीहरूजस्तै निरिह र असहाय थिए। त्यसैले काठमाडौंको मेरो बसाइ सम्पन्नताबाट शुरू भएको होइन।

Wednesday, May 16, 2012

घरबाहिर — ४


बिराटनगरबाट काठमाडौं


हामी विरगन्जको कुनै एउटा होटलमा बस्यौँ। खान त त्यही बासमती चामल, रहरको दाल, बैगन र परवरको तरकारी र त्यसमाथि अलिकति पगालेको वनस्पति घिउ। झण्डै दुई दिन भात खान नपाएका हामी भातेलाई त्यो भात अमृत नै लाग्यो। खाना खाएपछि त निन्द्राले पनि छोप्यो र हामी सुत्यौँ।

Monday, May 14, 2012

घरबाहिर — ३


बिराटनगरबाट काठमाडौँ


बिराटनगरमा हाम्रो पहिलो बास आज महेन्द्रचोक भनिने बजारअड्डामा पर्‍यो। त्यो समयमा बजारअड्डाको माहिलाको होटल चल्तीको थियो र ठुलादेखि सानासम्म सबै नै त्यही होटलमा बस्थे। हुटेल भनिने त्यो होटल आजकोजस्तो छाटकाटको नभएर ठुलो भान्साघरजस्तो थियो जहाँ मानिसहरू चुलोको छेवैमा भात खान बस्थे। टेबुलमा खाने भन्नेहरू विद्यालयमा हुने लामो बेन्च र डेस्कजस्तैमा बसेर खान्थे र धोती फेरेर खाने बाहुनहरूका लागि चुलाकै छेउमा बनाइएका चौकामा पिर्काहरू राखिएका थिए। माहिलाका होटेलमा सानासाना बाच्छा बाँध्ने दाम्लाजस्ता मोटा जनै लगाएका बाहुन केटाहरूले खाना पकाउथे। त्यो होटलका मालिकले उब्रिएको भात फाल्थे कि फेरि तताएर खुवाउथे? या ती जनैधारी बाहुन कत्तिको बाहुन थिए? यी प्रश्न कसैले पनि उठाउदैनथ्यो। सबै कुरा विश्वासमा नै चलेको थियो।

Sunday, May 13, 2012

मादीबिर्ता — २० ख


d]/L cfdf / xfd|f] kl/jf/
#
)* ;fn s] 5f]Psf] lyof] d]/L cfdfnfO{ nfUof] — 5f]/L t?gL eO{ . !@ jif{ pd]/sL Tof] d]/L lbbLnfO{ t?gL b]Vg] cfFvf d]/L cfdfsfeGbf klg Tof] ;dfhsf lyP . /fd|L lyO{ d]/L lbbL ¿kjtL g} eGbf x'g] . of] egfO d]/f] xf]Og, d]/f  a'h|'ux¿sf] xf] . d t Tof] a]nf /fd|f] g/fd|f] 5'6\ofpg ;Sg] pd]/d} k'lu;s]sf] lyOgF .

घरबाहिर — २


निष्क्रमण


धरानदेखि बिराटनगर 

घरबाट कहिले पनि लामो यात्रामा नगएको मानिस चार दिनको पैदल यात्राले लखतरान भएको थिएँ र बिहान पाँच बजे मेरा अभिभावकले उठाउदा उठ्न गाहारो भएको थियो। चिया खाने चलन थिएन त्यो बेला। त्यसमा पनी हामी गाउँलेहरूमा त त्यस्ता चलन पनि पसेको थिएन। त्यसैले हामी केही पनि नखाई बजार अड्डा भनिजे बसपार्कतिर भर्ने तरखरमा लाग्यौँ।

Saturday, May 12, 2012

घरबाहिर — १

दोश्रो खण्ड 
घरबाहिर

निष्क्रमण

एस.एल.सी.को परिणाम के आएथ्यो मेरी आमालाई कहाँ पठाउने छोरो? भन्ने चटारो आइलाग्यो। पठाऊँ त कहाँ पठाऊँ? कसरी पठाऊँ? नपठाऊँ त अरूका छोरा पठाइएका छन्। दुई जना थियौं पिताम्बर काका र म। असार साउनको झरी, उर्लदा खोलानाला, बालकै देखिने छोरो गाहारो थियो निर्णय गर्न र उनकासामु ह्यामलेटकोजस्तै गर्ने या नगर्नेमध्ये एउटा रोज्नु पर्ने समय भएको थियो। सधैं अंधकारमा बसेकी एउटी आइमाईका निम्ति उज्यालो ठाउँ कस्तो हुन्छ? त्यो मात्र थाहा नभएको होइन कि उज्यालो के हो? भन्ने पनि थाहा थिएन। तैपनि उनले छोरो पढ्न पठाउने निर्णय आँखा चिम्लेर गरिन् किनकि त्यो आफसी प्रतिस्पर्धामा उनीसँग अर्को विकल्प थिएन।

Sunday, May 06, 2012

मादीबिर्ता — ३०

समग्रमा मादीबिर्ता
यदि सिवाइ मादीबिर्ता उत्तरपश्चिम नफर्किएर दक्षिणपश्चिम ढल्किएको भए त्यसको इतिहास अवश्य नै आजकोजस्तो हुने थिएन। दक्षिणपश्चिम फर्केको भए त्यो घमाइलो पाटो ती चार दाहालवन्धु पुग्नुभन्दा अगाडि नै आवादी भइसकेको हुने थियो र त्यहाँका रैथानेले उनीहरूलाई त्यो पाटो दिने नै थिएनन्।अल्लो र सिस्नोले ढाकिएको त्यो चिसो र ओसिलो पाटो अगाडि हुनेले ओगट्न आवश्यक ठानेका पनि थिएनन्।