Wednesday, October 12, 2011

के हो तानाशाही ?


मेरो पन्द्र वर्षे नातिले हिजै मात्र प्रश्न गर्‍यो – तानाशाही भनेको के हो ? तुरुन्तैको जवाफमा मैले उसलाई आफूखुशी मनपरी गर्ने शाशक भनेर परिभाषा त दिए तर त्यो परिभाषामा पछि म आफै अल्मलिएँ । तानाशाहीलाई बुझ्न यति नै मात्र पर्याप्त छ भन्ने मलाई लागेन र मैले गौड गरेँ – मानिस किन तानशाह बन्छ त ? के मनपरी गर्नलाई मात्रै हो त ?
व्यक्तिको तानाशाही, धर्मको तानाशाही, जातिको तानाशाही, वर्गको तानाशाही, समूहको तानाशाही या दलको तानाशाही आदिमकालदेखि चलिआएको छ । व्यक्तिको तानाशाहीको नमुना रोमन सम्राट निरोलाई लिइने गरिन्छ । भनिन्छ – रोम जलिरहँदा निरो बाजा बजाएर बसिरहेका थिए । के रोम आगो लगाउनुको निरोको लक्ष नराम्रो थियो त ? काठमाडौं भन्दा पनि अव्यवस्थित र फोहोर सहरलाई खरानी बनाएर त्यसको जगमा नयाँ र सुन्दर रोम बनाउने उनको सपना नराम्रो भन्न सकिन्न । कुनै पनि खाट्टी मार्क्सवादीको साम्यवाद बनाउने सशस्त्र क्रान्तिकारी आन्दोलनभन्दा फरक थिएन त्यो उनको सपना । केवल उनको त्यो सुन्दर रोम बनाउने सपनामा लाखौं रोमबासीको घर जलेर खरानीमा सुत्न वाध्य भए । भोक, रोग र चिसोले हजारौं रोमवासी मरे । लाखौंका सपना ध्वस्त भए । रोम खरानीबाट फेरि उठ्यो तर त्यसले निरोको सपना पुरा गरेन, बरु आफ्नै बाटो समाएर हिड्यो ।
इतिहासमा अनगिन्ति निरोहरू आए आफ्नै परिभाषा र नितिहरू लिएर । भारतिय इतिहासका सबभन्दा ठूला तानाशाह मुगल सम्राट ‍औरंगजेव भए तर उनको लक्ष पनि नराम्रो थिएन । वरिपरिका सबैलाई जितेर उनी एउटा विशाल गौरवशाली देश बनाउन चाहन्थे उनी र उनको धर्म अनुसार अधर्मी ठहरिएका काफीरहरूलाई धर्म परिवर्तन गर्न लगाएर स्वर्गको बाटो खोलिदिन चाहन्थे उनी । निरोको अन्याय राजाको नाममा भएको थियो भने धर्मको नाममा औरंगजेवको तानाशाहीले गैर्‍ह–मुसलमानमाथि ठूलो अन्याय भयो भारतमा । त्यति ठूला तानाशाह त होइनन् गोलकोण्डाका अब्दुल हसन कुत्ब शाह अथवा ताना शाह तर आफूले पाउने पगरी ‘तानशाही’ औरंगजेवले अब्दुल हसनको नाममा भिराएर उनलाई जेलमै सडाइ दिए ।
जातिका नाममा पनि तानाशाही नचलेका होइनन् । संसारको इतिहासमा धेरै नै तानशाही जातिकै नाममा चलेका छन् । आधुनिक युगमा नै पनि साना ठूला जातिवादी तानाशाहहरू संसारभरि देखापरेका हुन् तर तिनमा सबैभन्दा ठूलो र पछिल्लो जातिवादी तानशाही जर्मनीमा हिट्लरले देखाएका छन् । उनको तानशाहीको निकृष्ट नमुना आफ्ना विरोधी र आम यहुदीको नरसंहार हो । त्यहाँ पनि जर्मन र जर्मनीको श्रेष्ठता कायम गराउने उनको लक्ष रोमको निरोको भन्दा कम सानो सपना थिएन । केवल गैर्‍ह–जर्मनको निम्ति त्यो अत्याचार हुन पुग्यो ।
रुसको भनौं या तात्कालिन सोभियत संघका शाशक स्तालिनको शाशन दलिय या वर्गिय तानशाहीको नमुना हो । एकै रातमा सर्वहारा बनाइएका जनताले त्यो रुसी जाडोमा के खाए ? के लगाए ? त्यसको लेखाजोखा भएन । जसले त्यसको विरोध गरे ती माटामनि दबाइए, आगोमा होमिए । तिनको जीवन निरोका रोमवासीको भन्दा पनि दयनिय स्थितिको भयो । इतिहास साक्षी छ – के मात्र भएन त्यहाँ ?
दल र वर्गको नाममा भएको तानाशाही रुसको भन्दा कम भएन चिनमा पनि । कार्ल मार्क्सको साम्यवाद बनाउने सपना बोकेर कुदेका माओका चेलाले वर्गशत्रुका नाममा कतिका टाउका गिँडे, कतिका सर्वस्व हरण गरेर उनीहरूलाई भोकै मर्न छोडिदिए । माओका सपना पनि निरोकोभन्दा कम सद्चित्तको थिएन । उनले पनि स्तालिनले झैं एकै दिनमा सबैलाई सर्वहारा बनाए नै । अझ उनले त एकै दिनमा घरघरमा इस्पात बनाएर विश्वको सबैभन्दा ठूलो इस्पात उत्पादकको नाम कमाउन आफ्नो महान अग्रगामी छलाङको नाममा किसानलाई खेती छोडेर घरघरमा फलामको भट्टी खडा गर्ने आदेश दिए । फलाम त बनेन नै । खेती पनि हुन नसकेर जनता भोकभोकै मरे । अझ महान साँस्कृतिक क्रान्तिका नाममा समाज परिवर्तन गर्ने उद्देश्यले राष्ट्रपतिसम्मलाई पनि सडकमा पछारे भने सर्वसाधारणको हालत त निरोका रैतीहरूको भन्दा कुनै कम भएन ।
उद्देश्य र लक्ष त कुनै पनि तानाशाहको नराम्रो हुनै सक्दैन किनकि कुनै पनि तानाशाह नराम्रो देशमा, राज्यमा, समाजमा बस्न चाहदैन । केवल ऊ जनतालाई आफू समान ठान्दैन । ऊ आफूलाई या आफ्नो दल, समूह, जाति या वर्गलाई सर्वशक्तिवान, सर्वज्ञाता, सर्वहितकारी र सधैं नै सही ठहर्‍याउछ । नेपालका माओवादीका हकमा पनि यी कुरा लागु हुन्छन् किनकि उनीहरू वर्गिय तानाशाहीका नाममा अरु विचारलाई अवैज्ञानिक, अवास्तविक र प्रतिगामी ठहर्‍याउछन् । उनीहरूको उद्देश्य र सपना साम्यवादलाई नराम्रो त भन्नै सकिन्न तर त्यो धार्मिक स्वर्गजस्तो सपना वैतर्णीको वारी कि पारी मात्र हुन सक्छ जहाँ मानिसको पहुँच नै छैन । त्यसैमा जोड गर्छन् हाम्रा माओवादीहरू ।

Sunday, October 09, 2011

धुन्धुली र आजको नारी समस्या


ha ha dlxnf / k'?if larsf] c;dfgtfsf s'/f p75g\ / dlxnfsf kIfdf cfjfh p7fpg]x¿ y'k|} b]Vbf nfUb5 – dlxnfx¿sf c;dfgtfsf lbgx¿ ca kSs} hfg nfUb}5g t/ ha dlxnfx¿ af]S;L elgP/ lhpb} 89fOPsf / 9'Ëfn] xfg]/ dfl/Psf ;dfrf/ cvaf/df b]vfk5{g\ clg nfU5 – dfgj;Eotf cflbd 9'Ë]o'uaf6 w]/} k/ uO;s]sf] 5}g . @.$ k|ltzt cfOdfO{sf s'/f gug]{ xf] eg] cfOdfO{ h'g;'s} ;dfhdf eP klg, rfx] Tof] ;dfh hlt;'s} ljslzt 7flgPsf] lsg g xf];, nf]Ug] of nf]Ug]dflg; Þåf/f lkl8t, zf]lift of s]xL g s]xL ?kdf ckdflgt t ePs} x'G5g\ . Tof] zf]if0f, lk8g / ckdfgsf] dfqf dfq w]/ yf]/ x'g] ub{5 . t]>f] ljZjsf] t s'/} 5f]l8lbpmF, cfkm"nfO{ ljslzt, ;Eo / cu|ufdL 7fGg] o'/f]lko / cd]l/sL /fHox¿df klg /fHosf] lgltlgdf{0fdf gf/Lsf] :yfg ;w} g} cToGt Go'g /xG5 / gf/Lsf] xsdf k'?ifÞåf/f ul/g] lg0f{o gf/LnfO{ k'?if;/x g7flgP/ sdhf]/, c;Ifd / ;+/lIft hLj;/x dfg]/ ul/G5 . To]f eGbf klg k/ t gf/L :jod\ cfkm"nfO{ klg To:t} 7fGg] ub{5g\ / Tof] c;dfgtfnfO{ 6fpsf] lgx'/fP/ l:jsf/ ub{5g\ . cfˆgf] clwsf/sf] lglDt gf/Lsf], obfsbf JolQmut lj/f]w eP klg, ;+ul7t ?kdf ljb|f]x Oltxf;df slxn] klg ePsf] 5}g . gf/Lclwsf/sf] cfGbf]ngsf] ;a eGbf 7"nf] gsf/fTds kIf g} gf/L c;xeflutf xf] eGg] s'/f To;}n] k'li6 x'G5 . qmdz

Saturday, October 08, 2011

पोसाक र भाषा


हामीले नेपाल मण्डलका ज्यापुले लगाउने भोटोलाई तन्काएर दौरा बनायौं । हामीले बाँके, बर्दियाका अवधि मुसलमानले लाउने कुर्ता सलवारबाट सुरुवालको बान्का झिक्यौं । हामीले भादगाउँले नेवारी टपलीलाई टोपीको नाम दियौं । हामीले अरुणपारे लिम्बुको खुकुरी भिर्ने पटुकी समाएर पटुका कस्यौं । यही होइन दौरा सुरुवालको रूप ? भोटोमनि कछाड कस्न सिक्यौ हामीले । दौरामनि धोती पनि बाँध्यौं हामीले । हामीले यो पोसाक बनाउन पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म, हिमालदेखि भारती सीमासम्म एकै ठान्यौं त कहाँ छ यसमा अराष्ट्रवाद ? मन लागे बाहुनले धोती फेर्लान् । गुरुङ मगरले कछाड बाँध्लान् । ज्यापु भोटो सुरुवालमै रमाउलान् । राई, तामाङ, थारु, राजवंसी आदि सबैले आफ्नै भेषभूषा लगाउलान् । माओवादी माओसुटमा ठाँटिएलान् अरुहरू अरु नै लुगा रोज्लान् अथवा जसले जे मन पर्छ त्यही लुगा लगाउलान् तर राष्ट्रिय पहिरन भनेर संसारका सामु उभिदा देखाउने पोसाक के हो त ? पहाडेलाई —मेरो जनकपुरधाम‘ भन्न जति गर्व लाग्छ त्योभन्दा कम लाग्दैन मधेसेलाई पनि —सगरमाथा मेरो‘ भन्न । मेचीको पानी जति पवित्र छ हाम्रालागि महाकालीको पनि त्यति नै पवित्र छ । जुन गन्ध हिमालको माटोमा छ त्यही गन्ध पाउछन् तराईको माटोमा पनि नेपालीले । गुजराती र सिन्धी भाषासँग मिल्दोजुल्दो नेपालीभाषालाई शत्रुभाषा ठान्दै हिन्दीभाषालाई मातृभाषा बनाऊँ भनेर आफ्नै मैथिली भोजपुरी अवधी र देहाती भाषाहरूलाई फाल्ने मधेसी नेताहरूले भारतिय राज्य विहारतिर लहसिने विचार गरेका त होइनन् ? त्यसकोलागि त भाषासमस्या उठाउनै पर्दैन । भारतलाई नेपालको यो भाग हामीलाई छुट्याइ देऊ भनेर चित्त बुझाए त छुट्याइदिन्छ भारतले । नेपालले केही गर्नै सक्दैन । अथवा नेपाली माओवादीलाई नै यो भाग हामीलाई बाँकी सबै तिमीहरूलाई भनेर टुक्र्याए पनि हुन्छ । सहर्ष स्विकार गर्नेछन् माओवादीले ।त्यो विभाजनको सामना गर्न यो मेरो देश नेपाल भन्ने मधेस पहाड दुवैतिरका नेपालीले केही गर्न सक्ने छैनन् । न शरद सीं भण्डारीले —बाइस जिल्ला टुक्र्याइन्छ‘ भन्नु पर्छ, न हृदयेश त्रिपाठी —नत्र अर्कै कुरा हुन्छ‘ भनेर धम्क्याउनु नै पर्छ ।

भाषा, जाति र सेना


नेपाल वहुभाषिक र वहुजातिय देश हो । यति धेरै जाति र भाषाभाषी भएको देश संसारमा बिरलै पाइन्छ । वहुभाषिक र वहुजातिय देशमा एउटा जाति र एउटा भाषाको अरु जाति र अरु भाषामाथि प्रभुत्व पनि सधै नै हुन्छ । चाहे त्यो कम विकसित इथियोपिया होस्, नेपाल होस् या नाइजेरिया या विकसित सोभियत संघ या संयुक्त राज्य अमेरिका नै किन नहोस् । एउटै राजनैतिक इकाइको रूपमा रहन र कारोबार गर्न एउटा भाषाको प्रभुत्वलाई स्विकार नगरी सुखै छैन । एक भाषाभाषी मात्र एक क्षेत्रमा रहेको स्विजरल्याण्डजस्तो उदाहरण दिएर  विभिन्न भाषाभाषी र विभिन्न जातजाति विभिन्न क्षेत्रमा छरिएर बसेको नेपाललाई भाषाका आधारमा या जातिका आधारमा विभाजन गर्न खोज्नु मुर्खता नै हो भन्ने म ठान्छु । दोश्रो, जातिहरूको आफ्नो आफ्नो चाख र विशेषता हुन्छ । भारतको मारवाडी, गुजराती र पारसी समूहले व्यापारलाई अँगाल्यो भने पंजावी, हरियाणवी र हिमाचलीले सेनामा दक्षता कायम गरे । बिहारी, बंगाली, उडिया, गुजराती या कर्नाटकीले सेनामा समान भाग पाइएन भनेर आन्दोलन गर्नुको कुनै तुक नै छ । नेपाली सेनामै पनि १३ प्रतिशत बाहुनले ८ प्रतिशत मात्र स्थान पाएका छन् जब कि १७ प्रतिशत छेत्री सेनामा ४३ प्रतिशत छन् भने ७ प्रतिशत मगरले ७ प्रतिशत स्थान ओगटेका छन् । भारतको जनसख्याको १० प्रतिशत ओगट्ने विहारले सेनाको ७ प्रतिशत भाग पाएको छ भने सेनामा 2.४ प्रतिशत मात्र पाउनु पर्ने पंजावले १६.६ प्रतिशत ठाउँ लिएको छ । उडिसाले त झन् आफ्नो भागको एक तिहाइ पनि पाएको छैन । मधेसकै संदर्भमा पनि आदिवासी मध्येका ७.२ प्रतिशत थारु, चौधरी, राजवंशीको अनुपात सेनामा ४.७६ प्रतिशत छ । 5.5 प्रतिशत नेवारको स्थान 6.6 प्रतिशतभन्दा बढी छ । त्यसैले समावेसीको अलग्गै सेना होइन, सेनामा प्रतिस्पर्धात्मक प्रवेश हो भने नेपालका माओवादी र मधेसी नेताहरूको आफ्ना आफ्ना सेना राख्ने साँठगाँठ केका निम्ति ?

Wednesday, October 05, 2011

शुभकामना यो वर्षको दशैंको

हामीलाई जात्रा रमाइलो लाग्छ । हामीलाई भोज रमाइलो लाग्छ । देश टुक्रिने प्रकृयामा पुग्न थालेको छ तैपनि हामीलाई दशैको रमझम रमाइलो लाग्छ । सुख शान्तिको निम्ति शुभकामना दिन्छौं र शुभकामना लिन्छौं । पराया हो भने पूजाको मान्छे आँगनको मौलोमा ल्याएर गिंडे पनि हुन्छ । आफ्नो हो  भने सात खत माफ गरिदिनु पर्छ । अनि हामी भन्छौं – हामी समानता ल्याउछौं, हामी न्याय ल्याउछौं । कसको न्याय ? बाघको न्याय कि बाख्राको ? थाहा छैन हामीलाई । त्यसैले हामी शक्तिको पूजा गर्छौं । सके बोकै गिड्छौं, नसके घिरौंलो छिनाउछौं । बाघ रेट्ने आँट त हाम्रो छैन । तैपनि हामी बली त दिन्छौं नै । अर्को वर्ष हामी खण्डित देशमा  दशै मनाउछौं या सग्लोमा ? तर जेहोस् हामी यसरी नै मनाइ रहेका हुनेछौं । त्यसैले शुभकामना सबैलाई । दशैंको शुभकामना एक वर्षकालागि यो ब्लगका तर्फबाट ।

Tuesday, October 04, 2011

A story for change


 पाहुना

आखिर जुठेल्नेामा कसैले भाँडा बजारेको सुनियो र आमाको हातबाट चिया समाएर सुर्को तान्नै आँटेकी मञ्जरीले झस्केर सोधी के भयो फेरि? कसले भाँडा बजार्छ त्यसरी?
आमाले दिक्क मानेको स्वरमा भनीखै ! त्यो लाटी राँडी बौलाएकी छ आज फेरि। औंशी पुर्णे लाग्छ राँडीलाई बेलाबेला। हिजो बेलुकादेखि नै निहुँ खोज्दै थिई। अब कति दिनलाई हो, कुन्नि
म गएर सम्झाउँ त माहिली दिदीलाई? छोरीले प्रस्ताव गरी। 
तँ झन जादै नजा। पहिले जस्तो हो र? आजकाल त तँलाई देखी सहन्न। हिजो तँ नआउन्जेल कति खुशी थिई। तँलाई पर देख्ने बित्तिकै भन्दै थिई आइछ लखरलखर एक्लै। त्यसपछि त के भूत खनियो के भूत? आमाले छोरीलाई रोक्दै भनी।
बिचरी सोझी छ। म पनि रित्तै हात आएँ उसलाई केही पनि नलिई। रिस उठयो होला नि। बहिनीका घरमा म पनि जाने भन्थी अघिल्लो पाला। मैले पनि लगेकी छैन हुन्छ नि भनेर पनि लगिन भनी ठान्दी हो। एक पल्ट लिएर जानुपर्ला छोरीले फेरि प्रस्ताव राखी।
अँ, अब यही लाटीलाई लिएर जा न। सासूससुरा, नन्दआमाजू, देउरानीजेठानीका अगाडि यस्तै गाईजात्रा गरोस्। यहाँ मेरा डरले तै यति मात्रै गर्छे। भुत्ल्याउछु गएर राँडीलाई अनि थाहा पाउछे ।” आमाको रिसको पारा चडयो।  क्रमश....

देश किन चाहियो ?

दशै आयो । हिजो एउटी बहिनी रोइन् —घरमा ग्यास छैन, ग्यास कतै पाइदैन । अर्की बहिनीको पीडा थियो — नानीहरूको लुगा छैन, पैसा पनि छैन । घर जाने टिकट पाएन एउटा भाइले,  आमाबाबुको पर्खाइ बेकार हुने भयो उसका । अर्को भाइको गन्थन थियो – होटेल जतिमा खानै नहुने गरी टीभीमा पर्दाफास गरिदिए, अब भात खाने कहाँ ? नगरेकै भए हुन्थ्यो बरु । यो देश छ छैन, त्यो नै पनि अनुभूति हुन छोड्यो । सडकको बाटो हिड्दा वैतर्णीमा बखानिएको नरकको बाटो हिडेजस्तो लाग्छ । सबैको मनपरि देख्दा कानुन र सरकार नै छैन जस्तो लाग्छ । प्रमाणित अपराधीलाई माफी गर्दै पिडितको बोल्ने मुख थुन्दै हिड्छ सरकार । जब खाने छैन, पकाउने  छैन, कानुन छैन, न्याय छैन, पिडक र पिडित बीच फरक छैन तब किन चाहियो सरकार ? केलाई चाहियो यो देश ?  कसलाई चाहियो ? कोसँग छ यसको उत्तर?

Sunday, October 02, 2011

फेसबुकमा कसले के लेख्छ ?


सानासाना १०।१२ वर्षका केटाहरू नाम चलेका विदेशी खेलाडी र गायकका फोटोहरू झुण्ड्याउछन् फेसबुकमा । त्यही उमेरका केटीहरूमा हिरोइनका फोटो टाँग्छन् । टिनएजरहरू भने कोड भाषामा यौवन आएको जानकारी दिन्छन र प्रेमका कुरा गर्छन् । गधे पच्चिसीकासम्मका कुमार कुमारीहरू आत्मरतिमा मग्न हुन्छन् । पच्चिसीदेखि चालिसे नछोएका लोग्नेमानिस अर्काका आलोचना र आफ्नो आत्मश्लाघामा व्यस्त हुन्छन् र त्यो उमेरका आइमाई आफ्ना नानीका फोटो झुण्डयाएर आफ्ना तिनको बयान, पसलमा देखिएका कपडाको बखान र भोजभतेर खानाका गफ चुट्छन् । चालिस नाघेका लोग्नेमानिस जागीरे भए घुमारो पारामा आफ्ना हाकिमसाहेबको बखान गर्छन्, तलब बढेकोमा रमाउछन्, बढ्न नसकेकोमा गुनासो गर्छन् । राजनितिज्ञ आफू सबै जान्ने बुज्रुग्याइँ छाँट्छन् । अरु स्वीकृति लिएर अर्काको फेसबुक वालमा आफ्ना भनाइ राख्ने गर्छन् । बीबीसी वर्ल्ड त बेलायती साम्राज्यको समाचार गृह । ऊ त यसै अर्काकोमा छिरिदिन्छ । उसलाई त स्वीकृति पनि चाहिदैन जस्तो छ । अंग्रेजी शव्द trespass या intrude फेसबुकमा लागु हुदैन ।

Saturday, October 01, 2011

फोहोर भन्ने केलाई ?

सुन्दा पत्यार नलाग्न सक्छ तर हामी फोहोरसँग यति अभ्यस्त भइसकेका छौं कि प्रत्येक गाँसमा फोहोर खाएको हामीलाई थाहा नै हुदैन । न्युरोड कर्नरको गुँदपाख भण्डार त हाम्रो त्यो सहज बानीको लाभ उठाउने एउटा दुश्चरित्रको नमुना मात्रै हो । हामी झिंगालाई फोहोरको नमुना नै मान्दैनौ । त्यसैले हाम्रा घर भित्र चर्पीदेखि भान्सा र पूजाकोठामा घुमिरहेका झिंगा हाम्रोनिम्ति सामान्य ठहरिन्छ । आज पो सहरमा हुनेखानेकोमा फ्रिजमा राखेर मासु खालान् । नहुने र गाउँघरमा दशैंताका हुनेखानेले पनि गनाएको मासु खाने चलन उहिलेदेखिको चलेकै छ । जति सुकुटी गनायो उति राम्रो भन्ने अहिले पनि छन् । हात धुनुको अर्थ हामी पखाल्नु ठान्छौ‌ । फेसबुक र ब्लगमा भर्त्सना गरिए धेरै तर एउटा सामान्य बटुवालाई सोध्दा ‘बिग्रेको भए पनि मिठाईकै बनाएका रहेछन्, राम्रै भएछ’ भनिदिए । तिनलाई कारवाही होला त भन्ने प्रश्नको उत्तरमा उनले ठाडै जवाफ दिए – ‘कारवाही त के होला र, नानी, यो देशमा त्यै पनि बिग्रेको मिठाइ खुवायो भनेर । ढलको पानी खुवाउनेलाई केही हुदैन । अरुका कुरा ।’
चोकचोकमा हेर्नोस् मासु कसरी बिक्छ ? काठमाडौको जोरपाटी चोकको नमुना नै लिऊँ । चोकैमा मासु पसलका लाइन छन् । मासु सडकको पेटीमा पछारेको देखिन्छ त्यहाँ । मासुको रास भन्दा तीन मिटर परको ढलमा  नेपालीभाषाको सबैभन्दा फोहोर शव्द ‘गुहु’ बगिरहेको नांगा आँखाले प्रस्टै देखिन्छ त्यहाँ र हाम्रा चेलीबेटी घरमाइत गरे झैं झिंगा ढल र मासुमा ओहोर दोहोर गरिरहेका हुन्छन् । कसैले वास्ता गर्दैन त्यसलाई । किन्नेको घुइचो नै हुन्छ सधै‌ । वीस मिटर पर यो सबै हेर्ने गाउँ विकास समिति छ । सँगैमा प्रहरी चौकी छ कसैको आँखा पुग्दैन । माछा मासु सांसद त्यहीबाट किन्छन् । नेता त्यही जान्छन्  । उनीहरूलाई वास्ता छैन । सर्वसाधारणको त कुरै छोडिदिऊँ ।  यो त एउटा नमुना मात्रै हो । गाविसका त कुरा महानगरपालिका सबै मासु पसलको धेरथोर यही हालत छ भने हामी फोहोर खान अभ्यस्त भएका होइनौ र ? तब फोहोर भन्ने केलाई ?

तिमी पनि, ब्रुटस!


प्रसिद्ध अंग्रेजी नाटककार विलियम शेक्स्पियरको नाटक जुलियस सिजर मा भनिएको छ – जब रोमन साम्राज्यका सिनेटरहरू जुलियस सिजरको हत्या गर्न उनीमाथि छुरी लिएर खनिए, बलिया सिजरले रित्तै हातले पनि प्रतिरोध गरिरहे । जब उनका अंगरंग मित्र र विश्वासपात्र ब्रुटस पनि छुरी लिएर उनलाई मार्न अगाडि सरे, उनले आश्चर्यचकित भएर भने  , तिमी पनि, ब्रुटस ! (ET EL BRUTE) अनि हतास, निराश र बलहिन भएर तब सिजर बाँच्न चाहँदैन ।  भन्दै ढले ।

हाम्रा प्रधानमंत्री बाबुराम भट्टराईले केही गर्छन् भन्ने विश्वासमा परेका जनता उनी अमेरिकाबाट ओर्लदा विमानस्थलमा देखाएको बोलीले उनी पनि अरुभन्दा केही फरक नभएको देखाएपछि जनताले ET EL BRUTE भनेर सिजर झैं निराश भएकाछन् । उनकी पत्नि र मंत्रीहरूको उदण्डता उनका दलका सहयात्रीको मसालजुलुसभन्दा पनि नैराश्यजनक देखिन थालेको छ । उनी केही गर्न सक्छन् वा सक्दैनन् त्यो आउदो दुई हप्तामा प्रष्ट हुनेछ । उनी साँचै प्रधानमंत्री हुन् वा मकैबारीमा उभ्याइएका बुख्याँचा मात्रै हुन् त्यो निर्क्योल पनि त्यही समयमा हुनेछ । उनको टिममा शरद सिं भण्डारी र प्रभू साहको उपस्थिति अब प्रत्येक क्षण प्रत्युत्पादक मात्र हुनेछन् । झलनाथ खनालले प्रधानमंत्रित्वका अन्तिम दिनमा जस्तो भाषा बोलेका थिए त्यस्तै भाषा बोल्न थालेका छन् बाबुरामले । बाबुरामको अब ‘बबुरा म’ को बोली निस्कन थालेको छ । जनताको विश्वासको चुलीमा पुगेको नेता जब ओरालो लाग्न थाल्छ उसको नियति ब्रुटसको भन्दा गतिलो हुदैन । हाम्रा विद्वान प्रधानमंत्री त्यो नबुझेका पक्कै छैनन् ।