Friday, June 29, 2012

घरबाहिर - १७


पहिलो विदेशयात्राको तयारी

एक डेढ वर्षपछि हेटौडा छोड्दा मसँग आफ्नो एक पैसा पनि थिएन । काठमाडौँसम्मको भाडा पनि साथीभाइले हालिदिएका थिए । जीवनभर मेरो त्यही हालत रह्यो किनकि मैले कमाएर संचिति गर्न कहिले पनि जानिनँ । भोलि चाहिन्छ भन्ने सोच ममा कहिले पनि आएन । दिन जानेँ, फिर्ता लिन जानिनँ । लिएपछि दिने मानिस मजस्तो नहुने हुनाले रिनपान गरेर पनि तिर्नै पर्थ्यो, त्यही गरेँ मैले । त्यसैले जीवनभर मसँग रिण सधैँ नै रह्यो । हो, नारायण थापा जस्तो मित्रले भने मैले नतिरे पनि सहयोग गर्न कहिले पनि छोडेन र मैले नतिरेकोमा मसँग गुनासो पनि गरेन ।

Tuesday, June 26, 2012

घरबाहिर - १६

मेरो हेटौडा बसाइ 

त्यो बेला सम्भाव्यता अध्ययनजस्ता आयोजनाहरूलाई उपलब्ध हुने रसियन जिपमा हामीले काठमाडौँ छोडेर त्रिभुवन राजपथको बाटो समात्यौँ । एघार बजेतिर खानीखोलाबाट उकालो लागेर अलि पर के पुगेका थियौँ हाम्रो गाडी बाटैमा थला पर्‍यो । त्रिभुवन राजपथ त्यो बेला एक्कादुक्का गाडी चल्ने सुनसान सडक नै थियो र ट्रक र बस चलउने चालकहरू सामान्यत पन्जाबी नै हुन्थे । ५ घण्टापछाडि बल्लबल्ल बाटो लाग्यौँ हामी र निकै अँध्यारो भएपछि मात्रै हेटौडा पुग्यौँ । मोटरगाडी कमै चढेको, त्यसमा पनि घुमाउरो बाटो भएकाले बाटोमा छादेर मेरो बेहाल भएको थियो हेटौडा पुग्दा ।

Friday, June 22, 2012

घरबाहिर - १५


२०१८ साल

मैले परिक्षा दिएँ र २०१८ सालको पहिलो त्रैमासिकमा परिक्षाफल प्रकाशित भयो । १।२ जना मात्र प्रथम श्रेणी ल्याएको बेला मेरो उपलब्धि प्रथम श्रेणीको नजिकै भएकाले म गर्वले फुलेको थिएँ र सो उपलब्धिको आधारमा इन्जिनियरिङ छात्रवृत्तिका निम्ति आवेदन दिएँ ।

Thursday, June 21, 2012

घरबाहिर - १४


२०१७ साल

संसदको २०१७ सालको बर्खे अधिवेशनमा एमपीबाले एकदम नै थोरै बोले, धेरै सुने । पढेलेखेका नेताहरूलाई नै नौलो लाग्ने संसद र त्यसका अधिवेशन एमपीबाले तुरून्तै बुझ्ने कुरा पनि थिएन । मैले पनि बेलाबेलामा दर्शकदिर्घामा बसेर संसदको रमिता हेरेथेँ । नेपाली कांग्रेसले बिर्ता उन्मुलानको कानुन ल्यायो र हाम्रोजस्तो आफैँ बसोबास गरेको 'क' बिर्तामा तिरो या मालपोत मात्रै लागे पनि रैती बसाएर त्यसको आमदानी खाने 'ख' बिर्ताहरू पुरै खोसिए । राजा र राजाका वरिपरिका खानदानी बिर्तावाल 'ख' वर्गमा पारेकाले नेपालि कांग्रेसप्रतिको उनीहरूको घृणा र रिस झन् चुलियो । फेरि उक्साई रहेका थिए राजा महेन्द्रले पनि उनीहरूलाई ।

Sunday, June 17, 2012

घरबाहिर - १३


२०१५ साल र पछि
नेपालको इतिहासमा पहिलो चोटी आम निर्वाचन हुने भयो । राजाले दिएको संविधानलाई नेपाली कांग्रेसले स्वीकार गरेर निर्वाचनमा जाने भएपछि वामपन्थी कम्युनिष्टहरूले उसको पर्याप्त भर्त्सना गरे पानि निर्वाचामा भाग भने लिए र १०७ क्षेत्रमध्ये ४ स्थानमा जिते पानि । यही चुनावको सिलसिलामा लौहपुरुष गणेशमान सिंहले लैनचौरको सभामा नेपाली कम्युनिष्टमाथ यसरी व्यंग्य गरेका थिए ।

Thursday, June 14, 2012

घरबाहिर - १२


मेरो पढाइ


मेरो पढाइ जेनतेन चलिरहेकै थिए । पढाइ धेरै राम्रो थिएन र नराम्रो नि भन्न सकिन्नथ्यो । मेरो कक्षामा त म अव्बलहरूमा पर्थेँ तर मेरो कक्षा अव्बलहरूको जमात त थिएन । त्यहाँ त एक दुई जनालाई छोडेर बाँकी सबै एस एल सी परिक्षाका तीन धर्केधारी मात्र थिए । त्यसैले नै १७ दिन पछि राजधानी आइपुग्न सकिने एउटा कुनाको गाउँको विद्यार्थी म पनि जान्ने ठहरिएको थिएँ ।

Sunday, June 10, 2012

घरबाहिर - ११


मेरा कलेजका सहपाठी र मित्रहरू

कलेजको मेरो जीवन विद्यालयकोजस्तो उत्कृष्ट पटक्कै होइन । मेरो गाउँमा मेरो कक्षामा १० जना पनि थिएनौँ र म उत्कृष्ट मानिएको थिएँ तर काठमाडौँमा त मभन्दा अव्बल धेरै धेरै थिए र त्यहाँ मेरो गणना हुनै सक्दैनथ्यो । फेरि गाउँको पढाइको उत्कृष्टता सहरी पढाइसँग दाँजिन सक्ने कुरा पानि होइन तर मेरो कलेज त्यो समयमा उत्कृष्टहरूको संगम पनि होइन । त्यो स्थान त त्रिचन्द्र कलेजको थियो । त्यसैले पढाइमा मेरो पानि सहयोग खोज्ने १।२ देखा पर्थे त्यहाँ ।

Tuesday, June 05, 2012

घरबाहिर — १०


काठमाडौँ बसाइको शुरूआत



म जमीन र लगानीपातको व्यवशाय बोकेको बिर्तावालको छोरो भएको र हाम्रो समाजमा जागिर खाने कोही पनि नभएकाले जागिरदारको स्वभाव कस्तो हुनु पर्छ र हुन्छ ? भन्ने ज्ञान र अनुभव मलाई थिएन । मेरो काठमाडौँ प्रवेशको शुरूमा नै मेरो जम्काभेट सरकारी जागीरका दुई व्यक्तित्वहरूसँग भयो जसलाई मैले आज पर्यन्त बिर्सन सकेको छैन ।

Sunday, June 03, 2012

घरबाहिर — ९

 काठमाडौँ बसाइको शुरूआत



काठमाडौ प्रवासको मेरो पहिलो लक्ष थियो विज्ञान विषय पढ्नु। त्यो बेला राज्यभरिमा त्रिचन्द्र कलेज मात्र थियो विज्ञान पढाउने र मैले त्यहीँ नै प्रवेश लिनु थियो। मेरा स्थानिय अभिभावक कोही थिएनन्। त्यसैले मेरा आफू समानका दाजु या भिनाजु कसैले प्रवेश आवेदनको विधि पुर्‍याएर निवेदन दर्ता गरिदिए र म प्रवेशको आशा लिएर दिनदिनै त्रिचन्द्र कलेजको प्राङ्गण कुर्न थालेँ।