Wednesday, August 20, 2014

प्रकाश कोइराला



प्रकाश कोइराला

बी.पी कोइराला मरेकोमा खुशी मैले हिजो मनाए। नमरेको भए नेपाली कांग्रेसको पेटीबाट लखेटिएर राजेच्छा पुरा गर्न भारदारको पाटोमा उभिएको छोरोको अनुहार देख्दा नागरिक हुनुको अपमान र बाबु हुनुको अपराध बोधको पिडा मृत्यु भन्दा असह्य हुनसक्ने संभावना भोग्नु पर्ने थियो उनीले। तेश्रो उपाध्यक्षको पद सिर्जना गरेर शैलजालाई भारदारीमा अहिले नउचालिए पनि त्यो संभावना यथावत कायम रहेकोले त्यो संभावनाको पिडा पनि भोग्नु पर्ने थियो बी.पी.ले। गिरिजालाई त्यो पिडा बोध भए नभए पनि त्यो वहिर्गमनले नेपाली कांग्रेसलाई बी पी पुत्र निस्केर जानुले चोट लागे पनि पिलिएको घाउबाट पिपले निस्कने बाटो पाए झैं त्यसले नेपाली कांग्रेसभित्रको प्रतिगामी सोच राख्ने प्रवृत्तिको एउटा पाटोलाई दलबाट निस्कने बाटो बनाइ दिएको छ र त्यस भित्रको प्रतिगामी सोचका समर्थकहरूको एक हुल निस्किए पछि आउदो अधिवेशनले नया बाटो समाउन सक्छ।   

नेपाली कांग्रेस अहिले इतिहासको संघारमा उभिएको छ र आउदो अधिवेशनका निर्णयहरूले नेपाल, नेपाली, लोकतन्त्र, राजतन्त्र र स्वयम नेपाली कांग्रेसको एउटा निर्णायक प्रभाव छोडनेछ। यसले आउदो अधिवेशनमा समयानुकुल राजनैतिक, सामाजिक र आर्थिक दस्तावेजहरू प्रस्तुत गर्न सकेन भने यसका नेतृत्व पंक्तिले मात्र होइन नेपाली कांग्रेसले नै प्रकाश कोइराला पथ समाउने कुरा निश्चित छ र २१ सौं शताब्दिको नेपाली एउटा नया दलको सिर्जनामा लाग्नेछ।  

अधिवेशनले तय गर्नु पर्ने थुप्रै कुरा भए पनि नेपाली कांग्रेसले सबभन्दा पहिले आ195143नो लक्ष समूहलाई परिभाषित गर्नु पर्छ। ऊ यो देशका बासिन्दालाई के ठान्दछ? राजका प्रजा कि सार्वभौम जनता? प्रजा हुन भने दाशतन्त्रमा दाशले मालिकको सार्वभौमता र अधिकार स्विकार गरे झैं प्रजाले राजको सम्प्रभूता स्विकार गरेर राजतन्त्रमा प्रजाले पाउन सक्ने भारदारी भनिने सर्वोच्च मान खोज्न जानु स्वाभाविक हो। 'होइन, जनता सार्वभौम हुन, स्वतन्त्र हुन' भनिन्छ भने जनताको तन्त्र माग्ने नेपाली कांग्रेस प्रजातन्त्र शब्दमा झुन्डिने किन? किन यसले लोकतन्त्र या जनतन्त्रलाई आधिकारिक शब्द नबनाउन? एउटा दाशले दाश मालिकको सम्प्रभुता स्विकारेर दाशतन्त्र मान्छ भने ऊ स्वतन्त्र हुन्छ र? यस्तो दरो अडानले नेपाली कांग्रेसलाई तुरुन्तै सत्तामा पुर्‍याउन नसक्ला तर यसले लामो समयसम्म नेपाली कांग्रेसको राजनैतिक सिद्धान्तको राजनैतिक धरातल खडा गरिदिन्छ। भनिएला, राजको भूमिका कहाँ? अवश्य भूमिका हुन्छ राजाको तर पहिलो राजाले आफूलाई 'प्रजाको राजा' भन्ने विर्सन सक्नु पर्‍यो र 'म जनताको सेवक' भन्ने भावना उब्जनु पर्‍यो। तब मात्र लोकतन्त्रमा राजाको भूमिका किटान हुन्छ।  

दोश्रो, १२ वर्षको शाशनकालमा नेपाली कांग्रेसले आफूलाई जनताको पार्टी भन्ने कुरा बिर्सियो। उसको आर्थिक निति ठेट्ना अर्थविदहरूको पूजिवादी प्रयोग भयो। सम्पन्न अमेरिकीहरूलाई त वेरोजगार भत्ता चाहिदो रहेछ भने गरिब नेपालीलाई सरकारले दिन खोज्नु पर्ने सहयोग नेपाली कांग्रेसले आफूले कहिले पनि जुटाउन खोजेन।

भ्रष्टाचार विरुद्ध अभियान

भ्रष्टाचार विरुद्ध अभियान
(१२ वर्ष अगाडिको यो लेखलाई मैले पुन प्रस्तुत)

म प्रत्येक दिन बिहानी अखवारको पाना पल्टाउछु र मध्य पानामा लेखिने लेख पढछु। देशका जल्दाबल्दा समस्याहरूको विवेचना नै यस्ता मध्य पानाका लेखह1रूको उद्देश्य हुनु पर्ने हुनाले म मध्य पानालाई प्रथम पाना भन्दा प्राथमिकता दिने गर्दछु। मेरो यो सोच राष्ट्रिय र अन्तरराष्ट्रिय दुवै अखवारह1रूको अनुभवबाट आएको हो। अन्तरराष्ट्रिय अखवारह1रूमा त यो पानाका स्तम्भकारह1रूको पहँुच केन्द्रिय राजनितिज्ञह1रूमा समेत हुन्छ र यसका लेखह1रूले केन्द्रिय नितिका लक्षणह1रू समेत इङ्कित गर्दछन। नेपालको संदर्भमा पनि कतिपय स्तम्भकारह1रूको सम्बन्ध केन्द्रिय नेतासम्म पनि पाइन्छ तर त्यो पत्रकारिताको कारणले नभएर राजनैतिक कारणले हुने गरेको देखिन्छ। 

नेपाली पत्रिकाह1रूका मध्य पानामा सबै किसिमका विषय वस्तु छोइएको पाइए पनि नेपालको विकासको अवरोधको मूल समस्यालाई कसरी रोकथाम गर्ने त्यो बारे कही पनि छलफल गरेको पाइन्न। पहिले मैले सोचेको थिएँ - शायद त्यो बारे स्तम्भकारह1रूको दृष्टि नपुगेको हुन सक्छ। तर समयले के देखाइदियो भने हाम्रा स्तम्भकारह1रू आँखा अगाडिको सत्यलाई देख्न नसक्ने मुर्ख होइनन। उनीह1रूले त्यसमा चाहेर नै दृष्टि नदिएका हुन। जुन विषय वस्तु खोतल्नाले आफ्नो राजनैतिक आस्थामा धक्का लाग्न सक्छ या आफ्ना निकट राजनितिज्ञह1रूको स्वार्थ्यमा वाधा पुग्न सक्छ त्यो विषयमा उनीह1रू मौन बस्ने प्रवृत्ति शायद पत्रकारिता नभए पनि प्राकृतिक भने हो।
नेपालको विकास हुन नसक्नुको एउटै मात्र कारण भ्रष्टाचार हो र भ्रष्टाचारका जरा यत्रतत्र सर्वत्र देश भरि छरिएका छन। यसबाट म चोखो छु भनेर कसैले पनि दावी गर्न सकने परिस्थिती आज छैन। जो भ्रष्टाचारमा संलग्न भएको छैन उसले पनि भ्रष्टाचारलाई समाजको एउटा स्विकृत दिनचर्याको भाग ठान्ने परिस्थितिको वातावरण बन्नु नै भ्रष्टाचार एउटा समाज स्विकृत अपराधहुन पुगेको देखिन्छ। यसो नहुदो हो त भं्रष्टाचार गरे पनि यसो एउटा घर घडेरी जोडन हुने भ्रष्टाचार पो गर्नहुन्छ त भन्ने आशयको अभिव्यक्ति भ्रष्टाचार निवारण आयोगका मुख्य आयुक्तको मुखबाट आउने थिएन।  

कतिपयले सोचेका छन - भ्रष्टाचारले नेपालीह1रूलाई मात्र छुने गरेकोछ तर वास्तविकता त्यो भन्दा पर छ। गरीब देशका मानिसह1रूलाई पैसाले किन्न सकिन्छ भन्ने कुरा विदेशीलाई पनि थाहा छ र त्यसमा प्रयोगहुने पैसा मध्ये केही भाग यो नाम या ऊ नामले नेपाल सँग सम्बद्ध विदेशीले पनि यो देशमा उपभोग गर्दछ जुन कुरा आफ्नो देशमा गर्नसक्दैन। आफ्नै हातले नेपालीलाई दिनहुने राशी त ऊ तालिम, भ्रमण आदि अनावश्यक कार्यक्रम मार्फत उपलब्ध गराउछ नै, सो बाहेक ठेकेदार, कम्पनिप्रतिनिधि आदि द्वारा कमिशन रकम राशी पनि जुटाइदिन्छ। त्यसैले ऊ भ्रष्टाचारको माध्यम पनि बनिदिन्छ कहिले कहीं। 

नहुनेले मात्र भ्रष्टाचार गरेको छ भन्ने पनि होइन। धन सम्पन्न र सत्ता सम्पन्नले पनि उत्तिकै भ्रष्टाचार गरेका छन। राजादेखि जनतासम्म जो कोही पनि मौका पाउने बित्तिकै त्यो आहालमा पौडी खेलेकै छन। राजाको बोलीमा कानुन हुने पंचायती व्यवस्थामा राजपरिवारलाई त यसै पनि छुट थियो नै , नुनको सोझो गर्ने काले बाजे या अरु यस्तै सबैको निम्ति भ्रष्टाचार छुट थियो। ०३६ सालको जनमत संग्रहमा त थापा काजीह1रूले इतिहासमा नै नाम राख्नसक्ने विकृत भ्रष्टाचारको रूप देखाइदिए। त्यसैको देखासिकी जनप्रतिनिधि भएर सत्तामा आइपुगेका दलिय मन्त्रीह1रू पनि सत्तामा पुगे पछि सात खत माफ हुन्छ भन्ने विकृत धारणाले पतनको बाटोमा ओरालो लागे र पंचायती मानशिकतामा तालिम भएका कर्मचारीह1रू उनीह1रूका मार्गदर्शक बने। धन नभए सत्ताबाट ओर्लिए पछि केले राजनिति गर्ने भन्ने एउटा त्राश उनीह1रूको मनमा ल्याइदिएर उनीह1रूलाई भ्रष्ट बनाइयो। अन्यथा चिरञ्जीवी वाग्ले या खुम बहादुर खडका लोकेन्द्रबहादुर चन्द या सूर्यबहादुर थापा भन्दा भ्रष्टाचारको निम्ति मलिलो माटो त कसै पनि होइनन। 

अब विषय प्रशङ्गतिर जाऊँ। भ्रष्टाचारको अन्त्य नभई देश विकासगर्ने आशा एउटा दिवास्वप्न हो र भ्रष्टाचार एउटा अति निष्कृष्ट कार्य हो भनेर भ्रष्टाचारीलाई समाजमा हेयको वस्तु मानिने जनधारणाको विकास नहुन्जेलसम्म भ्रष्टाचार रोकिने सम्भावना छैन। एउटा मासिक रु.५००० कमाउने मानिसले पाँच वर्ष भित्र पाँच लाखको घर किन्छ र कानुनी दृष्टिमा अपराध गरेको छैन भनेर उसलाई छुट दिइन्छ भने त्यो कानुनले भ्रष्टाचारलाई प्रोत्साहन गर्दछ र छुट दिनेलाई नै पनि भ्रष्टाचारी भनेर कारवाही गरे हुन्छ किनकि मागेर त गौंथलीको गुँड पनि बन्दैन , गुँड पनि सिन्को सिन्कोले मात्र जोडिन्छ। आँखा अगाडिको सत्यलाई नियम र कानुनको छिद्रमा हालेर असत्य बनाउने प्रयाशै पनि भ्रष्टाचार हो। त्यसैले आमदानीको विवरण दिएजस्तै खर्चको विवरण पेश गर्ने वाध्यताले भ्रष्टाचार कम गर्न सक्छ। 

कसले भ्रष्टाचार गरेको छ र कसले छैन त्यो समाजमा घाम जस्तै छर्लंग देखिन्छ। हरेक भ्रष्टाचारको अन्तिम लक्ष त्यसको भौतिक उपभोग नै हो र समाजमा भ्रष्टआर्जन उपभोगको खोजी र पर्दाफासको निम्ति समूह गठन हुने बित्तिकै भ्रष्टाचार धेरै नै घटछ र ती समूहले कोही कसैको पर्दा च्यात्ने बित्तिकै धेरैलाई त्यसले सचेत गराउछ। त्यसैले भ्रष्टाचारको निरिक्षण र भण्डाफोर  गर्न सचेत नागरिकहरूको टोली पहिलो आवश्यकता हो।  

दोश्रो , न्यायप्रतिपादन पनि भ्रष्टाचार रोक्ने एउटा बलियो माध्यम हो तर यसले राम्रो काम गरेन भने यसले रोक्ने भन्दा बढाउने गर्दछ। नेपालको सन्दर्भमा पहिलो भन्दा पछिल्लोले धेरै काम गरेकोछ। नियम र कानुनका प्वाल नै खोज्ने हो भने त्यसलाई जहिले पनि र जसले पनि आफ्नै किसिमले परिभाषित गर्न सक्छ र त्यो भएको छ पनि। भ्रष्टाचार विरुद्धको अभियानमा त्यहाँ पनि चौकसीगर्ने समूहको आवश्यकता छ अन्यथा व्यवशायको इमान्दारीमा भन्दा कमाउने पेशामा लागेका व्यक्तिह1रूले भ्रष्टाचारीको कमाइमा हिस्सेदार भएर भ्रष्टाचारीलाई छुटाउने र छुट दिनेछन। भ्रष्टाचार निवारण आयोगले समाएका सम्पन्न र शक्तिशाली व्यक्तिह1रू अदालतसम्म नपुग्नु वा पुगेर पनि दण्डित नहुनुको मुख्य कारण नै न्यायप्रतिपादनको समयमा  जन चौकसीको अभाव हो। 

तेश्रो, बिरुवा जस्तो छ फल पनि त्यस्तै पाइने हो। 'जसरी कमाए पनि हुन्छ , कमाउनु चाहिं पर्छ' भन्ने बाबुको छोरो भ्रष्टाचार गर्न हिचकिचाउदैन। यो त देखिएको , भोगिएको सत्य हो। 'आजको युग व्यक्तिवादी युग हो , मान्छेको प्रगति भए देश त्यसै प्रगति हुन्छ' भन्ने गुरुका चेलाचेलीले गुरुको तलव लुटेर खान्छन। यो आजको वर्तमान हो। त्यसैले प्रजातन्त्रको नाममा बालकहरूको बिद्यालयमा मनपरी शिक्षादिने छुट दिनुहुन्न। शिक्षानितिमा नैतिकताको निश्चित माप र दायरा राख्नै पर्छ किनकि जसमा नैतिकता र माटोको माया छैन त्यो व्यक्ति देशमा हुने भ्रष्टाचारप्रति सचेत हुन पनि सक्दैन या जो बालक अर्काको मानु खाएर वा अर्को देशको भक्ति गीत गाएर पढाइ गर्छ त्यसमा यो देशप्रति माया र वफादारी हुनुपर्ने वाध्यता छैन र यो उसको देाष  पनि होइन। आफ्ना छोराछोरीलाई तिरङ्गा या स्टार एण्स्ट्राइप को हावा खुवाएर सोलुको भोटे या दाङको थारुको छोराको बराबरी राष्ट्रियता ल्याउछु भनेर सपना देख्नेहरू भ्रष्टाचारका अर्का नमुनाह1रू हुन। 

भ्रष्टाचारको अर्को ठूलो स्रोत वैदेशिक सहायता भएको छ। दाताह1रूका परामर्शदाताह1रूमा निश्पक्षताको कमी र वैदेशिक ठेकेदारह1रूको अपारदर्शी कमिशन प्रणाली लोभ्याउने र भ्रष्टाचार निम्त्याउने माध्यम भएको छ। कमिशन दिन सकिने तर त्यो रकम खुला देखाइनु पर्ने र त्यसको झुटो विवरण दिएमा ठेकेदार दण्डितहुने व्यवस्था दाताह1रूसँग नै तय गर्नु दुई पक्ष  बिचको नैतिक इमान्दारी हो र यसले उच्च पदस्थ अधिकारीबाट हुन सक्ने भ्रष्टाचारलाई रोक्दछ। यस्तो व्यवस्थाको निम्ति पनि सजग समूह सक्रिय हुनु आवश्यक छ। 

एक थरीको सोचाइ छ - भ्रष्टाचारको मूल जरो व्यवस्था हो। तर उनीह1रू के सोच्न सक्दैनन भने भ्रष्टाचार हिजो पनि आज भन्दा कम थिएन। उडने र गुडने घर हिजो पनि बनेका थिए , नेपालमा सय वर्षमा पनि नजन्मिएका सर्पका छाला हिजो पनि निकासी भएका थिए। त्यसरी नै रातारात लाखौं बिगाहा बन स्वाहा भएका थिए। हिजो पनि आज जस्तै एउटा देश हिडेका प्रधानमन्त्री अर्कै देश पुगेका थिए। राष्ट्रबैंकबाट स्विसबैंकमा व्यक्तिको नाममा रकम उडेको पनि हिजो नै हो र नमिता र सुमिताले न्याय नपाएको पनि त्यही हिजोको दिनमा हो। फरक कति मात्र हो भने हिजोका दिनमा कानुन बनाउनेलाई कानुनले समाउन सक्दैनथ्यो भने आज स्वयम कानुन बनाउनेहरू त्यही कानुनको दाम्लोले बाँधिएर आफूलाई निर्दोष प्रमाणित  गर्नु पर्ने वाध्यताले जेल भित्र परेकाछन। शिशु अवस्थामा नै भएकोले यसका कमी , कमजोरी भए पनि  प्रजातन्त्रको विशेषता भन्नु नै यही हो। व्यवस्थामा परिपक्वता आउन त समय लाग्दछ। त्यसैले प्रजातन्त्रप्रति आस्था राख्नु हाम्रो परिपक्वताको परिचय हो। 

आउनोस , भ्रष्टाचार विरुद्ध एउटा अभियानको थालनी गरौं। एउटा सजग समूहको थालनी गरौं। शुभ कार्यको निम्ति सबै क्षण शुभ हुन र ढिलाइ हाम्रो कमजोरी बन्न सक्छ। 

 रामप्रसाद दाहाल
बागडोल , ललितपुर,
२४ मार्ग २०५९

सम्पादक कठघरामा

सम्पादक कठघरामा

आधा शताब्दि भन्दा अगाडि जर्मनीका हिटलर र नाजीहरूले यहदीहरू माथि अमानविय अपराध गरे र आजका नाति र पनाति जर्मन पुस्ता त्यो अपराधको क्षमा याचना गर्छन । आफ्ना पुर्खाको जमिन भोगेका र राष्ट्र र पुर्खाको नाम बोकेको कारणले नै आफूले नगरेर पुर्खाले गरेको अपराधको निम्ति पनि उनीहरू क्षमा माग्दछन । हिटलरको अपराध भन्दा पहिले नै देशा छोडेर हिडेका जर्मनहरूले क्षमा माग्नु पर्ने कारण छैन । प्रशङ्ग यही बाट शुरु गरौं ।

जेठ २१ को कान्तिपुर दैनिकको मुखपृष्ठमा 'प्रधानमन्त्रीको भारत भ्रमण' र 'सैनिक भर्ना र खरिद रोक्का' जस्ता राष्ट्रिय चासोका दुई समाचार कै हाराहरीमा 'छोरीको सफलताको फ्यान' शिर्षकमा अर्को मुख्य समाचार छापिएको छ । मुखपृष्ठको समाचार खण्डको झण्डै २० प्रतिशत स्थान ओगटेको त्यो पछिल्लो शिर्षकको मुख्य समाचार के हो ? त्यो बुझ्न गाहारो छ ।डा.भेषबहादुर थापाले छोरीका पाठकहरूले उनीलाई प्रतिगामीको कित्तामा राखेकाछन भनेर भने पनि उनीलाई प्रतिगामी बाहेक सबैले नै प्रतिगामीको कित्तामा राख्छन किनकि प्रतिगामी आचरण र वातावरणमा हुर्किएर प्रतिगामी सुविधा भोग गर्न प्रतिगामी अ-विधिबाट राज्य प्रशाशनमा छिरेका उनीले सधै नै प्रतिगमनलाई नै सघाएका हुन । साँचै भन्दा उनीलाई त लोकमान सीं कार्कीको परिपक्व रूप मान्दा हुन्छ । त्यसैले त्यो समाचार नबन्नु पर्ने । आजको युगमा प्रतिगमनको बढाइ मुख्य समाचार बन्ने सम्भावना त इन्कार गर्नै पर्छ ।दोश्रो, मञ्जुश्री थापा मुख्य समाचार बन्ने उनको कार्य के हो ? प्रतिगामी बाबुको आर्जनमा हुर्केर, त्यही आर्जनमा संसार भ्रमण गर्दै हिडने र बाबुको र्सार्वजनिक अपराधको क्षमा याचना स्वरूप प्रतिगामी कदम भत्काउन सिन्को सम्म भाँच्न प्रयाश नगर्ने मञ्जुश्री थापा २।४ अक्षर प्रजातन्त्र बारे कोर्दैमा अग्रगामी हुन्छिन कसरी ? र कसरी मुख्य समाचार बन्छिन - भनाइ मात्रै प्रमाण हुने भए त राजाका अमरवाणीहरू चोकचोकमा प्रदर्शन गरिएका थिए । जनताले पत्याएनन । कि यसलाई नारायण वाग्लेको नाम पनि मिसाएर सँगै भजाउन खोजिएको हो ? एउटी लेखकको नै हैशियत हो भने यसै अंकको दोश्रो पेजको कुनामा खोजेरै मात्र भेटिन सक्ने ठाउँ पाएका 'सिक्काका दुई पाटा' का लेखक उन्नति बोहरा 'शिला' को भन्दा धेरैधेरै ठूलो स्थान पाउने हैशियत के हो ? कि यसै अंकका स्तम्भकार कृष्णज्वाला देवकोटाले भने झैं सम्पादकले धान र भुस छुटययाउन जाने पनि कुनै अर्कै प्रयोजनका निम्ति भुस छापेका हुन ?
(८ वर्ष अगाडिको मेरो ब्लग repost गरिएको)

Tuesday, August 19, 2014

ट्विटर जमात

ट्विटर जमात र यसको नेतृत्व

धनीबाट दान लिएर गरिबलाई जाउलो खुवाउन खोज्ने ट्विटेसमूह त खडा भएकै रहेछ । नेपालका असंख्या संस्था मध्ये खडा भएको यो संस्थाले पनि शुभकार्य गरोस् भन्ने असीम चाहना छदैछ । ट्विटरसंजालले योभन्दा अरू कामना पनि गरोस् भन्ने मेरो अर्को कामना हो। ट्विटरमा तुवाहरूको वाहुल्यता छ र युवा अग्रगामी सोचको वाहक हो ।

सबै सामाजिक संजालजस्तेै ट्विटर पनि वास्तविक संसार(real world)का मानिसलाई अवास्तविक संसार(virtual wold)मा भेट गराउने माध्यम हो । अवास्तविक संसारबाट वास्तविक संसारमा हाइकिङ, बाइकिङ, चियापान जस्ता कार्यक्रम पनि चल्ने गर्छन् तर त्सले सीमित क्षेत्रका सीमित मानिसलाई मात्र जम्मा गर्न सक्छ । मलाई त एउटा निस्चित लक्ष लिएर सो लक्षमा चासो राख्ने सबै ट्विटेलाई virtual world मा नै गोलबन्द गर्न सकिन्छ । एक अर्कासँग सम्बन्ध राख्न पनि र भेट नै नभई चिनाउन पनि virtual world मा नै DM, chat, message जस्ता माध्यम पनि छन् ।त्यसरी नै विचार प्रवाहका निम्ति website, blogsite जस्ता माध्यम पन त्यही नै छन् र समान लक्षका निम्ति आफ्नै थलोबाट संगठित भएर काम गर्न सक्छन् । केवल संगठित हुनको लागि एउटा सोच, एउटा लक्ष र एउटा नेतृत्वको आवश्यकता छ । कसैले त त्यो नेतृत्व गरोस् भन्ने मेरो चाहना ।

Tuesday, August 05, 2014

प्रेमपत्र(कविता)

भान्कामय प्रेमपत्र

लेख्यौ होली नि तिमीले प्रेमपत्र ?
यहाँ त हुलाकीको ठेगान हुदैन
मेरो नामको प्रेमपत्र
मलाई नै दिदैन ।

पढ्यौहोली नि भान्काको चिट्ठी बाजेको नाममा ?
हुलाकीले अझैसम्म पुर्याएन
पक्कै लेख्यौहोली नि प्रेमपत्र तिमीले
म कहाँ पो उसले ल्याएन।

धर्सा देखेथेँ आकासको लालिमा मैले
बादलले छेक्यो पढ्न भ्याइनँ
कतै उतै त हुत्याएन हुलाकीले ?
के भर डाहाडेको ! थाहा पाइनँ ।

नलेखी त सकिनौ तिमीले चिट्ठी
शायद ठेगाना थाहा भएन
भान्कालेझैँ पठायौ कि चिट्ठी
हुलाकीले चिट्ठी ल्याएन ।

लेख्यौ होली नि तिमीले प्रेमपत्र ?
यहाँ त हुलाकीको ठेगान हुदैन
मेरो नामको प्रेमपत्र
मलाई नै दिदैन ।