Monday, August 05, 2013

लेख



भविष्यका बच्चा

विज्ञानले इतिहास रच्दै जादो रहेछ । पुराणमा हामीले सुन्थ्यौ गोकर्ण गाईको गर्भबाट जन्मिएका हुन् । कुनै पनि व्यास वा पण्डितपुरुषले त्यसलाई इन्कार गरेनन् । द्रोणाचार्य द्रोणपात्रबाट जन्मिए । उनलाई जन्म दिने द्रोणपात्रलाई गर्भाशय मान्ने ठाउँ छैन । बिनाकारण नै राजा इल रूपवति इलामा परिणत भए । एडमको करङबाट इभ जन्मिइन् । न बाबु चाहियो न आमा । सुन्यौँ हामीले तर पत्याउन गाहारो तर पत्याउन गाहारो परेको थियो हामीलाई तर समयसँगै बग्दै गएपछि थाहा भयो त्यो असम्भव होइन । 

कतिपय पुराणपुरुषहरू आमाको पेट चिरेर निस्किएका थिए । पेट चिरेर निकाल्न जाने हाम्रा शल्यविशेषज्ञहरूले सामान्य भयो त्यो । विर्य र डिम्बलाई बाहिर मिलन गराएपछि गर्भमा राखी दिएर शिशु हुर्काउन पनि जाने । कतिपय निसन्तानहरूका निम्ति वरदान नै भयो त्यो । तर त्यतिमा नै गएर विज्ञान रोकिएन । डली भेडी जन्माउन त विज्ञानलाई बाबु पनि चाहिएन । आमा मात्रै भए पुग्यो उसलाई जन्माउन । आमाको कोषद्वारा आमाको डिम्ब सेचन गरियो र गर्भादान गराइयो डलीकी आमालाई । डली जन्मी र एउटा कोसेढुंगा स्थापित गरियो कि भाले बिना नै बच्चा जन्मन सक्छ भने पुरुष नभए पनि मानवशिशु जन्मन सक्छ । प्रयोग गरिन सक्थ्यो होला यो मानवमा पनि तर कानुनले यसलाई बन्देज गरी दियो । लुकीछिपी नै सही, कुनै दिन त यो प्रयास हुन्छ नै । त्यसमा शंका छैन ।

प्राणी जीव उत्पादनको तेश्रो आयाम शुरू भएको छ अब । डच वैज्ञानिक मार्क पोस्टले प्रयोगशालामा गाईको सानो कोषलाई लिएर त्यसलाई पोषण दिई ठुलो मासुको डल्लोमा विकास गर्न सफल भए र त्यसैको बर्गर खुवाए पनि । उनको यो परिक्षण उत्पादनले भविष्यमा मासुको खपतका निम्ति पशुगोठ राखेर पशु हत्या गरी रहनु नपर्ने संभावनतिर बाटो देखाएको छ ।

वैज्ञानिक मार्क पोस्टको आविष्कारले कोषवृद्धि प्रयोगशालामा गर्न सकिएकाले भविष्यमा पोथीको सिंचित डिम्बलाई प्रयोशालामा हुर्काउन प्रयास थालिने कुरामा शंका छैन । जसरी छोटो समयमा नै गाईको कोषको ठुलो वृद्धि भयो त्यसरी नै छोटो समयमा नै बच्चाको विकाश हुन संभव पनि छ । यदि त्यो प्रयोग सफल भयो भने पोथी गर्भाधानको झन्झटबाट मुक्त हुनेछन् । अझ पर पोथीजीवकोषबाट डलीभेडी जन्माएझै भालेजीवकोषबाट टमभेडो प्रयोगशालामा नै जन्माउन सकिने कुरा पनि इङ्कित गर्छ वैज्ञानिका मार्क पोस्टको उपलब्धिले । तबको मानिस आजको मानिसभन्दा भिन्दै हुनेछ ।

1 comment: