Friday, September 05, 2014

बगैँचाको तमासा(कविता)

बगैचाको तमासा

मधुरातकी नववधु खुम्चिएझैँ
छुनै नपाई छुइमुई ओइलाई
लज्जावतीलेझै आफ्नो सौन्दर्य
परेलीजस्तो घुम्टो भित्र लुकाई
र रमिते भए फूलका पत्रहरू
सतर्क भए पहरेदार काँडाहरू ।

निर्लज्ज भँवरो झोक्किएर
बलत्कार निम्ति तैयार थियो
तर वास पाएर गुलाफको
ऊ उसैतिर लोभियो ।

पत्रपत्रमा वासना लुकाएका
बलिया गुलाफपत्रले
छिर्न दिएनन् अन्तरालमा
र डुलुवाले छोएको भँवरो
बगैँचा बगैँचा डुलिरह्यो ।

No comments: