Wednesday, September 03, 2014

राधाविलाप



राधाविलाप

तिम्रै नामले जग तर्छ रे सबको प्यारो रे तिम्रै नाम
वृन्दावनमा फेकिएकी म राधा व्यर्थै भएँ बदनाम
मैले के पाएँ श्याम ? किन जोड्यौ मेरो नाम ?

जगको सारा दुख हर्‍यौ रे महाभारत तार्‍यौ रे
आँशु पुछ्यौ रे द्रौपदीको पनि नरकासुर मार्‍यौ रे
नारीको त कमी थिएन किन जोड्यौ मेरो नाम
वृन्दा वनमा फेकिएकी म राधा व्यर्थै भएँ बदनाम
मैले के पाएँ श्याम ? किन जोड्यौ मेरो नाम ?

मधु मार्‍यौ रे कैटभ मार्‍यौ रे मुर मारी जोड्यौ रे नाम
जिउदै मरेकी वृन्दावनामा किन जोड्यौ मेरो नाम
फेकी गएपछि फर्केनौ तिमी बिर्सिदियौ घनश्याम
वृन्दावनमा फेकिएकी म राधा व्यर्थै भएँ बदनाम
मैले के पाएँ श्याम ? किन जोड्यौ मेरो नाम ?

नामले तिम्रो जग तर्‍यो रे सबको साथ भयौ रे श्याम
वृन्दा वनमा फेकिएकी म खालि भएँ बदनाम
मैले पाएँ के श्याम ? किन जोड्यौ मेरो नाम ?

जोरपाटी १ काठमाडौ
२०७० भाद्र १८

No comments: