Wednesday, September 17, 2014

बाबाजीका ठुल्लुः भावार्थ



बाबाजीका ठुल्लुको भावार्थ


म ट्विटरमा पस्दा एउटा वाक्यांश 'बाबाजी का ठुल्लु' देखेर अचम्म मानेँ । जिन्दगीमा कहिले पनि नसुनिएको वाक्यांश देख्दा मैले दुईटा अन्दाजी लगाएँ । पहिलो, यो किशोरवयका भाइहरूलाई रमाइलो लागेर नया शब्द निर्माण गरेका होलान् । दोश्रो, बाबाजी नामले चर्चित एक जना ट्विटे भाइ भएकाले उनलाई उडाउन साथीभाइले सिर्जना गरेको वाक्यांश होला भनी सोचेँ । हुन त यो वाक्यांश भद्र त मलाई लाग्दैनथ्यो तैपनि लहडवाज भाइहरूले प्रयोग गरेकोमा असिलो मैले मानेको थिइँन तर पछिल्लो समयमा एउटी बहिनीले आएर अति सजिलैसँग एउटा भाइलाई "बाबाजीका ठल्लु" दिएपछि भने म यो वाक्यांशको अर्थ खोज्ने निर्णयमा पुगेँ किनकि पुरुषहरू अभद्र शब्द र गाली समेत सजिलै प्रयोग गर्न सक्छन् तर महिलाहरू वाक्य, वाक्यांश, शब्दहरूको पर्याप्त अर्थ नबुझी त्यसको प्रयोग गर्दैनन् । यसो हुनुमा नारी भाषाका पुस्तैनी संवाहक हुन् । उनीहरू सन्तान दर्सन्तान भाषालाई बोकेर जान्छन् र आफ्ना सन्तानले नराम्रा वाक्य, वाक्यांश, शब्द आफूबाट नसिकुन् भन्ने चाहन्छन् । त्यसैले फोहोर गाली गर्ने लोग्नेमानिस असंख्य हुन्छन् भने त्यस्तो गाली गर्ने आइमाई बिरलै भेटिन्छन् । हिन्दीमा 'बाबाजीका घण्टा, बाबाजीका लण्डा' जस्ता वाक्यांश त लोग्नेमानिसका मुखबाट पर्याप्त सुनिए पनि आइमाईका मुखबाट सुनिदैनन् । त्यसैले 'बाबाजीका ठुल्लु' वाक्यांश एउटी महिलाका मुखबाट सुनिएपछि ठुल्लुको अर्थ खोज्न थालियो ।

विभिन्न खोजीसंग्रहबाट के थाहा पाइयो भने हिन्दी शब्दकोशमा 'ठुल्लु' शब्दको कुनै अर्थ छैन र त्यो शब्द नै छैन शब्दकोशमा । त्यो शब्द त भारतिय टेलेभिजनको 'कमेडी शो' का कलाकार कपिल शर्माद्वारा निर्मित शब्द रहेछ । टेलिभिजन शोमा भाषामा चल्ती घण्टा, लण्डा जस्ता शब्द प्रयोग गर्न नमिल्ने भएकाले उनले ठुल्लु शब्द निर्माण गरेका रहेछन् । रमाइलो त के छ भने घण्टा, लण्डा जनाउदा देब्रे हातले झुन्ड्याएको दाहिने हातको कुहिनो समाएर दाहिने हात तल हल्लाइन्छ भने कपिल शर्माले दाहिने हात कुहिनोबाट ठड्याएर सर्पझै माथि हल्लाउछन् । तर तल हल्लाउनु र माथि हल्लाउनुमा विश्लेषकहरू त्यति फरक ठान्दा रहेनछन् किनकि लोग्नेमानिसको जननेन्द्रियलाई सर्पसँग तुलना गरिने भएकोले भावार्थमा घण्टा, लण्डा, ठुल्लु समानार्थी भएको भारतिय विश्लेषकहरू स्विकार्छन् । भारतिय कलाकारको नकलमा पोख्त नेपालीले त्यही नकलको सिलसिलामा समाएका रहेछन् यो 'बाबाजीका ठुल्लु' पनि । मैले यस्तै पाएँ खोजीमा ।

No comments: