Saturday, October 08, 2011

भाषा, जाति र सेना


नेपाल वहुभाषिक र वहुजातिय देश हो । यति धेरै जाति र भाषाभाषी भएको देश संसारमा बिरलै पाइन्छ । वहुभाषिक र वहुजातिय देशमा एउटा जाति र एउटा भाषाको अरु जाति र अरु भाषामाथि प्रभुत्व पनि सधै नै हुन्छ । चाहे त्यो कम विकसित इथियोपिया होस्, नेपाल होस् या नाइजेरिया या विकसित सोभियत संघ या संयुक्त राज्य अमेरिका नै किन नहोस् । एउटै राजनैतिक इकाइको रूपमा रहन र कारोबार गर्न एउटा भाषाको प्रभुत्वलाई स्विकार नगरी सुखै छैन । एक भाषाभाषी मात्र एक क्षेत्रमा रहेको स्विजरल्याण्डजस्तो उदाहरण दिएर  विभिन्न भाषाभाषी र विभिन्न जातजाति विभिन्न क्षेत्रमा छरिएर बसेको नेपाललाई भाषाका आधारमा या जातिका आधारमा विभाजन गर्न खोज्नु मुर्खता नै हो भन्ने म ठान्छु । दोश्रो, जातिहरूको आफ्नो आफ्नो चाख र विशेषता हुन्छ । भारतको मारवाडी, गुजराती र पारसी समूहले व्यापारलाई अँगाल्यो भने पंजावी, हरियाणवी र हिमाचलीले सेनामा दक्षता कायम गरे । बिहारी, बंगाली, उडिया, गुजराती या कर्नाटकीले सेनामा समान भाग पाइएन भनेर आन्दोलन गर्नुको कुनै तुक नै छ । नेपाली सेनामै पनि १३ प्रतिशत बाहुनले ८ प्रतिशत मात्र स्थान पाएका छन् जब कि १७ प्रतिशत छेत्री सेनामा ४३ प्रतिशत छन् भने ७ प्रतिशत मगरले ७ प्रतिशत स्थान ओगटेका छन् । भारतको जनसख्याको १० प्रतिशत ओगट्ने विहारले सेनाको ७ प्रतिशत भाग पाएको छ भने सेनामा 2.४ प्रतिशत मात्र पाउनु पर्ने पंजावले १६.६ प्रतिशत ठाउँ लिएको छ । उडिसाले त झन् आफ्नो भागको एक तिहाइ पनि पाएको छैन । मधेसकै संदर्भमा पनि आदिवासी मध्येका ७.२ प्रतिशत थारु, चौधरी, राजवंशीको अनुपात सेनामा ४.७६ प्रतिशत छ । 5.5 प्रतिशत नेवारको स्थान 6.6 प्रतिशतभन्दा बढी छ । त्यसैले समावेसीको अलग्गै सेना होइन, सेनामा प्रतिस्पर्धात्मक प्रवेश हो भने नेपालका माओवादी र मधेसी नेताहरूको आफ्ना आफ्ना सेना राख्ने साँठगाँठ केका निम्ति ?

No comments: