Wednesday, October 05, 2011

शुभकामना यो वर्षको दशैंको

हामीलाई जात्रा रमाइलो लाग्छ । हामीलाई भोज रमाइलो लाग्छ । देश टुक्रिने प्रकृयामा पुग्न थालेको छ तैपनि हामीलाई दशैको रमझम रमाइलो लाग्छ । सुख शान्तिको निम्ति शुभकामना दिन्छौं र शुभकामना लिन्छौं । पराया हो भने पूजाको मान्छे आँगनको मौलोमा ल्याएर गिंडे पनि हुन्छ । आफ्नो हो  भने सात खत माफ गरिदिनु पर्छ । अनि हामी भन्छौं – हामी समानता ल्याउछौं, हामी न्याय ल्याउछौं । कसको न्याय ? बाघको न्याय कि बाख्राको ? थाहा छैन हामीलाई । त्यसैले हामी शक्तिको पूजा गर्छौं । सके बोकै गिड्छौं, नसके घिरौंलो छिनाउछौं । बाघ रेट्ने आँट त हाम्रो छैन । तैपनि हामी बली त दिन्छौं नै । अर्को वर्ष हामी खण्डित देशमा  दशै मनाउछौं या सग्लोमा ? तर जेहोस् हामी यसरी नै मनाइ रहेका हुनेछौं । त्यसैले शुभकामना सबैलाई । दशैंको शुभकामना एक वर्षकालागि यो ब्लगका तर्फबाट ।

No comments: