Sunday, October 02, 2011

फेसबुकमा कसले के लेख्छ ?


सानासाना १०।१२ वर्षका केटाहरू नाम चलेका विदेशी खेलाडी र गायकका फोटोहरू झुण्ड्याउछन् फेसबुकमा । त्यही उमेरका केटीहरूमा हिरोइनका फोटो टाँग्छन् । टिनएजरहरू भने कोड भाषामा यौवन आएको जानकारी दिन्छन र प्रेमका कुरा गर्छन् । गधे पच्चिसीकासम्मका कुमार कुमारीहरू आत्मरतिमा मग्न हुन्छन् । पच्चिसीदेखि चालिसे नछोएका लोग्नेमानिस अर्काका आलोचना र आफ्नो आत्मश्लाघामा व्यस्त हुन्छन् र त्यो उमेरका आइमाई आफ्ना नानीका फोटो झुण्डयाएर आफ्ना तिनको बयान, पसलमा देखिएका कपडाको बखान र भोजभतेर खानाका गफ चुट्छन् । चालिस नाघेका लोग्नेमानिस जागीरे भए घुमारो पारामा आफ्ना हाकिमसाहेबको बखान गर्छन्, तलब बढेकोमा रमाउछन्, बढ्न नसकेकोमा गुनासो गर्छन् । राजनितिज्ञ आफू सबै जान्ने बुज्रुग्याइँ छाँट्छन् । अरु स्वीकृति लिएर अर्काको फेसबुक वालमा आफ्ना भनाइ राख्ने गर्छन् । बीबीसी वर्ल्ड त बेलायती साम्राज्यको समाचार गृह । ऊ त यसै अर्काकोमा छिरिदिन्छ । उसलाई त स्वीकृति पनि चाहिदैन जस्तो छ । अंग्रेजी शव्द trespass या intrude फेसबुकमा लागु हुदैन ।

No comments: