Saturday, October 01, 2011

तिमी पनि, ब्रुटस!


प्रसिद्ध अंग्रेजी नाटककार विलियम शेक्स्पियरको नाटक जुलियस सिजर मा भनिएको छ – जब रोमन साम्राज्यका सिनेटरहरू जुलियस सिजरको हत्या गर्न उनीमाथि छुरी लिएर खनिए, बलिया सिजरले रित्तै हातले पनि प्रतिरोध गरिरहे । जब उनका अंगरंग मित्र र विश्वासपात्र ब्रुटस पनि छुरी लिएर उनलाई मार्न अगाडि सरे, उनले आश्चर्यचकित भएर भने  , तिमी पनि, ब्रुटस ! (ET EL BRUTE) अनि हतास, निराश र बलहिन भएर तब सिजर बाँच्न चाहँदैन ।  भन्दै ढले ।

हाम्रा प्रधानमंत्री बाबुराम भट्टराईले केही गर्छन् भन्ने विश्वासमा परेका जनता उनी अमेरिकाबाट ओर्लदा विमानस्थलमा देखाएको बोलीले उनी पनि अरुभन्दा केही फरक नभएको देखाएपछि जनताले ET EL BRUTE भनेर सिजर झैं निराश भएकाछन् । उनकी पत्नि र मंत्रीहरूको उदण्डता उनका दलका सहयात्रीको मसालजुलुसभन्दा पनि नैराश्यजनक देखिन थालेको छ । उनी केही गर्न सक्छन् वा सक्दैनन् त्यो आउदो दुई हप्तामा प्रष्ट हुनेछ । उनी साँचै प्रधानमंत्री हुन् वा मकैबारीमा उभ्याइएका बुख्याँचा मात्रै हुन् त्यो निर्क्योल पनि त्यही समयमा हुनेछ । उनको टिममा शरद सिं भण्डारी र प्रभू साहको उपस्थिति अब प्रत्येक क्षण प्रत्युत्पादक मात्र हुनेछन् । झलनाथ खनालले प्रधानमंत्रित्वका अन्तिम दिनमा जस्तो भाषा बोलेका थिए त्यस्तै भाषा बोल्न थालेका छन् बाबुरामले । बाबुरामको अब ‘बबुरा म’ को बोली निस्कन थालेको छ । जनताको विश्वासको चुलीमा पुगेको नेता जब ओरालो लाग्न थाल्छ उसको नियति ब्रुटसको भन्दा गतिलो हुदैन । हाम्रा विद्वान प्रधानमंत्री त्यो नबुझेका पक्कै छैनन् ।

No comments: