Tuesday, October 04, 2011

देश किन चाहियो ?

दशै आयो । हिजो एउटी बहिनी रोइन् —घरमा ग्यास छैन, ग्यास कतै पाइदैन । अर्की बहिनीको पीडा थियो — नानीहरूको लुगा छैन, पैसा पनि छैन । घर जाने टिकट पाएन एउटा भाइले,  आमाबाबुको पर्खाइ बेकार हुने भयो उसका । अर्को भाइको गन्थन थियो – होटेल जतिमा खानै नहुने गरी टीभीमा पर्दाफास गरिदिए, अब भात खाने कहाँ ? नगरेकै भए हुन्थ्यो बरु । यो देश छ छैन, त्यो नै पनि अनुभूति हुन छोड्यो । सडकको बाटो हिड्दा वैतर्णीमा बखानिएको नरकको बाटो हिडेजस्तो लाग्छ । सबैको मनपरि देख्दा कानुन र सरकार नै छैन जस्तो लाग्छ । प्रमाणित अपराधीलाई माफी गर्दै पिडितको बोल्ने मुख थुन्दै हिड्छ सरकार । जब खाने छैन, पकाउने  छैन, कानुन छैन, न्याय छैन, पिडक र पिडित बीच फरक छैन तब किन चाहियो सरकार ? केलाई चाहियो यो देश ?  कसलाई चाहियो ? कोसँग छ यसको उत्तर?

No comments: