Sunday, May 01, 2005

देउवा गिरफ्तारी

वीस वर्षजति अगाडि राष्ट्रिय पंचायतको निर्वाचनमा मोरङ जिल्लाबाट एउटा व्यक्तिले चुनाव जितेका थियो जसलाई सो बेलाका अञ्चलाधिश सेनओलीको बुख्याँचा भनियो । वामपन्थी उम्मेदवारलाई हराउन अञ्चलाधिशले आफ्नै उग्र विरोध गराएर, थुनेर र क्षणमै छोडिदिएर एउटा बुख्याँचालाई बहादुर देखाउन मदत गरेका थिए र भनिन्छ - आफ्नो विरोधमा आफै पर्चा पनि छर्न लगाउथे रे उनी । विजय पछि बुख्याँचा उम्मेदवार पानीको थोपा झैं बिलायो । शेर बहादुर देउवालाई पनि त्यस्तै शैलीमा उठाइन्छ, समाइन्छ, छोडिन्छ, राखिन्छ र निकालिन्छ । यो एउटा राजनितिको आवश्यक शैली हो । डा.गिरी र किर्तिनिधि विष्ट पंचायत पाराको व्यवस्थाका संस्थापक मात्रै हुनसक्छन र निकट भविष्यमा उनीहरू अनुपयुक्तहुने कुरा पक्कै छ । उनीहरूद्वारा स्थापित ढाँचामा आउनसक्ने नेताले सरकारको नेतृत्व नगरी अन्तरराष्ट्रिय समुदायले यो व्यवस्थालाई पत्याउने छैन । नेपालको राजनितिमा प्रतिनिधिसभा भङ्ग गराउन, दलिय नेतालाई अपमानितगर्न, दलहरू फुटाउन या दलहरूबिचको मित्रता टुटाउन देउवालाई प्रयोग गरिएको र देउवाले आँखा चिम्लेर त्यसमा साथ दिएकाले र सो कार्यमा देउवा जत्तिको उपयुक्त नेता अरु देखिएका छैनन । फेरि देउवाको आफूलाई प्रधानमन्त्री बनाइ माग्ने भन्दा अरु कुनै राजनैतिक मुद्दा र माग पनि छैनन र आफ्नो माग पुरा भएपछि उनी आदेशको पालनागर्न पनि माहिर छन । त्यसैले यो देउवा गिरफ्तारी प्रकरण शेर बहादुर देउवालाई अगाडि ल्याउने पुरानो सेनओली शैली मात्र हो । यसलाई देख्नु नदेख्नु नेका -प्रजातान्त्रिक-का नेता र कार्यकर्ताको आफ्नो विचार हो र त्यसबारे सोच्नु वा नसोच्नु अरु दलिय नेताहरूको आफ्नो निति हो ।

No comments: