Sunday, April 17, 2005

छलफलका प्रश्न



मैले उठाएका प्रश्न यी हुन ।

  • नेपाल भनिने यो राष्ट्रको सम्प्रभुता कसमा निहित छ ?
    जनतामाथि शाशनगर्ने अधिकार कसको हो ?
    शाशनाधिकारिले गलत काम गर्‍यो भने त्यसको समाधान के हो ?

राष्ट्र भनिदा जनता, भूमी, सरकार र संप्रभुता चारलाई गनिए पनि बाँकी तीन जनताको सुख, शान्ति र स्वतन्त्रताका निम्ति चाहिने विषय हुदा जनता मूल र अरु सहायक हुन । त्यसैले राष्ट्रको सम्प्रभु जनता हो र त्यसको सम्प्रभुता जनतामा निहित हुन्छ । त्यो व्यवस्थित बनाउन संविधान बनाउने अधिकार जनताको हो ।

जनतामाथि शाशनगर्ने अधिकार सम्प्रभु जनताको मात्रै हो तर शाशनमा सबै व्यक्ति सहभागी हुन सम्भव नहुनाले जनताले आफ्नो तर्फबाट शाशन चलाउन निर्वाचित प्रतिनिधि पठाउछन र तिनै निर्वाचित प‍तिनिधिहरूले जनताको नाममा शाशन चलाउछन ।

प्रतिनिधि सज्जन भनेर छानिएका हुन्छन तर कतिपयलाई सत्ता र लोभले दुर्जन बनाउछ । दुर्जनलाई विधिसम्मत् सजायदिने काम संविधानप्रदत्त अधिकार प्राप्त निकायको हो र निर्वाचनमा गलहत्याउने काम जनताको हो ।

No comments: