Wednesday, August 20, 2014

भ्रष्टाचार विरुद्ध अभियान

भ्रष्टाचार विरुद्ध अभियान
(१२ वर्ष अगाडिको यो लेखलाई मैले पुन प्रस्तुत)

म प्रत्येक दिन बिहानी अखवारको पाना पल्टाउछु र मध्य पानामा लेखिने लेख पढछु। देशका जल्दाबल्दा समस्याहरूको विवेचना नै यस्ता मध्य पानाका लेखह1रूको उद्देश्य हुनु पर्ने हुनाले म मध्य पानालाई प्रथम पाना भन्दा प्राथमिकता दिने गर्दछु। मेरो यो सोच राष्ट्रिय र अन्तरराष्ट्रिय दुवै अखवारह1रूको अनुभवबाट आएको हो। अन्तरराष्ट्रिय अखवारह1रूमा त यो पानाका स्तम्भकारह1रूको पहँुच केन्द्रिय राजनितिज्ञह1रूमा समेत हुन्छ र यसका लेखह1रूले केन्द्रिय नितिका लक्षणह1रू समेत इङ्कित गर्दछन। नेपालको संदर्भमा पनि कतिपय स्तम्भकारह1रूको सम्बन्ध केन्द्रिय नेतासम्म पनि पाइन्छ तर त्यो पत्रकारिताको कारणले नभएर राजनैतिक कारणले हुने गरेको देखिन्छ। 

नेपाली पत्रिकाह1रूका मध्य पानामा सबै किसिमका विषय वस्तु छोइएको पाइए पनि नेपालको विकासको अवरोधको मूल समस्यालाई कसरी रोकथाम गर्ने त्यो बारे कही पनि छलफल गरेको पाइन्न। पहिले मैले सोचेको थिएँ - शायद त्यो बारे स्तम्भकारह1रूको दृष्टि नपुगेको हुन सक्छ। तर समयले के देखाइदियो भने हाम्रा स्तम्भकारह1रू आँखा अगाडिको सत्यलाई देख्न नसक्ने मुर्ख होइनन। उनीह1रूले त्यसमा चाहेर नै दृष्टि नदिएका हुन। जुन विषय वस्तु खोतल्नाले आफ्नो राजनैतिक आस्थामा धक्का लाग्न सक्छ या आफ्ना निकट राजनितिज्ञह1रूको स्वार्थ्यमा वाधा पुग्न सक्छ त्यो विषयमा उनीह1रू मौन बस्ने प्रवृत्ति शायद पत्रकारिता नभए पनि प्राकृतिक भने हो।
नेपालको विकास हुन नसक्नुको एउटै मात्र कारण भ्रष्टाचार हो र भ्रष्टाचारका जरा यत्रतत्र सर्वत्र देश भरि छरिएका छन। यसबाट म चोखो छु भनेर कसैले पनि दावी गर्न सकने परिस्थिती आज छैन। जो भ्रष्टाचारमा संलग्न भएको छैन उसले पनि भ्रष्टाचारलाई समाजको एउटा स्विकृत दिनचर्याको भाग ठान्ने परिस्थितिको वातावरण बन्नु नै भ्रष्टाचार एउटा समाज स्विकृत अपराधहुन पुगेको देखिन्छ। यसो नहुदो हो त भं्रष्टाचार गरे पनि यसो एउटा घर घडेरी जोडन हुने भ्रष्टाचार पो गर्नहुन्छ त भन्ने आशयको अभिव्यक्ति भ्रष्टाचार निवारण आयोगका मुख्य आयुक्तको मुखबाट आउने थिएन।  

कतिपयले सोचेका छन - भ्रष्टाचारले नेपालीह1रूलाई मात्र छुने गरेकोछ तर वास्तविकता त्यो भन्दा पर छ। गरीब देशका मानिसह1रूलाई पैसाले किन्न सकिन्छ भन्ने कुरा विदेशीलाई पनि थाहा छ र त्यसमा प्रयोगहुने पैसा मध्ये केही भाग यो नाम या ऊ नामले नेपाल सँग सम्बद्ध विदेशीले पनि यो देशमा उपभोग गर्दछ जुन कुरा आफ्नो देशमा गर्नसक्दैन। आफ्नै हातले नेपालीलाई दिनहुने राशी त ऊ तालिम, भ्रमण आदि अनावश्यक कार्यक्रम मार्फत उपलब्ध गराउछ नै, सो बाहेक ठेकेदार, कम्पनिप्रतिनिधि आदि द्वारा कमिशन रकम राशी पनि जुटाइदिन्छ। त्यसैले ऊ भ्रष्टाचारको माध्यम पनि बनिदिन्छ कहिले कहीं। 

नहुनेले मात्र भ्रष्टाचार गरेको छ भन्ने पनि होइन। धन सम्पन्न र सत्ता सम्पन्नले पनि उत्तिकै भ्रष्टाचार गरेका छन। राजादेखि जनतासम्म जो कोही पनि मौका पाउने बित्तिकै त्यो आहालमा पौडी खेलेकै छन। राजाको बोलीमा कानुन हुने पंचायती व्यवस्थामा राजपरिवारलाई त यसै पनि छुट थियो नै , नुनको सोझो गर्ने काले बाजे या अरु यस्तै सबैको निम्ति भ्रष्टाचार छुट थियो। ०३६ सालको जनमत संग्रहमा त थापा काजीह1रूले इतिहासमा नै नाम राख्नसक्ने विकृत भ्रष्टाचारको रूप देखाइदिए। त्यसैको देखासिकी जनप्रतिनिधि भएर सत्तामा आइपुगेका दलिय मन्त्रीह1रू पनि सत्तामा पुगे पछि सात खत माफ हुन्छ भन्ने विकृत धारणाले पतनको बाटोमा ओरालो लागे र पंचायती मानशिकतामा तालिम भएका कर्मचारीह1रू उनीह1रूका मार्गदर्शक बने। धन नभए सत्ताबाट ओर्लिए पछि केले राजनिति गर्ने भन्ने एउटा त्राश उनीह1रूको मनमा ल्याइदिएर उनीह1रूलाई भ्रष्ट बनाइयो। अन्यथा चिरञ्जीवी वाग्ले या खुम बहादुर खडका लोकेन्द्रबहादुर चन्द या सूर्यबहादुर थापा भन्दा भ्रष्टाचारको निम्ति मलिलो माटो त कसै पनि होइनन। 

अब विषय प्रशङ्गतिर जाऊँ। भ्रष्टाचारको अन्त्य नभई देश विकासगर्ने आशा एउटा दिवास्वप्न हो र भ्रष्टाचार एउटा अति निष्कृष्ट कार्य हो भनेर भ्रष्टाचारीलाई समाजमा हेयको वस्तु मानिने जनधारणाको विकास नहुन्जेलसम्म भ्रष्टाचार रोकिने सम्भावना छैन। एउटा मासिक रु.५००० कमाउने मानिसले पाँच वर्ष भित्र पाँच लाखको घर किन्छ र कानुनी दृष्टिमा अपराध गरेको छैन भनेर उसलाई छुट दिइन्छ भने त्यो कानुनले भ्रष्टाचारलाई प्रोत्साहन गर्दछ र छुट दिनेलाई नै पनि भ्रष्टाचारी भनेर कारवाही गरे हुन्छ किनकि मागेर त गौंथलीको गुँड पनि बन्दैन , गुँड पनि सिन्को सिन्कोले मात्र जोडिन्छ। आँखा अगाडिको सत्यलाई नियम र कानुनको छिद्रमा हालेर असत्य बनाउने प्रयाशै पनि भ्रष्टाचार हो। त्यसैले आमदानीको विवरण दिएजस्तै खर्चको विवरण पेश गर्ने वाध्यताले भ्रष्टाचार कम गर्न सक्छ। 

कसले भ्रष्टाचार गरेको छ र कसले छैन त्यो समाजमा घाम जस्तै छर्लंग देखिन्छ। हरेक भ्रष्टाचारको अन्तिम लक्ष त्यसको भौतिक उपभोग नै हो र समाजमा भ्रष्टआर्जन उपभोगको खोजी र पर्दाफासको निम्ति समूह गठन हुने बित्तिकै भ्रष्टाचार धेरै नै घटछ र ती समूहले कोही कसैको पर्दा च्यात्ने बित्तिकै धेरैलाई त्यसले सचेत गराउछ। त्यसैले भ्रष्टाचारको निरिक्षण र भण्डाफोर  गर्न सचेत नागरिकहरूको टोली पहिलो आवश्यकता हो।  

दोश्रो , न्यायप्रतिपादन पनि भ्रष्टाचार रोक्ने एउटा बलियो माध्यम हो तर यसले राम्रो काम गरेन भने यसले रोक्ने भन्दा बढाउने गर्दछ। नेपालको सन्दर्भमा पहिलो भन्दा पछिल्लोले धेरै काम गरेकोछ। नियम र कानुनका प्वाल नै खोज्ने हो भने त्यसलाई जहिले पनि र जसले पनि आफ्नै किसिमले परिभाषित गर्न सक्छ र त्यो भएको छ पनि। भ्रष्टाचार विरुद्धको अभियानमा त्यहाँ पनि चौकसीगर्ने समूहको आवश्यकता छ अन्यथा व्यवशायको इमान्दारीमा भन्दा कमाउने पेशामा लागेका व्यक्तिह1रूले भ्रष्टाचारीको कमाइमा हिस्सेदार भएर भ्रष्टाचारीलाई छुटाउने र छुट दिनेछन। भ्रष्टाचार निवारण आयोगले समाएका सम्पन्न र शक्तिशाली व्यक्तिह1रू अदालतसम्म नपुग्नु वा पुगेर पनि दण्डित नहुनुको मुख्य कारण नै न्यायप्रतिपादनको समयमा  जन चौकसीको अभाव हो। 

तेश्रो, बिरुवा जस्तो छ फल पनि त्यस्तै पाइने हो। 'जसरी कमाए पनि हुन्छ , कमाउनु चाहिं पर्छ' भन्ने बाबुको छोरो भ्रष्टाचार गर्न हिचकिचाउदैन। यो त देखिएको , भोगिएको सत्य हो। 'आजको युग व्यक्तिवादी युग हो , मान्छेको प्रगति भए देश त्यसै प्रगति हुन्छ' भन्ने गुरुका चेलाचेलीले गुरुको तलव लुटेर खान्छन। यो आजको वर्तमान हो। त्यसैले प्रजातन्त्रको नाममा बालकहरूको बिद्यालयमा मनपरी शिक्षादिने छुट दिनुहुन्न। शिक्षानितिमा नैतिकताको निश्चित माप र दायरा राख्नै पर्छ किनकि जसमा नैतिकता र माटोको माया छैन त्यो व्यक्ति देशमा हुने भ्रष्टाचारप्रति सचेत हुन पनि सक्दैन या जो बालक अर्काको मानु खाएर वा अर्को देशको भक्ति गीत गाएर पढाइ गर्छ त्यसमा यो देशप्रति माया र वफादारी हुनुपर्ने वाध्यता छैन र यो उसको देाष  पनि होइन। आफ्ना छोराछोरीलाई तिरङ्गा या स्टार एण्स्ट्राइप को हावा खुवाएर सोलुको भोटे या दाङको थारुको छोराको बराबरी राष्ट्रियता ल्याउछु भनेर सपना देख्नेहरू भ्रष्टाचारका अर्का नमुनाह1रू हुन। 

भ्रष्टाचारको अर्को ठूलो स्रोत वैदेशिक सहायता भएको छ। दाताह1रूका परामर्शदाताह1रूमा निश्पक्षताको कमी र वैदेशिक ठेकेदारह1रूको अपारदर्शी कमिशन प्रणाली लोभ्याउने र भ्रष्टाचार निम्त्याउने माध्यम भएको छ। कमिशन दिन सकिने तर त्यो रकम खुला देखाइनु पर्ने र त्यसको झुटो विवरण दिएमा ठेकेदार दण्डितहुने व्यवस्था दाताह1रूसँग नै तय गर्नु दुई पक्ष  बिचको नैतिक इमान्दारी हो र यसले उच्च पदस्थ अधिकारीबाट हुन सक्ने भ्रष्टाचारलाई रोक्दछ। यस्तो व्यवस्थाको निम्ति पनि सजग समूह सक्रिय हुनु आवश्यक छ। 

एक थरीको सोचाइ छ - भ्रष्टाचारको मूल जरो व्यवस्था हो। तर उनीह1रू के सोच्न सक्दैनन भने भ्रष्टाचार हिजो पनि आज भन्दा कम थिएन। उडने र गुडने घर हिजो पनि बनेका थिए , नेपालमा सय वर्षमा पनि नजन्मिएका सर्पका छाला हिजो पनि निकासी भएका थिए। त्यसरी नै रातारात लाखौं बिगाहा बन स्वाहा भएका थिए। हिजो पनि आज जस्तै एउटा देश हिडेका प्रधानमन्त्री अर्कै देश पुगेका थिए। राष्ट्रबैंकबाट स्विसबैंकमा व्यक्तिको नाममा रकम उडेको पनि हिजो नै हो र नमिता र सुमिताले न्याय नपाएको पनि त्यही हिजोको दिनमा हो। फरक कति मात्र हो भने हिजोका दिनमा कानुन बनाउनेलाई कानुनले समाउन सक्दैनथ्यो भने आज स्वयम कानुन बनाउनेहरू त्यही कानुनको दाम्लोले बाँधिएर आफूलाई निर्दोष प्रमाणित  गर्नु पर्ने वाध्यताले जेल भित्र परेकाछन। शिशु अवस्थामा नै भएकोले यसका कमी , कमजोरी भए पनि  प्रजातन्त्रको विशेषता भन्नु नै यही हो। व्यवस्थामा परिपक्वता आउन त समय लाग्दछ। त्यसैले प्रजातन्त्रप्रति आस्था राख्नु हाम्रो परिपक्वताको परिचय हो। 

आउनोस , भ्रष्टाचार विरुद्ध एउटा अभियानको थालनी गरौं। एउटा सजग समूहको थालनी गरौं। शुभ कार्यको निम्ति सबै क्षण शुभ हुन र ढिलाइ हाम्रो कमजोरी बन्न सक्छ। 

 रामप्रसाद दाहाल
बागडोल , ललितपुर,
२४ मार्ग २०५९

No comments: