Wednesday, August 20, 2014

सम्पादक कठघरामा

सम्पादक कठघरामा

आधा शताब्दि भन्दा अगाडि जर्मनीका हिटलर र नाजीहरूले यहदीहरू माथि अमानविय अपराध गरे र आजका नाति र पनाति जर्मन पुस्ता त्यो अपराधको क्षमा याचना गर्छन । आफ्ना पुर्खाको जमिन भोगेका र राष्ट्र र पुर्खाको नाम बोकेको कारणले नै आफूले नगरेर पुर्खाले गरेको अपराधको निम्ति पनि उनीहरू क्षमा माग्दछन । हिटलरको अपराध भन्दा पहिले नै देशा छोडेर हिडेका जर्मनहरूले क्षमा माग्नु पर्ने कारण छैन । प्रशङ्ग यही बाट शुरु गरौं ।

जेठ २१ को कान्तिपुर दैनिकको मुखपृष्ठमा 'प्रधानमन्त्रीको भारत भ्रमण' र 'सैनिक भर्ना र खरिद रोक्का' जस्ता राष्ट्रिय चासोका दुई समाचार कै हाराहरीमा 'छोरीको सफलताको फ्यान' शिर्षकमा अर्को मुख्य समाचार छापिएको छ । मुखपृष्ठको समाचार खण्डको झण्डै २० प्रतिशत स्थान ओगटेको त्यो पछिल्लो शिर्षकको मुख्य समाचार के हो ? त्यो बुझ्न गाहारो छ ।डा.भेषबहादुर थापाले छोरीका पाठकहरूले उनीलाई प्रतिगामीको कित्तामा राखेकाछन भनेर भने पनि उनीलाई प्रतिगामी बाहेक सबैले नै प्रतिगामीको कित्तामा राख्छन किनकि प्रतिगामी आचरण र वातावरणमा हुर्किएर प्रतिगामी सुविधा भोग गर्न प्रतिगामी अ-विधिबाट राज्य प्रशाशनमा छिरेका उनीले सधै नै प्रतिगमनलाई नै सघाएका हुन । साँचै भन्दा उनीलाई त लोकमान सीं कार्कीको परिपक्व रूप मान्दा हुन्छ । त्यसैले त्यो समाचार नबन्नु पर्ने । आजको युगमा प्रतिगमनको बढाइ मुख्य समाचार बन्ने सम्भावना त इन्कार गर्नै पर्छ ।दोश्रो, मञ्जुश्री थापा मुख्य समाचार बन्ने उनको कार्य के हो ? प्रतिगामी बाबुको आर्जनमा हुर्केर, त्यही आर्जनमा संसार भ्रमण गर्दै हिडने र बाबुको र्सार्वजनिक अपराधको क्षमा याचना स्वरूप प्रतिगामी कदम भत्काउन सिन्को सम्म भाँच्न प्रयाश नगर्ने मञ्जुश्री थापा २।४ अक्षर प्रजातन्त्र बारे कोर्दैमा अग्रगामी हुन्छिन कसरी ? र कसरी मुख्य समाचार बन्छिन - भनाइ मात्रै प्रमाण हुने भए त राजाका अमरवाणीहरू चोकचोकमा प्रदर्शन गरिएका थिए । जनताले पत्याएनन । कि यसलाई नारायण वाग्लेको नाम पनि मिसाएर सँगै भजाउन खोजिएको हो ? एउटी लेखकको नै हैशियत हो भने यसै अंकको दोश्रो पेजको कुनामा खोजेरै मात्र भेटिन सक्ने ठाउँ पाएका 'सिक्काका दुई पाटा' का लेखक उन्नति बोहरा 'शिला' को भन्दा धेरैधेरै ठूलो स्थान पाउने हैशियत के हो ? कि यसै अंकका स्तम्भकार कृष्णज्वाला देवकोटाले भने झैं सम्पादकले धान र भुस छुटययाउन जाने पनि कुनै अर्कै प्रयोजनका निम्ति भुस छापेका हुन ?
(८ वर्ष अगाडिको मेरो ब्लग repost गरिएको)

No comments: