Tuesday, August 05, 2014

प्रेमपत्र(कविता)

भान्कामय प्रेमपत्र

लेख्यौ होली नि तिमीले प्रेमपत्र ?
यहाँ त हुलाकीको ठेगान हुदैन
मेरो नामको प्रेमपत्र
मलाई नै दिदैन ।

पढ्यौहोली नि भान्काको चिट्ठी बाजेको नाममा ?
हुलाकीले अझैसम्म पुर्याएन
पक्कै लेख्यौहोली नि प्रेमपत्र तिमीले
म कहाँ पो उसले ल्याएन।

धर्सा देखेथेँ आकासको लालिमा मैले
बादलले छेक्यो पढ्न भ्याइनँ
कतै उतै त हुत्याएन हुलाकीले ?
के भर डाहाडेको ! थाहा पाइनँ ।

नलेखी त सकिनौ तिमीले चिट्ठी
शायद ठेगाना थाहा भएन
भान्कालेझैँ पठायौ कि चिट्ठी
हुलाकीले चिट्ठी ल्याएन ।

लेख्यौ होली नि तिमीले प्रेमपत्र ?
यहाँ त हुलाकीको ठेगान हुदैन
मेरो नामको प्रेमपत्र
मलाई नै दिदैन ।

No comments: