Sunday, March 16, 2014

रूपान्तरमा समाज

रूपान्तरमा समाज

उहिले मेरो बाजेका पालामा ५० जनाको जहान थियो । मेरा बाबुका पालामा त्यो १५/२० जनामा झर्यो । मेरो त ८/१० सम्मको परिवार भयो । मेरा छोराहरू३/४ को सीमित परिवारमा गए । परिवारको रूप बदलिदै गयो र त्यही अनुरूप बदलिदै छ समाज पनि । अर्थात् हाम्रो संविधान जस्तै हाम्रो समाज पनि परिवर्तनको अन्तरिम कालमा छ । एकातिर युवाहरूमा त्यो संयुक्त परिवारको छाया मेटिएको छैन त अर्कोतिर परिवर्तनको लहरसँगै दौडनु पर्ने अवस्था पनि विद्यमान छ । बुढा आमाबाबु गाउँको दैलो समाएर बसेका छन् त छोराछोरी सहरमा हातमुख जोड्ने, थातथलो बसाउने मुसेदौडमा कुदी रहेका छन् । न छोराछोरीलाई आमाबाबु हेर्न आउने फुर्सद छ न आमाबाबु परदेश जाने संभावना हुन्छ । सहरमा बस्ने आमाबाबुको हालत पनि कुन गतिलो पो छ र ? तिनका छोराछोरी पनि विदेशमा उहीँ मुसेदौडमा छन् ।नानी स्याहार्नु परे झिकाउछन् ामा र बाबू पछि लाग्छन् केही समयको निम्ति । अन्यथा बुढाबुढी विरामी पर्दा पनि भेट्न आउने फुर्सद हुन्न ुउनीहरूलाई उनीहरूको हेरचाह गर्ने कुरा त परैको । तैपनिपुरानो संझनाले देशमा बस्नेले म फलानो ठाउँको पो गाउँको र विदेशमा बसाइँ सरेकाले म त नेपाली पो त भन्दै गाउँ र देशको मसयामाया देखाुउछन् । गाउँ र देशबाट राम्रो ठाउँमा पुगेपछि केको माया भन्न सक्दैनन् र घरबाट माइत आएकी चेलीलेझैँ पुरानो थलोमा कोशेली बोकेर आउछन् ।
शायद यसको अन्त्य नहुने देखेर होला देशभरि वृद्धाश्रमहरू बनिरहेका छन् ।

No comments: