Saturday, August 04, 2012

सौदामिनी - ८


सौदामिनी


देख्यौ कसैले कि?” – म सोधी हिडथें
हिडेकी नानी बिच हुरी रातमा
भन्थे सबै – “मुर्ख भयौ कसोरी
छोडेर नानी प्रलयको साथमा?”

चौकीमा सोधें – “कहीं भेट्नु भो कि?”
पुर्पक्ष गर्दं कति दिन बिताए
बाटोमा सोधेँ वटुवा मिलेर
बौलाहा हो यो भनी दोष लाए ।

उसलाई खोजी के पाउथे म?
थियो न नाता, नजिकै थिएनौं
आमा र बाबु जसलाई बिर्से
दुई हामी मात्रै किन छुट्टिएनौं?

थकित भइ पागल झैं घुमेर
गएर पल्टें नदीघाट पाटी
जोगी बसेकाले धुनी जगाई
सोघे दया दुष्टि दिई म माथि ।

बच्चा ! कुनै दुख ठूलो परे झैं
थकित निश्तेज तिमी भएछौ
बाटो भुल्यौ कि रसस्वादनमा?
कसलाई हेछौं? कुन चिज खोज्छौ?”

जे खोजी हिडथे उनी बाट मैले
त्यो भेट्न सक्ने त कृुरै थिएन
परन्तु सोधे पछि शुद्ध मनले
नबोली केही त हुदै भएन ।

बाबा ! बसी जङ्ग, घाट माझ
देवी कतै देख्नु भयो कि कहिले?
कि आश आशैमा बितिरहेछ 
बेकार झैं जीवन सम्म अहिले?”

भनाइ मेरो सुनी आँशु झारी
सहश्र धारा गरी जोगी रोयो
आश्चर्य भै हेरी बसें उसैमा
बुझें कही भित्र मुहान छोयो ।

प्रंाणीको चोला, छोटो छ आयु
चोला कति पर्छ गुजार्नु पहिले
देवादि दर्शन् सजिलो हुदैन
तिनलाई भेटछन् केवल कसैले ।

म जोगी भै वर्ष एघार देखि
पचास नाघें दशकै पहिले
झल्को कतै पाइनँ देवी देव
मारे थिएँ दर्शन आश मैले ।
महिना अगाडि दुई चार यस्तै
म ध्यानमा मग्न थिएँ बसेर
प्रचण्ड आँधी हुरी बेग आयो
दशै दिशा ढाकी दशा बनेर ।

काम्थे बुटा, झार र रूख पात
सिठ्ठी फुके झैं गरी वायु चल्थ्यो
कतै फुटी अम्बर झर्छ कि झैं
थर्काउदै मेघ धरा दगुर्थ्यो ।

घोप्ट्याउथ्यो पानी वरुण आफैं
लेदो र माटो जल बोकी बग्थ्यो
दायाँ र वायाँ नदीका किनारा
त्यो भेल पानीले सबै पुरेथ्यो ।

ज्योति कहीं भित्र झलक्क आयो 
आँखा खुले छोडी समाधी चट्ट
चम्क्यो बिजुली नदी तिर बिच
देखें भवानी नविना स्वरूप ।

उमेर होला कम वार्‍ह भन्दा
मुहार श्री चन्दं र सूर्य जस्तो
कपालको रङ्ग थियो सुनौला
दीप्ति र आभा नव सूर्य जस्तो ।

भवानी माता भनी हामफाली
म दौडिएँ दर्शन देवी गर्न
आँधी, अँध्यारो, हुरीले मिलेर 
छेके अगाडि म सकिनँ बढन ।

टाडै बगरमा परी लम्पसार
दुई हात जोडें सम्झी मुहार
बसिरहें दृष्टि उतै दिएर
आशा लिई दर्शनको हजार । 

झलिक्क चम्क्यो बिजुली निमेष
थिइन् भवानी बिच पानी माथि
आशिष दिइन् खालि उठाइ हात
चमक सँगै अल्पिगइन् ती राति ।

यही फरक जोग र भोगमा छ
पाउछ जोगी कहीं देवी देव
भोगी सधैं अल्मलिएर बस्छ
 भन्दै ऊ माया, ममता र शोक ।

आउ तिमी साथ समाधी लाउ
म जोगको मार्ग सिकाइ दिन्छु
दर्शन कुनै दिन त अवश्य होला
त्यो मार्ग छोटो म बनाइ दिन्छु ।

जुन रूपको दर्शन एक निम्ति
जोगी बस्यो एक जुनी समाधी
ती देवीलाई कसरी म पाउँ्क 
फाल्दै नफाली परमायु आधी?

पाएँ जति जो त्यति नै बढी भो
पाउन फेरि जुनी कुर्नु पर्छ
भौतारिदै पर्दछ हिडनु प्िहले
संसार सागर पनि तर्नु पर्छ ।

जो ज्ञान पाएँ धुनी सामु मैले
भन्दा कुनै जोग कमी भएन 
पाएँ जो दिक्षा गुरु जोगी बाट
जोगी गुरु धन्य न भै भएन ।

बाबा ! पुग्यो मार्ग छ जोग गार्‍हो
भोगी छु यसमा म कसै रमिन्न
जो ज्ञान भो दान म धन्य ठान्छु
बाटो त्यो भन्दा परको म लिन्न ।” 

For full text go to http://dahals.awardspace.com/mywritings/saudamini.html

No comments: