Wednesday, February 20, 2013

तीन कविता




 मकै र म


जँघार तर्न लाठी समाएकी थिएँ मैले
मकैको ढोड भएर निस्कियो ऊ
न बल भयो काठको लौरो झैँ उसमा
न ऊखु लाक्रोमा झैँ रस नै भयो
केवल बोक्न गाहारो, छोड्न गाहारो
एउटा लेठो मात्रै भयो ।
पल्टाउदै गएँ पत्रैपत्र अतितका खोसेल्टा
जति पल्टाएँ पनि सुन्दर आशा पाएँ
घटनाका दानाहरू छोड्याउदै गएँ म
एक पछि अर्को,
चिल्ला आशाका दाना भेटेँ त्यहाँ
पिडाका घुनले खाएका दाना पनि देखेँ
झर्दै गए परपर दानाहरू
सर्दै गए परपर आशाहरू
र निराशाको खोयो मात्र मेरो हातमा ।
एकातिरको दानाको थुप्रो गयो कसैले बोकेर
अर्कोतिर खोसेल्टाको रास सोहोर्‍यो कसैले;
मसँग त खालि मकैको ढोड
हुत्याउन गाहारो मकैको ढोड
र केवल त्यही मकैको खोयो
मेरो भविष्य तताउने आशाको खोयो ।


सूर्योदय बेलामा

थिए बादल शुन्यका नभ, धरा आकाश खाली थियो
धर्ती शितल शितले द्रवित भई सार्‍है भिजेको थियो ।
पूर्वी धर्ती सीमा गुलाफी रङले लाली चढे झैँ थियो
आकाशैभरि छ्याल्लब्याल्ल रूपमा ज्योति फुटेको थियो ।।

टुप्पो लाल हिमालको दहकिदो आग्नेयको कोइलो
जस्तै तप्त थियो तथापि तलको माटो भिजेको थियो ।
झर्ने चल्छल छल्कदै हिमसुता पवित्र स्वच्छन्द भई
थियो खाली किनार निर्जीव सबै प्रभाति संध्या सँगै ।।

आई रूपवती सँभाली कटीमा घैला धरा निर्मिता
संध्याश्नान निमित्त राखी तटमा आफ्ना लुगा साथका ।
पानीभित्र पसेर चुर्लुम डुबी ऊ एकवस्त्रा सुता
अँगालो जलवेगले लिई दियो मानौँ ऊ उसकै प्रिया ।।

आत्तिदै जलचाप व्याप्त युवती आकाश फर्की उठी
पन्साई जलवेग हात दुईले आफै किनारा पुगी ।
निस्के घाम झुलुक्क शैलशिरमा नारी गुलाफी भई
जोडी हात दुवै रवितिर भई ऊ प्रार्थनामा गई ।।
 



x'sL{ 5g\ pgL

x'sL{ 5g\ pgL t ;do;Fu}Ù
lxhf] sfFvLdlg l5ly{g\
cfh k/k/ x'lG5g\,
lxhf] nfh} gdfgL 6fFl;g k'lUyg\
cfh nfhn] cg'xf/ 5f]lK5g\,
sfofkn6] eof] s;/L
lxhf]sf] cfh} <

x'sL{ 5g\ pgL t ;do;Fu}Ù
l5d]ssf] Tof] km'Rr]l;t
lxhf] le8\g hfg] uly{g\,
/ftf] d'v kfb}{ cfh
k/} a;L s'/f ul5{g\,
d]nldnfk eof] s;/L
lxhf]sf] cfh} <

x'sL{ 5g\ pgL t ;do;Fu}
lxhf] gfgL agL sfFvdf al:yGg\
cfh gfgL af]s]/ cfO5g\,
lxhf] ld7fO{ r';]/ al:yg\
cfh gfgL r';fpg EofO5g\,
kl/jt{g of] eof] s;/L
lxhf]sf] cfh} <

No comments: