Tuesday, January 08, 2008

पानीको देश


इतिहास पटक पटक दोहोरिन सक्छ तर एउटै भुल पटक पटक एक अर्कोले दोहोर्‍याउदै गयो भने उसले अरुको इतिहास बाट पाठ नसिकेको हो भन्न कर लाग्छ । दुर्मनशायले त्यो गरिएको हो भने त दुर्जनको ओखती हुदैन, नियत असल नै राखेको हो भने वास्तविकता र इतिहास दुवैलाई मनन नगरी एकोहोरो राग अलाप्ने हो भने सुमनशाय र दुर्मनशायको विचमा अन्तर हुदैन ।

डेढ दशक अगाडि नेपाल विद्युत प्राधिकरणले अरुण ३ को आयोजना अगाडि बढाउदा त्यो आयोजना भाँडनेहरूको लहैलहैमा लागेर नेकपा एमालेले सहयोग ऋणदाता विश्व बैंक सम्ममा विरोध गर्न पुग्यो र देशको दल मध्ये एकको प्रत्यक्ष विरोध देखे पछि विश्व बैंकले त्यो आयोजना बाट हात झिक्यो र अहिले पनि त्यो आयोजनाले राम्रा दिन देख्ने छाँट छैन । त्यो आयोजना सफल भएको भए नेपालले अहिलेको बिजुलीको हाहाकार बेहोर्नु पर्ने थिएन तर व्यक्तिगत स्वार्थ सिद्ध गर्न चाहनेहरूले दलिय स्वार्थलाई हावा दिएर त्यो आयोजना तुहाइ दिएको नेकपा एमालेले धेरै पछि मात्र थाहा पायो । त्यही एक मात्र कारणले नेकपा एमालेको छवि विद्युत विरोधि भएको मेटाउन गाहारो परेको छ । त्यो आयोजनामा अपारदर्शिताको कुरा उठाएर नेकपा एमालेले गरेको गल्ती अहिले नेकपा माओवादी इतिहास दोहोर्‍याइ रहेको छ । मेलम्ची आउछ आउदैन त्यो विवादको विषय बनिसक्यो र काठमाडौलाई सुकेधारा, ढुंगेधाराको पानीको आश देखाएर टैंकरमा मात्र होइन बोतलमा पानी बेच्नेको समूह पनि अब माओवादीका गुणगान गर्न थालेकाछन । माओवादीले 'सहरमा विकाश नभइ गाँउमा जान सक्दैन' भन्ने माओको सोचलाई मूलमंत्र बनाएकाछन र देङ स्याउ पिङले भने झैं विकाशको क्रम र सुविधा सहरबाट शुरु हुने कुरा मान्न तयार छैनन ।

यस्तै घटना दोहोरिन लाग्दैछ नेकपा माओवादी बाट । नेकपा माओवादी घुर्क्याएर निस्केको बेलाको मंत्री परिषदले निर्णय गरी दिन लागेको विद्युत योजना निर्माणको काम माओवादी आफ्नो अनुपस्थितिमा भएको भनी त्यसलाई विरोध गर रिहेकाछन तर न त्यसको औचित्या प्रमाण गरिरहेकाछन, न विकल्प नै दिएका छन । यस्तो जिम्मेवारी विहिन कार्यले देशको विद्युत विकाशले कुन रुप लिने हो र जनता विद्युतको सुलभ उभपोग बाट कहिले सम्म वञ्चित हुन् कुने निश्चित छैन ।

No comments: