Tuesday, August 28, 2012

टिप्पणी - ७


पहिचान र अधिकार

दुई दाजुभाइको सम्पत्ती हडप्नु पर्‍यो भने उनीहरूको कुभलो चाहनेले उनीहरू बीच छुल्याइँ हालेर विभाजन ल्याउछ र तिनीहरूमाथि आफ्नो अधिकार जमाउछ । दाजुभाइका बीचमा केही असमानता हुनु नौलो कुरा पनि होइन । त्यस्तो विभाजनले नोक्सानी ल्याउने सधैँ दाजुभाईलाई नै हो । समानता कही पनि छैन र सम्पूर्ण समानता त कही पनि हुन सक्दैन । यसरी दाजुभाइ भिडाउनेको आफ्नो निजी स्वार्थ हुन्छ त्यो विभाजनभाट फाइदा उठाउने । सामान्य जीवनमा परिवारमा यस्तो समस्या देखा परी नै रहन्छन् । राज्य पनि परिवारको एउटा विशाल रूप मात्रै हो । त्यहाँ पनि परिवारमा जस्तै असमानता देख पर्दछन् । कही क्षेत्र बीच असमानता हुन्छ, कहीँ जाति बीच र कहीँ वर्ग बीच । व्यक्ति व्यक्ति बीचका असमानता त असंख्य नै हुन्छन् त्यहाँ । राज्यले यस्ता असमानताहरूलाई न्युनिकरण गर्न सक्छ, निमिट्यान्न पार्न सक्दैन तर यस्तो असमानतालाई नै वैमनश्यताको विज बनाएर विभाजन गर्न र फाइदा उठाउन एक थरी मानिस, समूह, दल या राज्य नै पनि सधैँ तयार रहन्छन् ।

नेपालको सन्दर्भमा पनि यस्तै लागु भइरहेको छ । यो देशमा असमानता छन् जातिय, क्षेत्रिय, वर्गिय सबैतिर । ती असमानताका समाधानका विभिन्न उपायहरू छन् तर वर्गियद्वन्दका पक्षपाती  माओवादीहरूले वर्गसंघर्षको साटो जातिसंघर्षलाई बढावा दिएर आफ्नो स्वार्थको लागि यस्तो असमानताको अपव्याख्या गरेर जातिजाति बीच द्वन्दको विजारोपण गरे । खसआर्यहरूको विरुद्धमा आदिवासी र जनजाति भावनालाई उक्साएर आफू सत्तामा पुग्ने प्रपञ्च रचे जसको परिणाम सयौँ वर्षदेखि विद्यमान जातिय सद्भाव खल्बलियो र जाति बीच द्वन्द बढ्ने संभावना बढ्दै गयो ।

माओवादीको जातिय विभाजनको पहिलो आधार हो जातिय पहिचान । वास्तवमा के हो त जातिय पहिचान ?

मानिसको उत्पत्तीको समयदेखि बिभिन्न जातिका मानिसहरू देखा परे जसमध्ये अहिले ककेसियन भनिने नाकचुच्चे आर्यसमूह, नाक नेप्टे मंगोलसमूह र ओठल्याब्रे निग्रोसमूह तीन प्रमूख पहिचान हुन् आजको विश्वमा । उनीहरूको पहिलो पहिचान भन्नु नै उनीहरूको शारीरिक बनोट हो । तर त्यतिले मात्रै विभाजनको अन्त्य भएन । जो जहाँ बस्यो त्यो क्षेत्रको नाममा अर्को पहिचान शुरू भयो । ककेसियन युरोपेली भए, भारतिय भए, अरब भए र त्यसरी नै बाढिए अरू समूह पनि । एक अर्काबाट धेरै टाढा बसेपछि बोली, लवज, शब्द, व्याकरण सबै नै फरक हुदै गएर एक अर्काले बुझ्नै नसक्ने गरी परिवर्तन भए । भाषा तेश्रो पहिचान बन्न पुग्यो । फरक बोली, फरक स्थान र फरक वातावरणमा बसेका मानिसका समूह बीच आचारविचार, रहनसहन, रितिरिवाज पनि फरक बन्दै गए जसले सँस्कृतिको नाम पायो । यो अर्को पहिचान हो । यतिमा पनि पहिचानको अन्त्य भएन । सबै चिज एकै हुदाहुदै पनि समूहमा कबिला(clan) भन्ने पहिचान देखा पर्‍यो । कबिलाभित्र पनि कुन खाल, कसको सन्तान भन्ने वंशगत पहिचान स्थापित हुन पुग्यो भने प्रत्येक व्यक्तिको 'म फलानो' भन्ने नाम उसको अन्तिम पहिचान भयो । यसरी हेर्दा म फलानो व्यक्ति हुँ भन्ने पहिचान नै मूल पहिचान हो र व्यक्तिको परिचय नभए उसलाई अरू पहिचानले कहीँ पनि पुर्‍याउदैनन् । व्यक्तिको विकासले मात्रै समूह विकास हुन्छ र व्यक्ति विकासको लागि समयको चालसँगै परिवेश अनुरूप मानिस पनि परिवर्तन हुदै जान्छ । आधुनिक मानिसको रूप ऊ जहाँ पुग्यो त्यहीँ अनुरूप ढाल्न सक्ने विशेषता हो ।

एउटा सामान्य व्यक्ति, चाहे ऊ नेपाली होस् या जर्मन, फ्रेन्च होस् या इन्डोनेसियन, जीवन धान्नको निम्ति कहीँ अन्जान मुलुकमा पुग्यो भने उसको पुरानो पहिचान रहदैन । उसले त्यहाँको रैथाने समूहको भाषा, सँस्कृति, अँगालेर आफूलाई त्यहाँको परिवेशमा मिलाउनै पर्छ । त्यो व्यक्तिको भाषा, सँस्कृति र सँस्कार परिष्कृत भए पनि त्यसलाई उसले त्याग्नै पर्छ, अन्यथा ऊ त्यहाँ बाँच्न सक्दैन । त्यस्तै एउटा ठुलो जमात २।४ जनाको मात्र समूह भएको रैथानेहरू बीच पुग्यो भने रैथानेहरू सँस्कृति हराएर आगन्तुकहरूको भाषा, सँस्कृति रैथाने बन्न पुग्छ । आगन्तुक रैथानमा परिणत हुनु या आगन्तुकले रैथानेलाई परिणत गर्नु यो प्राकृतिक नियम हो । विजेता सँस्कृतिले विजित सँस्कृतिलाई मेटाउन खोज्छ तर उसको सफलता उसको समूहको संख्या, उलको सँस्कृतिको स्तर र उसको स्थायित्वमा भर पर्छ । हुणहरूले रोम त जिते तर उनीहरू त्यही रोमन सभ्यतामा बिलिन भए । साँस्कृतिक रूपमा उच्च र संख्यात्मक हिसाबले धेरै रोमवासीहरूको तुलनामा उनीहरूको उपस्थिति, र विजय नै पनि, नगण्य भयो ।

नेपाली समाज पनि अपवाद होइन । हजारौ वर्षको अन्तरालमा पूर्व, पश्चिम, ऊत्तर, दक्षिण चारैतिरबाट नेपाल छिरेको कुरा इन्कार गर्न सकिदैन । राईलिम्बु किरातिहरू उत्तर र पूर्वबाट छिरे । यसरी नै छिरे शेर्पा, तामाङ, भोटे र लेप्चाहरू उत्तरबाट र मगर गुरुङ उत्तर-पश्चिमतिरबाट नेपाल पसे । त्यहीबाटो समाएर आएका हुन् खसआर्य भने आदिआर्यहरू दक्षिणबाट पसे । खोज्दै जाने हो कतिपयको पुर्ख्यौली दक्षिण भारत पुग्न सक्छ, कतिपयको मध्यएसियाको खसक्षेत्र र कतिपयको गोभी मरुभूमिभन्दा माथि पुग्न सक्छ । यति ठूलो अन्तरालमा मानिस यसरी मिसिदै र फैलदै गए कि वर्तमानमा नेपालमा एउटा अति सीमित क्षेत्रभन्दा बाहिर कहीँ पनि र कसैको पनि वहुमत रहेन । त्यसैले कुनै क्षेत्र कुनै पनि जातिको सबै नै साझा बन्न पुग्यो । नेपालको अहिलेको वास्तविकता यही नै हो र समूह विशेषले कुनै क्षेत्रमा विशेष अधिकार लिनु नै अरू समूहलाई समानतको अधिकारबाट व़ञ्चित गर्नु हो तर कुनै समूहको भाषा, सँस्कृतिको विकासको लागि विशेष सुविधा लिने कुरा भने न्यायसंगत देखिन्छ ।

Monday, August 20, 2012

टिप्पणी - ६

जाति तथ्याङ्क


जातिय तथ्याङ्कले धेरै कुरा प्रस्ट्याई दिन्छ । प्रथमत यसले जातिहरुको बसोबासलाई औँल्याई दिन्छ, त्यो समाजमा उसको उपस्थिति देखाई दिन्छ । त्यो बाहक कुनै जाति किन त्यो ठाउँमा पुग्यो र किन त्यहाँ बस्यो त्यो पनि जानकारी दिन्छ जाति तथ्याङ्कले । नेपालका जातिहरूका सम्बन्धमा पनि यही कुरा लागु हुन्छ ।

Thursday, August 09, 2012

टिप्पणी - ५


मानव विकासमा संवृद्धि

नुनिलो माहासागरमा एउटा जीवाणुको उत्पत्ति शायद घटनावस भयो होला तर उसको वंशवृद्धि भने गुणनवर्गको अनुपातमा भयो । उसका वरिपरि पर्याप्त खाद्यसामग्री थियो तापनि बलियो र छिटोले त्यहाँ पनि अरूलाई लखेटेर आफू पहिले खान्थ्यो । भाले र पोथीको विकास भएपछि त बलियोले प्रजननको अधिकार पनि आफूमा सीमित राख्न चाहन्थ्यो र आफ्ना प्रतिद्वन्दीलाई लखेट्थ्यो पनि । पशुका त कुरै छोडौँ, आदिम मानिस पनि यस्तै आचरण देखाउथ्यो । मानिसको मानसिक विकास हुन थालेपछि मात्रै मानिसमा अरू प्राणीभन्दा फरक आचरण देखा पर्न थाल्यो । 

Saturday, August 04, 2012

सौदामिनी - ८


सौदामिनी


देख्यौ कसैले कि?” – म सोधी हिडथें
हिडेकी नानी बिच हुरी रातमा
भन्थे सबै – “मुर्ख भयौ कसोरी
छोडेर नानी प्रलयको साथमा?”

चौकीमा सोधें – “कहीं भेट्नु भो कि?”
पुर्पक्ष गर्दं कति दिन बिताए
बाटोमा सोधेँ वटुवा मिलेर
बौलाहा हो यो भनी दोष लाए ।

Wednesday, August 01, 2012

सौदामिनी - ७


सौदामिनी

सातौँ सर्ग

यो रात कालो र अतिव निलो 
आकाश ढाक्यो घनघोर मेघ
विध्वंशिनी भै प्रकृति उठेर
तोडी सबैका नियमित वेग ।

हुरी चल्यो स्थिर सबै बढार्‍यो
भेट्यो जहाँ जे सब सम्म पार्‍यो 
त्राही भनी मानिस काप्न थाले
सुनामी झैं छाल उडेर आयो ।

Monday, July 30, 2012

टिप्पणी - ४


त्यति गतिलो छैन कम्युनिष्टहरूको हालत पनि

भारतमा स्वतन्त्रता आन्दोलन चल्दै थियो । महात्मा गान्धीको नेतृत्वमा पुरै भारत आफूलाई स्वतन्त्र बनाउन द्वितिय विश्वयुद्धमा फसेको अंग्रेज विरुद्ध आन्दोलन गरिरहेको थियो त भारतिय कम्युनिष्ट पार्टी भने सोभियत संघ(अहिलेको रूस) का कम्युनिष्ट पार्टीको निर्देशनमा अंग्रेजहरूलाई सघाई रहेको थियो । त्यसैले भारतमा कम्युनिष्ट पार्टी लामै समयसम्म बदनाम भयो र स्वतन्त्रता पछि पनि एउटा पुस्ता नबितुन्जेल उसको कुनै साख भएन । पुष्पलालको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टी पनि त्यसै समयमा स्थापित भएको थियो । भारतमा नै खास साख नभएको कम्युनिष्टहरूले नेपालको प्रजातान्त्रिक आन्दोलनमा खासै प्रभाव पार्न सकेनन् । २००७ सालपछि पनि निकै वर्ष बन्देजमा रहेकाले २०१५ सालको आम निर्वाचनमा पनि १०५ स्थानमध्ये ४ स्थानमा मात्र वहुमत ल्याउन सफल भयो । २०१७ सालको राजाको कू पछि नेपाली कांग्रेससँगै नेपाल कम्युनिष्टपार्टी पनि प्रतिबन्धित जस्तै भए ।

Thursday, July 26, 2012

टिप्पणी - ३


बिजोग छ नेपाली कांग्रेसको

बिना शाशनव्यवस्था देश चल्न सक्दैन । व्यवस्था बिनाको देश अराजकता हो जहाँ निर्धो मर्छ र बलियो मात्र बाँच्छ । जंगलको शाशन हो अराजकता त । त्यसैले देशमा अराजकता नआओस् भनेर शाशनविधि स्थापित गरिन्छ ।
शाशनविधिका आफ्नै मान्यताहरू हुन्छन् । ती मान्यतामा शाशकका अधिकार के? कति ? भने जस्तै शाशितका अधिर पनि के ? कति ? भनेर परिभाषित गरिएका हुन्छन् ।
अधिनायकवादी शाशनमा व्यक्ति या समूह सर्वेसर्वा भए पनि शाशितका पनि कर्तव्य र अधिकार हुन्छन् भलै त्यहाँ कर्तव्य धेरै र अधिकार सीमित किन नहुन् । अधिनायकवादी व्यवस्थामा शाशनमाथिको पहुँच एउटा समूह वा सीमित व्यक्तिहरूको मात्र हुन्छ । सर्वसाधारण जनताको त्यहाँ कुनै सहभागिता नै हुदैन र भइहाले पनि शाशकले दिएको विकल्पमा सहीछाप लगाउनु मात्र हुन्छ । राजतन्त्र र अरू अधिनायकवादी शाशन व्यवस्था यसै अधारमा टिकेका हुन्छन् ।

Saturday, July 21, 2012

देशबाहिर - ४


विरामीको लर्को

हामी मस्को पुगेको २।४ हप्तामा नै साथी सोमनाथ पौडेल विरामी पर्‍यो र अस्पताल लगियो । क्षयको रोगको शङ्का गरेका थिए र अस्पतालमा क्षय नै हो भन्ने पक्का भएपछि त्यो वर्ष ऊ अस्पतालमा पर्‍यो । भाषा अस्पतालमा नै सिक्न पाएकाले उसको वर्ष खेर गएन । विष्णुबहादुर कार्कीलाई पनि क्षय नै रहेछ । ऊ बिचराले त अस्पतालमा १८ महिना बस्नु परेकोले एक वर्ष पछाडि पर्‍यो । सधैँ शिक्षक बाबुको नियन्त्रमा बसेको र उमेर  नै नपुगेको रमेश भट्टलाई नियन्त्रण गर्ने कोही भएन र उसले मस्को पुगेपछि रक्सी खान सिक्यो । पैसा पायो कि रक्सी खाने त्यो समयको आदतले उसलाई पछिसम्म पिरोल्यो र त्यही कारणले उसले आफ्ना चालिसका वर्षहरू पनि छिचोल्न सकेन ।

Friday, July 20, 2012

टिप्पणी - २


तीन प्रश्न
कतिपय छापाहरूमा देश विकासबारे विज्ञहरूका लेख र टि भी र रेडियोहरूमा अन्तर्वार्ताहरू पढिन्छन्, देखिन्छन् र सुनिन्छन् । ठुलाठुला आर्थिक विज्ञहरूले त अन्तर्राष्ट्रिय मौद्रिक नितिदेखि लिएर झारपात उत्पादजसम्मका उडन्ते गफ पनि दर्‍होसँग केलाएर व्याख्या गर्छन् तर सर्वसाधारणका मूल समस्या के हुन् भनेर सोच्न पट्टि नलागी आफ्नो विद्वत्ता देखाउनतिर जोड दिन्छन् । अझ राजनैतिक विज्ञहरू नै भए भने त सामान्य मानिसले के चाहन्छ या सोच्छ भन्ने हेक्का नै नराखी आफ्ना लेख र अन्तर्वार्तामा एउटा स्वर्गको कल्पना नै गरिदिन्छन् । यो देश नेपालको समस्या नै यही हो । त्यसैले सबभन्दा पहिले नागरिकका मूल आवश्यकतामाथि उठ्ने तीन प्रश्नको समाधानतिर नै छलपःल गरौं ।

Thursday, July 19, 2012

देशबाहिर - ३

हाम्रो पढाइको थालनी

मस्को पुगेको चौथो या पाँचौँ दिनदेखि हाम्रो भाषा कक्षा शुरू भयो । रुसी भाषाका अक्षर पनि हामीलाई छानीछानी पढाउन थालियो । सबभन्दा पहिले नेपालीमा र रुसीमा समान उच्चारण हुने अक्षरहरू सिकाइए । आमालाई बुझाउने 'मामा' र बाबु बुझाउने 'पापा' हाम्रा पहिला रुसी शब्दहरू भए । त्यसपछि अलि फरक उच्चारण हुने अक्षरहरू सिकाइए र अनि मात्र अन्त्यमा एकदम फरक उच्चारणका अक्षरहरूको पालो आयो । अक्षरले बनेको शब्दलाई सयौँ पटक भन्न लगाएर उच्चारण शुद्ध पार्ने प्रयाश गरियो ।
एउटा अक्षरले एउटै मात्र उच्चारणको प्रतिनिधित्व गर्ने हुनसले रुसी अक्षरबट बनेका शब्द उच्चारण गर्न अंग्रेजीभन्दा धेरै सजिलो छ । न रुसी भाषामा अंग्रेजीमाजस्तो दुई वा दुईभन्दा बढी अक्षर मिलेर अरको उच्चारण नै बन्छ, न नेपाली भाषाको देवनागरी लिपीमा झैँ अक्षरहरू जोडेर नया उच्चारण निकालिन्छ । रुसी भाषाको व्याकरणले भने हाम्रो टाउको खाएकै हो । नेपालीमा 'आउनु, जानु' र अंग्रेजीमा 'कम, गो' जस्ता दुई वटा चालन क्रियापदहरूले काम चलाउने हाम्रा लागि रुसी भाषा व्याकरणमा हुने विभिन्न चालनका निम्ति अलग अलग शब्द र शब्द संमिश्रण प्रयोग गर्न हामीलाई निकै गाहारो भयो तर जे होस्, १।२ महिनामा नै हामी, सडकमा बोलेको नबुझे पनि, हाम्री शिक्षिकाले बोलेको बुझ्न सक्ने र कनीकुथी जवाफ दिन सक्ने भयौँ ।

सौदामिनी - ५


सौदामिनी


सदैव झैं रात थकाइ मारी
विहानीको घाम झुलुक्क हेर्छ
आकाशले लिन्छ गुलाव लाली
माटो पनि रङ्गिन रूप फेर्छ ।

बिउझन्छ मानिस बिउँते सरि भै
आशा निराशा सब साथ बोकी
तर्सन्छ सम्झेर अतित आफ्नो
भविष्य छोटो अति सुक्ष्म देखी ।

Wednesday, July 18, 2012

टिप्पणी - १


त्यो भाइसँगको सम्वादमा टिप्पणी

मैले अघिल्लो पोस्टमा दिएको एउटा भाइसँगको सम्वाद म आफैलाई रमाइलो लाग्यो । मैले मादी छोडेको नै ५५ वर्ष भइसक्यो र पछिल्लो पटक मादी पुगेर फेरि नगएको पानि २३ वर्ष भएछ । त्यसैले मैले मादी छोड्दा उनका बाबु नै पनि सानै थिए होलान्, यदि थिए भने । उनको त कुरै छोडि दिऊँ । उनले जे भनेका थिए त्यो उनको आफ्नो भोगाइभन्दा बाबुबाजेको कथनीमा आधारित थियो । अझ बाजेको कथनीमा हुन सक्छ । जुन मानिसलाई उनले देखेको, चिनेको छैन, र फेसबुकमा हठात् भेट भएको मात्रै हो, ऊप्रति उनको पछिल्लो भनाइ 'हवस् त, मुखिया बा' सन्मानजनक नभएर व्यंग्यात्मक भएकाले सो व्यंग्य मप्रति नभएर मादीका दाहालप्रतिको उनको घृणाको उपज हो भन्ने म ठान्छु ।

Sunday, July 15, 2012

सौदामिनी - ३


सौदामिनी


कुनै ठूलो मण्डप एक रूखको 
अघि बनायो रहमा कसैले
र किम्वदन्ती र कथा पुराणमा 
नामी भयो त्यो रह काष्ठमण्डप ।

श्रीमञ्जुश्रीले जनजीव थाल्न
चोभार काटी रह त्यो सुकाए
अर्को कथामा इतिहास भन्छ रे
उपत्यका नेमुनिले फुटाए ।

Wednesday, July 11, 2012

सौदामिनी - २


सौदामिनी


कमल हिलोमा बिच गोलमा हिरा
सुनाखरी फुल्छ कुहेको काठमा
ढुँडी किरो त्यो सिपी दिन्छ मोती 
कुमुदिनी फूल्छे अँधेरी रातमा

न घाम छायाँ, न त ओत पानी
न धर्ती, आकाश इन्द्रेनी फूल्छ
कालो, अँध्यारो जल मेघ च्याती
सौदामिनी रुप धपक्क बल्छ ।

सौदामिनी - १


सौदामिनी
—— रामप्रसाद दाहाल

आकाशको छाती चिरेर झर्ने
सौदामिनीको चमकै ठूलो छ
स्वर्गिय शौन्दर्य सबै समेटी
बाटो ऊ झर्ने त हिलो गिलो छ

झलक्क देखें एक दिन मैले 
सौदामिनीको झरिलो छटामा
कहीँ पनि देख्न नपाइएको 
दैविय शौन्दर्य छिँडी कुनामा

Tuesday, July 10, 2012

साहित्य - १


गीत

यो बाँच्नुको नशा अनौठो नशाभरि म सुतेकै हुन्छु
सधैँ बिहानी ब्युँझेर उठ्दा म आफूलाई बधाई दिन्छु ।

कति घाट नाघेँ, चिहान नाघेँ
दिन, रात, साँझ, बिहान नाघेँ
सकिनँ नाघ्न वाचा कसैको ।

यो मोह डोरी कस्तो बलियो छिन्ला कि भन्दै पर्खेकै हुन्छु
सधैँ बिहानी ब्युँझेर उठ्दा म आफूलाई बधाई दिन्छु ।

कहीँ आए माया, कतिले घिनाए
बहार, बाढी कति चोटी आए
पुगेन वाचा आउने कसैको ।

यो आशा डोरी कस्तो बलियो पुग्ला कि भन्दै पर्खेकै हुन्छु
सधैँ बिहानी ब्युँझेर म आफूलाई बधाई दिन्छु ।

यो बाँच्नुको नशा अनौठो नशाभरि म सुतेकै हुन्छु
सधैँ बिहानी ब्युँझेर उठ्दा म आफूलाई बधाई दिन्छु ।

Friday, June 29, 2012

घरबाहिर - १७


पहिलो विदेशयात्राको तयारी

एक डेढ वर्षपछि हेटौडा छोड्दा मसँग आफ्नो एक पैसा पनि थिएन । काठमाडौँसम्मको भाडा पनि साथीभाइले हालिदिएका थिए । जीवनभर मेरो त्यही हालत रह्यो किनकि मैले कमाएर संचिति गर्न कहिले पनि जानिनँ । भोलि चाहिन्छ भन्ने सोच ममा कहिले पनि आएन । दिन जानेँ, फिर्ता लिन जानिनँ । लिएपछि दिने मानिस मजस्तो नहुने हुनाले रिनपान गरेर पनि तिर्नै पर्थ्यो, त्यही गरेँ मैले । त्यसैले जीवनभर मसँग रिण सधैँ नै रह्यो । हो, नारायण थापा जस्तो मित्रले भने मैले नतिरे पनि सहयोग गर्न कहिले पनि छोडेन र मैले नतिरेकोमा मसँग गुनासो पनि गरेन ।

Tuesday, June 26, 2012

घरबाहिर - १६

मेरो हेटौडा बसाइ 

त्यो बेला सम्भाव्यता अध्ययनजस्ता आयोजनाहरूलाई उपलब्ध हुने रसियन जिपमा हामीले काठमाडौँ छोडेर त्रिभुवन राजपथको बाटो समात्यौँ । एघार बजेतिर खानीखोलाबाट उकालो लागेर अलि पर के पुगेका थियौँ हाम्रो गाडी बाटैमा थला पर्‍यो । त्रिभुवन राजपथ त्यो बेला एक्कादुक्का गाडी चल्ने सुनसान सडक नै थियो र ट्रक र बस चलउने चालकहरू सामान्यत पन्जाबी नै हुन्थे । ५ घण्टापछाडि बल्लबल्ल बाटो लाग्यौँ हामी र निकै अँध्यारो भएपछि मात्रै हेटौडा पुग्यौँ । मोटरगाडी कमै चढेको, त्यसमा पनि घुमाउरो बाटो भएकाले बाटोमा छादेर मेरो बेहाल भएको थियो हेटौडा पुग्दा ।

Friday, June 22, 2012

घरबाहिर - १५


२०१८ साल

मैले परिक्षा दिएँ र २०१८ सालको पहिलो त्रैमासिकमा परिक्षाफल प्रकाशित भयो । १।२ जना मात्र प्रथम श्रेणी ल्याएको बेला मेरो उपलब्धि प्रथम श्रेणीको नजिकै भएकाले म गर्वले फुलेको थिएँ र सो उपलब्धिको आधारमा इन्जिनियरिङ छात्रवृत्तिका निम्ति आवेदन दिएँ ।

Thursday, June 21, 2012

घरबाहिर - १४


२०१७ साल

संसदको २०१७ सालको बर्खे अधिवेशनमा एमपीबाले एकदम नै थोरै बोले, धेरै सुने । पढेलेखेका नेताहरूलाई नै नौलो लाग्ने संसद र त्यसका अधिवेशन एमपीबाले तुरून्तै बुझ्ने कुरा पनि थिएन । मैले पनि बेलाबेलामा दर्शकदिर्घामा बसेर संसदको रमिता हेरेथेँ । नेपाली कांग्रेसले बिर्ता उन्मुलानको कानुन ल्यायो र हाम्रोजस्तो आफैँ बसोबास गरेको 'क' बिर्तामा तिरो या मालपोत मात्रै लागे पनि रैती बसाएर त्यसको आमदानी खाने 'ख' बिर्ताहरू पुरै खोसिए । राजा र राजाका वरिपरिका खानदानी बिर्तावाल 'ख' वर्गमा पारेकाले नेपालि कांग्रेसप्रतिको उनीहरूको घृणा र रिस झन् चुलियो । फेरि उक्साई रहेका थिए राजा महेन्द्रले पनि उनीहरूलाई ।

Sunday, June 17, 2012

घरबाहिर - १३


२०१५ साल र पछि
नेपालको इतिहासमा पहिलो चोटी आम निर्वाचन हुने भयो । राजाले दिएको संविधानलाई नेपाली कांग्रेसले स्वीकार गरेर निर्वाचनमा जाने भएपछि वामपन्थी कम्युनिष्टहरूले उसको पर्याप्त भर्त्सना गरे पानि निर्वाचामा भाग भने लिए र १०७ क्षेत्रमध्ये ४ स्थानमा जिते पानि । यही चुनावको सिलसिलामा लौहपुरुष गणेशमान सिंहले लैनचौरको सभामा नेपाली कम्युनिष्टमाथ यसरी व्यंग्य गरेका थिए ।

Thursday, June 14, 2012

घरबाहिर - १२


मेरो पढाइ


मेरो पढाइ जेनतेन चलिरहेकै थिए । पढाइ धेरै राम्रो थिएन र नराम्रो नि भन्न सकिन्नथ्यो । मेरो कक्षामा त म अव्बलहरूमा पर्थेँ तर मेरो कक्षा अव्बलहरूको जमात त थिएन । त्यहाँ त एक दुई जनालाई छोडेर बाँकी सबै एस एल सी परिक्षाका तीन धर्केधारी मात्र थिए । त्यसैले नै १७ दिन पछि राजधानी आइपुग्न सकिने एउटा कुनाको गाउँको विद्यार्थी म पनि जान्ने ठहरिएको थिएँ ।

Sunday, June 10, 2012

घरबाहिर - ११


मेरा कलेजका सहपाठी र मित्रहरू

कलेजको मेरो जीवन विद्यालयकोजस्तो उत्कृष्ट पटक्कै होइन । मेरो गाउँमा मेरो कक्षामा १० जना पनि थिएनौँ र म उत्कृष्ट मानिएको थिएँ तर काठमाडौँमा त मभन्दा अव्बल धेरै धेरै थिए र त्यहाँ मेरो गणना हुनै सक्दैनथ्यो । फेरि गाउँको पढाइको उत्कृष्टता सहरी पढाइसँग दाँजिन सक्ने कुरा पानि होइन तर मेरो कलेज त्यो समयमा उत्कृष्टहरूको संगम पनि होइन । त्यो स्थान त त्रिचन्द्र कलेजको थियो । त्यसैले पढाइमा मेरो पानि सहयोग खोज्ने १।२ देखा पर्थे त्यहाँ ।

Tuesday, June 05, 2012

घरबाहिर — १०


काठमाडौँ बसाइको शुरूआत



म जमीन र लगानीपातको व्यवशाय बोकेको बिर्तावालको छोरो भएको र हाम्रो समाजमा जागिर खाने कोही पनि नभएकाले जागिरदारको स्वभाव कस्तो हुनु पर्छ र हुन्छ ? भन्ने ज्ञान र अनुभव मलाई थिएन । मेरो काठमाडौँ प्रवेशको शुरूमा नै मेरो जम्काभेट सरकारी जागीरका दुई व्यक्तित्वहरूसँग भयो जसलाई मैले आज पर्यन्त बिर्सन सकेको छैन ।

Sunday, June 03, 2012

घरबाहिर — ९

 काठमाडौँ बसाइको शुरूआत



काठमाडौ प्रवासको मेरो पहिलो लक्ष थियो विज्ञान विषय पढ्नु। त्यो बेला राज्यभरिमा त्रिचन्द्र कलेज मात्र थियो विज्ञान पढाउने र मैले त्यहीँ नै प्रवेश लिनु थियो। मेरा स्थानिय अभिभावक कोही थिएनन्। त्यसैले मेरा आफू समानका दाजु या भिनाजु कसैले प्रवेश आवेदनको विधि पुर्‍याएर निवेदन दर्ता गरिदिए र म प्रवेशको आशा लिएर दिनदिनै त्रिचन्द्र कलेजको प्राङ्गण कुर्न थालेँ।

Saturday, May 26, 2012

घरबाहिर ८

 
काठमाडौँ बसाइको शुरूआत


अधिराज्यको एउटै मात्र विज्ञान कलेज त्रिचन्द्र कलेजमा प्रवेश पाउन मैले सकेसम्म प्रयास गरेँ तर त्यो प्रयासका थुप्रै वाधाहरु थिए। प्रथमत विज्ञान विषयमा प्रवेसको निम्ति चाहिने गणित नै थिएन मेरो। मैलेत नागरिक शास्त्र विषय लिएर एस.एल.सी उत्तिर्ण को थिएँ। दोश्रो, सो समयको राम्रै परिक्षा परिणाम भए पनि मभन्दा अझ राम्रा विद्यार्थी भएकाले मैले कलेजमा स्थान नपाएको हुन सक्थ्यो तर मभन्दा कम योग्यता भएका कोही कसैले पाएकाले त्यहाँ सबै कुरा न्यायसंगत थियो भन्ने कुरामा भने मलाई विश्वास छैन किनकि त्यसरी पाउनेहरु शक्तिशाली व्यक्तिका सन्तानहरु थिए । लीलानाथबाले मलाई यहाँ पनि सहयोग गर्ने प्रयास गरे।

Thursday, May 24, 2012

घरबाहिर ७


काठमाडौँ बसाइको शुरूआत


२००१४ सालमा नेपाली कांग्रेसको तर्फबाट भद्र अवज्ञा आन्दोलन शुरू भयो। स्वतन्त्र अभिव्यक्तिको पक्षधर म फुच्चे केटो त्यो आन्दोलनको पछि लागेँ। राजनैतिक होस् या अरू कुनै, अवज्ञा स्वाभाविक हो भनि ठान्थे म। त्यसैले सो समयको नेपाली कांग्रेसको भद्र अवज्ञा आन्दोलनमा पुषका दिनमा पानीका फोहोरा खान दौडनु पनि मलाई अस्वाभाविक लागेन। काठमाडौँको जाडो पुषको दिन। आन्दोलनकारीमाथि पानीका फोहोरा र अश्रुग्यास हानिन्थ्यो। अश्रुग्यासले पोलेको आँखा प्याज लगाउदा पोल्ने कम हुन्छ भनेर छिमेकी घरहरूबाट आमैहरूले काटेको प्याज ल्याएर दिन्थे हामीहरूलाई।

घरबाहिर – ६


काठमाडौँ बसाइको शुरूआत


म स्थिर प्रवित्तीको त कहिले पनि भइनँ र त्यसमा पनि १६।१७ वर्षको उमेरमा त स्थिरताको प्रश्न पनि उठेन। भोलादाइ त समय तालिका अगाडि राखेर दिनचर्या बिताउथे। उनको प्रत्येक कार्यका निम्ति पूर्वनिर्धारित समय हुन्थ्यो र उनी त्यो कार्य त्यही समयमा मात्र गर्थे। पढन्तेमा गनिन्थे उनी र अहोरात्रको दुई तिहाइ भाग उनको अध्ययनमा बित्थ्यो। त्यही परिश्रमले नै उनी त्यो सालको एस.एल.सी.बोर्डको परिक्षामा छैठौँ स्थान पाए। 

Saturday, May 19, 2012

घरबाहिर — ५


काठमाडौँ बसाइको शुरूआत


वीस फुट लम्बाइ र आठ फुट चौडाइको कोठामा ६।७ जना गुजारा गर्थ्यौ हामीहरू र यही कोठा नै मेरो काठमाडौं बसाइको थालनी हो। आधा शताब्दि पछि त्यो बसाइको घर भत्कियो, नत्र त त्यो घरले मेरो काठमाडौं बसाइको प्रतिनिधित्व गरी नै रहेको थियो र मेरो त्यो अतितलाई जीवन्त राखेको थियो। हाम्रो त्यो डेरामा नाताका बाजे, बाबु, दाजुहरूको समूहमा म फेरि पनि उमेरले पनि र नाताले पनि कान्छो थिएँ। दिउँसो त हाम्रो डेरामा भिनाजुहरू आउँथे, मामाहरू आउँथे, जेठानहरू आउँथे र अझ ससुरा पनि आई पुग्थे। मुूद्दामामिला, पढाइलेखाइ आदिका निम्ति जम्मा भएका थिए ती सबै। दिउसो टुँडिखेलको उत्तर र रानीपोखरीको दक्षिणमा रहेको प्रधान न्यायालयका अगाडि चौरमा बदाम छोडयाएर घाम ताप्दै गफ गर्ने मेरा स्वजनहरूको जमात देख्दा मलाई लागेथ्यो — ‘हाम्रो जमात ठुलै छ। तर पछि थाहा पाएँ त्यो जमातको सहयोग गर्ने सामर्थ्य उनीहरूको त्यो सुदूर गाउँमा सीमित रहेछ। काठमाडौंमा त उनीहरू आफै नै हामीहरूजस्तै निरिह र असहाय थिए। त्यसैले काठमाडौंको मेरो बसाइ सम्पन्नताबाट शुरू भएको होइन।

Wednesday, May 16, 2012

घरबाहिर — ४


बिराटनगरबाट काठमाडौं


हामी विरगन्जको कुनै एउटा होटलमा बस्यौँ। खान त त्यही बासमती चामल, रहरको दाल, बैगन र परवरको तरकारी र त्यसमाथि अलिकति पगालेको वनस्पति घिउ। झण्डै दुई दिन भात खान नपाएका हामी भातेलाई त्यो भात अमृत नै लाग्यो। खाना खाएपछि त निन्द्राले पनि छोप्यो र हामी सुत्यौँ।

Monday, May 14, 2012

घरबाहिर — ३


बिराटनगरबाट काठमाडौँ


बिराटनगरमा हाम्रो पहिलो बास आज महेन्द्रचोक भनिने बजारअड्डामा पर्‍यो। त्यो समयमा बजारअड्डाको माहिलाको होटल चल्तीको थियो र ठुलादेखि सानासम्म सबै नै त्यही होटलमा बस्थे। हुटेल भनिने त्यो होटल आजकोजस्तो छाटकाटको नभएर ठुलो भान्साघरजस्तो थियो जहाँ मानिसहरू चुलोको छेवैमा भात खान बस्थे। टेबुलमा खाने भन्नेहरू विद्यालयमा हुने लामो बेन्च र डेस्कजस्तैमा बसेर खान्थे र धोती फेरेर खाने बाहुनहरूका लागि चुलाकै छेउमा बनाइएका चौकामा पिर्काहरू राखिएका थिए। माहिलाका होटेलमा सानासाना बाच्छा बाँध्ने दाम्लाजस्ता मोटा जनै लगाएका बाहुन केटाहरूले खाना पकाउथे। त्यो होटलका मालिकले उब्रिएको भात फाल्थे कि फेरि तताएर खुवाउथे? या ती जनैधारी बाहुन कत्तिको बाहुन थिए? यी प्रश्न कसैले पनि उठाउदैनथ्यो। सबै कुरा विश्वासमा नै चलेको थियो।

Sunday, May 13, 2012

मादीबिर्ता — २० ख


d]/L cfdf / xfd|f] kl/jf/
#
)* ;fn s] 5f]Psf] lyof] d]/L cfdfnfO{ nfUof] — 5f]/L t?gL eO{ . !@ jif{ pd]/sL Tof] d]/L lbbLnfO{ t?gL b]Vg] cfFvf d]/L cfdfsfeGbf klg Tof] ;dfhsf lyP . /fd|L lyO{ d]/L lbbL ¿kjtL g} eGbf x'g] . of] egfO d]/f] xf]Og, d]/f  a'h|'ux¿sf] xf] . d t Tof] a]nf /fd|f] g/fd|f] 5'6\ofpg ;Sg] pd]/d} k'lu;s]sf] lyOgF .

घरबाहिर — २


निष्क्रमण


धरानदेखि बिराटनगर 

घरबाट कहिले पनि लामो यात्रामा नगएको मानिस चार दिनको पैदल यात्राले लखतरान भएको थिएँ र बिहान पाँच बजे मेरा अभिभावकले उठाउदा उठ्न गाहारो भएको थियो। चिया खाने चलन थिएन त्यो बेला। त्यसमा पनी हामी गाउँलेहरूमा त त्यस्ता चलन पनि पसेको थिएन। त्यसैले हामी केही पनि नखाई बजार अड्डा भनिजे बसपार्कतिर भर्ने तरखरमा लाग्यौँ।

Saturday, May 12, 2012

घरबाहिर — १

दोश्रो खण्ड 
घरबाहिर

निष्क्रमण

एस.एल.सी.को परिणाम के आएथ्यो मेरी आमालाई कहाँ पठाउने छोरो? भन्ने चटारो आइलाग्यो। पठाऊँ त कहाँ पठाऊँ? कसरी पठाऊँ? नपठाऊँ त अरूका छोरा पठाइएका छन्। दुई जना थियौं पिताम्बर काका र म। असार साउनको झरी, उर्लदा खोलानाला, बालकै देखिने छोरो गाहारो थियो निर्णय गर्न र उनकासामु ह्यामलेटकोजस्तै गर्ने या नगर्नेमध्ये एउटा रोज्नु पर्ने समय भएको थियो। सधैं अंधकारमा बसेकी एउटी आइमाईका निम्ति उज्यालो ठाउँ कस्तो हुन्छ? त्यो मात्र थाहा नभएको होइन कि उज्यालो के हो? भन्ने पनि थाहा थिएन। तैपनि उनले छोरो पढ्न पठाउने निर्णय आँखा चिम्लेर गरिन् किनकि त्यो आफसी प्रतिस्पर्धामा उनीसँग अर्को विकल्प थिएन।

Sunday, May 06, 2012

मादीबिर्ता — ३०

समग्रमा मादीबिर्ता
यदि सिवाइ मादीबिर्ता उत्तरपश्चिम नफर्किएर दक्षिणपश्चिम ढल्किएको भए त्यसको इतिहास अवश्य नै आजकोजस्तो हुने थिएन। दक्षिणपश्चिम फर्केको भए त्यो घमाइलो पाटो ती चार दाहालवन्धु पुग्नुभन्दा अगाडि नै आवादी भइसकेको हुने थियो र त्यहाँका रैथानेले उनीहरूलाई त्यो पाटो दिने नै थिएनन्।अल्लो र सिस्नोले ढाकिएको त्यो चिसो र ओसिलो पाटो अगाडि हुनेले ओगट्न आवश्यक ठानेका पनि थिएनन्।

Saturday, April 21, 2012

मादीबिर्ता — २९

अब आफ्नै बारेमा — १

सोर्‍हौ वसन्तमा खुट्किला टेकिसकेपछि मानिसको व्यक्तित्वको एउटा खाका तयार भइ सकेको हुन्छ। समयले त्यसलाई कुँद्ला, त्यसमा बुट्टा भर्ला, रङ देला तर त्यसले आधारभूत धारणालाई त्यति ठुलो परिवर्तन गर्न सक्दैन। लक्षको चुचुरोमा ऊ पुग्न सक्छ या सक्दैन, त्यो समयले तय गर्ने कुरा हो तर चुचुरोतिरको यात्राको थालनी त सोर्‍हौं वसन्तले नै गरिसकेको हुन्छ। हो, कसैको निम्ति त्यो सोर्‍हौं वसन्त अलि चाँडै आउन सक्छ, कसैका निम्ति १।२ वर्ष पछि। सोर्‍हौं वसन्तले मानिसलाई जिम्मेवार बन्न सिकाउँछ, निर्णय गर्ने क्षमता बढाउछ र ठीक बेठीका आफ्ना मान्यताहरू निश्चित गर्ने सामर्थ्य दिलाउछ। कतिले मलाई भन्ने गर्थे ― फलानोलेत वार्‍ह वर्षमा नै घर थामेको हो। कुरा वास्तविक पनि हो। त्यो बेलको मेरो समाजमा बाबु नहुने छोराले वयस्क हुनका लागि सोर्‍ह वसन्त कुरिरहन सक्ने व्यवस्था नै थिएन र मैले पनि त्यसलाई कुरेर बस्न पाइनँ। 

Friday, April 13, 2012

मादीबिर्ता — २८


d]/L kTgL – !
o'4 t /fhf / zfzsx¿ u5{g\ . d}bfgdf l;kfxLx¿nfO{ NofOG5 . of] k/Dk/fb]lv rlncfPsf] rng xf] s'?If]q xf];\ of b'O{ l5d]sLx¿sf aLrsf] cfFug . dxf/yLx¿ Jo'x /R5g\, Ps csf{nfO{ 3]/fdf kf/]/ k/flht ug{ vf]H5g\ t/ Jo'xsf] 9f]sfb]lv s]Gb|;Dd hxL+ klg Tof] Kofbfh:tf] l;kfxL g} anL r9fOG5 . o'4df ho xf];\ of k/fho, anL r9g' Kofbfsf] lgolt xf] .
d]/f] ljjfx klg d]/} cfFugsf] o'4df cfˆgf] ljhosf] lglDt d]/L cfdfåf/f rflnPsf] Pp6f rfn xf] gq d]/L cfdf afnljjfxsf] s§/ lj/f]wL x'bfx'b} klg t]¥x jif{sf 5f]/fsf] ljjfx ul/lbg' kg]{ cfjZost pgnfO{ lyPg . pgsf] Tof] rfnkl5 t d]/f a8fafx¿n] d]/L cfdf;Fu åGb g} ug{ rfx]gg\, a? ;w}+ ;Demf}tfnfO{ g} :jLsf/ u/] .

Wednesday, April 11, 2012

मादीबिर्ता — २७

xfd|f lzIfs / xfd|f clGtd jif{

xfd|f lglDt NofOPsf a+ufnL lzIfsx¿ zf/Ll/s / jf}l4s b'j} ¿kdf cf–cfˆgf lsl;dsf lyP . ;'lwGb|df]xg dh'Dbf/ cyf{t\ ;'lwg;/ dWojosf, uf]/f, df]6f, sd af]Ng], u2/wf/L / kl/is[t a+ufnL df];fO lyP . pgL /fhlgltsf s'/f uy]{ / lzi6 s'/f uy]{ . cfjZostfeGbf k/sf] s'/f pgL ub}{gy] . pgL lxGbL xfdLn] a'‰g] u/L /fd|} af]Ny] t}klg xfdLnfO{ k9fpbf pgL lxGbLeGbf c+u|hL k|of]u ug{ ?rfpy] . pgsf] k9fpg] ljifo klg c+u|]hL g} x'GYof] . xfdLnfO{ nfUYof] ;'lwGb|;/ xfdL;Fu gldNg] ;f¥x} s8f ;/ x'g\ t/ kl5 7'nf] ePkl5 d}n] a'e]mF ls ;'lwGb|;/ t a+ufnL eb|nf]ssf Pp6f gd'gf /x]5g\ hf] xfdLnfO{ Tof] ;dosf] ef/lto ;dfhsf] j+ufnL ;F:s[ltsf] Pp6f kIf b]vfpg] k|ofz uy]{ . xfdL ljBfyL{df pgnfO{ a'‰g ;Sg] Ifdtf lyPg / xfdLn] pgnfO{ a'em]gf} . xfd|f cleefjsx¿df klg yf]/}n] dfq pgnfO{ ToxL ¿kdf a'e]m xf]nfg\ .

Tuesday, April 10, 2012

मादीबिर्ता — २६

ljBfno / lzIfs
#
k|To]s jif{ xfdL sIff r9\b} uof}+ / xfdL;Fu} ljBfno klg pSnb} uof] . ljBfnosf] tx a9\g'sf] sf/s xfdL ljBfyL{ ePsf lyof}+ . xfdL;Fu;Fu} ljBfnosf] tx klg ga9]sf] eP ls xfdLn] 3/ 5f]8]/ k/b]z hfg' kg]{ lyof] ls k9fO 5f]8]/ 3/ a:g' kg]{ l:ylt cfpg] lyof] . xfd|f cleefjsx¿nfO{ tL b'a} l:ylt ;Xo lyPgg\ / pgLx¿ljBfnosf] :t/ a9fO/x]sf lyP .

Friday, April 06, 2012

मादीबिर्ता — २५


ljBfno / lzIfs
@
ljBfno / lzIfssf af/]sf s'/f ul/g' kbf{ ;f] ;dosf] dfbLlatf{sf] ;fdflhs kl/j]znfO{ klg TolFQs} s]nfpg' kg]{ x'G5 . cufl8 g} elgof] ls dfbLlatf{sf] cfjfbL rf/ txdf ljeflht lyof] . hdLgsf dflns latf{jfn lyP t/ latf{jfndWo] g} klg cfˆgf cfˆgf vfn lyP . ToxfF klg a9L ;DkGg lyP, sd ;DkGg lyP . ;DkGgdWo]df klg sltko;Fu wfg x'GYof] 9's'6Ldf, ;]kmdf k};f gx'g ;SYof] . bf]>f], txdf wd{sfo{ ;+rfngsf] lglDt ToxfF a;fOPsf kl08t, k'/f]lxtsf ;Gtfgx¿ lyP . n]vk9 ug{ t pgLx¿ hfGby] t/ cfª\nefiffdf eg] pgLx¿sf] Tolt ?rL lyPg .

Thursday, April 05, 2012

मादिबिर्ता — २४

ljBfno / lzIfs
!
ljBfno t s]jn k9\g] ynf] g xf] . o;sf hLjg t lzIfs / ljBfyL{ g} x'g\ . ljBfyL{ t lyof}+ xfdL ToxfF t/ uf]kfn;/ uPkl5 lzIfssf cefj k|:6 eof] . uf]kfn;/ g} klg s'g} ljz]if1 t xf]Ogg\, s]jn P;=Pn=;L=;Dd dfq k9]sf x'g\ t/ xfdL ljBfyL{ / xfd|f cleefjsx¿sf nflu t sd} kfOg] df]tLdWo]sf lyP . Tof] b'u{d ufpFdf lzIfs eP/ hfg sf] rfxGYof] / ;x/df a;]sfx¿dWo] < Onfdsf] s'/f dnfO{ yfxf ePg t/ k"jL{ kxf8L lhNnfx¿df t s]jn wgs'6fdf dfq Pp6f xfO:s"n-clxn]sf] dfWolds ljBfno_ lyof] eg] lzIfs cfpg ;Sy] sxfFaf6 .

Wednesday, April 04, 2012

मादीबिर्ता — २३


xfd|f] j|taGw

)( / )!) ;fn d]/L cfdfsf si6bfos eP . 5f]/Lsf] d[To'sf] cf3ftaf6 t+lu|g lgs} ;do nfUof] . z'¿sf slt lbg / dlxgf;Dd t lk8f / ck/fwjf]w /ft/fte/ lgbfpg ;lSbglyg\ / lgbfO g} xfn] klg lgGb|fdf g} ax'nfP/ p7lyg\ . Tof] ;dodf pgnfO{ pgs} 7'nLcfdn] ;fydf 5f]/L a:g k7fO{ lbP/ 7'n} ;xof]u ul/g\ . Tof] cf3ftaf6 cfdf s] lgsL eOlyg\ d]/f a8fafx¿ pgnfO{ aft nufP / To;nfO{ k|dfl0ft ug{ e/dUb'/ k|ofz u/] . ;a't k|df0f t h'6]g t/ …oq tq ;j{qÚ d]/L cfdfsf] abgfdL eg] eof] .

मादीबिर्ता — २२


 d]/L cfdf / xfd|f] kl/jf/

#

)* ;fn s] 5f]Psf] lyof] d]/L cfdfnfO{ nfUof] — 5f]/L t?gL eO{ . !@ jif{ pd]/sL Tof] d]/L lbbLnfO{ t?gL b]Vg] cfFvf d]/L cfdfsfeGbf klg Tof] ;dfhsf lyP . /fd|L lyO{ d]/L lbbL ¿kjtL g} eGbf x'g] . of] egfO d]/f] xf]Og, d]/f  a'h|'ux¿sf] xf] . d t Tof] a]nf /fd|f] g/fd|f] 5'6\ofpg ;Sg] pd]/d} k'lu;s]sf] lyOgF .

Sunday, April 01, 2012

मादीबिर्ता — २१

d]/L cfdf / xfd|f] kl/jf/

@

o;} klg hLjg;fyL u'dfpg' si6s/ s'/f xf] . t?gLsf] nf]Ug] dg'{ emg\ a9L b'vbfoL xf] . To;df klg ;lÍ0f{ kl/jf/ / ;dfh 5 eg] Tof] b'v cem a9\5 . sdf/LnfO{ ev{/ cdn]v ug'{ k/]sf] Tof] ;dfhdf cfOdfO{ o;} klg sdf/L h:t} 7flgGy] . cem a'xf/L t sdf/L g} 7xl/Gy] eg] afx'gsL t?gL ljwjf a'xf/L t c5't sdf/LeGbf klg tn x'Gy] . o;}n] klg b]vfp5 d]/L cfdfsf] l:ylt s:tf] lyof] eg]/ < pgsf] cfˆgf] eg]/ ;dfpg] ;xf/f sf]xL lyPg . nf]Ug]dflg;sf] ;xof]u vf]h] 7f8} aft nfUYof] / h;nfO{ km:of{pg g;Sbf hft hfGYof], kl/jf/ / ;dfhaf6 lgsfnf xf]OGYof] / h]n kg]{ ;+efjgf klg cfpg ;SYof] . sltko cfOdfO{nfO{ zÍfs} cfwf/df hftRo't u/]/ h]n k7fPsf] klg d]/} cfFvfn] b]v]sf] lyPF . cfOdfO{sf] ;xof]u klg Tof] ;dfhdf Pp6L t?gL ljwjfnfO{ k|To'Tkfbs g} a9L x'GYof] . ;xfoteGbf gf]S;fgL a9L Nofpg] lyof] To;n] . al3gLh:tL ;f;"nfO{ nf]Ug] d/]kl5 v'Drg s/ nfUof] eg] la/fnf]h:tL a'xf/LnfO{ t …DofpFÚ klg ug{ ldNg] lyPg .