काठमाडौँ बसाइको शुरूआत
३
२००१४ सालमा नेपाली कांग्रेसको
तर्फबाट भद्र अवज्ञा आन्दोलन शुरू भयो। स्वतन्त्र अभिव्यक्तिको पक्षधर म फुच्चे
केटो त्यो आन्दोलनको पछि लागेँ। राजनैतिक होस् या अरू कुनै, अवज्ञा स्वाभाविक हो भनि ठान्थे
म। त्यसैले सो समयको नेपाली कांग्रेसको भद्र अवज्ञा आन्दोलनमा पुषका दिनमा पानीका
फोहोरा खान दौडनु पनि मलाई अस्वाभाविक लागेन। काठमाडौँको जाडो पुषको दिन।
आन्दोलनकारीमाथि पानीका फोहोरा र अश्रुग्यास हानिन्थ्यो। अश्रुग्यासले पोलेको आँखा
प्याज लगाउदा पोल्ने कम हुन्छ भनेर छिमेकी घरहरूबाट आमैहरूले काटेको प्याज ल्याएर
दिन्थे हामीहरूलाई।
नेताहरू भित्र के छलफल गर्थे? त्यो हामीले जान्ने कुरा पनि भएन। हामी त बाहिर विद्यार्थी नेताकापछि लागेका थियौँ। कमल चित्रकार र मार्सल जुलुम शाक्य विद्यार्थी नेता थिए जस्तो लाग्छ मलाई त्यो बेला। हामीले रानीपोखरी छेउको प्रधान न्यायालयको गेट घेरा हाल्यौँ। राजाप्रति भक्ति देखाउने कतिपय न्यायाधिशहरू बिहान सखारै न्यायालयभित्र छिर्थे भने कतिपयले भर्याङ लगाएर पछाडिबाट छिर्ने प्रयाश पनि गरे। प्रधान न्यायाधिश भने दश बजे आएर दिनभरि गाडीमा टुँडिखेलमा बसेर कार्यालय सकिने समयमा फिर्ता घर जान्थे।

हामीले डिल्लीबजारको चारखाल अड्डा पनि घेरा हाल्यौ।
महेन्द्रविक्रम शाह या शाही हामीलाई साथ दिन आएका थिए डिल्लीबजारमा। शायद उनी
स्थानिय नेता थिए होलान् नेपाली कांग्रेसका त्यो बेला। म त फुच्चे नै थिएँ तर मेरा
पहिलेका सहपाठी काकाहरू कृष्णप्रसाद, फणिन्द्रनाथ, ल73मीप्रसाद त उग्र थिए मभन्दा धेरै।
भोलादाइ गएनन् त्यो आन्दोलनमा।
कहाँ के भयो? त्यो हामीहरूले बुझ्न
सक्ने कुरा थिएन। बामपन्थीहरू भाग लिएकी लिएनन् आन्दोलनमा? त्यो मलाई सम्झना छैन। तर जे
होस् राजा महेन्द्रले संविधान बनाएर निर्वाचन गराउने वचन दिएपछि आन्दोलन रोकियो।
२०१५ सालको सम्विधान र २०१६ सालको संसदको कारण नै यही भद्र अबज्ञा आन्दोलन थियो।
वामपन्थीहरूले आन्दोलन बीचैमा तुहाएको आरोप लगाए कांग्रेसलाई। शायद कांग्रेसको
सामर्थ्य त्योभन्दा बढी थिएन होला या कांग्रेससँग अर्को विकल्प पनि थिएन होला।
आन्दोलन सिद्धिएपछि त हामी पनि सेलायौँ।
हाम्रा बाबुबाजुले लड्ने मुद्दा
पनि बढो विचित्रको थियो। डेढ सय पर्ष अगाडि नमिलेको अंशबण्डाको नाममा झगडा गर्थे
उनीहरू। न्यायाधिशहरूका लागि दुहुनो गाई थियो उनीहरूको मुद्दा। त्यो जान्दाजान्दै
पनि आफ्नो सामन्त शेखी जित्न त्यसलाई छाड्न चाहदैनथे र शुरूअड्डादेखि प्रधानन्यायालयसम्म एक दिन
एक पक्षले र अर्को दिन अर्को पक्षले घुस खुवाउदै हिड्थे उनीहरू। शुरू अदालतदेखि
सर्वोच्च अदालतसम्म पुग्थ्यो उनीहरूको मुद्दा र एउटा बिंगो लागेर फेरि शुरू
अदालतमा नै झर्थ्यो। राणा शाशनकालमा घुस लिनेलाई श्री ३ या उनका भाइभतिजाकोमा पोल
पुग्छ कि भन्ने डर रहन्थ्यो रे। प्रजातन्त्र आएपछि केही समय त्यो रोकिए पनि फेरि
शुरू भएको थियो तर त्यो चलेन।
No comments:
Post a Comment