त्यो भाइसँगको सम्वादमा टिप्पणी
मैले अघिल्लो
पोस्टमा दिएको एउटा भाइसँगको सम्वाद म आफैलाई रमाइलो लाग्यो । मैले मादी छोडेको नै
५५ वर्ष भइसक्यो र पछिल्लो पटक मादी पुगेर फेरि नगएको पानि २३ वर्ष भएछ । त्यसैले
मैले मादी छोड्दा उनका बाबु नै पनि सानै थिए होलान्, यदि थिए भने । उनको त कुरै
छोडि दिऊँ । उनले जे भनेका थिए त्यो उनको आफ्नो भोगाइभन्दा बाबुबाजेको कथनीमा
आधारित थियो । अझ बाजेको कथनीमा हुन सक्छ । जुन मानिसलाई उनले देखेको, चिनेको छैन,
र फेसबुकमा हठात् भेट भएको मात्रै हो, ऊप्रति उनको पछिल्लो भनाइ 'हवस् त, मुखिया
बा' सन्मानजनक नभएर व्यंग्यात्मक भएकाले सो व्यंग्य मप्रति नभएर मादीका
दाहालप्रतिको उनको घृणाको उपज हो भन्ने म ठान्छु ।
अहिलेको
नेपालमा देखिएको मार्क्सवादी माओवाद यस्तै घृणाको आधारमा टिकेको छ । बाबु, बाजे,
कुप्राबाजे र अझ त्योभन्दा माथिका जोसुकैले जे गरे पनि त्यसको दण्ड सजाय यो
पुस्तासँग लिनु पर्छ भन्ने पाठ पढाएर उत्तेजित पार्छन् उनीहरू । घृणाको त्यो
धारलाई उनीहरू यति तिक्ष्ण बनाउछन् कि प्रचण्ड दाहाल भएका कारणले मात्रै मादीका
दाहालप्रति मात्र घृणा उब्जिएको हो मेरो त्यो भाइमा अन्यथा यो वा ऊ निहुँमा संसारका
सबै दाहालप्रति नै घृणा उब्जिने थियो उसमा । दोष त्यो भाइको होइन, उनका गुरुहरूको
हो ।
यही प्रशङ्गमा
म अर्को घटना पनि उद्धृत गर्न चाहन्छु । मेरा एक जना हितैषी मादीले दाहाल बन्धु
छन् खानदानी कम्युनिष्ट । थुप्रै कम्युनिष्ट पार्टीबाट बसाइँ सर्दै अहिले माओवादी
बनेका छन् । 'प्रचण्डले मेरै घरमा बैठक गरेका छन् भन्छन्' उनी । गरे नगरेको त
प्रचण्ड नै जानुन् । उनकै घरघडेरीमा मादीका सम्पन्न माओवादी नेताका सम्पन्न भाइले
आफ्नो घर ठड्याई दिएछन् । भन्छन् रे - 'अरुले लान्छन् भनेर जोगाएको पो त ।' सार्है
घृणा लागेको छ ती माओवादीलाई पनि अर्का माओवादीप्रति ।
भनिन्छ -
द्वितिय विशवयुद्धको अन्त्यमा रुसी सेना र पश्चिमी सेना जर्मनको राजधानी बर्लिनमा
पस्यो । पश्चिमी सेना विजयको उन्मादमा केही उच्छ्रिङ्खल देखियो तर रुसी सेना सौम्य
र शान्त । त्यो देखेर पश्चिमका सेनापति म्याकमिलनले रुसी सेनापति मालिनोभ्स्कीलाई
भने रे - "कस्तो अनुशाशित तपाईको सेना त !"
जवाफमा मालिनोँस्कीले
भने रे - "अरू ३६ घण्टा पनि यस्तै रह्यो भने त हो ।"
भनिन्छ आउदो ३६
घण्टामा बर्लिनका ७ वर्षदेखि ७० वर्षसम्मका सबै आइमाई बलत्कृत भए रे । त्यसको
निम्ति साम्यवादी रुसी सरकारले कहिले पनि जिम्मेवारी लिएन ।
हो, युद्धको
समयमा विजेताले जे गर्छ त्यसको निम्ति उसका सन्तान जिम्मेवार हुदैनन् तर नेपालका
माओवादी किर्तिपुरेको नाक काटिएको बदलामा राज्य दिन चाहन्छन् नेवारलाई । 'खसआर्यहरूले
थिचोमिचो गरेर शाशन गरे, अब थिचोमिचो गर्ने तिम्रो पालो' भनेर अल्पमतलाई राजनैतिक
अग्राधिकार दिन्छन् र वहुमतलाई भतुवा नागरिक बनाउछन् । त्यो मेरो भाइलाई थाहा छैन होला
या 'म त माओवादी पो त, मलाई कसले के गर्न सक्छ ?' भन्ने धारणा छ नत्र त अग्राधिकार
नपाएकै बेलाको ०७ सालमा उग्र लिम्बुले के के मात्र गरेनन् ? बाबुबाजेलाई सोधे
हुन्छ । माओवादीले भने जस्तै राज्यविभाजन भयो भने मादी आक्रमण गर्न बाघा, मावादिन
या फाबिङका लिम्बु आउदैनन् । भाइले नचिनेका हाङपाङ परका लिम्बु आइपुग्छन् भाइका खसआर्य
आमाबाबुलाई, डा.कृष्ण भट्टचनले चाहे झैँ, सीमानापारी लखेट्न ।
जसले जे गरे
पनि त्यो समयको त्यो समयको व्यवस्थाको कानुन र पद्धतिले अधिकार दिएर गरेको हो ।
व्यवस्था बदल्न चाहनु अग्रगामी सोच हो । समूह या जातिप्रति घृणा राखेर बदला
प्रेरित राजनितिले अफ्रिकी देश रुवाण्डामा विध्वंसकारी जातियुद्ध निम्त्याए झैँ जातियुद्धका
कारणले त्यो मेरो भाइका बाआमाले शरण खोज्दै बाहिर जानु नपरोस् । यही मेरो कामना छ
।
No comments:
Post a Comment