गीत
यो बाँच्नुको
नशा अनौठो नशाभरि म सुतेकै हुन्छु
सधैँ बिहानी
ब्युँझेर उठ्दा म आफूलाई बधाई दिन्छु ।
कति घाट नाघेँ,
चिहान नाघेँ
दिन, रात, साँझ,
बिहान नाघेँ
सकिनँ नाघ्न
वाचा कसैको ।
यो मोह डोरी
कस्तो बलियो छिन्ला कि भन्दै पर्खेकै हुन्छु
सधैँ बिहानी
ब्युँझेर उठ्दा म आफूलाई बधाई दिन्छु ।
कहीँ आए माया, कतिले
घिनाए
बहार, बाढी कति
चोटी आए
पुगेन वाचा
आउने कसैको ।
यो आशा डोरी
कस्तो बलियो पुग्ला कि भन्दै पर्खेकै हुन्छु
सधैँ बिहानी
ब्युँझेर म आफूलाई बधाई दिन्छु ।
यो बाँच्नुको
नशा अनौठो नशाभरि म सुतेकै हुन्छु
सधैँ बिहानी
ब्युँझेर उठ्दा म आफूलाई बधाई दिन्छु ।
No comments:
Post a Comment