बिराटनगरबाट काठमाडौँ
१
बिराटनगरमा हाम्रो पहिलो बास आज महेन्द्रचोक भनिने बजारअड्डामा पर्यो। त्यो
समयमा बजारअड्डाको माहिलाको होटल चल्तीको थियो र ठुलादेखि सानासम्म सबै नै त्यही
होटलमा बस्थे। हुटेल भनिने त्यो होटल आजकोजस्तो छाटकाटको नभएर ठुलो भान्साघरजस्तो
थियो जहाँ मानिसहरू चुलोको छेवैमा भात खान बस्थे। टेबुलमा खाने भन्नेहरू
विद्यालयमा हुने लामो बेन्च र डेस्कजस्तैमा बसेर खान्थे र धोती फेरेर खाने
बाहुनहरूका लागि चुलाकै छेउमा बनाइएका चौकामा पिर्काहरू राखिएका थिए। माहिलाका
होटेलमा सानासाना बाच्छा बाँध्ने दाम्लाजस्ता मोटा जनै लगाएका बाहुन केटाहरूले
खाना पकाउथे। त्यो होटलका मालिकले उब्रिएको भात फाल्थे कि फेरि तताएर खुवाउथे? या ती जनैधारी बाहुन कत्तिको बाहुन थिए? यी प्रश्न कसैले पनि उठाउदैनथ्यो।
सबै कुरा विश्वासमा नै चलेको थियो।
मधेसतिरै मामलीघर भएका पिताम्बर काका काठमाडौ नजाने भए। शायद मामलीले सल्लाह
दिए होलान ― काठमाडौँ सार्है टाडा छ, त्योभन्दा त बनारस धेरै नजिक। हुन पनि
हो। मेरो घरबाट त के? बिरानगरबाट नै पनि काठमाडौ धेरै टाडा थियो। जोगवनीदेनि रक्सौल दुई दिनको
रेलयात्रा थियो बाटामा कुनै अवरोध नआए। त्यसपछि विरगंज जाऊ र नेपाली रेलको सफर गर
अमलेखगन्जसम्म। रेलबाट ओर्ल र गाडीमा चढ भीमफेदीसम्म। भीमफेदीबाट त अरू कुनै साधन
थिएनन ठाडो उकालोमा एघार नम्बरमा हिडनु बाहेक। दुई दिनको यात्रापछि अनि पुगिन्थ्यो
काठमाडौँ। म नै घर छोडेको सत्र दिनपछि काठमाडौँ पुगेको थिएँ। बनारस जान त धेरै
सजिलो थियो। जोगवनीबाट चढेका रेल एकपल्ट कटिहारमा बदलेपछि सिधै पुगिन्थ्यो बनारस।
फेरि गाउँघरबाट नै पनि तिर्था गर्न काशी जानेको लर्को लागि नै रहन्थ्यो जब कि
नेपाल भनिने काठमाडौ मुद्दा गर्ने मात्र धेरै जाने गर्थे त्यो पनि अति कम।
पशुपतिनाथभन्दा विश्वनाथ ठुला र सजिला मानिन्थे सो समयमा।
दिनभरिको थकानपछि हाम्रा अभिभावकले माहिला होटलमा खाटहरू लिए र हामी कोठामा
बस्यौँ। साँझ परिसकेको र हाम्रा अभिभावकले हामी चाँडै सुत्छौ भन्ने थाहा पाएकाले
हामी खान बस्यौँ। तरकारी त अति पिरो भए पनि मिठो थियो र चामल त बासमती नै थियो
क्या रे तर कहिले पनि माड काढेको भात नखाएको मलाइै त्यो भात बालुवाजस्तै
स्वादविहीन लाग्यो। झन सधैँ चिप्लो मासको दाल खाएकोले खस्रो रहरको दाल त घाँटीमा
नै बिजाएको थियो।
पिताम्बरकाका छुट्टिएर गएपछि मेरा
अभिभावकले भोलिपल्टै यात्राको शुरूगर्ने निर्णय गरे तर हाम्रो त्यो दिनको
यात्राको थालनी सफल भएन। हामीले रेल समाउन सकेनौँ र रेल छुट३यो। हुन त हामीले
समयमै बिराटनगर छोडेका थियो। जोगवनी पुग्नुभन्दा एक डेढ किलोमिटर अगाडि नै हामी
चढेको बसमा बदलिएको थोत्रो जि.एम.सी लरी बाटैमा पसारो परी दियो र ड्राइभर र
खलासीले जतिसुकै ठटाए पनि डेग चलेन। साथमा सामान नहुनेहरू त दौडेर गए र रेल समाए।
हामी घिउ, चिउरा, चुकअमिलो, तामाटुसा, ओडने ओछयाउने गुन्टा,
बाकस आदि बोकेका मानिस दौडेर जान सक्ने सम्भावना भएन र गाडी
बनुन्जेल कुरेर बस्यौँ। एक डेढ घ48टाको कुराइपछि हामी जोगवनी पुग्यो र
कसैको घरको पेटीमा दिनभर बसेर बेलुका रेल समात्यौँ।
मलाई लागेको थिया मेरो रेलको यात्रा धरान–बिराटनगरको बसयात्राजस्तै
हुनेछ तर भएन। त्यो समयको भारतिय रेलको
तेश्रो श्रेणीमा भिडको किचाघान थियो तर जोल्टिन थिएन, ठक्कर थिएन। बाटोमा हामीले पुरी कचौरी खायौँ तर दुई छाक नै दालभात खानु पर्ने
मलाई पुरी–कचौरीजस्ता चिज खाएर पेट भरिने सन्तोष भएन। बाटोमा नौलो चिज भनेर स्याउ पनि
चाख्यौँ र त्यो स्याउ रसबिहीन यति स्याउस्याउ गर्ने थियो कि यस्तै भएर यसको नाम
स्याउ राखेको रहेछ भन्ने मैले सोचे र स्याउमा साँचै रस पनि हुन्छ भनेर त मैले
धेरैपछि थाहा पाएँ।
यात्रा हाम्रौ त्यति सजिलो थिएन। रेलमा हामीलाई सहयोग गर्नेभन्दा ठग्न
चाहनेहरूसँग बढी भेट भयो। रेलका बाबुहरूले हामीसँग मिठो शब्द त बोलेनन् नै २।४
रूपयाँ ठगि नै रहे। 'पहाडी भुच्चड', 'गोर्खे' जस्ता शब्दहरू अपमानित रूपमा हामीले पायौँ तापनि हामीले किच्च दाँत देखाएर ती
अपमानपूर्ण शब्दहरूलाई पचायौँ र तीस घ48टाको यात्रापछि रक्सौलमा ओर्लियौँ।
रेलबाट विरगंज जान ५।७ हिँडेपछि गर्मीको पिरले फुकालेको जुत्ता रेलमा नै छुटेको
मैले थाहा पाएँ। त्यो बेलासम्म नाङ्गै खुट्टा हिँडेको मैले मेरो परदेश यात्राको
निम्ति मेरी आमाले किनिदिएका जुत्ता रेलमा नै चढाएछु। मलाई सार्है दुख लाग्या तर
मेरा अभिभावकले विरगंजमा आएर अर्को जोर नया जुत्ता किनिदिए।
No comments:
Post a Comment