सौदामिनी
२
कमल हिलोमा बिच गोलमा हिरा
सुनाखरी फुल्छ कुहेको काठमा
ढुँडी किरो त्यो सिपी दिन्छ मोती
कुमुदिनी फूल्छे अँधेरी रातमा ।
न घाम छायाँ, न त ओत पानी
न धर्ती, आकाश इन्द्रेनी फूल्छ
कालो, अँध्यारो जल मेघ
च्याती
अनन्त फोहोर कुरुपता जहाँ
वरिपरि नित्य छ वास पासमा
प्रकाश छिर्दैन कसै कतै पनि
जहाँ दिउसै बदलिन्छ रातमा ।
गुहेकिरो झैं सब बस्दछन जहाँ
असह्य दुर्गन्ध जहाँ जहींतहीं
अनन्त आकाश डुलेर हिडने
सौदामिनी त्यो कसरी झरी त्यहीं ?
न काल बेला, न स्थितिको शुद्धता
न पात्रको रुप, न श्रेष्ठता कहीं
चाहिन्छ भन्ने निति भेटिदैन
भेटिन्छ सौन्दर्यशुधा जहींतहीं ।
हुन् मेनका, उर्वशी रूप सुन्दरी
चञ्चल र निर्मल गिरिकी सरिता
या कोइलीका स्वर माधुरी हुन्
सब एक ठाउँ सौदामिनीका ।
त्यो रुप हेरी अन्धो हुनुमा
बोली सुनी त्यो बहिरो हुनुमा
उसलाई माया गरी मार्न सक्ने
केही दुख हुन्न आगो छुनुमा ।
क्रमशः
क्रमशः
No comments:
Post a Comment