अन्धेरनगरी चौपटराजा
एक दिन एउटा सन्यासी र उनको चेलो एउटा सहरमा पुगेछन् र खाने विचार गरेर खानेकुराको दाम सोधेछन् । पसलेले जवाफ दिएछ: "टका सेर भाजी, टका सेर खाजा ।"
अर्थात् जे लिए पनि १ रुपयाँमा १ शेर । सन्यासीले सोधेछन्:"यो देशको नाम के ?"
"अन्धेरनगरी ।"
"शाशन कसले गर्छ नि ?" सोधे सन्यासीले ।
त पसलेले जवाफ दियो: "चौपट राजाले ।"
पिठोको भाउमा मिठो खान पाइने लोभमा चेलोले त्यहीँ बस्ने विचार गर्यो । गुरुले सम्झाए: "बाबु ! टका सेर भाजी र टका सेर खाजा पाइने यो देश अन्धेर नगरी हो र यहाँ न्याय अन्याय छुट्याउन नसक्ने चौपट राजा छन् । यस्तो ठाउँमा बस्न उचित छैन । यहाँ जे पनि हु सक्छ ।"
चेलो मानेन र मिठो मिठो खाएर त्यहीँ बस्यो ।
केही कालपछि पर्खालको दिवालले किचेर एउटा मानिस मर्यो र उसका आफन्तले त्यो दिवाल धनी माथी ज्यानमुद्दा चलाए र चौपट राजाले दिवालधनीलाई कमजोर दिवाल बनाएर मानिस मारेको आरोप लगाएर मृत्युदण्ड सुनाउदा दिवालधनीले भन्यो: "दिवाल मैले कमजोर बनाको होइन । डकर्मीले कमजोर बनाएको ।"
डकर्मीले दलिल दियो:"मसला बनाउनेले मसला गिलो पारेकोले दिवाल कमजोर भइको हो । मेरो दोष होइन ।"
फाँसीमा पुग्ने मसलावालाले भन्यो: "सरकार! दोष मेरो होइन । पानी हाल्नेले बढी पानी हाल्यो ।"
पाता फर्काएर ल्याएको पानीवालले आफ्नो दलिल दियो:"सरकार ! दोष मेरो होइन । दोष त त्यहाँ नजिकैको मिठाईपसलमा सन्यासी केटो खान नपाए झै ह्वाम्ह्वाम्ती लड्डु धोकिरहेको थियो । त्यसमा ध्यान गएर मसकामा पानी बढी परेको हो । दोष त्यही केटाको हो ।"
पानीवालाको दलिलमा चौपट राजाको चित्त बुझ्यो र त्यही सन्यासी चेलोलाई फाँसी दिन पठाए । त्यही समयमा गुरु सन्यासी आइपुगेर चेलाको ज्याबबचाए र छौपट राजा र उसको मंत्रीलाई आफ्नो चतुर्याइँले फाँसीमा चढाए तर त्यो हर्कै प्रशङ्ग हो ।

No comments:
Post a Comment