नेपालमा भ्रष्टाचार
म केटाकेटी छदा मेरा बाजे हाम्रो मुद्दामा घुस
खुवाउनु पर्छ भनेर रूपयाँ जम्मा गर्थे र तल अड्डादेखि राजधानीसम्मका अड्डाहरूलाई
घुस खुवाएका लिखत मेरा पुराना कागजमा खोजे पाइन्छ । त्यो समयमा प्रहरी नभए पनि
सिपाहीले प्रहरीको काम लिएर गाउँमा पसेपछि त्राही त्राही हुन्थे गाउँले र हाहाकार
चल्थ्यो गाउँमा । खसी ढालिन्थ्यो, घिउको रास लाग्थ्यो र मसिना चामल खोजिन्थे ।
जसरी भए पनि उनीहरूलाई पन्साउन सामग्री र रकम जम्मा हुन थाल्थ्यो । सो समयका
कर्मचारीलाई रिझाएर खुशि पार्न नसके आफ्नै खैरियत नहुन सक्थ्यो ।
६० वर्ष बितीसक्यो सो समयदेखि र मेरो नाति नै पनि ३०
वर्षको भई सक्यो । बाबुको थोत्रो गाडी चड्छ त्यो मेरो नाति । मन परेन बाबुलाई मन
परेको रङ उसलाई र उसले गाडीको रङ फेर्यो । नियम बमोजिम ऊ सम्बन्धित कार्यालयमा
गयो आफ्नो गाडीको फेरेको रङ जानकारी गराउन । दिनभरि त्यही काममा अल्झिएपछि बेलुका
लखतरान हुदै आएर भन्यो - "हजुरबा ! अति नै भएछ हाम्रो देश । पाइला पाइलामा
भेटी नचढाए फाइल नै अघि नबढ्ने ।"
मलाई लाग्छ फरक पृष्ठभूमिमा भए पनि मेरा हजुरबा र
मेरा नातिले भोगेको समस्या एउटै हो । त्यो कालमा भ्रष्टाचार थियो र अहिले पनि त्यही
भ्रष्टाचार उभिएको छ । केही समय अघि मात्रै त्यही कार्यालयका हाकिम टेलिभिजनको
पर्दामा कुर्लदै थिए - "भ्रष्टाचार भएको प्रमाण ल्याउनोस्, म कारवाही गर्छु
।" मानौँ भ्रष्टाचारीलाई पाता फर्काएर उनका अगाडि ल्याएपछि उनी कारवाही गर्ने
रे । जनताले भ्रष्टाचार भयो भनेपछि उनी आफै खोजी नगर्ने रे ।
राणाशाशन ढलेको पनि ६ दशक नाघी सक्यो एउटा बच्चाको
नाति पनि गरी खाने भई सक्यो तैपनि किन भ्रष्टाचारको समस्या जहीँकोतहीँ रह्यो ? किन
सेलाएर गएन त्यो ?
अहिले हामीले हेर्यौ भने भ्रष्टाचार नहुने ठाउँ
पाउदैनौ । पदमा बसेको कुनै व्यक्ति भ्रष्ट छेन कसैले भन्यो भने त्यो हाँसोको पात्र
बन्छ । राणाशाशन कालमा त कुनै सुरतले राजाका कानमा पर्यो भने जेलनेल, सर्वश्वहरण
हुने डर थियो, अहिले त त्यो पनि छैन । सर्वोच्चअदालतका न्यायाधिश अघिल्लो बेलुका
झगडियाको भोजमा गएर साँझ बिताउछन् र भोलिपल्ट उसैको पक्षमा फैसला गर्छन् । अदालतका
न्यायाधिश सपथग्रहणको मसी सुक्न नपाउदै दलिय नेताकोमा दाम राख्न पुग्छन् र
नियुक्ति गर्ने निकाय 'त्यो भएन होला' भन्दै पन्सिन थाल्छन् । दलिय नेता
अदालतद्वारा दण्डितलाई पुरष्कार दिन्छन् र आफ्ना कार्यकर्तालाई बलजफ्ती चन्दाको नाममा
रकम असुल्ने छुट दिन्छन् । भ्रष्टाचारको मूल स्रोत नै माथिल्ला पदाधिकारीहरूको
भ्रष्ट आचरण हो । तल्लो तहको भ्रष्टाचार त अनाचारको चुहिदै गएको थिगर मात्रै हो । यी
सबै भ्रष्टाचारी कार्यहरूको लक्ष नै जनताको सेवाको नाममा आफ्नो सम्पन्नतावृद्धि हो
। विकसित राष्ट्रहरूमा उत्पादन उद्योगका माध्यमबाट सम्पन्नता वृद्धि गरिन्छ भने
हाम्रोजस्तो अविकसित राष्ट्रमा भ्रष्टाचार उद्योगबाट सम्पन्नता वृद्धि गर्ने प्रयाशको
परिणाम हो हाम्रो भ्रष्टाचार जालो ।
भ्रष्टाचार संस्थागत भएको यो देशमा । भ्रष्टाचार गर्नेको संस्थागत जालो छ ।
कार्यालयको लेखनदास मार्फत आएको रकम, सुविधा, कोशेली त्यो कार्यालयको हाकिमसम्म
पुग्छ र कार्यालय कार्यालयबाट थपिदै गएर माथिल्लो निकायको कोशेली बन्छ । त्यसैले
तल्लो तह समातिने बित्तिकै माथिल्लो तह उसको बचावटमा ढाल बनेर "प्रमाण ल्याऊ,
प्रमाण ल्याऊ" भन्दै कुर्लन थाल्छ । भ्रष्टाचार छानविन गर्ने निकाय पनि छन्
तर ती निकाय स्वयम् नै पनि अरू कार्यालयभन्दा फरक छैनन् । प्रहरीले अपराधी समाएन
भन्दा या न्यायाधिसले झगडियासँग सँगै
रात बिताए भन्दा पनि अचम्म लाग्न छोडी सकेको छ सर्वसाधारणलाई । अब त झन् हिजो खान
नपाउने माओवादीका नेताहरू आज करोडौपति भएको देखेपछि त नैतिकता नै मरेर गएको ठानेका
छन् सर्वसाधारणले त ।
तलदेखि मायीसम्म दायाँदेखि वायाँसम्म व्याप्त छ
भ्रष्टाचारको जालो । सबै नै कुनै न कुनै रूपमा भ्र्रष्टाचारसँग जोडिएका छन् ।
भ्रष्टाचार व्यक्ति विशेषमा सीमित नभएर एउटा विकृत सामाजिक पेशा भएको छ । त्यसैले
यसको जरा व्यक्ति विशेषमा नखोजिएर हाम्रै समाजभित्र खोजिनु पर्छ ।
कमाउनुलाई राम्रो मानिन्छ संसारभरि नै तर कसरी
कमाउने ? त्यसको एउटा सीमा हुन्छ । हाम्रो समाजमा त्यसको कानुनी सीमा छ तर नैतिक
सीमा छैन । जसरी कमाए पनि कमाएस् तर नसमाइएस् भन्ने आशिर्वादमा विश्वास गर्छ
हाम्रो समाज । भ्रष्टाचारले सामाजिक मान्यता पाएको छ समाजमा । दोश्रो, नियम,
कानुनलाई मिचेर अगाडि बढ्नेलाई बहादुर ठान्छ हाम्रो समाज । सडक मिचेर घर बनाउन
सक्ने आँटिलो ठानिन्छ । अरूलाई कैयौँ दिन झुल्याइने काम कसैले आफ्ना
शक्तिस्रोतद्वारा एक घण्टामा नै गर्न सक्छ भने त्यसलाई पहुँच भएको सशक्त व्यक्ति
मानेर सन्मान गरिन्छ अर्थात् जसले भ्रष्टाचार गरेर धन कमाउछ, नियम-कानुन मिचेर
आफ्नो फाइदा उठाउछ त्यो व्यक्ति समाजमा सन्मानित मानिने भएपछि भ्रष्टाचार र बेथिति
रोकिन्छ कसरी ?
तैपनि ओखती त खोजिनै पर्छ किनकि भ्रष्टाचार र बेथिति
नरोकी विकास सम्भव छैन । पहिलो त देशलाई एउटा नैतिकवान र दरिलो राजनितिज्ञको
आवश्यकता छ । नेतृत्व गर्ने मानिस सदाचारी र नैतिकवान नभएसम्म देशबाट भ्रष्टाचार र
बेथिती हटाउने काम शुरू पनि गर्न सकिन्न । त्यो राजनितिज्ञको सदाचार र नैतिकताको
प्रभाव उसका वरिपरि बस्ने स्वत पर्न शुरू हन्छ ।
No comments:
Post a Comment