Monday, June 25, 2007

माओवादी र मध्यमवर्ग

गर्भमा रहेको छोरो भविष्यको तारा देखिन सक्छ तर जन्मेर सँगै बसेपछि लठुवा या दुर्जन निस्कियो भने सपना चकानाचुर हुन्छ र सार्‍है नै चित्त दुख्छ । जंगलमा बसेका माओवादी माथि आस्था र आशा राख्ने थुप्रै मध्यम वर्गियहरू खुलामा आएपछिका माओवादीका क्रियाकलापले त्यस्तै आहत स्थितिमा पुगेकाछन । वादका जुनसुकै विवाद उठाए पनि र जुनसुकै वादको प्रभुत्व भए पनि देशको शाशन शहरिया मध्यम वर्गियहरूको सहमति र सहयोग बिना चलाउन खोजियो भने कम्बोडियाली पोल पोटको नियति भोग्नु पर्दछ भन्ने माओवादीले नबुझेको प्रेस माथिको उनीहरूको आक्रमणले देखाउछ । अप्का हाउस, कान्तिपुर प्रकाशन र अब कामना प्रकाशनमा पुगेको माओवादी भातृ संगठनहरूको प्रेस माथिको आक्रमणले स्वतन्त्र समाचार माध्यम चाहने माओवादी समर्थक मध्यमवर्गियहरूलाई तर्साउन थालेको छ । जसरी एउटा मेलम्ची आयोजना माओवादीहरूको सहरी काठमाडौं उपत्यका प्रतिको अवधारणाको पर्याय बन्न पुग्यो त्यसरी नै छापाखाना माथिको व्यवहार वौध्दिकवर्ग माथिको व्यवहारसँग पर्याय हुनसक्छ । २१सौं शताव्दिमा उन्नाइसौं शताव्दिको मार्क्स र वीसौ‍को मध्यको माओका सिध्दान्तका आधारमा बिना मध्यमवर्गिय सहयोग कति शाशन गर्न सकिन्छ ? त्यो वर्ग विस्तारै माओवादी बाट टाडिदै गयो भने त्यो वादलाई सर्वसाधारण सम्म पुर्‍याउने माध्यम रहन्न भन्ने माओवादीले अझै नबुझे झैं देखिन्छ ।

Friday, June 08, 2007

सीताराम प्रसाई र वाइसिएल

एउटा सीताराम प्रसाईलाई समाएर आफ्नो छवि सुधारिन सक्छ भन्ने माओवादी सोच्छन भने त्यो उनीहरूको सपना हो । तैपनि प्रसाईलाई समाएर उनीहरूले एउटा मर्यादित काम भने अवश्य गरेका छन किनकि गृहमन्त्री कृष्णप्रसाद सिटौला प्रहरी प्रधान वाशुदेव ओली गृहसचिव मैनाली तीन कुमाईहरूको शक्तिको आडमा अर्का कुमाई सीताराम प्रसाई कानुन र सत्ताको खिल्ली उडाइरहेका थिए र गलत तरिकाले नै सही वाइसिएलले त्यो खिल्लीको जालो तोडिदिएको छ । मथुरा मास्केलाई पनि कठघरामा ढडयाउन सके भने जनताका आखामा त्यो पनि सर्‍हानिय हुनेछ । तर वाइसिएलले आफूलाई नसुधारेमा एउटा प्रसाई या एउटा मास्के माथि गरिने कारवाहीहरू वाइसिएलले गरेका ज्यादतिका तुलानामा ज्यादै नगण्य हुनेछन र प्रधानमन्त्री गीरिजाप्रसाद कोइरालाले लगाएको आरोप सही ठहरिने छ । बिना लक्ष गरिएका लुटपाट विनाश अपहरण र हत्या कुनै पनि नाराले सही ठहर्‍याउन सकिन्न । शान्तिको समयमा यिनका हिसाव–किताव मागिदा फलामका चिउरा बन्न सक्छन आजका ज्यादतीहरू ।

Saturday, May 19, 2007

Prosperity defined

Need is basic requirement of any individual living being and it may differ from one to another. Any one type of living beings have very common needs. For example, all cows have similar needs of life and so tigers have among themselves. Human beings have desires beside needs. Needs guide people through daily rituals but desires provoke him/her to look for life better than existing one or that of his neighbour in society. Such a desire is a desire of prosperity fulfilment of that desire is increment of prosperity. Such prosperity can be measured by any particular unit time value.

Ratio of one time value to another time value is prospeity of one individual with respect to another. If all unit time values are compared with any single unit time value, the ratio obtained in each case will indicate the prosperity of each individual. In common word , if the ratio is greater than one, the individual is better of in life than the single unit time value person. Else if the ratio is less than one, the person is worse of in life than the single unit time value person. Thus, prosperity is defined.

Monday, May 14, 2007

The house that Maoist vandals destroyed


They destroyed just to destroy it.

It was built a century back in a remote hill area now called Sankhuwasabha district of Nepal. It was built of stone, mud and wood, plastered by liun(paste of fine mud, cow dong, rice husk power, fine dry babiyo in water) and white washed by lime. Its doors and windows were masterly carved and the building was biggest and most beautiful in that area. Apswara house was forty feet long and twenty five feet wide and four storeys tall. Its roofs were slated by kiln roof tiles.

Apswara house had a century old history. When it was built, strong male labourers use to get four paisa per day (today they get Rs.150 or 15000 paisa per day). Stones were carved to size. Fifteen hundred cubic feet of saal(strong and heavy wood) and chanp (strong and light wood) were used.

It was the biggest of all building in that compound.

I never saw my grand father who built this house and can not say how he felt of it but my grandmother loved and cared this house very much and equally loved it my mother too. After the death of my mother, a poor family was living in this house and was tilling its compound land free.

One fine day Nepalese Maoists came to this house, shifted its residents to another house and razed it to the ground, sold its parts, wood, tiles and others what was possible.

What for? Vandalism has no reason and this was nothing else but criminal vandalism. Maoist leaders talk of high discipline in their cadres but in fact most of the local Maoists militants are just bunch of desperados feeding themselves by power of guns and muscles.

How much did the house value? Around twenty thousand piece of kiln tiles, one and half thousand cubic feet of wood, below twenty thousands cubic feet of stones and others could hardly valued much but the history of this house, its structure, its carvings, its elegance had no match in that area.

This was most beautiful house for me. I was born, spent my childhood and adolescence here. I felt pain like in death of a dear one when I heard about this vandalism. My well wishers are pressing me to complain and ask for compensation for this act but what? even if I get some money for my house? I am not going for it. I know, no one will be able to remake it. Let the crime be a crime unpunished.

Monday, January 08, 2007

कविता — मेरो पुरानो कविता संग्रह बाट

जीवन र मृत्यु

-- राम दाहाल

मृत्यु त जीवन आसन्न लक्ष हो
बाँच्नेले यसलाई कुर्नै पर्छ
जीवन निर्धारित कोशेढुंगा हो र्
मर्न चाहे पनि यसलाई तुर्नै पर्छ ।

हामी आफैले आफैलाई ढाँटेर बाँच्न चाहन्छौं,
या आफैलाई ढाँटेर मर्न चाह्रन्छौं ,
कोही वटवृक्ष झैं शताव्दि नाघ्दै रमाउछौं,
कोही पानी झार झैं कलकलाउदैमा बिलाउछौं ।
हामी बाँचुन्जेल बाँचेर बस्छौं
र शताव्दि या सोर्‍ह दिन पछि
ढल्छौ् र मर्र्छौ् ।

'बाँचेकैछ ?‘ भनी चौरासी हेर्न आउने निम्तालु भन्दा त
वैंसमा मलामी हुन आउने चोखा हुन्छन,
सुखले मोटाएका भन्दा त
दुखले खँगारिएका बढी भोका हुन्छन ।
त्यसैले आफ्नो निम्ति बाँच्न सजिलो छैन भने
अर्कोको निम्ति बाँच्न झन गाहारो हुन्छ ,
वर्त र पूजा त कष्टसाध्य शोख हो
श्राद्ध र तर्पणको लागि पो अभागी वाध्य हुन्छ ।

'बाँचेकैछु' भनि जनाउन पनि केही त भन्नै पर्दोरहेछ,
भएको दिन्छु भन्न पनि उठेर तम्सनु पर्दो रहेछ
र पानीझार होस या वटवृक्ष दुवैले
केही त दिएर नै जानुपर्दो रहेछ ।

दिल्ली
१९ जुन १९९२

Thursday, January 04, 2007

साम्यवादी व्यवस्था किन पछाडि फर्कियो ?

(सम्पन्नताका सिद्धान्तका व्याख्याका सम्वन्धमा) goto: http://www.dahals.com/prosperity/principle.htm
मार्क्सवादको मुख्य विशेषता समानतामा विश्वास गर्नु हो र लेनिनवाद र माओवादको विशेषता त्यो समानता प्राप्तीको लागि रक्तरञ्जित संघर्षको माध्यम अपनाउनु हो । सर्वहाराको मात्र निजी आर्थिक स्वार्थ्य नहुने हुदा उसको अधिनायकत्वमा मात्र समानतावादी साम्यवादी राज्य खडा गर्न सकिन्छ' भन्ने मार्क्सको दर्शन चिन्तन भएकोले हातमा सत्ता आउना साथ साम्यवादी शाशकहरूले, विशेष गरेर सोभियत संघ र चिनमा, आम नागरिकलाई सर्वहारा बनाउन सबैको व्यक्तिगत सम्पत्ती राज्यको नाममा जफत गरे र निजी सम्पत्ती आर्जन गर्न निषेध गरे । त्यसैले १९१७ को क्रान्ति पछिको तेश्रो पुस्ताले त सोभियत संघमा निजी सम्पत्तीको अर्थ र महत्व पनि बुझन छोडेको थियो र त्यस प्रतिमोह पनि थिएन । तैपनि किन मार्क्सको साम्यवाद तिर नगएर पछाडि फर्कियो एउटा व्यवस्था ?

रुस र चिनका सभ्यता र विकाश आदिम नभए पनि लेनिन र माओको धारणा आदिम समानताका धारणाहरू थिए । उनीहरूले राज्यलाई सम्पत्ती र पूजीको एकाधिकारी मालिक बनाएर नागरिक सबैलाई र्सवहारा बनाए । काम गरे पछि मिठो पिठो जे होस पेट भरि खान दिने जिम्मेवारी राज्यले लिएर एउटा समानता स्थापित गरेको दुई दशक नबित्दै सोभियत संघमा 'त्यो भन्दा पर के त ?' भन्ने अर्को प्रश्न जन्मियो । द्वितिय विश्वयुध्दको विभिषिकाले सोभियत समाजलाई फेरि आदिम समानता तिर पुर्‍याइदिएकोले चौथाइ शताव्दि त्यो प्रश्न सेलाएर बस्यो ।

मार्क्सले सबै युद्ध र संघर्षको कारण उनीले परिभाषा दिएका वर्गहरू बिचको अर्न्तर्द्वन्दलाई ठाने र वर्ग निषेध पछि संघर्ष अन्त्य हुने दावी गरे तर सोभियत संघमा पूँजिपति राज्य र र्सवहारा नागरिक बिच त्यो अर्न्तर्द्वन्द यथावत कायम रहिरहृयो । राज्यको सत्तामा पहुँच भएकाहरूको आचरण राज्यको प्रतिनिधि संचालक भएको नाताले सुविधाभोगी र जिम्मेवार विहिन हुन पुग्यो भने र्सवहारा हुन पुगेका नागरिकहरूमा कामचोर, ठग र चाकडिवाजहरूको नेतृत्व हुन थाल्यो र पूजिपति राज्य र र्सवहारा नागरिक बिच मालिक र नोकर बिच हुने अर्न्तर्द्वन्दका दुष्परिणाम बाहिरिन थाले । सोभियत संघको समस्यालाई देखेर उद्योगमा कम विकशित चिनका माओले कहिले यो क्रान्ति त कहिले ऊ क्रान्तिका नाममा आदिम समानता कायम राख्न खोजे तर माओ बितेको केही वर्ष पनि नवित्दै पूजिवादी अर्थवादी व्यवस्था समाएर पनि साम्यवादमा पुग्न सकिने धारणा बनाएर चिन पूजिवाद तिर लाग्यो । सोभियत संघमा त साम्यवादी शाशनको अन्त्य नै भयो ।

सपना देख्नु अपराध होइन । सपना सबैले देख्छन र ती सपना पुरा गर्ने प्रयाश पनि गर्छन । कसैका सपना काल र परिस्थितिमा आधारित भएर सफल हुन्छन भने कसैका कल्पनामा मात्र आधारित भएकाले असम्भव युटोपिया बन्छन । मार्क्सवादीका विरोधिहरूले साम्यवादलाई काल्पनिक युटोपिया माने पनि मार्क्सको दर्शन र चिन्तनका आफ्नै आर्थिक र राजनैतिक धारणा छन । हेगलको द्वन्दवाद समाएर मार्क्सले अविकशित आदिम साम्यवाद देखि पूँजिवाद सम्मको बाटो तय गरेर साम्यवाद तिर औंल्याए पछि 'बाटो काटयो लौरो विर्स्यो' भने झै आफ्नो अडानको आधार द्वन्दवादको अस्तित्व नै मेटिदिए साम्यवादमा पुगे पछि। उत्पादन र उत्पादक दुवै अगाडि झैं नै यथावत रहने भए पछि उत्पादक या उपभोक्ताको शोषण बिना अग्रविकाशको लागि पूजि कहाँ बाट आउछ ? भन्ने प्रश्नको जवाफ आउन सकेन र हेगलको द्वन्दवाद समाएर तय गरिएको बाटोमा द्वन्दवादको इन्कारीले त्यो गन्तव्यको वौद्धिक आधार नै हरायो र बिचैमा हरायो साम्यवाद तिरको बाटो । अस्तु ।

पशुजन्य मौलिक आवश्यकता पूर्ति भए पछि पनि मानिस किन गर्छ त अरु प्राप्ति गर्ने प्रयाश ? केले वाध्य पार्छ उसलाई त्यो सबै गर्न ?

पहिलो त, आफ्नो उपलव्धिमा सन्तोष गरेर बस्ने मानिस बिरलै पाइन्छ । दोश्रो, उसको उपलव्धि अरुको भन्दा विशिष्ठ होस भन्ने चाहना पनि हुन्छ उसमा । यी दुईको समष्ठिगत चाहना नै सम्पन्नताको चाहना हो र त्यो चाहनापूर्तिको प्रयाश पछिको. उपलव्धि नै सम्पन्नता हो । त्यो सम्पन्नतावृद्धिको निम्ति विभिन्न वर्ग बिच मात्र होइन एउटै वर्गका व्यक्तिव्यक्ति बिच पनि संघर्षा चल्दछ । यो संघर्ष खुला आकाश या ओडारमा बस्दाको आदिम साम्यवाद देखि नै चलिआएको हो । आफ्नो सामुहिक स्वार्थको लागि एउटा वर्गका मानिस केही समय एउटै संघरर्षको बाटोमा लागे पनि सम्पन्नताको संघर्ष व्यक्तिको जीवनवृत्तिको अनवरत संघर्ष भएकोले त्यसमा उनीहरूका बाटा सधै अलग हुन्छन । सम्पन्नता वृद्धिको यो संघर्षमा एउटै आर्थिक र सामाजिक संरचना भित्र बस्नेहरू बिच आफूले कम खर्चिनु परोस या आफ्नो उपलव्धि बढी होस भन्ने चाहनाले नै दाश र दाशमालिक, रैती र भूमिपति, मजदुर र पूजिपति बिच विपरित स्वार्थहरू जन्मिएका हुन । यस्तै चाहना त पसले र ग्राहक, बदमास र प्रहरी आदि जस्ता दैनिक प्रयोजनका व्यवहारमा पनि पाइन्छ र यस्तै कारोवारी सम्वन्ध पनि रहिरह्नछ उनीहरू बिच । त्यसैले व्यक्तिगत रूपमा होस या सामुहिक रूपमा सम्पन्नतावृद्धिको संघर्ष मानिस मात्रको विशेषता हो र ऊ आफूले आर्जेको मध्ये केही मात्र अर्कोको आवश्यकतापूर्तिको निम्ति दिन सक्छ र सबै नै माग्न थालियो भने उसले त्यो संघर्ष गर्ने आवश्यकता देख्दैन र विकाशको गति नै अवरुद्ध हुन्छ । सामुहिक भलाइको निम्ति व्यक्तिगत बलिदान छोटो समयको निम्ति ग्राहृय हुन सक्छ र सधै यस्तो बलिदानको माग गरियो भने त्यो प्रयाश आफैमा असफल हुन्छ । 'वहु जनः हिताय' को दैवी भावनाले सम्पन्नताको चाहना जस्तो मानविय विकाशको उत्प्रेरकलाई सामुहिक भलाइको नाममा सधै नकार्ने मार्क्सवादी दर्शनमा पूजिपति राज्य र र्सवहारा नागरिक भन्दा पर के ? भन्ने निकास नपाएर बाटो पूजिवाद तिर नै फर्कियो र साम्यवादीहरू मध्ये जो जसले र जे जसरी व्याख्या गर्न गर्न खोजे पनि त्यो निकाश अझै फेला परेको छैन र साम्यवादी दर्शन अलमलिएर बसेकोछ ।

Monday, July 17, 2006

एउटा न्यायाधिशको संकेत

यसै ब्लगको २००५ नोवेम्बर २२ को लेखमा मैले भनेको थएँ कि मानिसको कार्यसम्पादन, निर्णय या फैसला, उसमा भएको अधिकार उसको प्रशिक्षण, उसको नियत र उसको आँटमा भर पर्दछ । एक व्यवस्थाको निम्ति प्रशिक्षित व्यक्ति अर्को व्यवस्थाको निम्ति यसै त अयोग्य नै हुन्छ र उसलाई पुनः प्रशिक्षित गरिनु पर्दछ । हुकुमी शैलीका विचार विद्यालयमा दिक्षितहरू लोकतान्त्रिक पद्धतिमा निर्णय गर्ने न आट गर्न सक्छन, न उनमा त्यो नियत नै हुन्छ । अधिकार दिदैमा व्यक्ति नैतिक निर्णयवान बन्दैन । अहिले आएर सर्वोच्च अदालतका न्यायाधिश अनुपराज शर्माले यही प्रश्न उठाएका छन । ‘वर्तमान नया व्यवस्थाले व्यवस्था अनुरुपका नया न्यायाधिश पुनः नियुक्ति गर्नु पर्छ र व्यवस्थाको निम्ति असक्षमलाई निष्काशन गर्नु पर्छ’ भन्ने उनको भनाई यो समयको निम्ति एकदम उपयुक्त छ किनकि हुकुमी शैलीको पंचायत विचार विद्यालयमा प्रशिक्षित न्यायाधिश र कर्मचारीहरूलाई बिना प्रजातान्त्रिक प्रशिक्षण यथावत राख्नाको परिणाम देशले भोग्नु परेको उदाहरण राजा द्वारा मनोनित मुख्य सचिच, न्यायाधिश र प्रधान न्यायाधिश यसका नमुना हुन । हिन्दु राजाका वचन र कार्यमा प्रश्न उठाउन पाइन्न भनेर वकालत गर्ने कानुनका गुरुदेव राजाको निगाहले सर्वोच्च अदालतको न्यायाधिश बन्दैमा लोकतान्त्रिक व्यवस्थाको निम्ति उपयुक्त कसरी हुन्छन ? न्यायाधिश अनुपराज शर्माले यस्तै विरोधाभाषलाई औंल्याएका हुन । यस्ता विरोधाभाषहरू अहिले अनगिन्ति छन र तिनीहरूको छटनी गर्नु अत्यावश्यक पनि छ । थालनी कहाँ बाट ? त्यो न्यायाधिश अनुपराज शर्माले औल्याइदिएका छन । परिवर्तनको कार्यलाई सही वेसहीको फैसला गर्ने अन्तिम थलो, सर्वोच्च अदालत, मा परिवर्तन अनुरुपको फेरबदल नगरी बिना हतियारका राजनैतक दलहरूले अरु फेरबदललाई लोकतन्त्र विपरित विद्यालयमा दिक्षित न्यायाधिशहरू मार्फत कानुनी रूप दिन सम्भव छैन । परिवर्तन या फेरबदलको थालनी सर्वोच्च अदालत भन्दा अरु उपयुक्त थालु कहाँ हुन सक्छ ?

Sunday, July 09, 2006

नेपाली कांग्रेसको जवाफ चाहियो

१२ वर्षो बहुदलिय व्यवस्थामा मुखले एउटा कुरा भन्ने र कामले अर्को कुरा गर्ने नैतिक बेइमानीले दलहरू प्रति जनताको आस्था यति तल झर्‍यो कि राजाले प्रत्यक्ष शाशन हातमा लिएर आङ्खनो नैतिक धरातल नचुकाए सम्मका आन्दोलनहरूमा दलहरूका झण्डा बोक्ने मानिस खोज्नु पर्ने स्थिति आयो । हामी अब सुध्रियौं भनेर र्सार्वजनिक कायलनामा आए पछि मात्रै जनआन्दोलनले गति लियो र एउटा गन्तव्यमा पुग्यो तर जनआन्दोलनको सफलताको तीन महिना पनि नबित्दै त्यही नैतिक इमान्दारी फेरि धरापमा परेको छ । छोेरीको बिहेमा तडकभडक नगर्न प्रधान सेनापति लाई सुझाव दिने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी नातिनी मेलिना जोस्ट (कोइराला ?) को बिहेभोज प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निमन्त्रणामा आएका ३५०० जति निम्तालुले देशको एउटा भव्य पाँचतारे होटलमा जाँड-रक्सी (संचार माध्यममा प्रयोग भएको ड्रिङ्क शब्द अवश्य नै पनि शुद्ध पानी या फलफूलको रसको निम्ति भनिएको होइन होला) सहित खान पाए । रमाइलै भयो होला त्यो भोज तर त्यो भोजले अनेकौ प्रश्न उठाए पनि म निम्न चार वटालाई मात्र छुन चाहन्छु ।

सामाजिक सुधार ऐनले शुभकार्यका भोजहरूमा ५१ जना भन्दा बढीलाई जन्ती र भोज खुवाउन नपाउने व्यवस्था गरेकोमा प्रधानमन्त्रीका नाममा यस्तो विशाल भोज आयोजना गर्नु कानुनी र नैतिक अपराध या पदिय दुरुपयोग हो कि होइन ?


प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नातिनीको बिहेमा ३५०० व्यक्तिलाई पाँचतारे होटलमा जाँड-रक्सी सहितको भोज खुवाउन सक्ने उनको आर्थिक हैशियत छ कि छैन ?


प्रधानमन्त्रीले निम्त्याइएको भोजको खर्च अरु कसैले तिरिदिएमा सो सुविधाको लाभ पदिय दुरुपयोग हुन्छ कि हुदैन ?


नेपाली कांग्रेस र यसका नेताहरूलाई जनआन्दोलनले यस्तै तडकभडकको निम्ति सत्तामा पुर्‍याएको हो कि होइन ?

अस्पतालको बेडमा सुतेका प्रधानमन्त्रीको नाममा जे जति दुरुपयोग भइरहेकोछ त्यसको परिणामले अब छोटो समयमा नै अर्को पुस्तालाई नेतृत्व सुम्पनु पर्ने गिरिजाप्रसाद कोइरालाको भविष्यलाई त कुनै असर पार्ने छैन तर नेपाली कांग्रेसको सामु भने नैतिक शंकट खडा गरिदिएको छ । नेपाली कांग्रेस र यसका नेताहरूले यसको उचित उत्तर दिन सकेनन भने यहीं बाट नै नेपाली कांग्रेसको नैतिक पतनको पुनः थालनी हुन सक्छ । नैतिक उच्चताको उदाहरण बन्नु पर्ने अन्तरिम कालमा नैतिक विचलनले ल्याउने परिणाम हेर्न राजाको पाँच वर्षे शाशनकाललाई हेरे पुग्छ । निर्वाचन गराउन नसक्दा एउटा निर्वाचित प्रधानमन्त्रीलाई 'अक्षम' भनेर हटाउने तर त्यही निर्वाचन आफू गराउन नसक्ने, राजाको सम्पत्ती जनताको हो भन्ने तर अपुताली परेका राजा विरेन्द्रको सम्पत्तीको पनि एक चुनदाम सम्म जनताको नाममा खर्च नगर्ने, अरुलाई आर्थिक भ्रष्टाचारको आरोप लगाउने तर राजपरिवारको भत्ता, सुखसाधनमा राष्ट्रको ढुकुटी खर्चिन अंकुश नलगाउने, वहुदलिय प्रजातन्त्रको रट भने सधैं लगाउने तर त्यही प्रजातन्त्रलाई सुदृढ गराउने नाममा डा.तुलशी गिरी, शरदचन्द्र शाह, टंक ढकाल जस्ता वहुदलिय प्रजातन्त्रका कट्टर विरोधीहरूको जमात लिएर शाशन चलाउने राजाको नैतिक विचलनको व्यवहारले २५० वर्षसम्म एउटा बलियो जग बनाएर बसेको नेपालको राजसंस्था त जनता बिच ठट्टा र अवगालको पात्र भएर अवशानको बाटो तिर लाग्यो भने मुखले प्रजातन्त्रको नाम दिएर अर्थिक गतिविधि पारदर्शी नबनाउने नेपाली कांग्रेसका नेता मात्र होइन, नेपाली कांग्रेस स्वयम पनि अवशान तिर लाग्न सक्छ । त्यसैले नेपाली कांग्रेस र यसका केन्द्रिय नेताहरूले मेलिना जोस्टको बिहेभोज बारे आफ्नो सफाइ जनता सामु प्रस्तुत गरून ।

Wednesday, June 14, 2006

राजनैतिक समस्या (क्रमश)

२ सात दलको समस्या
नेपालको राजतन्त्रको ठूलो सहयोगी नेपाली कांग्रेसलाई राजा विरेन्द्रले अलिकति चिने पनि बाँकी दरवारियाहरूले यसलाई स्पष्टबादी लोकतान्त्रिक भएको र दरवारिया सामन्तवादको प्रतिक राणा शाशनको विरुद्ध हतियार उठाएकै कारण सधैं राजा विरोधीको कित्तामा राखे । त्यसमाथि पनि शेरबहादुर देउवाले त राजाले अर्‍हाएको, भनेको मान्ने बैठकेले काम गरे झैं नेपाली कांग्रेस (प्रजातान्त्रिक) लाई आफू सँगै राजा पछाडि हिडाउदा पनि त्यो दोष बाट मुक्ति पाएनन । राजतन्त्रको पक्कै पक्षधर भइसकेको नेकपा एमालेलाई पनि उनीहरूले नेपाली कांग्रेसको पिछलग्गुमा दर्ता गरेर रेटन थाले पछि र राजाको शाशनको विरोधलाई माओवादीको समर्थनको संज्ञा दिएर समर्थक दलहरूलाई निम्टियान्न पार्न खोजे पछि आफ्नो अस्तित्व रक्षार्थ अरु दल साथै माओवादी सँग मिलेर राजतन्त्र विरुद्ध खनिनुको विकल्प उनीहरू सँग रहेन र माओवादीको हतियार निशस्त्र लोकतान्त्रिक आन्दोलनको विरुद्धमा नचल्ने निश्चित भए पछि जनसमूह अरिंगालको गोलो झैं राजतन्त्र माथि खनिदा बैशाखे गुराँस-क्रान्ति चरम उत्कर्षमा पुगेर एउटा निकाश लियो । शत्रुलाई पनि मित्र बनाउनु पर्ने राजनैतिका कुटनितिको अपनाउनुको साटो मित्रलाई पनि शत्रु बनाउने दुर्निति समाएर मित्रशक्ति गुमाउनु शाही शाशनको डेढ वर्षो विशेषता रहृयो ।

एकातिर अझै राजा प्रति वफादार अधिकृत द्वारा संचालित नेपाली सेना, अर्को तिर माओवाद प्रति मात्र आस्था राख्ने माआवादी जनसेनाको चेपोमा परेको निहत्था सात दलले दुवै सैन्यलाई विश्वास गरेका छैनन तर बाज र बिरालोलाई एक अर्कोको डर देखाएर दुई बिच बाँच्न सफल भ्एको नितिकथाको मुसो झैं सात दल अहिले सम्म ती दुई बन्दुकलाई सन्तुलनमा राख्न सफल भएका छन र सात दलको र्समर्थन प्राप्त गर्न सक्दा मात्र आफू वैध बन्न सक्ने र प्राप्त गर्न नसक्दा अवैध भएर मासिन सक्ने सम्भावना देखेका दुवै बन्दुकेहरूले पनि उनीहरूको र्समर्थन खोज्नु स्वाभाविक हो । आफ्नो सामन्वादी दम्भले राजले त्यो मौका चुकाए पनि शान्तिपूर्ण अवतरण गरी आफूलाई वैध बनाउने प्रकृयालाई गुमाउन चाहदैनन माओवादीहरू र यसैका लगि लागी पनि परेका छन । थालनी भएको नया व्यवस्थालाई स्थायी बनाउने प्रकृया सात दल समूहको राजवादी नेपाली सेनालाई लोकतान्त्रिक बनाउने र माओवादी जनसेनालाई वहुदलिय लोकतान्त्रिक संरचनामा व्यवस्थित र समायोजित गराउने सुझबुझ र माओवादी नेतृत्व सँग समन्वय गर्न सक्ने क्षमतामा भर पर्दछ र त्यति नै भर पर्छ माओवादी नेतृत्वको सैद्धान्तिक जडसुत्र त्याग र व्यवहारिक लचकतामा पनि ।

इसप निति कथाकों माटो र फलामको भाडो बिच फलामे भाँडोमा हिर्काउने चाहना नभएर मित्र हातले छोए मात्रै पनि पिडित माटोको भाँडो हुने भए झैं ०४६ सालको सम्विधानले राजा र संसदलाई संविधानको अंग बनाएर समान अधिकार दिए पनि स्थयित्वको हिसावले फलाम र माटोको भाँडो जस्ता दरवार र संसद मध्ये संसद दरवारको पेलाइमा पर्‍यो । त्यस्तै नै अहिलेका समान सम्झौताका जिम्मेवार पक्ष, बन्दुक बोक्ने माओवादी र निहत्था सात दल, बिचको समझदारी यसै पनि निहत्थालाई चोट लाग्ने सम्भावना त ल्याउछ नै, त्यसमा पनि माओवादीहरूको वातै पिछे सेना लिएर जंगल पस्ने धम्की सात दलको निम्ति अनावश्यक दवाव सिर्जना गर्छ । दुई बन्दुके बाट जोगिदै एउटा सेनालाई तह लगाएर र अर्कोलाई कुबाटो बाट बाटोमा ल्याएर लोकतन्त्रलाई स्थापित र स्थायी बनाउने सात दलको वाध्यता र समस्या हो र यो अवश्य नै फलामको चिउरा झैं कठिन छ ।

Tuesday, June 06, 2006

राजनैतिक समस्या


१.माओवादी जनसेनाको स्थिति

सिकन्दर महान विश्वविजयमा निस्कदा उनको पछाडि राज्य जितेर शाशन गर्ने चाहना राख्नेको संख्या अति थोरै र विजित राज्यको लुटबाट आफू अकुत सम्पत्ती आफ्नो घरमा हुल्न चाहनेको जमात विशाल थियो तर त्यो लाभको लोभमा उनीहरूले यति लामो फडको मारे कि झेलमको किनार बाट केही सुन-चाँदीका पोका बोकेर युनान आइपुग्दा उनीहरूका घर माटोमा मिलिसकेका थिए । धनीको खोसेर सबैलाई सम्पन्न पारिदिने नारा घन्काउदै र्सवहाराको अधिनायकत्वको जनतन्त्र स्थापनाको उद्देश्य बोकेर युद्धमा होमिएको नेकपा माओवादी अब झेलमको किनारको द्वैध मनस्थितिमा उभिएको छ र पाटलीपुत्रको वैभव सम्म पुग्ने सिकन्दरको दृढतामा सैनिकले साथ दिन नसके झैं लक्षित जनतन्त्रमा पुग्नु पर्ने जमातमा अब जुझारु योद्ध कम र दिल्ली लुटका सहभागी बढी देखिन थालेकोले शुद्ध अनुशाशन बाट थालिएको युद्ध लुटको जात्रामा परिणत हुन नदिन जनतन्त्रको लक्षलाई थाती राख्नु पर्ने माओवादी नेताले प्रस्ट बुझेका छन र एउटा सम्मानजनक र शान्तिपूर्ण अवतरणको कामना पनि गर्दछ तर जति गाहारो बाघको घोडा चढनमा छ त्यो भन्दा गाहारो छ त्यसको अवतरण । बन्दुक बिनाका माओवादीको घरमा स्वागत गर्ने अब कोही पनि छैन । त्यहाँ त गाउँगाउँमा निर्दयतापूर्वक ढुंगाले हानेर, भाला रोपेर, खुर्पाले थुङथुङयाएर, खम्बामा बाँधेर यातना दिएर लोग्ने, स्वास्नी, छोरा, छोरी, आमा, बाबु, नातागोताका अगाडी नै गरिएका विभत्स हत्याका हिसाबकिताब माग्नेहरूको ताँती हुनेछ र बिना हतियारका माओवादीहरूलाई त्यो फर्स्याउनु फलामको चिउरा सावित हुनेछ । दोश्रो, माओवादीको सही या बेसही नाममा सित्तैमा खान पाउने, बिना रोकटोक लुटन पाउने सँस्कृतिको विकाश भएको छ र माओवादी नेतृत्वले पनि त्यसलाई आँखा चिम्लि दिएका छ । त्यो लुटको सँस्कृतिमा भिजेको मानिसले अब हलो समाएर दश नंग्री खियाउन जाने सम्भावना अति नै न्यून छ र अरु विकल्प बारे नसोची धरै छैन ।

माओवादीनेतृत्वले सम्विधानसभाको परिणाम वरै तिर हतियार नबुझाउने कुरा गरिरहेका छन त निर्वाचन परिणाम भन्दा पछि पनि हतियार बुझाउने कुरा गरेका छैनन । निर्वाचनमा आफू अनुकूलको परिणाम नआए सैन्यबल द्वारा सहयात्री दलहरूलाई दवाव दिएर आफू अनुकूलको संविधान बनाउने र सो मिल्न नसके जंगल पस्नचाहनेहरूलाई खुला छुटको मान्यता दिएर दवावमूलक राजनिति यथावत कायम राख्न चाहनु स्वाभाविक हो । सत्तामा पुगेर जनसेनालाई सुरक्षाको एउटा अंग बनाएर आफ्नो वरपर राखेर मात्रै उनीहरूले त्यो जमातलाई थान्को लगाउन सक्छन ।

माओवादीको हतियार सहित सत्तामा बस्ने या जंगल पस्ने दुवै विकल्पलाई सात दलले पूर्ण स्विकार गर्ने सम्भावना अति नै न्यून छ र यी दुवै सम्भव भएनन भने माओवादी सँग मुग्लान पस्ने विकल्प मात्र बाँकी हुने छ जो न माओवादी, न सात दल र न देशकै निम्ति सुखदायी हुन सक्छ । त्यसैले झेलम किनारको यो थकित सेनाको पुनःस्थापनाको व्यवस्था बारे सोच्नु पर्ने बेला ढिलो हुन थालिसक्यो ।

क्रमशः

Sunday, June 04, 2006

सम्पादक कठघरामा

राम दाहाल
आधा शताब्दि भन्दा अगाडि जर्मनीका हिटलर र नाजीहरूले यहदीहरू माथि अमानविय अपराध गरे र आजका नाति र पनाति जर्मन पुस्ता त्यो अपराधको क्षमा याचना गर्छन । आफ्ना पुर्खाको जमिन भोगेका र राष्ट्र र पुर्खाको नाम बोकेको कारणले नै आफूले नगरेर पुर्खाले गरेको अपराधको निम्ति पनि उनीहरू क्षमा माग्दछन । हिटलरको अपराध भन्दा पहिले नै देशा छोडेर हिडेका जर्मनहरूले क्षमा माग्नु पर्ने कारण छैन । प्रशङ्ग यही बाट शुरु गरौं ।

जेठ २१ को कान्तिपुर दैनिकको मुखपृष्ठमा 'प्रधानमन्त्रीको भारत भ्रमण' र 'सैनिक भर्ना र खरिद रोक्का' जस्ता राष्ट्रिय चासोका दुई समाचार कै हाराहरीमा 'छोरीको सफलताको फ्यान' शिर्षकमा अर्को मुख्य समाचार छापिएको छ । मुखपृष्ठको समाचार खण्डको झण्डै २० प्रतिशत स्थान ओगटेको त्यो पछिल्लो शिर्षकको मुख्य समाचार के हो ? त्यो बुझ्न गाहारो छ ।

डा.भेषबहादुर थापाले छोरीका पाठकहरूले उनीलाई प्रतिगामीको कित्तामा राखेकाछन भनेर भने पनि उनीलाई प्रतिगामी बाहेक सबैले नै प्रतिगामीको कित्तामा राख्छन किनकि प्रतिगामी आचरण र वातावरणमा हुर्किएर प्रतिगामी सुविधा भोग गर्न प्रतिगामी अ-विधिबाट राज्य प्रशाशनमा छिरेका उनीले सधै नै प्रतिगमनलाई नै सघाएका हुन । साँचै भन्दा उनीलाई त लोकमान सीं कार्कीको परिपक्व रूप मान्दा हुन्छ । त्यसैले त्यो समाचार नबन्नु पर्ने । आजको युगमा प्रतिगमनको बढाइ मुख्य समाचार बन्ने सम्भावना त इन्कार गर्नै पर्छ ।

दोश्रो, मञ्जुश्री थापा मुख्य समाचार बन्ने उनको कार्य के हो ? प्रतिगामी बाबुको आर्जनमा हुर्केर, त्यही आर्जनमा संसार भ्रमण गर्दै हिडने र बाबुको र्सार्वजनिक अपराधको क्षमा याचना स्वरूप प्रतिगामी कदम भत्काउन सिन्को सम्म भाँच्न प्रयाश नगर्ने मञ्जुश्री थापा २।४ अक्षर प्रजातन्त्र बारे कोर्दैमा अग्रगामी हुन्छिन कसरी ? र कसरी मुख्य समाचार बन्छिन - भनाइ मात्रै प्रमाण हुने भए त राजाका अमरवाणीहरू चोकचोकमा प्रदर्शन गरिएका थिए । जनताले पत्याएनन । कि यसलाई नारायण वाग्लेको नाम पनि मिसाएर सँगै भजाउन खोजिएको हो ? एउटी लेखकको नै हैशियत हो भने यसै अंकको दोश्रो पेजको कुनामा खोजेरै मात्र भेटिन सक्ने ठाउँ पाएका 'सिक्काका दुई पाटा' का लेखक उन्नति बोहरा 'शिला' को भन्दा धेरैधेरै ठूलो स्थान पाउने हैशियत के हो ? कि यसै अंकका स्तम्भकार कृष्णज्वाला देवकोटाले भने झैं सम्पादकले धान र भुस छुटययाउन जाने पनि कुनै अर्कै प्रयोजनका निम्ति भुस छापेका हुन ?

Monday, May 01, 2006

विद्यालयमा अपराध


विद्यालय शिक्षाका निम्ति स्थापना हुन्छन र आफ‍ना नानीहरूका निम्ति आफ्नो रगत-पसिनाको कमाइ तिर्छन अभिभावकहरूले विद्यालयहरूलाई । कहिले कहीं विद्यालयले मनोरञ्जन दिलाए अभिभावकहरूले अतिरिक्त सहयोग पनि गर्छन र विद्यालयलाई सार्‍होगाहारो पर्दा चन्दा पनि दिन्छन तर जब विद्यालय गैर्‍हजिम्मेवार कार्य गर्न थाल्छ अभिभावकले त्यसको विरोध गर्नु पर्छ । यो नागरिकको दायित्व र कर्तव्य हो ।

जावलाखेलको एउटा विद्यालयको पहिलो कक्षामा पढने ७ वर्षा हिडदै गरेको मेरो नानी जब राफल चिठ्ठाको बुक देखाउदै घर भित्र पस्यो म अचम्ममा परे किनकि मैले नावालकहरूलाई चिठ्ठा बेच्न-किन्न लगाउनु अपराध हो भन्ने सोचेको थिएँ । हजार रूपयाँ उठने रू.५०। का दरका २० टिकटहरू रू. ५ का दरले सबै बेचेर सबै भन्दा बढी टिकट बेचेको पुरष्कार लिने त्यो टिकटक्रेताको अबुझ हौशला सुनेर म रुन मात्र सकिनँ । कसैले किनेन भने नि ? भन्ने प्रश्न सँगै उसले —आमाले किनिदिनु पर्छ, नत्र टिचरले गाली गर्नु हुन्छ— भन्दै धुरुधुरु रुदा प्रस्ट भयो ऊ माथि शिक्षकको दवाव कति गहिरो रहेछ भनेर ?

म यहाँ कसै प्रति उजुर गर्न लागेको होइन । म त त्यो र त्यस्तै बालकको निम्ति न्याय माग्न न्यायको कठघरमा उभिएको मात्र हुँ । पहिलो, कानुनवेत्ताहरूले भनिदिउन - ७ वर्षे बालकलाई चिठ्ठा बेच्न लगाउनु कानुनतः अपराध हो कि होइन ? अपराध हो भने बेच्न लगाउने दण्डित हुनु पर्छ कि पर्दैन ? दोश्रो, शिक्षाविदहरूले भनुन - नावालिकलाई ,अझ ७ वर्षो अबुझ नानीलाई पवित्र संस्था मानिने विद्यालयहरूले आर्थिक धंदामा संलग्न गराउन अझ मानशिक नै दवाव दिनु दण्डनिय अपराध हो कि होइन ? तेश्रो, बालकको हकहित संरक्षणको निम्ति खडा भएका सरकारी र गैर्‍हसरकारी संस्थाहरूले भनिदिउन - यस्ता कार्यहरू बालकमाथिका गरिने अपराध र्ठहर्छन कि ठहर्दैनन ? ठहर्छन भने किन हुन्छन् यस्ता अपराध र यसको छानविन गर्ने कसले ? कसैले त भनिदिनोस, आफै न्याय माग्न नसक्ने अबुझहरूको माथि प्रत्येक विद्यालयमा गरिने यस्ता कृयाकलाप दण्डनिय मानिने व्यवस्था किन नगरिने ?

Tuesday, March 14, 2006

मिनी जनमत



यदि स्वतन्त्र विद्यार्थी युनियनको यस पटकको निर्वाचनलाई सानो जनमत मान्ने हो भने यसले प्रथमतः देशको सचेत युवावर्ग लोकतन्त्रको पक्षमा छ र जनताको रुझान परिवर्तनको प्रति छ भन्ने देखायो र दोश्रो नेपाली कांग्रैस (प्रजातान्त्रिक) मूल नेपाली कांग्रेसको १० प्रतिशतको हाराहारीमा भएको खुलासा गरिदियो र यही १० प्रतिशत पनि गोपालमान श्रेष्ठ जस्ता दरिला प्रजातन्त्रवादीहरूको अथक प्रयाशको परिणाम हो । पहिलोको सन्देश गणतन्त्र उन्मूख लोकतन्त्रको हावालाई वेवास्ता गरेर एकल शाशनको बाटो समाइरहने हो भने समय अब बाँकी छैन र थ्री नट थ्री बोकेका जनपद प्रहरीले सम्हालेका माओवादीहरू एम-१६, निसान, तोप बोकेको शाही सेना सँग समान रूपले भिडन र्समर्थ हुनुको कारण नपैल्याउन्जेल विजयको सम्भावना हुदैन भन्ने हो । फेरि, अहिलेको सर्न्दर्भमा नेपका एमाले देशको सबै भन्दा ठूलो दल हो भन्ने पनि यो जनमतले निर्विवाद गरिदिएको छ । यसलाई दुवै तिरका कांग्रेसीले बुझेर एकताको प्रयाश थालेका छन तर आफूले राजाको निम्ति सबै काम गरिदिदा पनि आफूलाई खोसेको र थुनेको बाहेक अरु कुनै पनि गुनाशो राजा सँग नभएका शेरबहादुर देउवालाई भने त्यो प्रयाश मन परेको छैन र नेपाली कांग्रेस(प्र) भित्रका नव कांग्रेसी र भारदार कांग्रेसीहरूले उनीलाई त्यसमा साथ दिइरहेका छन । आफू जेलमा रहुन्जेल आफूले ठीक ठानेका धारणाहरू बाहिर रहेकाहरूको अथक प्रयाशले बाहिर निकालिए पछि आफ्नै समूह सहितले गरेको निर्णय बिना सामुहिक छलफल आफ्नै स्वार्थमा सीमित भएर 'बेठीक' भन्दै आफै बरबराउदै हिडने देउवाको प्रवृत्तिले बाँकीलाई कहाँ पुर्‍‍याउछ? त्यो बाँकी ६ को निम्ति विचारणिय र नेका (प्र)का सच्चा कांग्रेसीहरूको निम्ति पनि मननयोग्य विषय हो । दलिय खेमा बाट दरबारले छान्दा आफू छानिने कुरामा ढुक्क भएर नै देउवा त्यो बाटो सम्याउन लागेका हुनसक्छन किनकि महामहिम मोरिआर्टीको गनगन र देउवाको बरबराहट झण्डैझण्डै एउटै तालको हुनु काकताली नै सही महामहिमले देउवालाई दरबारको बाटो औंल्याएको ठानेमा त्यति विसंगती नहोला । अमेरिकी कुटनितिज्ञहरूले देउवालाई नेपालको राजनितिमा अमेरिकी स्वार्थको रक्षक मानेको कुरा कुनै गोप्य पनि होइन र अर्को तिर देशको राजनितिको माथिल्लो तहमा दलिय पाटोबाट देउवा भन्दा ठूलो राजभक्त त कमल थापा पनि ठानिन सक्दैनन । आफ्नो निजी स्वार्थको निम्ति जनहक दरबार भित्र्याउने र सो हकको लागि संर्घष गर्न सक्ने आफ्नै दललाई टुक्र्‍याउने काम मात्रिका प्रसाद कोइरालाको आधा शताब्दि पछि शेरबहादुर देउवाले नै गरे । राजाले चाहेको सबै कुरा गरिदिएको कुरा त उनीले आफ्नै मुखले सकारिसकेका छन । अन्तरराष्ट्रिय समुदायलाई मुखबुझो लगाएर आफूले संचालन गर्न सकिने दलिय पात्र हुनसक्छन देउवा राजाको निम्ति र त्यो देउवाले राम्रै सँग बुझेका छन । त्यसलै जबसम्म देउवा रहन्छन, नेपाली कांग्रेस पूर्णत एक हुने सम्भावना शुन्य छ र लोकतन्त्रको निम्ति आफ्ना मान अपमान बिर्सेर कांग्रेसी एक भए पनि उनी बखेडा उठाएर सी.के. मैनाली झैं एक्लै भए पनि राजभक्ति देखाइरहनेछन । यो देउवाको चरित्र हो ।

राजा संसद बहाली गर्नेछन भनेर कसैले नसोचे हुन्छ । उनी त आफूले चाहेको संसद निर्वाचन गराउन चाहन्छन । मिनी जनमतले एउटा वैकल्पिक सरकारको माग गर‌को देखिन्छ । त्यसैले वर्तमान सांसदहरूले संसद बहाली गरेर सरकार गठन गरे हुन्छ । देश भित्र दमन हुने डर छ भने विदेशमा नै सही । एक थरी विदेशमा सरकारको संचालन गर्छन भने अर्का थरी देशमा लोकतन्त्रको निम्ति आन्दोलन चलाउछन । यसले दुइटा बाटो प्रस्ट खुलाउछ । पहिलो, कुन सांसद जनताको पक्षमा छ वा छैन भन्ने यसले देखाउछ र दोश्रो, संसद(जनप्रतिनिधि सभा) या राजा(राजतन्त्र)को पक्षमा आफ्नो निष्ठा देखाउनु पर्ने सबैले बाटो रोज्न सजिलो हुनेछ । अहिले त सबैले निष्ठा कहाँ र कसको पक्षमा खुलासा गर्नु पर्ने त्यो नै किटान भएन । समानान्तर सरकार गठन हुने वित्तिकै मित्र देशहरूले पनि त्यो सरकारको कदर गर्नु पर्ने, स्विकार गर्नु पर्ने या विरोध गर्नु पर्ने स्थिति आउछ । आजको सात दलको गठन कुनै जात्राको खेल होइन र यसलाई दलिय नेताहरूले जात्रे बनाउनु कुनै औचित्य छैन ।

Tuesday, January 31, 2006

राजाका शाशनका तीन अध्याय



राजा वीरेन्द्र र्सवमान्य भए । सो समयमा माओवादीको विरोध पनि राजा विरुद्ध लक्षित नभएर संसदिय व्यवस्थाका दलहरू प्रति लक्षित भएको छनक दिन्थ्यो । राजा ज्ञानेन्द्रको राज्यारोहण सन्देहात्मक वातावरणमा भए पनि नागरिकको वहुमत समुदायले सन्देहको लाभ दिएर राजालाई भविष्यका कदममा तौलने धारणा बनाएको थियो । यसैलाई राजावादीहरूले नागरिकको राजा प्रतिको आस्था भनिठाने र 'राज्यको ढुकुटी खर्चेर जंगी पोशाकमा जनता बिच उभिएर राजाले २।४ पैसा खर्चिदिए जनताले राजाको सधैं जयजयकार गर्नेछन' भन्ने सोचे । राजा महेन्द्रले यस्तो काम गरेका हुन र सफलता पनि पाएका हुन तर राजावादीले के सोच्न सकेनन भने पहिलो, राजा महेन्द्र सन्देहको लाभ बोकेर गद्दीमा चढेका होइनन र दोश्रो, झण्डै आधा शताब्दि अगाडि राजालाई देउता मान्ने सो समयको बुढो र पाको पुस्ताका पनाति र खनाति पुस्ताले राजालाई देउता मान्न उहिले नै छोडिसकेको थियो र राजा महेन्द्रको समयमा जनतालाई राजनैतिक चेतना र ज्ञान दिने साधन सरकार द्वारा संचालित गोरखापत्र र रेडियो नेपाल मात्र थिए भने आजको वर्तमानमा छापा देखि इन्टरनेट सम्मका माध्यमले विभिन्न विचारधारा र घटनाहरूलाई कुनाकुनासम्म पनि पुर्‌याइरहेकाछन । अति विकशित संचारको यो युगमा राजनैतिक चेतनाको स्तर सहरका आवाशिय विद्यालयमा पढनेहरूको भन्दा ग्रामिण परिवेशमा हुर्कनेहरूको धेरै माथि हुन्छ र भविष्यको राजनिति पनि तिनैद्वारा संचालित हुनेछ भन्ने कुरा पनि सामन्ती भारदारी वृत्तले बुझ्नसकेन । तेश्रो, सन्देहको त्यो लाभलाई भजाउन राजा ज्ञानेन्द्रले केही त्याग्न सक्नु पर्थ्यो अथवा त्याग्न नसके पनि त्यागे जस्तो देखाउनु त अवश्य पर्थ्यो । राजा विरेन्द्रको सम्पत्तीको आधा न सही र न सही एक चौथाइ पनि, केवल दशांश मात्र लोकार्पण गरेर जनहितको निम्ति कोष खडा गरिदिएको भए जनताको आँखामा उनी लोभ विहिन दानी राजा ठहरिने थिए र जनताको राजा प्रतिको सन्मान चुलिने थियो । उल्टो, राजाको शाशन शुरु हुने बित्तिकै लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाएर राजपरिवारको भत्ता बढाए पछि त राजकोषलाई आफ्नो सम्पत्ती ठान्ने आजको सचेत जनताले आफू लुटिएको ठान्यो । तैपनि राजनैतिका दलका नेताहरूले आफ्नो स्वार्थ्यकै लागि सही आफूलाई ढाल बनाएर राजालाई छेकेकै थिए र त्यसैले उनीहरू जनता सामु टाउको उठाउन नसक्ने गरी घाइते भएका पनि हुन । वहुदलिय व्यवस्थामा देश संचालन गर्ने काम राजर्नैतिक दलहरूको हो र सो काम राजाले उनीहरूलाई नै छोडनेछन भन्ने दलहरूको विश्वास थियो तर २०६१ साल माघ १९ गते आइपुग्दा सबैलाई स्पष्ट भयो कि राजा त जनता, नेता कसैलाई पनि दिन सक्दैनन या दिन चाहदैनन र आफूलाई भने सबैले दिउन भनि ठान्छन । राजाको शाशनको पहिलो साढे तीन वर्षो शाशनको निष्कर्श यही नै हो ।
पहिलो अध्यायको निष्कर्श निस्कन तीन वर्षबढी लागेको थियो भने दोश्रो अध्यायको आशय त अध्यायको शुरुमा नै प्रस्ट भयो । थालनीमा नै प्रजातन्त्रका विरोधी र हुकुमी शाशनका हिमायती डा.तुलशी गिरी र किर्तिनिधि विष्टलाई उपाध्यक्षमा नियुत्ति गरेर राजाले लुइ तेर्‍हौंले झै भनिदिए कि 'म नै राज्य हुँ' र त्यसमा पनि प्रजातान्त्रिक व्यवस्थामा राज्यका सके सबै र नसके वहुसंख्यक प्रमुख राजनैतिक दलहरूको सहमती र सहभागितामा गरिनु पर्ने निर्वाचनको घोषणा गरेर 'खाए खा नखाए घिच' गर्नु त 'मैले चाहदा राज्यमा जे पनि गर्न सक्छु र त्यसलाई सबैले मान्नै पर्छ' भन्ने मध्यकालिन लुइ तेर्‍हौंको जस्तै शाही मान्यता हो । प्रजातन्त्र विरोधीहरूलाई सत्तामा बसाएर 'प्रजातन्त्रको रक्षा गर्दैछु' भन्नु र अराजनैतिक भिड जम्मा गरेर राजनैतिक समाधान खोज्ने प्रयाश गर्नु यो अध्यायको विशेषता हो । तर वर्षदिन पनि नपुग्दै दोश्रो अध्याय छताछुल्ल भयो । नगरपालिकाको उम्मेदवारीको समयमा नै देखिएको हाँडीगाउँको जात्राले 'राजा नाङ्गा छन' भन्ने उक्ति चरितार्थ गरिदियो र अब त माघ २६ को मतदानले त परीकथाको बालकले झैं 'राजा नाङ्गा छन' भनेर सुनाइदिदा राजा सुन्छन वा सुन्दैनन त्यो मात्र हेर्न बाँकी छ ।
दोश्रो अध्यायमा राजाको सन्मानमा ठूलो ‌र्‍हास आयो । वर्षदिन अगाडिसम्म जनताको सबै रिस शाशकदलमा ठोकिन्थ्यो र राजाबाट भएका सबै कामको जिम्मेवार दललाई ठहराइन्थ्यो तर यो कालमा राज्यका कुनै पनि व्यक्ति या निकायले गरेको नराम्रो कामको जिम्मेवारी राजामा गएर ठोकिन थाल्यो र राजाको सन्मानमा क्रमश र्‍हास हुदै गयो । फेरि, यो वर्ष शाहीसेना सरकारको यति नजिक देखियो कि मानिसले खुलेआम राजपरिवारको गुलामी, सलामी र मलामीको निम्ति राखिएको सेना भनेर जनताबाट अलग्याउन थाले । राज्यको सेनालाई यसरी राजा सँग गासिदिनाले सेना प्रति जनताको विश्वास घटछ र कथम् कदाचित राजतन्त्र रहेन भने सेना स्वयम् विखण्डन तिर लाग्नाले राज्यको सुरक्षास्थिति नाजुक बन्न सक्छ ।
दोश्रो अध्यायको तेश्रो अपरिणाम राज्य विश्व समुदायबाट नितान्त एक्लो हुनु हो । दान बिना चल्नै नसक्ने स्थितिको मुलुकमा दाताहरूले हात झिक्नु, स्वाभाविक मित्रहरूले छाडे पछि अस्वाभाविक मित्रहरू बिच स्वाभाविक मित्र खोज्न सरकार प्रमुख एउटा सिङ्गै महाद्विप भौतारिदा पनि सहज मित्र नपाएर रित्तो हात र्फकनु सरकारको कुटनैतिक असफलता हो र भुलसुधारको थालनी गरिएन भने त्यो एक्लिने प्रकृया नगरपालिका मतदान पछि झन तिव्र भएर जाने सम्भावना छ ।
दोश्रो अध्यायको अन्त्यको निम्ति प्रतिनिधि सभाको निर्वाचन कुरिरहनु नपर्ला किनकि नगरपालिकाको चुनाव नै दोश्रो अध्यायको अन्त्यको कारक हुनेछ । यो निर्वाचनको कार्यान्वयन र परिणाम हेरेर राष्ट्रिय, अन्तरराष्ट्रिय सबै पक्षले आ-आफ्नो धारणा बनाइसक्नेछन । त्यसपछि त अविश्वास, हिंसा र दमनबाट शुरु हुने तेश्रो अध्याय बिचका विकल्पहरूलाई राष्ट्रिय र अन्तरराष्ट्रिय घटना, व्यक्ति र विचारहरूले प्रभाव पार्नेछन । द्वन्द जुनसुकै दिशातिर लम्किए पनि राजाले लचिलो भएर एउटा विन्दुमा आङ्खनो स्थान नखोज्ने हो भने देश गणतन्त्र तिर हानिएर या केही समय सैनिक शाशान संचालनको निम्ति राजतन्त्रको अन्य हुनसक्छ । लाग्दछ - राजतन्त्रका विकल्प अति नै सीमित छन ।
तेश्रो अध्याय - त्यो पछि विश्लेषण गरिने पुर्वानुमान हो ।
राम दाहाल
ramdahal@hotmail.com
www.ramdahal.blogspot.com

Sunday, December 18, 2005

चिहानडाडा नरसंहार ः शाहीसेनाको निम्ति चुनौती


गाउँघरका धार्मिक जात्रा, मेला बुढाबुढीका निम्ति तिर्थ गर्ने स्थल हुन्छन भने युवायुवतीका निम्ति नाचगान गर्ने मनोरञ्जनका अवसरहरू र केटाकेटीका निम्ति हँसीखुशीका चाहाड । यस्ता जात्राका मध्य रमझममा युवायुवती बिच मर्यादा भित्रका छेडखानी चल्छन, घोचपेच हुन्छन । यो सामान्य कुरा हो । तर त्यसमा कसैले मर्यादाको सीमा अतिक्रमण गर्‍यो भने उसले भनाइ खान्छ र कहिले कही त पिटाइ नै पनि । यस्ता भनाभन या झगडालाई 'जात्रे झगडा' भनिने हुनाले कसैले पनि यसलाई गम्भिरता साथ लिएर प्रतिशोध पट्ट लाग्दैन । भारदार, राजा, महाराजाहरू नपुग्ने तर आमजनताको सहभागिता हुने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जात्रा, मेलाहरूको रूप यस्तै हुन्छ जहाँ सबै समान हुन्छन र जहाँ कसैले पनि आफ्नो पदिय मान खोज्दैन र खोजे पनि पाउदैन । नगरकोटको चिहानडाडामा लाग्ने मेला पनि यो भन्दा फरक हुनसक्दैन । त्यहाँ पनि गाउलेको मर्यादा अतिक्रमण गर्ने सिपाही (हरू?)ले अवश्य नै भनाइ या पिटाइ नै पनि खायो । त्यो सिपाहीले 'जात्रेझगडा' भनेर त्यसलाई बिर्सिदिएको भए हुन्थ्यो तर आफूलाई सामान्य नागरिक भन्दा माथिको सिपाही ठान्ने स्वगर्वले उसलाई प्रतिशोध तिर पठायो । सामान्यतः व्यारेकको नजिकै हुने गाउले सँग सिपाहीको गुनासो भए झैं त्यहाँ पनि त्यो गुनासो बोक्ने मानिसले उसलाई उक्साए होलान - 'राजाको सीन्दूर पहिरेको सिपाही छोरोले गाउलेको कुटाइ खाएर आएको !' अति सामान्य त्यो युवालाई यस्तै एउटा सामान्य भनाइ पनि अपराधिक कार्य तिर धकेल्न पर्याप्त भयो होला ।

ब्यारेकको सिपाहीलाई मेलामा जाने छुट दियो कसले ? आधा रातमा सादा पोशाकको सिपाहीलाई हतियार लैजान स्विकृति किन र कसले दियो ? घटनास्थलको प्रहरी मुचुल्का हुनु अगाडि नै शाही सेनाले त्यो ठाउँको सरसफाइ गरेर र गोलीका खोका या यस्तै अरु सामान हटाएर घटनाका दशी, प्रमाण नष्ट गर्‍यो किन ? यी सब कुरा त गठित आयोगहरूले केलाएर जन समक्ष ल्याउला नै तर त्यो भन्दा अगाडि नै चर्को रूपमा संचारका विभिन्न माध्यममा 'मारिने जनजाती तर मार्ने खस, आयोग बनाउने खसहरू र आयोगका सदस्य जम्मै खसहरू' भन्दै आयोगहरूलाई नै अविश्वासको घेरामा तान्न थालिएको छ । अर्को तिर सरकारद्वारा गठित आयोगका अध्यक्षद्वारा प्रस्तुत कतिपय पूर्व प्रतिवेदनहरूमा सरकारले कुनै कारवाही त के ? तिनलाई सार्वजनिक नै पनि नगरेकाले यो आयोग पनि सत्य पत्ता लगाएर कारवाही गर्न भन्दा मुख टाल्न गठित भएको भन्ने त यसै पनि छदैछन । शुरु हुदै शङ्काको दायरामा बेरिएका आयोगहरूमा जनजातीका प्रंतिनिधिलाई सहभागी बनाइएन भने त्यसको औचित्य र तटस्थता प्रमाणित गर्ने काम फलामको चिउरा सरह हुनेछ र आयोगमा त्यो प्रमाणित हुन सकेन भने शाही सेनाको विश्वासनियता धरापमा पर्न सक्छ ।

प्रश्न उठछ - सामान्य विवादले त्यत्रो रूप लियो किन त - यो प्रश्नको उत्तरको खोजीमा सेनाको गठन विधि तिर हेर्नु पर्छ । एउटा काँचो माटो जस्तो १८ वर्षे युवालाई कुनै एउटा आस्थाको संरक्षणको निम्ति पोलेर, पिटेर, ठोकेर पाइन चडाइएको व्यक्तिको नाम सिपाही हो र अनुशाशन र मर्यादाको सीमामा बाँधेर राखिएका यस्ता सिपाहीहरूको समूह नै सेना हो । मध्ययुगिन सामन्तकालमा यस्ता सेनाको आस्था राजभक्ति हुन्थ्यो र उनीहरू राजा र राजाको स्वामित्व भनिने राज्यलाई संरक्षण दिन्थे । रैती, प्रजा या जनता भनिने समूह नासिए अर्को समूहले त्यो स्थान भर्छ भन्ने धारणा थियो त्यो समयमा । तर आजको सिपाही र सेनाको आस्था जनताको सर्वोच्चता हो र सेनाको जिम्मेवारी उनीहरूको संरक्षण गर्नु हो । शाशकको संरक्षण त ऊ जनप्रतिनिधि शाशक भएकोले मात्रै हुने हो । त्यसैले लोकतान्त्रिक शाशन व्यवस्थामा एउटा सिपाहीलाई उसको तालिमको समयमा नै 'तेरो मालिक जनता हो र तँ जनताको सेवक सिपाही होस' भनेर जनताको सर्वोच्चता घोकाइन्छ । हाम्रो शाही सेनाको जवानलाई त 'तँ राजाको सिन्दूर पहिरेको सिपाही होस र देश(राजाको राज्य) र नरेश (राजा)को संरक्षण तेरो जिम्मेवारी हो' भनेर पढाइन्छ । अझ 'राजाको सिपाही कसैको सामु हारेर र्फकदैन, एकको बदला चार दिन सक्नु पर्छ' पनि भनिएको हुन्छ । यही जनता सँग नहार्ने मानशिकताले एउटा सिपाहीले जात्रेझगडालाई आफ्नो अपमान ठान्यो र चिहानडाडामा नरसंहार मचायो ।

सिपाही ब्यारेकमा रहुन्जेल यस्तो मानशिकता सुसुप्त थियो तर सेना सडकमा ओर्लिए पछि त्यो मानशिकता र जनमानशिकता बिच द्वन्द शुरु भएको परिणाम हो यो नरसंहार । यस्ता घटना संचार माध्यमको दृष्टि भन्दा पर जिल्लाहरूमा नभएका होइनन तर राजधानीको संघारको यो घटनाले देशका सारा संचारमाध्यम, मानवअधिकारवादी समूह र राजधानी स्थित विदेशी निकायहरू समेतको दृष्टि एकै चोटी पुगेकोले घटना छताछुल्ल भएको हो र भोलि यस्तै घटना राजधानीको मुटुमा हुन सक्ने सम्भावना सेनाको अहिलेको नै टाउको दुखाइ हो । सेनाले आफूलाई जनसर्वोच्चता मातहतका जनसेवक र जनसंरक्षक सेनाको रूपमा परिवर्तन गर्न सकेन भने सेनाका प्रत्येक व्यक्तिले आफूलाई आफ्नै आमाबाबु, दाजुभाइ, दिदीबहिनी भन्दा परको शाशकको रूपमा मात्र पाउने छन । सोच्ने बेला आएको छ शाहीसेनाका सबैले ।

राम दाहाल
ramdahal@hotmail.com

Sunday, December 11, 2005

पूर्वको एउटा शालिक



नौरङ्गी नखरा देखाएर एउटा पार्टी खोले पछि केशर बहादुर विष्ट त २०४७ साले प्रतिकार समिति जस्तो भिमकाय मंत्री परिषदमा छिरे भने सरकार बाहिर हुदा नै सरकारका अघोषित प्रवक्ता जस्ता कमल थापा, रोशन कार्की या अरु यस्तै पूव पञ्चहरू सरकारमा सामेल हुनु स्वाभाविक भएकोले यो पुनर्गठनलाई अब पूर्व पंच र आफ्नै दलहरूले निकालेका-दुत्कारेकाहरू (वद्रि मण्डललाई छोडेर) को पंच भेला भने हुन्छ । तर यो मंत्री परिषदको औचित्य पुनर्गठन भन्दा पहिलेको मंत्री परिषदको भन्दा बढी भने छैन । चार वटा गतिला गोरु पाइएनन भनेर ५० वटा बोका मियोमा बाँधेर दाइँ कही पनि भएको छैन । तिनीहरूले त बेकार बडकुल्याएर पराल मात्र फोहोर पार्छन । त्यो भन्दा त खलो धनीले एक्लै धान झाँटे धेरै उपलब्धि हुन्छ । यो बारे यति नै ।

पूवांचलको कोशी राजमार्गको धरान आइपुग्दा हामी धरानको भानुचोकमा भानुभक्तको शालिकले ठाउँ पाएको देख्छौं । राजमार्ग या सहरका ठूला चोकहरूमा आफूलाई राजभक्त देखाएर दुनौ सोझ्याउनेहरूले ठडयाएका राजा-महाराजाहरूका शालिक देख्ने बानी परेका नेपाली स्रष्टा प्रति विरलै देखिने यो सन्मानको निम्ति धरानवासी प्रति कृतज्ञ हुनै पर्छ । यो बाटोमा अरु पनि शालिक छन । यो बाटोले पूव-पश्चिम राजमार्गलाई काटने इटहरी चोकमा संवैधानिक राजतन्त्रका संस्थापक राजा वीरेन्द्रको शालिक छ तर यो शालिक गरिब रैती भानुभक्तको जस्तो छाती माथि टुसुक्क होइन, राजसी ठाँटको पुरै आदमकदको छ । त्यो असमानता बनाउनेहरू सँग भएको तस्विरको उपलब्धताले हुनसक्छ या उनीहरूले जुटाउन सकेको रकमको कारणले पनि । यो राजमार्गको अन्त्यको ५ किलोमिटर उत्तर बिराटनगरको महेन्द्र चोकमा पंचायत व्यवस्थाका प्रवर्तक राजा महेन्द्रको शालिक छ । बाबुछोरा राजाहरूको शालिकमा प्रत्यक्ष त्यति ठूलो अन्तर नदेखिए पनि राजा वीरेन्द्रको शालिकको नजिकै प्रत्यक्ष सुरक्षाकर्मी नदेखिने र राजा महेन्द्रको शालिकको १० मिटर मात्र पर संगिन सहितका सुरक्षाकर्मी तैनात देखिनाले शाशकवर्गले त्यो शालिक बढी असुरक्षित अनुभव गरेको हुनु पर्छ ।

यही राजमार्गमा सुनसरी र मोरङको सीमानामा दुहुवी भन्ने सानो बजार छ र बजारको पुछारमा सीमानाकै छेउमा सडकको विचमा भूपालमान सिं कार्कीको शालिक छ जसको नाम कतिपय इटहरीका युवाहरूलाई पनि थाहा छैन । त्यो शालिक किन त्यहाँ ठडियो - यो प्रश्नको जवाफ धेरैले दिन सकेनन र जसले दिए उनीहरूले यति मात्र भने - 'यो बजार उनले बसाएका रे ।' दुई राजाका बिचको यो शालिकको अर्को औचित्य कसैले दिएन ।

अमेरिकीहरू पहाडमा खोपिएका तीन मूर्तिलाई देखाएर गर्व साथ भन्छन - 'यी हाम्रा लोकतान्त्रिक गणतन्त्रका संस्थापक र संरक्षक हुन ।' त्यसै गरी भारतियहरू एउटा जिर्ण्र्ााय बुढाको शालिक अगाडि निहुरेर आदर साथ बरबराउछन - 'पिता † हाम्रो स्वतन्त्रताको लागि हामी तपाई्र प्रति रिणी छौं ।' सिंहदरबार अगाडि पुग्दा प्रत्येक नेपालीले भन्न सक्छ - 'उनी नभएको भए आजको नेपाल बन्ने थिएन ।' आफ्नो घर भित्र बाबु बाजेको आदमकद मूर्ति नै स्थापना गरे पनि कसैको चासोको विषय हुनसक्दैन तर र्सार्वजनिक स्थानमा ठडिने शालिकले त देशको, जनताको प्रतिनिधित्ज गर्छ । त्यो स्थान त सम्पर्णा देशवासीको भलोको निम्ति कार्य गर्ने सन्त र बहादुरहरूलाई दिइन्छ र यसको अन्यथा प्रयोग भनेको शक्ति र अधिकारको दुरुपयोग हो । यसै भनेर होला कुनै समयमा राजधानीका चोकचोकमा ठडिएका राणाशाशकका शालिकहरू कुनाकुनमा लगेर खाँदिए ।

राजा-महाराजाहरूका शलिक त शक्ति र सत्ताका प्रदर्शन हुन र शक्ति र सत्ता अन्त्य भए पछि राणाशाशकका शालिक झैं कुनामा मिल्किएर बस्दछन । संसारकै इतिहास यही भन्छ । त्यसैले ती शालिकका बारेमा अरु औचत्यको आवश्यकता पर्दैन । भूपालमान सिं कार्कीको शालिक भने ठडियो किन ? बस्ती बसाल्दैमा सार्वभौम नेपालीको छाती जस्तो राजमार्ग र सडकमा शालिक उभ्याउन पाइने भए अनगिन्ति ठडिने थिए शालिकहरू यो देशका बस्तीहरूमा । तर वास्तविकता त्यो भन्दा धेरै परको छ ।

भूपालमान सिं कार्की एउटा सामन्त हुन भन्ने कुरामा त कसैको दुई मत हुन सक्दैन । सामन्तहरूको काम जमिन आवाद गराउन बस्ती बसाल्नु, ती बासिन्दाले उब्जाएको मध्ये धेरै आफूले लिनु हो । आफ्नो र आफू समान सामन्तहरूको उत्पादन भण्डार गर्न र बेचबिखन गर्न गोदाम बनाउने र काँटा राख्ने काम गर्छन मूल सामन्त र कार्कीले सो भूमिका पुरा गरेका पक्कै हुन । दुहुवी बजार यही प्रकृयाको उपज हो । त्यो भन्दा पनि अझ भूपालमान सिं स्थानिय सामन्त भारदार प्रतिनिधि हुन । उनले राजसभाको अध्यक्षता झण्डै आधा शताब्दि सो भारदारी प्रतिनिधित्व गरे वापत पाएका हुन, कुनै राजनैतिक, सामाजिक या वौद्धिक गरिमाबाट होइन । तिनै सामन्त भारदारको प्रतिनिधि प्रतिमा स्थापना गराउने भारदारको चाहनालाई ऋषि धमलाको डबलीमा मात्र 'लोकतन्त्र' भनेर कुरा छाँटन सक्ने सामन्त सँस्कृतिका दलिय नेताहरूले भूपालमान सिं पुत्रलाई सरुवा र बढुवा गराउन कानुन नै मिचे झैं सार्वजनिक भूमिमा भूपालमान सिंको शालिक ठडयाउने स्विकृति दिए । एउटै सामन्त सँस्कृतिमा हुर्किएकाले जतिसुकै 'सीताराम कहो' भनेर घोके पनि जख्खु विरालोले समात्दा ती नेताहरूले 'क्याँक' बोलेर स्विकृतिमा सहीछाप गरे ।

लोकमान सिं सरुवा-बढुवा, भूपालमान सिं शालिक स्थापना यी व्यक्ति वा घटना होइनन, सामन्त सँस्कृतिमा लोकतन्त्रको कोठे हौवा बोक्ने अर्को एउटा विकृत सँस्कृति हो जो सामन्त सँस्कारबाट उम्कन सक्दैन । त्यो सँस्कारबाट उम्कन त कि दलित, पिडित परिवारको एउटा गुमनामले उठेर आउनु पर्छ या कृष्ण पहाडीले झैं आफ्नै दिदी या बहिनीको जागिर सिफारिस गर्न इनकार गरेर 'नामर्द, मुर्ख, अव्यवहारिक' आदिले गरिने पुरै परिवारको भर्त्सनालाई सुन्दै त्यही परिवारमा शिर निहुराएर दुई छाक खानु पर्छ र मुख छोपेर सुत्नु पर्छ । त्यसैले 'यो शालिकलाई त्यहाँ ठाउँ छैन, यसलाई आफ्नो निजी जमीनमा लैजाउ या यसलाई बुढी खोलोमा लगेर सेलाइने छ' भन्न त त्यहींको त्यस्तो तेश्रो पुस्ता उठेर भन्नु पर्छ, अनि मात्र थालिनेछ तेश्रो पुस्ताको आन्दोलन, त्यसले मात्र आन्दोलनको सुनामी र युग परिवर्तनको आँधि ल्याउन सक्छ । चुनौती हो भूपाल मान सीं कार्कीको शालिकको अस्तित्व वर्तमान दुहुवीको निम्ति, सुनसरी र मोरङको निम्ति र पुरै यो देशको अस्मिताको निम्ति । यही विकृति नै हो २०४६ सालका प्रतिकार समितिका उग्र निरञ्जन थापा, कमल थापा जस्तालाई २०४७ सालको सम्विधानका हामी संरक्षक हौ भनेर कुर्लन सक्ने सामर्थ्य दिने र प्रकाश कोइराला, राधाकृष्ण मैनाली, दुर्गा पोखरेल जस्तालाई सत्ताको भतेरमा सामेल गराउने । अब पनि तेश्रो पुस्ता नउठने हो भने भूपालमान सिं कार्कीको शालिक त्यही उभिएर हरेक नेपालीलाई गिज्याइ रहनेछ ।

राम दाहाल
ramdahal@hotmail.com

Wednesday, December 07, 2005

राजाको फिर्तिसवारी


नहुनु पर्थ्यो तर भयो । राजाका स्वागतार्थ सवारी भएका युवराजको गाडीमा ढुंगा हानियो । कसैले अवश्यै हान्यो नत्र सडकमा ढुंगा आउने थिएन । दोषी समातियो वा समातिएन , थाहा छैन तर केही निर्दोष भने समातिए । कतिपय विद्यार्थी नै परे । ओडने ओछयाउने बिना चिसो छिडीमा थुनिनु, भोकै बस्न वाध्य हुनु जस्ता शारिरिक यातना त पाए नै त्यो भन्दा बढी नपाए पनि तर उनीहरूको मानशिक पिडा भने जिन्दगी भरको निम्ति रहने खालको छ । एस.एल.सी परिक्षामा जानु पर्ने विद्यार्थीको परिक्षा छुटनु भन्दा ठूलो यातना के हुन सक्छ ? देखिएकै कुरा हो - त्यो दिन राजाको स्वागतार्थ सडकको पेटीमा छात्रछात्रा उभ्याइकै थिए भने ती समातिने विद्यार्थीको विद्यालयलाई स्वागतमा विद्यार्थी उभ्याउने उर्दी गए पनि नगए पनि उनीहरू पेटीमा स्वागतार्थ उभिएकै हुन । तिनै स्वागतार्थ उभिएका विद्यार्थीले त्यो उभिए वापत यातना पाए भने अधिराज्यव्यापी विद्यार्थी र तिनका अभिभावक बिच 'ती विद्यार्थीलाई यातना दिएर राज्यले ठीक गर्‍यो' भन्ने या 'विद्यार्थीलाई स्वागतमा उभियाएर यातना दिइयो' भन्ने कुन सन्देश जान्छ ? तब के प्रत्येक विद्यार्थीका अभिभावकले 'हाम्रा नानीहरूलाई स्वागतार्थ भनेर सडकमा नलैजाउ' भन्नु पर्ने बेला आएन अब ? फेरि, ती विद्यार्थीले पाएको यातनाको निम्ति अधिराज्यव्यापी विद्यार्थी समुदाय र अभिभावक सँग क्षमा याचना गर्ने कसले ? नाबालकहरूलाई सडक छेउ उभियाएर तिनीहरू दण्डित भए भने तिनीहरूको क्षतिपूर्ति गरिदिने कसले ? फेरि, विद्यार्थीलाई सडक छेउ उभ्याउनु नै किन ? के नाबालकहरूले पेटीमा उभिएर जयजयकार नगर्दैमा राजाको मान घटछ र ?

वीसौं शताब्दिका प्रशिद्ध दार्शनिक बट्रान्ड रसेलले भनेका छन - 'हुलमा पुगे पछि विद्वान र मुर्खको मनोविज्ञानमा अन्तर हुदैन, त्यो त हुलको मनोविज्ञान हुन्छ ।' हुलको मानशिकता व्यक्तिको जस्तो संयमित हुदैन, स्वभावैले उत्तेजित र उदण्ड हुन्छ । त्यसैले पनि भनिन्छ - 'हुलमालमा जिउ जोगाउनु ।' १७ गतेको नेकपा एमालेको जनसभामा प्रकाण्ड विद्वान देखि अपठ सम्म भेला भएका थिए र सो जमातलाई एमाले नेता र कार्यकर्ताले आफ्नो कार्यक्रम सम्म संयमित राखेर ठूलै परिपक्वता देखाए । कुनै कारणवस जुध्न गएको एमालेको जनसभा र राजाको सवारी भित्रिने समयमा सभाको स्थान र मुखलाई परिवर्तन गरी निश्चित समयमा टुंग्याएर एमालेले आङ्खनो संयम देखाएकै हो । त्यसपछि जो जमात सभाबाट उठेर गएको त्यो जमात बाटोमा रोकिए पछि हुलमा परिणत हुने नै भयो । बाटो हिडने बटुवालाई रोकेर जम्मा गर्न थाले पछि अवश्य नै त्यो जमात लक्ष विहिन हुल हुन पुग्छ र राष्ट्राध्यक्ष, राजनेताको सवारीको समयमा मानिस रोकेर हुल हुनदिने मौका जुटाउनु नै हुदैन । एक्काइसौं शताब्तिमा हुल जम्मा गराएर फूल, अविरले जयजयकार गराउनु खोज्नु भनेको अनिष्ट र उदण्डतालाई मौका दिनु हो । त्यसमा पनि प्रत्यक्ष शाशनको विरोधमा सहभागी भएर निस्केको हुल माथि व्यंग्य र घोचपेच हुन थाले पछि भिड उत्तेजित हुने नै भयो ।

मूल प्रश्न त बाँकी नै छ । कुनै पनि नेपाली नागरिकलाई त जहीसुकै जान अधिकार छ भने राजालाई त झन जहिसुकै बाट पनि जाने अधिकार नहुने कुरै छैन तर केही समय अगाडि मात्रै राजाको प्रत्यक्ष शाशनको विरोधि मानशिकता बनाएर सडक छेउ उभिएका हुलको बिचबाट राजा र राजपरिवारको सवारी चलाउनु उपयुक्त, अझ सुरक्षित, थियो त ? सवारी चलाउनेहरूले वैकल्पिक बाटो रोजेको भए राजाको सन्मानमा के कमी आउने थियो र ? यहाँ त राजाले, राजपरिवारले जहिले पनि, जहाँबाट पनि र जसरी चल्न हुन्छ भन्ने र हुण राजा एटलीले जस्तै 'राजा हिडने बाटोमा घाँस पनि ठाडो हुनुहुन्न' भन्ने मानशिकता बोकेका व्यक्तिहरूले राजा र राजपरिवारका सदस्यको सवारीको बन्दोवस्त गरेको देखिन्छ । यस्तो हठधर्मिताले उग्र मुठभेड अझ दुर्घटना नै निम्त्याउन पनि त सक्थ्यो ।

राजा र राजपरिवारको सवारीमा उर्दी लगाएर हुल जुटाउने प्रयाश नै गर्नु हुदैन, न यस्ता सवारी हुलको बिचबाट नै हुनुहुन्छ । विदाइकै निम्ति पनि उच्च पदस्थ सीमित मानिसहरू नै पर्याप्त हुन्छन । फूल-अविर, लावा-लस्कर, पञ्चैबाजाको स्वागत र विदाइ त सीमित क्षेत्रका रजौटाहरूको संस्कार हो । राजा त समयानुसार परिवर्तन हुन्छन । हेलिकप्टरमा उडदा हुने समयमा लावा-लस्कर लगाएर हिडनै पर्ने आवश्यकता छ र ?

राम दाहाल
ramdahal@hotmail.com

Monday, November 28, 2005

अमलेख पछिको समाज



'हिन्दु राजाको आदेश सम्विधान सरह' भन्ने महान्यायाधिवक्ताको अभिव्यक्ति दाशताबाट मुक्त भए पनि दाशता स्विकार गर्ने समूहको सामुहिक प्रतिनिधि आवाज हो या दाशता स्विकार गराउने एउटा कडी हो भन्न गाहारो छ र यस्तो अभिव्यक्ति दिएर उनी अपराधि बन्छन कि बन्दैनन त्यो निर्णय गर्ने जनताको विशेषाधिकार हो । त्यसैले म त्यता तिर जान चाहन्न र केवल दाश उन्मुक्ति पछि जनमानस कस्तो हुन्छ? त्यो मात्र प्रस्टयाउने जमर्को गर्दछु ।

यो शताब्दिको शुरु तिर हाम्रो समाजमा तीन थरीका मानिसहकरू भेटिन्थेः १ असीको दशकमा दाशताबाट अमलेख भएर ६० उकालो काटेकाहरू, २ किशोर या युवावस्थामा अमलेख भएर अधवैंशे भएकाहरू र ३ स्वतन्त्र जन्मिएका तिनका सन्तानहरू । तिनीहहरूको बोली व्यवहार पनि तीन थरीको नै हुन्थ्यो । पहिलाहरू स्वतन्त्रता दिएकोमा मालिकहरू प्रति कृतज्ञ थिए तर मालिकको सहारा बिना बाँच्न सकिन्न भनि ठान्थे र उनीहरूमा मुक्ति पछि पनि दाशमनोवृत्ति यथावत हुदा मालिकका दुध चुस्ने नानीलाई पनि 'ख्वामित', 'खसम' आदि दाशानुचित सम्वोधन गर्दथे । मालिकहरूबाट आफ्ना चेलीबेटी माथि दुर्व्यवहार या छोरानाति माथि हातपात हुदा पनि पहिलो पुस्ता त्यसलाई उनीहरूको अधिकार सम्झन्थ्यो भने दोश्रो पुस्ता पनि आफ्नो स्वतन्त्र अस्तित्व अङ्गिकार गर्न नसकेर त्यो देखे पनि नदेखे झैं गर्दथ्यो । दोश्रो पुस्ता सँग केवल 'ए, बाबा, जे भए पनि कमाराकमारी त होइनौ नि ?' यति मात्र भन्ने आँट थियो र थिचोमिचोलाई नचाहेर पनि सहन्थ्यो । स्वतन्त्रता मात्र देखेको तेश्रो पुस्ता भने आफूलाई मालिक जत्तिकै स्वतन्त्र र अधिकार सम्पन्न ठानेर विद्रोही हुने हुदा आफ्ना बुढापाकाबाट गाली र मालिक भनिनेहरूबाट दण्ड-सजाय पनि पाउथ्यो ।

अर्को तिर थिए दाशमालिकहरू जसको पहिलो पुस्ता त्यो स्वतन्त्र जन्मिएकोलाई समेत दाशानुचित व्यवहार गर्दथे भने दोश्रो पुस्ता 'हाम्रै खटनमा बसे पनि कमारा कमारीलाई जस्तो गर्न त कहाँ हुन्छ र ?' भन्ने केही नरम धारणा राख्दथ्यो । मानिसको बेचबिखन नदेखेको दाशमालिकको तेश्रो पुस्ता सबैलाई आफू समान ठानेर आफ्ना बाबु-बाजेको इच्छा विपरित दाश सन्तान सँग घुलमिल भए पनि संस्कार र सँस्कृतिले आफूलाई दाशसन्तान भन्दा कुलिन र श्रेष्ठ भने ठान्दथ्यो ।

नेपालको इतिहासमा मानिसको स्वतन्त्र अस्तित्व स्विकारेर दाशप्रथा अन्त्य गरिए पछि नया विचार प्रवाह भयो र दाश सरह रैती बनेका नेपालीमा स्वतन्त्रताको लागि आन्दोलन शुरु भए । नब्बेको दशकमा त्यसलाई दबाइए पनि २००७ साल आइपुग्दा एउटा मालिकी प्रथाको अन्त्य भयो । सबैले सोचे जनअधिकार आएकै हो तर त्यो आएको अधिकारलाई बिचैमा अपहरण गरियो र चार दशक नेपाली जनता अधिकार विहिन प्रजा भएर अन्धकारको युगमा बसे । वास्तविक प्रजा अमलेख २०४७ सालमा भयो तर त्यसको अनुभव त १५ वर्षनबित्दै अधिकार अपहरण भए पछि मात्र भयो ।

दाशता र अधिनायकवादमा खास ठूलो अन्तर हुदैन । एउटा दाश या एउटा दाश समूहको एउटा मालिक हुन सक्छ र एउटा देशमा एउटा अधिनायक । दुवैले आफै कानुन या नियम बनाउछन, आफै जारी गर्छन र आफै लागु गर्छन । दुवै नै विधि, विधान र कानुन भन्दा माथि राख्छन आफूलाई र आफै आरोप लगाउछन, आफै दण्ड तोक्छन । दुवैको आफ्ना मातहतका दाश या शाशित प्रति जवाफदेहिता हुदैन । यसैकारण नेपाल राज्यको स्थापना देखि २०४७ साल सम्म - डेढ वर्षाई छोडेर - नेपाली जनता आङ्खना निर्वाचित प्रतिनिधि द्वारा शाशित कहिले पनि भएनन । .

२०४७ पछि नेपालको सामाजिक वृत्तमा दाश अमलेखको डेढ-दुई दशक पछिको मनोवृत्ति देखा परेको छ । नेपाली शाशितका बिचमा राजाको अस्तित्व बिना नेपाल र नेपाली जनताको अस्तित्व नदेख्ने पहिलो थरी, संवैधानिक राजतन्त्रको उपस्थितिले शाशन सजिलो देख्ने दोश्रो थरी र राजतन्त्रको उपस्थिति नै जनप्रतिनिधि शाशनको वाधक देख्ने तेश्रो थरी यी तीन थरी बिच वौद्धिक द्वन्द शुरु भएको छ । यो भावनाको विभाजनमा केही उमेरले, केही सँस्कार र सँस्कृतिले, केही सुविधाको उपभोगले आफ्ना आफ्ना भूमिका खेलेका छन । गिरिजा प्रसाद कोइराला, डा.केशरजंग रायमाझी, परशुनारायण चौधरी जस्ता उमेरमा क्रान्तिकारी नेताहरू उमेरका कारणले नाम मात्रका राजाका पक्षपाती छन भने किर्तिनिधी विष्ट, सूर्य बहादुर थापा, सच्चित शमशेर जबरा, भरत केशर सिंह, रमेश नाथ पाण्डे या अरु यस्तै पृथ्वीनारायण्शाह देखि सुविधा खाईपाई आएका ६ थर जस्ताहरू सुविधाका कारणले राजाको प्रत्यक्ष शाशनको वकालत गर्दछन । डा.तुलशी गिरी भने अपवाद हुन । बी. पी. कोइराला र राजाहरूले जतिसुकै सुविधा दिए पनि र बढाइचडाइ गरे पनि र जन्म र नागरिकताले नेपाली भए पनि भावनाले उनी नेपाल हितैषी भन्दा आङ्खनो स्वार्थ्य हितैषी हुन । सुविधा हुदा नेपाली बन्ने र सुविधा नपाउने वित्तिकै आङ्खनो झिटी-गुन्टा बोकेर विदेशिने प्रवत्तिका हुन उनी र नेपाली जनताको अधिकार, नेपालको राजनिति र राजतन्त्र सँगै पनि उनको कुनै लिनुदिनु छैन भन्दा हुन्छ ।

नेकपा एमाले नेतृत्व तहको जम्मै जसो र नेपाली कांग्रेसको दोश्रो तहको नेतृत्ववर्गका धेरै जसो दोश्रो थरीको धारणा बोक्दछन । राजाको हुकुम शिरोपर गर्ने पंचहरूको पार्टी भनिए पनि र डा.प्रकाशचन्द्र लोहानी, कमल थापा, पद्मसुन्दर लावती, रोशन काकी या भुवन पाठक जस्ता हस्तीहरू झण्डै प्रत्यक्ष शाशनका पक्षपाती जस्ता देखिए पनि खेमराज पण्डित जस्ताको एउटा समूह राप्रपा भित्र नाम मात्रका राजा भएको व्यवस्थाको पक्षपाती भएको देखिन थालेको छ ।

२०४७ सालले तेश्रो थरी एउटा ठूलो जमातको तयार गरिदिएकोछ । शाही सेना या माओवादीको बन्दुक होस या दलहरूको झण्डा, सबै बोक्ने समूह यही नै हो । हो, आवेश धेरै छ यसमा तर यो सबै भन्दा चेतनशिल समूह हो । राजाको सिपाही भनेर घोकाए पनि, माओवादी लडाकु भनेर पढाए पनि या दलका अनुशाशित कार्यकर्ता भनेर सिकाए पनि उसले 'म कसैको दाश होइन' भन्ने बुझेको छ र आइपर्ने बित्तिकै आफ्नो अधिकारको निम्ति ऊ युद्धमा होमिन सक्छ । कहिले यो आफ्नै दलका नेता या नाइकेको पिटाइ खान्छ त कहिले विपक्षिको बुट, लाठी र गोली भेटदछ । यो जमात राजधानी या सहरहरूमा मात्रै होइन गाउँ-गाउँका कुनाकुनामा पनि त्यति नै सक्रिय र सचेत छ र भोलिको संघर्षको जिम्मेवार समूह पनि यही नै हो । राजनितिका महारथी हुँ भनेर उभिने डा.गिरी, विष्ट, डा.रायमाझी, या देवकोटालाई सडकमा यही समूहका १६ वर्षो किशोरहरूले जनअधिकार मागेर दिइरहेको चुनौती भिष्मलाई अभिमन्युले द्रौपदीको सारीको मोल मागेर दिएको चुनौती जस्तो लाग्नेछ भोलि र महाभारतको अन्त्यको थालनी अभिमन्युको मृत्युबाट भएको हो । वृद्ध राजतन्त्र र किशोर लोकतन्त्र आफ्नाआफ्ना वौद्धिक हतियार समाएर आमनेसामने भइसकेकाछन । विजय कसको हुन्छ - त्यो आफ्नोआफ्नो मुल्याङ्कन हो ।

राम दाहाल
ramdahal@hotmail.com


Tuesday, November 22, 2005

महान्यायाधिवक्ताको जिरह


देशको सर्वोच्च अदालतका सामु देशको र्सव शक्तिवान श्री ५ को सरकार र यसका मंत्रीहरू विरुद्ध अख्तियार दुरुपयोग, भ्रष्टाचार, अदालत अवहेलना या यस्तै अरु थुप्रै मुद्दाहरू चाङ लागेर बसेका छन र अदालतले तिनीहरुलाई टुंग्याउन छिटो चाल लिएको देखिदैन । यही समयमा एक रिट निवेदनको बहसमा देशका महान्यायाधिवक्ताले - हिन्दु राजाका आदेशहरू सम्विधान सरह हुन्छन - भन्ने जिरह पेश गरेर राजाको प्रत्यक्ष शाशनमा कुनै प्रश्न उठाउन नपाइने नजिर कायम गर्न खोज्दै पंचायतकालमा पनि नगरिने तल्लो तहको चाकडी गरेर हुकुमी शाशन कायम गराउन खोज्दैछन । त्यही सन्दर्भमा संसारका उत्कृष्ट सम्विधान मध्ये एक र सो भन्दा बढी अधिकार पाएको हाम्रो सर्वोच्च अदालतले के निर्णय लिन सक्छ सो एक पल्ट केलाऊँ ।

मानिसले गर्ने कुनै पनि निर्णय चार कुरामा आधारित हुन्छ ः १ उसको अधिकार, २ उसको प्रशिक्षण, ३ उसको नियत र ४ उसको आँट । व्यक्तिलाई कार्यकारिणीको स्थानमा राखेर राज्यले मान्यता दिएको कानुन या सामाजिक मान्यता अनुरूप ठीक-बेठीक निर्णय गर्न लगाउने दायित्व नै अधिकार हो र त्यो अधिकार कुनै खास प्रयोजन पूर्तिको निम्ति स्थापित गरिएको हुन्छ । लोकतान्त्रिक व्यवस्थामा त्यो प्रयोजन भनेको जनहित हो र त्यो अधिकारको प्रयोग समान रूपले सबैमा लागु हुनु पर्छ । तर त्यो अधिकार प्रयोगको निम्ति मानिस शुरुमा विज्ञ हुन नसक्ने हुनाले सम्बन्धित सबैलाई त्यही विचारधारामा प्रशिक्षित गराइन्छ र त्यो प्रयोग पद्धतिको समूहलाई त्यो विचार विद्यालय (Shool of Thought) भनिन्छ । तेश्रो, कानुन, नियम ढुंगाका अक्षर नभएकाले कोदालोले सम्याउने या भत्काउने दुवै काम गर्न सके झैं त्यसको व्याख्याले सपार्ने या बिगार्ने काम निर्णयकर्ताको नियतमा भर पर्दछ । निर्णयमा पक्ष विपक्ष दुवै हुने हुदा बलियोलाई चिढाएर निर्धोको पक्षमा 'वहुजन हितायः' को निर्णय दिन पनि ठूलो आँट चाहिन्छ ।

२००७ साल अगाडि हाम्रा अदालतहरू श्री ३ सरकारका हुकुम बाट आएका ऐन र सनद बमोजिम रैतीका लेनदेन झै-झगडा, जग्गा किचोलो र कुटपिट, लुटपाट, ज्यान, डाका मुद्दा हेरी छिनोफानो गर्न स्थापित भएका थिए र त्यहाँ न्याय भन्दा व्यक्तिगत र वर्गिय या जातिय स्वार्थ र शुभलाभको मात्राका आधारमा फैसला हुन्थे । सरकार वा श्री ३ का भाइभारदार विरुद्ध नै अदालतमा मुद्दा दर्ता हुदैनथे भने श्री ३ का कार्य माथि वहश हुन सक्ने त कुरै थिएन । त्यही परम्परा २००७ साल पछि पनि कायम रहयो र श्री ३ शब्दको ठाउँ अब श्री ५ ले लियो र राणाकालिन डिठ्ठा, सुब्बालाई न्यायाधिश नाम दिइयो । त्यस पछिको चार दशक भरि 'राजतन्त्र, राजा, राजपरिवार देशको कुनै पनि सम्विधान, कानुन भन्दा माथि भएकाले उनीहरूले गरेका कुनै पनि कार्यमा प्रश्न उठाउनु हुदैन र पाइदैन' भन्ने धारणामा राणकालिन विचार विद्यालयलाई मलजल गरियो र त्यसैमा अदालती, निजामती, जंगी सेवामा सवै सेवादाताहरूलाई प्रशिक्षित पनि गरियो र अझ, त्यही विचारधारा दुध चुस्ने नानीका विद्यालय देखि सिकाइयो पनि । २०४७ सालको सम्विधानले त्यो विचार विद्यालयलाई भत्काउने प्रयाश त गरेको हो तर अदालतको मर्यादालाई नमान्ने प्रधानमंत्रीको अडान, व्यक्तिको निम्ति नियम भाँचेर लोकमान सिंह कार्कीलाई गरे जस्तो निजामति सेवामा गरिएका सरुवा बढुवा आदिले आफूलाई अदालत र कानुन भन्दा माथिको राजतन्त्र जस्तै हुकुमी नियुक्ति र आदेश दिन सक्ने ठान्ने निर्वाचितहरूको हुकुमी शैलीले पुरानो विचार विद्यालायलाई भत्काउन दिएन र अदालत र अझ पुरै न्यायक्षेत्रमा श्री ३ का डिठ्ठा-सुब्बाको त्यो विचार विद्यालय यथावत कायम रहयो । तल्लो तह देखि अदालत सम्मका न्यायाधिशहरू, पैरवीकर्ताहरू सबैमा त्यो विचार विद्यालयको छाप छदैछ र पूर्व प्रधानन्यायाधिश हरि प्रसाद शर्माका अभिव्यक्ति हुन या वर्तमान प्रधानन्यायाधिश र न्यायाधिशहरूका अन्तरिम आदेश या महान्यायाधिवक्ताका पैरवी जिरह सबै त्यही विचार विद्यालयमा दिक्षितहरूको विचार अभिव्यक्ति हो । उर्दी फुक्ने कटुवालहरूका आदेशमा गरिएका कान्तिपुर एफ.एम. उपकरण लुट जस्ता घटनामा अन्तरिम आदेश दिए झैं यदाकदा त्यस्ता आदेश हुन सक्लान तर समष्टिगत रूपका अन्तिम आदेशहरू त्यो विचार विद्यालयका मान्यता भन्दा बाहिर जाने लक्षण देखिदैन । अदालतका इतिहासमा हरि प्रसाद प्रधान, विश्वनाथ उपाध्याय या कृष्णजंग रायमाझी जस्ता अपवाद सधै निस्कदैनन तर केही गरीं अब हुने निर्णयमा अपवाद निस्किएर पुरानो विचार विद्यालयको दायरा नाघ्दै निर्णय गरे भने नेपालको न्यायक्षेत्रमा एउटा विशाल फडको हुनेछ र त्यसले सडक आन्दोलनले भन्दा धेरै ठूलो परिणाम ल्याउने छ ।

राम दाहाल

Thursday, November 17, 2005

उपाध्यक्षमा निवेदन

सम्माननिय उपाध्यक्ष डा.तुलशी गिरीज्यू,
मन्त्री परिषद
मन्त्री परिषद सचिवालाय सिंहदरवार, काठमाडौं, नेपाल

मार्फत कान्तिपुर दैनिक, काठमाडौ, नेपाल

विषयः सम्माननिय उपाध्यक्षज्यूमा म काठमाडौ डेरा गरी बस्ने राम दाहालको निवेदन पत्र

सम्माननिय उपाध्यक्षज्यू,

विक्रम संवत्‌को उन्नाइसौं शताब्दिको तेश्रो दशकमा गोर्खाली राजाले नेपाल खाल्डो कब्जा गर्दा विजितको जाय-जेथा, ज्यान-जोई सबै नै विजेताको हुने र्सवकालिन युद्धको मान्यता अनुरूप गोर्खाली राजाका स्वस्तीवाचक भई हिडने मेरा पुर्खाले पनि हाल नेपाल अधिराज्यको राजधानी काठमाडौ स्थित रानी पोखरी देखि दक्षिण, राजा त्रिभुवनको शालिक ठडिएको त्रिपुरेश्वर चोकदेखि थापाथली जाने बाटोको उत्तर, त्रिपुरेश्वरदेखि नारायणहिटि दरवारको पश्चिम ढोका पुग्ने बाटोको पुर्व, दरवारमार्ग-भद्रकाली मार्गको पश्चिम, यति चार किल्ला भित्रको केही दशक अगाडि सम्म पनि टुँडिखेल र सानो टुडिखेल भन्ने गरिएका दुई कित्ता जमिन विजेताका सहचर भएर पुरष्कार स्वरूप कब्जा गरेका रहेछन । समयकालमा मेरा पुर्खाहरू सो समयका केही भारदारका पेलाइमा परेर कोही पुर्व तिर पाखा खन्न गएछन र कोही उपत्यकाका काँठमा धपिएछन । .२००७ साल सम्मको हुकुमी शाशनमा धपिएका, लखेटिएकाले दावी गर्न नपाउने हुदा सो समय सम्मका कुनै पनि नापीमा मेरा पुर्खाले सो जग्गाको दावी गर्न पाएनन र सो पछिका नापीमा म नाबालक भएको र मेरा पुर्खाका अरु सन्तान निर्धा निमुखा हुदा नापीको दावी गर्न नसकेकाले अहिले हालको सुशाशनमा सोम शमशेर समेतबाट कुनै व्यक्तिको नाममा नभई जनताको अधिकारमा भएको ठानिने बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको समेतका जग्गा 'विक्रम संवत् २०२१ सालको नापीमा दर्ता गर्न छुट भएका हाम्रा जग्गा हुन' भनी दावी हुदा उपाध्यक्षज्यूले सौहाद्रता देखाइ त्यसको खोजीनिति र छानबिन हुने प्रकृया थाल्ने आदेश दिई त्यस्ता पिडितको मर्का छुटाइदिने उदाहरण देखाएकोले 'हाम्रा पनि दिन आएछन' भनी ठानी ती चार किल्ला भित्रका जग्गा मेरा नाममा दर्ता गराइ हकदैया कायम गराइ पाउन तपसिलका साक्षी र प्रमाण राखी यो निवेदन पेश गरेको छु ।

उपरोक्त ४ किल्ला भित्रको जग्गा दावी गर्नुमा मेरो कुनै दुर्नियत छैन । ती किल्ला भित्र निजी घर जग्गाहरू परेमा जसका हुन उनैका नाममा हस्तान्तरण गर्ने उदारता देखाउन पनि म राजी छु । तत्कालिन सरकार द्वारा थिचोमिचो गरी हामीलाई हटाए पछि अहिले निर्माण भएका जो जति निर्माणहरू छन, तिनलाई दुरुपयोग नगर्न गाजा पट्टीबाट इजरायली हटनु पर्दा त्यहाँका निर्माण धुल्याए झ्रै निर्माणहरू धुल्याउन पनि म तयार छु । ती किल्ला भित्रका रूखहरू विदेशीले संग्रहालयमा राखेर दुरुपयोग नगरुन भन्ने उद्देश्यले म आफ्नै खर्चमा सबै रूखपात बोकाएर सिंहदरबार गोदाममा सुरक्षित पुर्‍याउने छु र मेरो पक्षमा कारवाही गर्न जारी गर्नु पर्ने सूचना प्रकाशन आदि कार्यको निम्ति सम्बन्धित विभागसँग आवश्यक रकम नभए सो समेत बेहोर्न राजी भएको बेहोरा समेत जानकारी गराउछु । कारवाहीको नतिजा कुनै पनि सूचना माध्यममा प्रकाशित गरिदिएमा म आभारित हुनेछु ।

तपसिल

प्रमाणहरू
१‌‌ गोर्खाली राजाले नेपाल खाल्डो कब्जा गरेको हो भनी प्रमाणित गर्ने इतिहास १ थान
२· मेरा पर्ुखाले सुगौली सन्धिमा गोर्खा सरकारको तर्फो दोभाषे सम्म हुनसक्ने भारदारी हैशियत देखाएर राजसेवा गरेका हुन भन्ने इतिहास --- १ थान
३· मेरा पुर्खाले स्वस्तिवाचन गरेका हुन भनेर मेरा बाबुबाजेका आप्तवचनलाई ऐतिहासिक तथ्य मानी मैले टिपोट गरेको कागज १ थान

साक्षी
१· रत्नपार्क जस्तो केन्द्रमा बस्न नपाई सहरको काँठ र देशका पाखा पखेरामा बसेका मेरा सबै दाजुभाइ - १
२· हाम्रा माइती मावली ससुराली जस्ता नाताका सबै नातेदारहरू १
३· जग्गा उपलब्ध भएमा बेचबिखनको निम्ति लालायित सबै जग्गा दलालहरू १

इति सम्बत् २०६२ साल असोज १८ गते मंगलबार शुभम् ।