राजा वीरेन्द्र र्सवमान्य भए । सो समयमा माओवादीको विरोध पनि राजा विरुद्ध लक्षित नभएर संसदिय व्यवस्थाका दलहरू प्रति लक्षित भएको छनक दिन्थ्यो । राजा ज्ञानेन्द्रको राज्यारोहण सन्देहात्मक वातावरणमा भए पनि नागरिकको वहुमत समुदायले सन्देहको लाभ दिएर राजालाई भविष्यका कदममा तौलने धारणा बनाएको थियो । यसैलाई राजावादीहरूले नागरिकको राजा प्रतिको आस्था भनिठाने र 'राज्यको ढुकुटी खर्चेर जंगी पोशाकमा जनता बिच उभिएर राजाले २।४ पैसा खर्चिदिए जनताले राजाको सधैं जयजयकार गर्नेछन' भन्ने सोचे । राजा महेन्द्रले यस्तो काम गरेका हुन र सफलता पनि पाएका हुन तर राजावादीले के सोच्न सकेनन भने पहिलो, राजा महेन्द्र सन्देहको लाभ बोकेर गद्दीमा चढेका होइनन र दोश्रो, झण्डै आधा शताब्दि अगाडि राजालाई देउता मान्ने सो समयको बुढो र पाको पुस्ताका पनाति र खनाति पुस्ताले राजालाई देउता मान्न उहिले नै छोडिसकेको थियो र राजा महेन्द्रको समयमा जनतालाई राजनैतिक चेतना र ज्ञान दिने साधन सरकार द्वारा संचालित गोरखापत्र र रेडियो नेपाल मात्र थिए भने आजको वर्तमानमा छापा देखि इन्टरनेट सम्मका माध्यमले विभिन्न विचारधारा र घटनाहरूलाई कुनाकुनासम्म पनि पुर्याइरहेकाछन । अति विकशित संचारको यो युगमा राजनैतिक चेतनाको स्तर सहरका आवाशिय विद्यालयमा पढनेहरूको भन्दा ग्रामिण परिवेशमा हुर्कनेहरूको धेरै माथि हुन्छ र भविष्यको राजनिति पनि तिनैद्वारा संचालित हुनेछ भन्ने कुरा पनि सामन्ती भारदारी वृत्तले बुझ्नसकेन । तेश्रो, सन्देहको त्यो लाभलाई भजाउन राजा ज्ञानेन्द्रले केही त्याग्न सक्नु पर्थ्यो अथवा त्याग्न नसके पनि त्यागे जस्तो देखाउनु त अवश्य पर्थ्यो । राजा विरेन्द्रको सम्पत्तीको आधा न सही र न सही एक चौथाइ पनि, केवल दशांश मात्र लोकार्पण गरेर जनहितको निम्ति कोष खडा गरिदिएको भए जनताको आँखामा उनी लोभ विहिन दानी राजा ठहरिने थिए र जनताको राजा प्रतिको सन्मान चुलिने थियो । उल्टो, राजाको शाशन शुरु हुने बित्तिकै लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाएर राजपरिवारको भत्ता बढाए पछि त राजकोषलाई आफ्नो सम्पत्ती ठान्ने आजको सचेत जनताले आफू लुटिएको ठान्यो । तैपनि राजनैतिका दलका नेताहरूले आफ्नो स्वार्थ्यकै लागि सही आफूलाई ढाल बनाएर राजालाई छेकेकै थिए र त्यसैले उनीहरू जनता सामु टाउको उठाउन नसक्ने गरी घाइते भएका पनि हुन । वहुदलिय व्यवस्थामा देश संचालन गर्ने काम राजर्नैतिक दलहरूको हो र सो काम राजाले उनीहरूलाई नै छोडनेछन भन्ने दलहरूको विश्वास थियो तर २०६१ साल माघ १९ गते आइपुग्दा सबैलाई स्पष्ट भयो कि राजा त जनता, नेता कसैलाई पनि दिन सक्दैनन या दिन चाहदैनन र आफूलाई भने सबैले दिउन भनि ठान्छन । राजाको शाशनको पहिलो साढे तीन वर्षो शाशनको निष्कर्श यही नै हो ।
पहिलो अध्यायको निष्कर्श निस्कन तीन वर्षबढी लागेको थियो भने दोश्रो अध्यायको आशय त अध्यायको शुरुमा नै प्रस्ट भयो । थालनीमा नै प्रजातन्त्रका विरोधी र हुकुमी शाशनका हिमायती डा.तुलशी गिरी र किर्तिनिधि विष्टलाई उपाध्यक्षमा नियुत्ति गरेर राजाले लुइ तेर्हौंले झै भनिदिए कि 'म नै राज्य हुँ' र त्यसमा पनि प्रजातान्त्रिक व्यवस्थामा राज्यका सके सबै र नसके वहुसंख्यक प्रमुख राजनैतिक दलहरूको सहमती र सहभागितामा गरिनु पर्ने निर्वाचनको घोषणा गरेर 'खाए खा नखाए घिच' गर्नु त 'मैले चाहदा राज्यमा जे पनि गर्न सक्छु र त्यसलाई सबैले मान्नै पर्छ' भन्ने मध्यकालिन लुइ तेर्हौंको जस्तै शाही मान्यता हो । प्रजातन्त्र विरोधीहरूलाई सत्तामा बसाएर 'प्रजातन्त्रको रक्षा गर्दैछु' भन्नु र अराजनैतिक भिड जम्मा गरेर राजनैतिक समाधान खोज्ने प्रयाश गर्नु यो अध्यायको विशेषता हो । तर वर्षदिन पनि नपुग्दै दोश्रो अध्याय छताछुल्ल भयो । नगरपालिकाको उम्मेदवारीको समयमा नै देखिएको हाँडीगाउँको जात्राले 'राजा नाङ्गा छन' भन्ने उक्ति चरितार्थ गरिदियो र अब त माघ २६ को मतदानले त परीकथाको बालकले झैं 'राजा नाङ्गा छन' भनेर सुनाइदिदा राजा सुन्छन वा सुन्दैनन त्यो मात्र हेर्न बाँकी छ ।
दोश्रो अध्यायमा राजाको सन्मानमा ठूलो र्हास आयो । वर्षदिन अगाडिसम्म जनताको सबै रिस शाशकदलमा ठोकिन्थ्यो र राजाबाट भएका सबै कामको जिम्मेवार दललाई ठहराइन्थ्यो तर यो कालमा राज्यका कुनै पनि व्यक्ति या निकायले गरेको नराम्रो कामको जिम्मेवारी राजामा गएर ठोकिन थाल्यो र राजाको सन्मानमा क्रमश र्हास हुदै गयो । फेरि, यो वर्ष शाहीसेना सरकारको यति नजिक देखियो कि मानिसले खुलेआम राजपरिवारको गुलामी, सलामी र मलामीको निम्ति राखिएको सेना भनेर जनताबाट अलग्याउन थाले । राज्यको सेनालाई यसरी राजा सँग गासिदिनाले सेना प्रति जनताको विश्वास घटछ र कथम् कदाचित राजतन्त्र रहेन भने सेना स्वयम् विखण्डन तिर लाग्नाले राज्यको सुरक्षास्थिति नाजुक बन्न सक्छ ।
दोश्रो अध्यायको तेश्रो अपरिणाम राज्य विश्व समुदायबाट नितान्त एक्लो हुनु हो । दान बिना चल्नै नसक्ने स्थितिको मुलुकमा दाताहरूले हात झिक्नु, स्वाभाविक मित्रहरूले छाडे पछि अस्वाभाविक मित्रहरू बिच स्वाभाविक मित्र खोज्न सरकार प्रमुख एउटा सिङ्गै महाद्विप भौतारिदा पनि सहज मित्र नपाएर रित्तो हात र्फकनु सरकारको कुटनैतिक असफलता हो र भुलसुधारको थालनी गरिएन भने त्यो एक्लिने प्रकृया नगरपालिका मतदान पछि झन तिव्र भएर जाने सम्भावना छ ।
दोश्रो अध्यायको अन्त्यको निम्ति प्रतिनिधि सभाको निर्वाचन कुरिरहनु नपर्ला किनकि नगरपालिकाको चुनाव नै दोश्रो अध्यायको अन्त्यको कारक हुनेछ । यो निर्वाचनको कार्यान्वयन र परिणाम हेरेर राष्ट्रिय, अन्तरराष्ट्रिय सबै पक्षले आ-आफ्नो धारणा बनाइसक्नेछन । त्यसपछि त अविश्वास, हिंसा र दमनबाट शुरु हुने तेश्रो अध्याय बिचका विकल्पहरूलाई राष्ट्रिय र अन्तरराष्ट्रिय घटना, व्यक्ति र विचारहरूले प्रभाव पार्नेछन । द्वन्द जुनसुकै दिशातिर लम्किए पनि राजाले लचिलो भएर एउटा विन्दुमा आङ्खनो स्थान नखोज्ने हो भने देश गणतन्त्र तिर हानिएर या केही समय सैनिक शाशान संचालनको निम्ति राजतन्त्रको अन्य हुनसक्छ । लाग्दछ - राजतन्त्रका विकल्प अति नै सीमित छन ।
तेश्रो अध्याय - त्यो पछि विश्लेषण गरिने पुर्वानुमान हो ।
राम दाहाल
ramdahal@hotmail.com
www.ramdahal.blogspot.com
2 comments:
Super color scheme, I like it! Good job. Go on.
»
I love your website. It has a lot of great pictures and is very informative.
»
Post a Comment