नहुनु पर्थ्यो तर भयो । राजाका स्वागतार्थ सवारी भएका युवराजको गाडीमा ढुंगा हानियो । कसैले अवश्यै हान्यो नत्र सडकमा ढुंगा आउने थिएन । दोषी समातियो वा समातिएन , थाहा छैन तर केही निर्दोष भने समातिए । कतिपय विद्यार्थी नै परे । ओडने ओछयाउने बिना चिसो छिडीमा थुनिनु, भोकै बस्न वाध्य हुनु जस्ता शारिरिक यातना त पाए नै त्यो भन्दा बढी नपाए पनि तर उनीहरूको मानशिक पिडा भने जिन्दगी भरको निम्ति रहने खालको छ । एस.एल.सी परिक्षामा जानु पर्ने विद्यार्थीको परिक्षा छुटनु भन्दा ठूलो यातना के हुन सक्छ ? देखिएकै कुरा हो - त्यो दिन राजाको स्वागतार्थ सडकको पेटीमा छात्रछात्रा उभ्याइकै थिए भने ती समातिने विद्यार्थीको विद्यालयलाई स्वागतमा विद्यार्थी उभ्याउने उर्दी गए पनि नगए पनि उनीहरू पेटीमा स्वागतार्थ उभिएकै हुन । तिनै स्वागतार्थ उभिएका विद्यार्थीले त्यो उभिए वापत यातना पाए भने अधिराज्यव्यापी विद्यार्थी र तिनका अभिभावक बिच 'ती विद्यार्थीलाई यातना दिएर राज्यले ठीक गर्यो' भन्ने या 'विद्यार्थीलाई स्वागतमा उभियाएर यातना दिइयो' भन्ने कुन सन्देश जान्छ ? तब के प्रत्येक विद्यार्थीका अभिभावकले 'हाम्रा नानीहरूलाई स्वागतार्थ भनेर सडकमा नलैजाउ' भन्नु पर्ने बेला आएन अब ? फेरि, ती विद्यार्थीले पाएको यातनाको निम्ति अधिराज्यव्यापी विद्यार्थी समुदाय र अभिभावक सँग क्षमा याचना गर्ने कसले ? नाबालकहरूलाई सडक छेउ उभियाएर तिनीहरू दण्डित भए भने तिनीहरूको क्षतिपूर्ति गरिदिने कसले ? फेरि, विद्यार्थीलाई सडक छेउ उभ्याउनु नै किन ? के नाबालकहरूले पेटीमा उभिएर जयजयकार नगर्दैमा राजाको मान घटछ र ?
वीसौं शताब्दिका प्रशिद्ध दार्शनिक बट्रान्ड रसेलले भनेका छन - 'हुलमा पुगे पछि विद्वान र मुर्खको मनोविज्ञानमा अन्तर हुदैन, त्यो त हुलको मनोविज्ञान हुन्छ ।' हुलको मानशिकता व्यक्तिको जस्तो संयमित हुदैन, स्वभावैले उत्तेजित र उदण्ड हुन्छ । त्यसैले पनि भनिन्छ - 'हुलमालमा जिउ जोगाउनु ।' १७ गतेको नेकपा एमालेको जनसभामा प्रकाण्ड विद्वान देखि अपठ सम्म भेला भएका थिए र सो जमातलाई एमाले नेता र कार्यकर्ताले आफ्नो कार्यक्रम सम्म संयमित राखेर ठूलै परिपक्वता देखाए । कुनै कारणवस जुध्न गएको एमालेको जनसभा र राजाको सवारी भित्रिने समयमा सभाको स्थान र मुखलाई परिवर्तन गरी निश्चित समयमा टुंग्याएर एमालेले आङ्खनो संयम देखाएकै हो । त्यसपछि जो जमात सभाबाट उठेर गएको त्यो जमात बाटोमा रोकिए पछि हुलमा परिणत हुने नै भयो । बाटो हिडने बटुवालाई रोकेर जम्मा गर्न थाले पछि अवश्य नै त्यो जमात लक्ष विहिन हुल हुन पुग्छ र राष्ट्राध्यक्ष, राजनेताको सवारीको समयमा मानिस रोकेर हुल हुनदिने मौका जुटाउनु नै हुदैन । एक्काइसौं शताब्तिमा हुल जम्मा गराएर फूल, अविरले जयजयकार गराउनु खोज्नु भनेको अनिष्ट र उदण्डतालाई मौका दिनु हो । त्यसमा पनि प्रत्यक्ष शाशनको विरोधमा सहभागी भएर निस्केको हुल माथि व्यंग्य र घोचपेच हुन थाले पछि भिड उत्तेजित हुने नै भयो ।
मूल प्रश्न त बाँकी नै छ । कुनै पनि नेपाली नागरिकलाई त जहीसुकै जान अधिकार छ भने राजालाई त झन जहिसुकै बाट पनि जाने अधिकार नहुने कुरै छैन तर केही समय अगाडि मात्रै राजाको प्रत्यक्ष शाशनको विरोधि मानशिकता बनाएर सडक छेउ उभिएका हुलको बिचबाट राजा र राजपरिवारको सवारी चलाउनु उपयुक्त, अझ सुरक्षित, थियो त ? सवारी चलाउनेहरूले वैकल्पिक बाटो रोजेको भए राजाको सन्मानमा के कमी आउने थियो र ? यहाँ त राजाले, राजपरिवारले जहिले पनि, जहाँबाट पनि र जसरी चल्न हुन्छ भन्ने र हुण राजा एटलीले जस्तै 'राजा हिडने बाटोमा घाँस पनि ठाडो हुनुहुन्न' भन्ने मानशिकता बोकेका व्यक्तिहरूले राजा र राजपरिवारका सदस्यको सवारीको बन्दोवस्त गरेको देखिन्छ । यस्तो हठधर्मिताले उग्र मुठभेड अझ दुर्घटना नै निम्त्याउन पनि त सक्थ्यो ।
राजा र राजपरिवारको सवारीमा उर्दी लगाएर हुल जुटाउने प्रयाश नै गर्नु हुदैन, न यस्ता सवारी हुलको बिचबाट नै हुनुहुन्छ । विदाइकै निम्ति पनि उच्च पदस्थ सीमित मानिसहरू नै पर्याप्त हुन्छन । फूल-अविर, लावा-लस्कर, पञ्चैबाजाको स्वागत र विदाइ त सीमित क्षेत्रका रजौटाहरूको संस्कार हो । राजा त समयानुसार परिवर्तन हुन्छन । हेलिकप्टरमा उडदा हुने समयमा लावा-लस्कर लगाएर हिडनै पर्ने आवश्यकता छ र ?
राम दाहाल
ramdahal@hotmail.com
3 comments:
It is up to the people to judge it.
Nice! Where you get this guestbook? I want the same script.. Awesome content. thankyou.
»
Interesting site. Useful information. Bookmarked.
»
Post a Comment