परदेसी माया
जिन्दगी
पनि के जिन्दगी बैँसभरि एक्लै हुने
झण्डै आयु
बिते पछि त्यही बैँसको लागि रुने ।
तनले
भोग्न पाएन भने मन मारेर के हुने
चालिसेले
छुन नपाई बुढोले झैँ झोक्राउने ।
माया पनि
के माया तनले स्पर्श पाएन भने
बजारका
रसभरी सम्झी घरमै मुख मिठ्याउने ।
कमाइ पनि
के कमाइ आफैँ भोग्न पाएन भने
बबुरो
जवानी के जवानी माया प्रीति लाएन भने ।
घरको जोडी
पनि के जोडी सागर वारी पारी भए
कति पो
चित्त दुखी हाल्ला र भई बिरानो छोडी गए ।
आशा नै
पनि के आशा फर्केला दिन भनी पर्खी दिने
आशामा नै
बैँस बितेको जीवन बितेको पत्तो नहुने ।
राम दाहाल
जोरपाटी, काठमाडौँ
२०७० जेठ १७
No comments:
Post a Comment