सौरभको लेखः तथ्य र
अतथ्य
सौरभको लेख पढ्दा सामान्य त सार्है गम्भीर जस्ता लाग्छन् र चाख लाग्दा पनि तर उनका भनाइहरूमा
शब्दहरूको खेल हुन्छ र तथ्य भनिएकाहरूका आधार हुदैनन् । कान्तिपुर दैनिकले छापी
दिएकै भरमा ती लेखहरू भरपर्दा अनुसन्धात्मक या विश्लेषणात्मक हुनु पर्छ भन्ने केही
छैन र उनकाजस्ता उपमा र उदाहरणलाई मान्ने हो भने म बबुरो नेपालको दाहाल (DAHAL) ले स्विडेनको दाह्ल (DAHL) बनेर त्यहाँको एउटा पुरानो जातिको प्रतिनिधित्व
गर्नु पर्ने हुन्छ । कुनै
दिन उनले नेपालको नाम इटलीको नेपल्सबाट या नेपल्सको नाम नेपालबाट भएको हो भने भने
आश्चर्य नमाने हुन्छ । भनी दिनु न हो ।
भनी दिदैमा प्रमाण दिई रहनु या कसैको तोरीबारी फाँड्नु पर्दैन ।
कान्तिपुर दैनिकमा सौरभका
लेख छापिने गरेका समयदेखिका सबै लेख हेर्ने हो भने उनी राजावादी भएकोमा शंका छैन र
उनले सबै भन्दा बढी गाली गरिने नेपाली कांग्रेस हो । पत्रिकाको ग्राहक बनेको खण्डमा एक धार्नी सुन
पाइने आशा देखाउने राष्ट्रिय भनिएका दैनिकका विज्ञापनजस्तै - चित्त नदुखोस् पत्रिकाहरूसँग
सम्बन्धित मेरा फलोअर्सहरूको - एक पल्ट खगेन्द्र संग्रौला र अर्को पटक सौरभजस्तालाई
ओछ्याएर तथ्य र अतथ्यको खेती गर्नु पत्रकारिता हुन थालेको छ । त्यसमा पनि
माओवादीको त दोषै नदेख्ने युग पाठक थपी दिएपछि अचुक रंगशाला नै बन्छ गैर्ह
राजावादी र गैर्ह-माओवादीलाई हिलो छ्याप्न ।
मेरा एउटा मित्र
भन्छन् - "स्कन्दपुराणका दक्ष प्रजापति भनेका ठिमी या असनतिरका प्रजापतिहरूका
पुर्खा हुन ।" प्रमाण के ? भनेर कसैले सोध्यो भने भनी दिन्छन् - "थर
मिली सक्यो त्योभन्दा ठुलो प्रमाण के चाहियो ?" सौरभलाई त त्यति प्रमाण पनि
चाहिदैन । उनले त बोन शब्दलाई मगरको निम्ति पुन बनाई दिए, तामाङ ब्लोन र बोम्जन भए
। छन्त्यालको भलन्जा र गुरुङको पलन्जा, थाकालीको भ्लाम्तन र भ्लेन्तन, लिम्बूको पान्दाक, थारूको बान्तर बनाई दिए । भाषाको यस्तो दुरुपयोग थुप्रै छन् उनका लेखमा ।
कुनै दिन उनले 'आहालमा बसेर सातु खाएकोले सत्याल भएको हो' भने भने पनि अचम्म नमाने
हुन्छ ।
अतथ्यलाई तथ्यसँग मिसाएर अतथ्यलाई तथ्य बनाउने प्रयास हुन्छ सौरभको । विद्वान
हुन् सौरभ तर उनको विद्वत्ताको दुरुपयोग सौरभ आफैँ पनि गर्छन् र अरूलाई पनि गर्न
खुला छोड्छन् । उनको लेख 'अक्ष षः एक उदारहरण' मा कुनै तुक छैन । उनको लेख उही पुरानो
बटाराइ शैलीको लेख हो, अर्थ न वर्थ भाषा चपाइको एउटा नया रूप हो र नेपाली कांग्रेसलाई
गाली गर्न तयार गरिएको एउटा विद्वत पर्चा हो । आवश्यक थियो त्यो कान्तिपुर
दैनिकलाई, छापी दियो । भोलि नेकपा एमालेलाई गाली गरेर खगेन्द्र संग्रौलाको कुनै
लेख छापियो भने अचम्म नमाने हुन्छ या दुवैलाई होच्याएर लेखेको युग पाठक या हरि
रोकाको लेख छापिए पनि नौलो हुने छैन ।
No comments:
Post a Comment