नारीमाथि पुरुषको पहिलो दृष्टि
एक दिन एउटी युवा महिला मित्रले सोधिन् - "किन
लोग्नेमानिसहरूले आइमाईका फाँचा(यो उनैले प्रयोग गरेको शब्द भएकोले मैले यो
प्रयोगको धृष्टता गरेरको क्षमायाचना गर्छु) मा नै पहिला आँखा लगाउने ?"
"त्यसो त होइन होला । सबैतिर हेर्दै जादा
त्यहाँ पनि दृष्टि परेको हुन सक्छ ।" - मैले उनको भनाइलाई भर्सक सहज बनाउन
खोज्दै भनेँ ।
"होइन । यो भनाइ मेरो मात्रै होइन । मैले भेटेर
सोधेका सबै दिदीबहिनीले पनि यस्तै अनुभव गरेको कुरा सुनाएका छन् । लोग्नेमानिसको
हेराइ नै यौनदृष्टिको हेराइ हुन्छ ।" - उनले सिङ्गै महिला समूहको नै
प्रतिनिधिपात्र भएर घोषणा गरी दिइन् । कुरा त्यतिमै सिद्धिए पनि मेरो मनमा आयो -
के साँचै हो त त्यो कुरा ? के यो कुरा यौनसँग सम्बन्धित छ त ? मैले निर्क्योलको
निम्ति धेरै गतिविधीलाई नियालेर हेरेँ ।
मानिस प्राणी हो । अरू प्राणीको आवश्यकता र उसको
भौतिक आवश्यकता झण्डैझण्डै समान छन् । यौन पनि अरूको प्राणीको आवश्यकता जस्तै
आवश्यकता हो उसको । त्यसैले प्राणीमा भालेको पोथीप्रतिको आकर्षण जस्तै नारीप्रतिको
पुरुषको आकर्षण पनि स्वभाविक हो । भालेप्राणीमा यौनभोगको निम्ति निर्दिष्ट समय
हुदैन। पोथीको आवश्यकता र सहमतीमा वयस्क भाले जहिले पनि सक्षम हुन्छ यौनसमागमको
निम्ति । पोथीको हकमा यो कुरा लागु हुदैन । ऊ भालेलाई आकर्षण गराउन सक्छे तर आफ्नै
ऋतुकालमा मात्रै । प्रकृतिले पोथीप्राणीलाई चाल, गन्ध, स्पर्श आदिले भालेलाई
आकर्षण गर्ने क्षमता दिएको छ र भाले पोथीको ऋतुकालमा मात्रै पोथीप्रति आकर्षित
हुनछ र पोथीलाई खोज्दै जान्छ । यो प्रकृतिदत्त स्वभाव हो प्राणीको ।
मानिस पनि प्राणी हो र प्राणी पछि ऊ मानव पनि हो । हावा,
पानी, खानाको आवश्यकता उसको इच्छामा नियन्त्रित नभए पनि यौन आवश्यकता उसको इच्छामा
निर्भर गर्छ र यो इच्छा नारीको ऋतुकालमा मात्र आउने होइन । यौनेच्छा स्त्री-पुरुष
दुवैको मस्तिष्कद्वारा नियन्त्रित हुन्छ । त्यसैले पुरुष नारीप्रति रंग, गन्ध या
स्पर्शले आकर्षित हुने भन्दा उसको उमेर, शरीर, बानीव्यवहारप्रति आकर्षित हुन्छ र नियालेर
हेर्छ । आफ्नो समाजद्वारा अस्पर्शिय बनाएकाहरू बाहेकका नारीहरू हेर्छ पुरुष । पहिले
त ऊ अगाडिको व्यक्ति नारी हो वा होइन त्यो हेर्छ जो पहिलो दृष्टीमा नै स्पष्ट
हुन्छ । दोश्रो, त्यो नारी भौतिक रूपमा वयस्क र उपयुक्त छ कि छैन भनेर निर्क्योल
गर्न चाहन्छ र त्यो निर्क्योल गर्ने नारीको स्तन नै हो । फ्रायडले भने जस्तै यो
कुरा अनजानमा नै सबै भई दिन्छ । उसको सकृय मनले त्यसपट्टि नसोचेको भए पनि उसको
सुषुप्त मनले त्यो कार्य गरी नै हाल्छ र पुरुषले थाहै नपाई उसको दृष्टि नारी
स्तनमा पुग्छ । पुरुष नारीको पछाडि छ भने उसको सुषुप्त मस्तिष्कले पहिले नारीको
पृष्ठभागको तल्लो खण्ड नियालेर हेर्छ । त्यो दृष्टि पनि नारी वयस्क वा उपयुक्त हो
वा होइन भन्ने निर्क्योल गर्ने दृष्टि नै हो । यी हेराइ यौनेच्छाका लागि मात्रै भन्ने
छैन । आफूसामुकी नारी कुन उमेरकी हो र ऊसँग कस्तो व्यवहार गरिनु पर्ने हो त्यो
त्यही हेराइले निर्णय गर्छ । नारीको झुकाव योनेच्छाले आफूतिर भएको थाहा पायो भने
उसको सकृय मस्तिष्कले यौनेच्छा पनि प्रष्ट्याउन थाल्छ । यो पुरुषको प्रकृतिदत्त
स्वभाव हो । त्यसैले पुरुषको हेराइमा नारीले हेय ठान्नु पर्ने कारण छैन । हो, विकृतिका
रूपहरू भने अरू पनि हुन सक्छन् ।
No comments:
Post a Comment