जातिय विभेद
मैले आङ्ल शिक्षापद्धति ६४ वर्ष पहिले
शुरू गरे पनि मेरो गाउँमा नियमित विद्यालय स्थापना भएर पढ्न थालेको ६२ वर्ष भए छ ।
हाम्रो विद्यालय हालको संखुवासभाको एउटा दुर्गम गाउँमा ठुलाठालुले खोलेको विद्यालय
थियो अन्यथा सो समयको हिसाबले महिनाको ६ तोला सुनको मुल्य बराबरको रकम दिएर
कलकत्तादेखि बंगाली शिक्षकहरू ल्याउने आँट अरूले गर्न पनि सक्दैनथे । ठुलाठालुको
विद्यालय भनिए पनि त्यहाँ पढ्न सबैलाई छुट थियो तर वर्गिय हिसाबले प्रत्येक महिना
१० लाठे खेताला बराबरको ५ रूपयाँ तिरेर पढाउन सक्ने अभिवावक त्यो ठाउँ र त्यो
समयको परिप्रेक्षमा सम्पन्न हुनै पर्थ्यो । त्यसैले मेरो विद्यालयमा शुरूमा
सम्पन्न बाहुन, क्षेत्री, राई, लिम्बुहरूका सन्तान मात्र पढ्थे । शुरूमा त सबैको
आकांक्षा, धारणा समान थिए तर जति कक्षा बढ्दै गयो विद्यार्थीहरूका चरित्र र लक्ष
परिवर्तन हुदै गए । उमेर पुग्दै गएपछि
राई, लिम्बुका सन्तान जात्रा, मेला, जाँडरक्सीसँग परिचित हुदै गए र त्यसमा रमाउन
पट्टी लागे । उनीहरूको लक्ष एस.एल.सी. तिर भन्दा लाहुर जाने, या राजनीतीमा लाग्ने
तिर जान लाग्यो भने छेत्रीहरू "लेख्न पढ्न जानी हालियो, पण्डित बन्नु छैन
हामीलाई" भनेर खेतीपाती र कारोवार तिर लागे । अन्तत हाम्रो विद्यालयबाट
एस.एल.सी. दिने केही वर्षसम्म बाहुन मात्रै भए । शिक्षामा राई लिम्बुको जस्तै
स्थिति गुरुङ, मगर जस्ता आदिवासीको पनि थियो होला भन्ने म ठान्छु ।
२०१८ साल तिर चिनियाहरूले हेटौडामा
सिमेण्ट कारखाना खोल्ने उद्देश्यले परिक्षण गरी रहेको आयोजनामा हामी केटाहरूको एक
जमात काम गर्थ्यो त्यहाँ । त्यो तन्देरी जमातमा राणा, शाह र थापा थिए, पाँडे र
पाण्डे थिए र अरू पनि थिए तर बाहुन भने म सिंगो एक्लो थिएँ । मेरा मित्रहरू थिए
सबै नै र मेरा हितैषी पनि थिए तर उनीहरूको सामाजिक वृत्तमा म एउटा जंगलबाट आएको
पाखे बाहुन थिएँ जो मेरो भाषा र दैनिक सँस्कारले उनीहरूलाई देखाउथ्यो र उनीहरू
कहिले कहीँ मित्रवत मेरो खिस्सी पनि उडाउथे । ढुंगा उत्खननकको शिलशिलामा
मकवानपुरको एउटा तामाङ गाउँमा पुगियो र खाना खाने बन्दोवस्तमा लागियो । गाउँका सबै
भद्रभलाद्मीहरू पनि त्यहीँ आई पुगे । विभिन्न कुरा चल्दै जादा हाम्रो क्वार्टरमा
काम गर्ने केटी ठट्टैमा मेरो नाममा साथीहरूले माग्दा तामाङहरूले भनेको थिए -
"राजाहरूलाई त दिने हो । दिएकै पनि हो । बाहुनलाई त दिदैन ।" शाह राणा
थापा पाँडे सबैले तामाङ केटीलाई नानीको रूपमा राख्ने चलन नै थियो राणाकालमा जो पछि
कोही रानी, महारानीको दर्जामा पुग्थे र माइतीलाई पनि हेर्थे र कोही भने कति
वर्षपछि नानीबाट निस्किएर पाएको धन माइतीकोमा पुर्याउथे । तामाङहरूमा चलन थियो
त्यो बेला । तामाङ केटा भारी बोक्थे राणाकालमा र उपत्यकालाई चाहिने बाहिरी सामग्री
तिनै तामाङ भरियाबाट पुरा हुन्थ्यो । शिक्षाप्रति उनीहरूको कुनै चासो थिएन ।
मैले भन्ने गरेका ४ बाहुनमध्ये उपाध्याय
बाहुन पुरोत्याइँ र पण्डित्याइँ गर्ने हुनाले उनीहरू सामान्यत निरक्षर हुदैनथे ।
निरक्षण त बाहुन नै होइन भन्ने धारणा हुन्थ्यो बाहुन समाजमा । बाहुनीहरू भने
साक्षर कमै हुन्थे । जैसी बाहुनहरूलाई साक्षर हुन आवश्यक नभए पनि बाहुन बन्नको
निम्ति पनि वहुसंख्यक उनीहरू साक्षर बन्ने प्रयास गर्थे र हुन्थे । खत्री बाहुनहरू
पनि धेरै विकट ठाउँमा नभए साक्षरतातिर प्रयास गर्थे । सबै भन्दा पिडित दलितबाहुनहरू थिए । उनीहरू तन्नम गरिब थिए, निरक्षर थिए र सबैबाट पिडित पनि थिए ।
म इन्जिनियर बनेर आएपछि मेरो एक जना
इन्जिनियर मित्र 'काठमाडौमा बसे पसल पनि हेर्न भ्याइन्छ' भनेर जागीरमा घर बाहिर
जान चाहेनन् । सहरमा बसेर बन्दव्यापार गर्ने नेवार समुदायले शिक्षा लिने लिने अवसर
पनि पायो र सहरिया सुविधा पनि । त्यसैले नेवार समुदाय शिक्षा र साक्षरतामा बाहुन
भन्दा अगाडि भयो ।
२००७ सालसम्म बाहुन शाशन व्यवस्थामा छदै
थिएनन् भन्दा हुन्छ । गुरु पुरोहित थिए उपत्यकाका केही बाहुन । त्यति मात्रै हो ।
०७ सालपछि शिक्षाको लहर आयो बाहुनहरूमा र आफू नखाएर भए पनि पहिले छोरा र पछि छोरी
समेत पढाउन थाले । त्यो शिक्षाको महत्व बुझेनन् नेवार बाहेक अरू आदिवासी र
जनजातिले र पछि परे । बाहुनमा केवल दलित बाहुनलाई उचाल्नु पर्ने आवश्यकता छ ।
संघियता पछि पनि न उनीहरूसँग राज्य हुने छ, न नेतृत्व । दलित नेताहरू जति नै उफ्रे
पनि उनीहरू दलका नेताका पछौटे भन्दा ठुला भएका छैनन् र त्यो विभेद संघियतापछि अझ
बढी बेहोर्नु पर्ने छ उनीहरूले ।
No comments:
Post a Comment