अहो ! वसन्त आएछ
वसन्तको
आगमनसँगै
छातीभित्र
नया चाहना फक्रेछ
वर्षभरिको
बुढौतीलाई बिर्साएर
नया बैँस
बोलाई दिएछ ।
जाडोभरि
नांगै बसेकी आरुमती
ढपक्कै
फुलेर बैसवती भइछ
आफ्ना अङ्ग
संसारलाई देखाएर
फूलैफूलले
ढाकी दिइछ ।
बोलाउछ
नया वर्षलाई वसन्त
बुढो
वर्षतिर ढाड फर्काएर
प्रथम
प्रेमिका पर्खने प्रेंमीझैँ
आशाका
क्षणहरू केलाएर ।
धडकन
बढ्दो छ धर्तीको
पानीको छाल
उफ्रदो छ
उष्ण हुदि
छ धर्ती पर्खाइले
आँशुको
शीत वाफिदो छ ।
अहो . कति
उज्यालो भए छ दिन
मन नै आज
चंगा भए छ
वसन्तले
उमङ्गसँगै
नौली
प्रेमिका लिई आए छ ।
राम दाहाल
जोरपाटी
१, काठमाडौँ
२०६९
चैत्र २१
No comments:
Post a Comment